Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Author: mysansar

बुद्ध जयन्ती सम्बन्धी गम्भीर भ्रम

Posted on May 29, 2021 by mysansar

अनन्त गुणले सम्पन्न अनुत्तर सम्यक् सम्बोधी लाभ गरी मानव जगतलाई सत्यको मार्ग देखाउनु भएका भगवान् बुद्धको गुणानुस्मरण गर्ने र बुद्धोपदेशको अभ्यासलाई जनस्तरमा प्रचार प्रसार गर्ने उद्देश्यले नेपालमा मात्र होइन विश्वभरी बुद्ध जयन्ती मनाउँदै आएको छ। वैशाख पूर्णिमा बुद्धको जन्म, बोधि लाभ र महापरिनिर्वाण गरी तीन संयोग परेको दिन भए पनि नेपालमा बुद्ध जन्मस्थल लुम्बिनी परेको… Continue reading

व्हील-चेयर को चिठ्ठी , पजेरो लाई !

Posted on May 20, 2021 by mysansar

आदरणीय दाजु , पजेरो ! धेरै धेरै सम्झना र नमस्कार ! म यहाँ रापिलो गर्मीका दिन हरुमा उपमहानगरपालिका ले निर्माण को नाम मा अब्यबस्थित तरिकाले भत्काएका खाल्डे सडक हरुको दुवै तर्फ ढालेका रुख हरु र जता-ततै मिल्काईएका ढुंगा-रोडा , बालुवा र माटोले पुरिएका डरलाग्दा बाटो हरुमा जसो-तसो घश्रीरहेको छु ! अनि हजुर को गाथ मा… Continue reading

कथाः हजुर बा !

Posted on May 20, 2021May 20, 2021 by mysansar

बिहान बिहानै हजुरबाको देहान्त भएको खबर सहित घरबाट फोन आयो । म अत्यन्तै मर्माहत भएँ, युनि जान पनि मन लागेन । दिनभर घरमा बसेर हजुरबालाई स्मरण गर्न मन लाग्यो । जे जति समय उहाँ संग बिताएँ त्यो एकदम अबिस्मरणीय लाग्छ । उहाँ साच्चिकै आदर्शवान मान्छे लाग्दछ । ४ वर्ष अघि यताको अध्ययन भिसा पाउन भन्दा… Continue reading

छाडी जानेको सम्झनामा….

Posted on May 14, 2021 by mysansar

– दीपक भेटवाल – छोटकरीमा कुरा जम्मा यत्ति हो — भर्खरै ,मेरो एउटा प्रिय मित्र लाई कोरोनाले लग्यो । अध्यात्मवादी दर्शनका ज्ञानीहरुले भन्दै आएका छन् । मृत्यु सत्य हो , जीवन फगत भ्रम । भौतिक शरीर क्षणभगुंर हो , देह नित्य हो । आत्मीय मान्छे गुमाउनुको पीडाबोधमा, वैराग्यभावको हल्का छायाले मनलाई झयाप्प छोप्न खोज्छ ।… Continue reading

…अनि मेरो कविताको किताब ‘बेस्ट सेलर’ बनिछाड्यो

Posted on March 26, 2021March 26, 2021 by mysansar

-राजु- लामो समयको अन्तराल पछि आफूले पढेको स्कुलको वार्षिकोत्सव समारोहमा कविता वाचन गर्ने अवसर पाउँदा आज मलाइ निकै खुशी लागिरहेको छ । तर आज म सामान्य व्यक्तिको रुपमा हैन, प्रख्यात कविको रुपमा यहाँ उभिएको छु । कविता लेख्न त्यति सजिलो कहाँ छ र ? मैले पनि निकै दु:ख गरेर अहिलेको यो प्रख्याति कमाएको हुँ ।… Continue reading

विप्लव समूहसँगको वार्ताले उठाएका चार प्रश्न

Posted on March 5, 2021 by mysansar

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको विद्रोही नेकपा र सरकारबीच वार्ता भई तीन बूँदे सहमति भएको छ। शुक्रबार दिउँसो २ बजे विप्लव र प्रधानमन्त्री केपी शर्मा ओलीले एकै मञ्चबाट सम्बोधन गर्ने कार्यक्रम पनि तय भइसकेको छ। विप्लवसमूहसितको वार्तापछि उठेका चार प्रश्नबारे शेरचन योन्जन तामाङले लेखेको ब्लग १) वार्ता सरकारसँग कि नेकपा ओली समूहसँग? यो वार्ता नेपाल सरकार… Continue reading

मदनकृष्ण जस्ता आदरणीय व्यक्तित्वलाई नसुहाएको ‘फूलबुट्टे सारी’को अभिनय

Posted on February 17, 2021February 17, 2021 by mysansar

-अनुज थापा- पछिल्लो समय निकै चलेको ‘फूलबुट्टे सारी, सपक्क पारी, पछ्यौरी मलमलको’ गीतका विभिन्न भर्सनहरु बन्दैछन्। पहिला पुरुष आवाजमा रहेको यो गीतको फिमेल भर्सन र चाइल्ड भर्सन सार्वजनिक भयो। हिजो मंगलबार लेजेन्डरी भर्सन सार्वजनिक भयो जसमा आवाज मदनकृष्ण श्रेष्ठको छ। राजेश पुमा राईले निर्देशन गरेको यो गीतको म्युजिक भिडियोमा मदनकृष्ण श्रेष्ठलाई मिथिला शर्माले साथ दिएकी… Continue reading

विघटनलाई सदर वा बदर गरेर मात्र अबको संकटको निकास खुल्दैन श्रीमान् : एक नागरिक ‘एमिकस क्युरी’को बहस

Posted on February 3, 2021February 3, 2021 by mysansar

प्रतिनिधि सभाको विघटनसम्बन्धी जारी विवादमा भइरहेका बहस र विश्लेषणका चार धारहरु छन्। पहिलो धारले प्रतिनिधिसभाको विघटनलाई बाध्यात्मक र स्वाभाविक कदमको रुपमा चित्रण गरिरहेको छ। तर विघटनको अन्तर्य र घट्नाक्रमहरुलाई सूक्ष्म रुपले केलाँउदा यथार्थको तस्वीर भने त्यसको ठीक विपरित देखिन्छ। यो धारले अहिले मात्र होइन, आउँदा दिनमा पनि संकटको आयामलाई अझै फराकिलो पार्छ। दोस्रो धारले संविधानका… Continue reading

गंगालाललाई गोली ठोक्ने आदेश पाएका व्यक्ति उल्टै क्वाँ-क्वाँ रोएर भागेको त्यो क्षण

Posted on February 2, 2021February 2, 2021 by mysansar

प्रतिगमनको विरोध गरिरहेको नागरिक आन्दोलनले आज शोभा भगवतीमा कार्यक्रम गर्दैछ। अहिले त नेपालमा कसैलाई पनि मृत्युदण्ड दिइँदैन। तर विक्रम संवत् १९९७ मा त्यहाँ दुई जना व्यक्तिलाई शहीद बनाइएको थियो। हिले शहिद सप्ताह मनाइँदैछ नेपालमा। त्यसो त अहिले शहिदहरु थुप्रै भइसके। तर शहिद भन्ने बित्तिकै धेरैलाई याद आउने चार जनामा उही दशरथ चन्द, गंगालाल श्रेष्ठ, धर्मभक्त… Continue reading

दुई पटक फाँसी दिन खोज्दा पनि बचेका धर्मभक्तलाई कुटेर झुण्ड्याइएको त्यो दिन

Posted on January 31, 2021February 1, 2021 by mysansar

आज काठमाडौँको सिफलमा नागरिक आन्दोलनका क्रममा कार्यक्रम हुँदैछ। अहिले त नेपालमा कसैलाई पनि फाँसी दिइँदैन। तर विक्रम संवत् १९९७ मा त्यहाँको एउटा रुखमा एक जनालाई झुण्ड्याएर मारिएको थियो। उनलाई अहिले हामी शहिद धर्मभक्त माथेमाको नामले चिन्छौँ। अहिले शहिद सप्ताह मनाइँदैछ नेपालमा। त्यसो त अहिले शहिदहरु थुप्रै भइसके। तर शहिद भन्ने बित्तिकै धेरैलाई याद आउने चार… Continue reading

काठमाडौँमै मध्यरातमा फाँसी दिएर दिनभर रुखमा झुण्ड्याइएको त्यो दिन

Posted on January 29, 2021February 1, 2021 by mysansar

आज काठमाडौँको टेकुमा ८० वर्ष पुरानो इतिहास दोहोर्‍याइयो। नागरिक आन्दोलनका क्रममा नाट्यकर्मीहरुले यो इतिहास दोहोर्‍याएका थिए। अहिले त नेपालमा कसैलाई पनि फाँसी दिइँदैन। तर विक्रम संवत् १९९७ मा त्यहाँको एउटा रुखमा एक जनालाई झुण्ड्याएर मारिएको थियो। उनलाई अहिले हामी शहिद शुक्रराज शास्त्रीको नामले चिन्छौँ उनको नाम शुक्रराज जोशी थियो। संस्कृत भाषामा शास्त्री उत्तीर्ण गरेकाले उनलाई… Continue reading

उपहारमा पाएको हिउँ चितुवा

Posted on January 8, 2021January 9, 2021 by mysansar

– करनबहादुर शाह – पाँचवटा भेडाहरुलाई दश-दश दिनसम्म लेकका विभिन्न ठाउँहरुमा उनीहरूले बाँधेर राखेका थिए तर एउटालाई पनि हिउँ चितुवाले मारेन। बरु एघारौं र बाह्रौं दिनमा एउटा भेडालाई रातो भालुले र अर्कोलाई ब्वाँसोले खायो। हिउँ चितुवालाई क्यामेरामा कैद गर्न भेडाको चारो थापिएको थियो। हुम्ला जिल्लाको लिमी उपत्यकामा हिउँ चितुवा सम्बन्धी चेतनामूलक वृतचित्र बनाउन काठमाण्डौबाट नेपाली… Continue reading

अहो, कतिसम्म हुने रहेछ ! चेसबोर्डको कथा र कोरोना भाइरस

Posted on December 25, 2020December 25, 2020 by mysansar

– मुक्ति अर्याल – प्रसिद्ध भौतिकशास्त्री अल्बर्ट बार्लेट (Prof. Albert Barlett) का अनुसार मानव इतिहासमै हाम्रो सबैभन्दा ठूलो कमजोरी भनेको गुणनको नियम अनुसार हुने वृद्धि (घातकीय वृद्धि वा exponential growth) लाई नबुझ्नु हो। अर्थात् एकको दुई, दुईको चार र चारको आठ हुने प्रक्रिया कति छिट्टै हामीलाई महसुस नै हुन नपाउँदै आकासिन पुग्छ भन्ने कुरा हामीलाई… Continue reading

महिलाले गर्ने हिंसाबाट पीडित पुरुष

Posted on December 12, 2020December 12, 2020 by mysansar

-विजय ज्ञवाली- राम थापा (नाम परिवर्तन) को घर स्थिति राम्रो थिएन। विवाह भएको २ वर्षमा छोरी पनि थपिएपछि अर्थिक अभाव पूर्ति गर्न मलेसिया लागे। छोरीको भविष्य राम्रो होस् भनेर श्रीमती र छोरीलाई नेपालगञ्ज बजारमा कोठा लिएर राखेका थिए। मलेसियाको कमाईबाट मासिक केही हजार बचाएर श्रीमतीलाई पठाउँथे। ३ वर्ष मलेसिया बसेर बचाएको पैसाले नेपालगंजमा सानोतिनो व्यवसाय… Continue reading

परराष्ट्रमै पद्धतिको खोजी : ‘न प्रवक्ता भेटिन्छन्, न पोस्टिङ बुझिन्छ’

Posted on October 6, 2020 by mysansar

१० वर्षभन्दा लामो अवधि सहसचिव भएर बल्ल सचिव हुने क्रममा रहेका भरतराज पौड्याल परराष्ट्र मन्त्रालयमा अब्बल कर्मचारी मानिन्छन् । तर, उनी बितेको २ वर्षयता मन्त्रालयमा प्रवक्ता भएका बेला उनले २÷४ विषयमा मात्रै ‘मलाई यसबारे जानकारी छ’ भनेका थिए होलान् । अरू सबै मामलाहरू कि त उनको सूचनामै थिएन, कि भए पनि ‘यसबारे पछि सम्पर्क गर्नेछु’… Continue reading

विपश्यना अनुभव : आत्तिएर झण्डै भागेँ, पछि आफूलाई चिन्न प्रयास गरेँ

Posted on August 28, 2020 by mysansar

-सुदन अधिकारी- ‘बिन्ती,मलाई जान दिनु न। नत्र,म भागेर जान्छु’ खासमा म मनको शान्ति खोज्‍न विपश्यना गएको थिएँ। तर घन्टाघन्टामा सामाजिक सञ्जाल चलाउनुपर्ने, साथीभाइका कुरामा अनेकौँ तर्क/कुतर्क गर्नुपर्ने बानी परेको मलाई सुरु कै दिनमा औडाहा भयो। यो वातावरणमा १० दिन त के, १० घन्टापनि बस्न सक्दिन भन्ने लाग्यो। पलपल यसरी तड्पिएर मनको शान्ति खोज्नुभन्दा मलाई मेरै… Continue reading

एआई र मेसिन लर्निङको रोमाञ्चक भविष्य : यो ब्लग नवीनतम भाषा मोडेल GPT-3 मार्फत् यसरी तयार भयो

Posted on August 26, 2020August 27, 2020 by mysansar

– दिवस भट्टराई – हामी बस्ने वातावरणमा कम्प्युटर र पोर्टेबल कम्प्युटर, स्मार्ट उपकरणहरू र इन्टरनेट अफ थिंग्स व्याप्त छन्। कम्प्युटर विज्ञानले  विज्ञान र इन्जिनियरिङ्ग अनुशासनलाई समेट्छ। यस अनुशासनले कम्प्युटर र कम्प्युटेसनल प्रक्रियाहरू कसरी सिर्जना गर्ने भनेर अध्ययन अनुसन्धान गर्दछ। यस अन्तर्गत सिद्धान्तको अध्ययन, एल्गोरिदम र एब्स्ट्र्याक्सनका साथै प्रयोगको अध्ययन, प्रोग्रामिङ र इन्जिनियरिङ्ग दुवै पर्दछन। प्रयोगको उदाहरणमा उपयोगी उद्देश्यका… Continue reading

के-के गर्दा यौन दुर्व्यवहार हुन्छ : नबुझेको हो कि बुझ पचाएको ?

Posted on August 26, 2020August 26, 2020 by mysansar

-उत्तरा घिमिरे- यौन हिंसा- हालका वर्षहरुमा सबैभन्दा बढी चर्चा गरिने विषय हो। तर अझै पनि यो विषयमा बोल्नु कि नबोल्नु भनेर हिच्किचाउनेको संख्या धेरै नै छ। यौन हिंसा र उत्पीडन भनेको बलात्कार मात्र हो भन्ने सोच धेरैमा छ। प्रतिकार गर्न नसक्ने सानी युवतीको छाती माडिनु, ढाड मुसारिनु होस् वा उनीहरुको कमजोरीको फाइदा उठाएर गरिने शारीरिक… Continue reading

हाम्रा सन्तानले कहिले ‘ह्याप्पी चासोक तङनाम’ भन्ने ?

Posted on August 19, 2020August 20, 2020 by mysansar

– मिलन लिम्बू – मेरो सांस्कृतिक मूल्य मान्यताले निश्चित कुनै दिन वा छेक पारेर आमा बुबाको मुख हेर्नु पर्छ भन्दैन । मैले आफ्नो मान्ने सिद्धान्तले भौतिक रूपमा गरिने कर्म र परिणामलाई सर्वोपरि मान्दछ । तर, समाज बहुरङ्गी छ । हरेक रङ्गहरूलाई स्वीकार्नु पर्छ । स्वीकार्दै आएका छौ । विडम्बना ! हामी मिलेर बनेको समाज यस्तो बन्यो… Continue reading

मोदीपथमा लागेका अतिवादीहरुबाट नेपाललाई बचाऔँ

Posted on August 14, 2020August 14, 2020 by mysansar

– नेपालडायरी/@nepaldiary – करिब २८ वर्ष पहिले (सन १९९२ को डिसेम्बर ६) बाबरी मस्जिद ध्वस्त बनाइको ठाउँमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अगस्त ५ मा राम मन्दिरको शिलान्यास गरे। भारतको सर्वोच्च अदालतले नौ महिनाअघि वर्षौ पुरानो मुद्दा फैसला गरेर राम मन्दिर बनाउने अनुमति दिएपछि मोदीले बाबरी मस्जिद भत्काइएको त्यही ठाउँमा राम मन्दिरको भूमिपूजा गरेका हुन्। करिब… Continue reading

Posts pagination

  • Previous
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • …
  • 64
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme