कृषि सामाग्री कम्पनी लिमिटेडले मल खरिद गर्दा एक अर्बको भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गर्यो। यो सम्बन्धी विभिन्न अनलाइन मिडियामा समाचार हेर्दा ट्वाँ पर्न बाध्य भइयो।
अचम्म लाग्छ, न यो कुनै ब्रेकिङ न्युज थियो, न केही समय ढिला हुँदैमा उत्पात् बितिजाने केही कुरा थियो। धेरैले त अख्तियारले पठाएको विज्ञप्तिलाई नै आधार बनाएका थिए समाचारको। तर त्यही विज्ञप्ति पनि राम्रोसँग पढिदिएको भए त गल्ती हुन्न थियो होला नि।
भयो के भने अख्तियारले यो विषयमा कति जनालाई मुद्दा चलाएको भन्ने विषयमा अनलाइन मिडियाहरु