Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

गणतन्त्र दिवसको अवसरमा एउटा प्यारोडी – हे बरै !

Posted on May 30, 2021 by mysansar


– उही कुमार लामा –
 
मदनले सोध्लान् नि खोइ हिही भन्लान्
कीर्तेलाई सोध भन्दिए।

अनि फेरि सोध्लान् नि खोइ जबज भन्लान्
काजुसँग खायो भन्दिए।

आश्रितले सोध्लान् नि खोइ तुक्के भन्लान्
नागरिकता बाँड्दैछ भन्दिए।

मधेसीले सोध्लान् नि खोइ नागरिकता भन्लान्
बिहारीले पाउँछन् भन्दिए।

हिहीवालीले सोध्लिन् नि खोइ मेरो सरकार भन्लिन्
बयलगाडा चढ्यो भन्दिए।

प्रचण्डले सोध्लान् नि खोइ बादल भन्लान्
हुस्सु भयो भन्दिए।

माधवले सोध्लान् नि खोइ योगेश भन्लान्
पींध बिनाको लोटा भन्दिए।

झलनाथले सोध्लान् नि खोइ गोकर्ण भन्लान्
दही चिउरा खायो भन्दिए।

वैद्यले सोध्लान् नि खोइ विप्लव भन्लान्
आशै मार भन्दिए।

बीपीले सोध्लान् नि खोइ समाजवाद भन्लान्
निजीकरण भयो भन्दिए।

गिरिजाले सोध्लान् नि खोइ संसद् भन्लान्
तिम्रो नक्कल भयो भन्दिए।

सुशीलले सोध्लान् नि खोइ संविधान भन्लान्
पानपरागसँग खाए भन्दिए।

कार्ल मार्क्सले सोध्लान् नि खोइ मार्क्सवाद भन्लान्
मार्सीभात भयो भन्दिए।

माओले सोध्लान् नि खोइ माओवाद भन्लान्
खाओवाद भयो भन्दिए।

शहिदले सोध्लान् नि खोइ जनयुद्ध भन्लान्
धनयुद्ध भयो भन्दिए।

लेनिनले सोध्लान् नि खोइ लेनिनवाद भन्लान्
कुन चराको नाउँ? भन्दिए।

उपेन्द्रले सोध्लान् नि खोइ ठाकुर भन्लान्
लैनचौर गए भन्दिए।

जनताले सोध्लान् नि खोइ महतो भन्लान्
दिल्लीले लग्यो भन्दिए।

अशोकले सोध्लान् नि खोइ जनजाति भन्लान्
नानाभाँती भयो भन्दिए।

बाबुरामले सोध्लान् नि खोइ जसपा भन्लान्
दिल्लीले भाँड्यो भन्दिए।

महेन्द्रले सोध्लान् नि खोइ बाङ्गे भन्लान्
कुम्भ मेलामा नुहायो भन्दिए।

आदित्यनाथले सोध्लान् नि खोइ श्री ५ भन्लान्
कोरोना सारिदिइस् भन्दिए।

ठुल्दाइले सोध्लान् नि खोइ शाहवंश भन्लान्
माइलालाई सोध भन्दिए।

माइलाले सोध्लान् नि खोइ कमल थापा भन्लान्
गाई गोठालो भाछ भन्दिए।

मोदीले सोध्लान् नि खोइ खोली भन्लान्
हामीलाई किन सोध्छौ भन्दिए।

डोनाल्ड ट्रम्पले सोध्लान् नि खोइ बयलगाडे भन्लान्
तिम्रो बाजे निस्कियो भन्दिए।

सी जिनपिङले सोध्लान् नि खोइ कमरेड भन्लान्
उँधो मुण्टियो भन्दिए।

गद्दाफीले सोध्लान् नि खोइ ओलीगार्की भन्लान्
तिम्रो बाटो ताक्दैछ भन्दिए।

हे बरै…!

1 thought on “गणतन्त्र दिवसको अवसरमा एउटा प्यारोडी – हे बरै !”

  1. nhasla says:
    May 31, 2021 at 6:38 pm

    कार्ल मार्क्सले सोध्लान् नि खोइ मार्क्सवाद भन्लान्
    मार्सीभात भयो भन्दिए।

    माओले सोध्लान् नि खोइ माओवाद भन्लान्
    खाओवाद भयो भन्दिए।

    शहिदले सोध्लान् नि खोइ जनयुद्ध भन्लान्
    धनयुद्ध भयो भन्दिए।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme