Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Category: मिडिया

शपथ नखाइकनै बाइडेनले कार्यकाल सुरु गरेको अन्नपूर्ण पोस्टको समाचार सुटुक्कै सच्चियो

Posted on January 19, 2021 by Salokya

अमेरिकी राष्ट्रपतिको शपथ हुन्छ जनवरी २० तारिखमा। तर जनवरी १७ तारिखमै अन्नपूर्ण पोस्टले ‘उच्च सुरक्षा व्यवस्थाबीच बाइडेनको कार्यकालको उद्घाटन भएको छ’ भनेर समाचार लेखेको थियो। त्यतिमात्र होइन, नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले कार्यकालको पहिलो दिनमै निवर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पका निर्णय उल्ट्याउन थालेको समेत लेखेको बारे ब्लग अस्ति लेखेको थिएँ। छुटाउनुभएको भए यहाँ क्लिक गरी पढ्नुस्। आज… Continue reading

अन्नपूर्ण पोस्टले हँसाउनु हँसायो : हेर्नुस् यो ‘अनौठो समाचार’को नमूना

Posted on January 17, 2021 by Salokya

एचजी वेल्सले उहिल्यै लेखेको साइन्स फिक्सन हो ‘टाइम मेसिन’। भविष्यको समय वा विगतको समयमा जान सकिने उनको कल्पनामा आधारित रहेर कयौँ फिल्म, सिरियल, कथा बनिसकेका छन्। तर समाचारमा यसको प्रयोग देख्नुभएको छ? अन्नपूर्ण पोस्टको अनलाइनले आज त्यसको प्रयोग गरेको छ। अन्नपूर्ण पोस्टले ‘पहिलो दिनमै बाइडेनले उल्ट्याए ट्रम्पका निर्णय, आप्रवासी योजना सयदिनमै ल्याउने’ शीर्षकमा लेखेको समाचार… Continue reading

‘जी न्युज’ले माग्दै नमागेको माफी मगाइदिने नेपाली मिडिया

Posted on January 14, 2021January 14, 2021 by Salokya

यतिबेला नेपालमा निकै रमाइलो भइरहेको छ। प्रधानमन्त्री ओलीको समर्थन र विरोधमा मिडिया र सोसल मिडियामा प्रशस्तै खुराक आउँछन्। सेयर बजारमा कुनै कम्पनीको भाउ जस्तो कहिले समर्थन उकालो लाग्छ, कहिले ओरालो झर्छ। समर्थन ओरालो लाग्दा विरोध उकालो चढ्छ। राष्ट्रवाद नामको एउटा भावनाले कहिले कुन पक्षलाई उकालो चढाइदिन्छ त कहिले ठीक विपरीत अर्कै पक्षलाई। यो हप्ता टाइम… Continue reading

प्रधानमन्त्रीले थुक्दा पत्रकारहरुको ‘अनुसन्धान’ : ‘किन थुके’देखि ‘के पस्यो मुखमा’सम्मको हेडलाइन

Posted on January 11, 2021January 11, 2021 by Salokya

राष्ट्रिय सभाको अधिवेशन अन्त्य गर्नुअघि आज प्रधानमन्त्री केपी शर्मा ओलीले भाषण गरेका थिए। कार्यकर्ताहरु भेला गरेर भाषण गर्दा खुबै जम्थ्यो- विभिन्न कथा, उदाहरण र टुक्का सुन्न पाइन्थ्यो। तर राष्ट्रिय सभाको भाषण भने खासै रोचक नभएको हो कि किन हो, आज प्रम ओलीको बोलीभन्दा पनि थुकेको समाचार जताततै छायो। नेपालको इतिहासमा प्रधानमन्त्रीले थुकेको विषय यति महत्वका… Continue reading

हतार गर्दा नाम चलेका अनलाइन मिडिया चिप्लिएका दुई उदाहरण

Posted on December 30, 2020December 30, 2020 by Salokya

‘बिस्तारै गए अवश्य पुगिन्छ, हतार गरे भन्न सकिन्न।’ सडकमा सवारी साधन चलाउनेहरुलाई सतर्क गराउन ट्राफिक प्रहरीले बनाएको नारा त धेरै पटक देख्नु/सुन्नु भा छ नि है तपाईँहरुले। हतार गर्दा दुर्घटना भएको पनि थाहा पाउनु भएकै होला। अनलाइनमा पनि यस्तै हुन्छ। यसै त पत्रकारितालाई हतारको साहित्य भनिन्छ। अनलाइनमा त झन् हतारको साहित्य हुनपुग्छ। यस्तै हतारको क्रममा… Continue reading

राससले गरेको अर्को रमाइलो- रातोपाटीको वाटरमार्कसहितको फोटो वितरण

Posted on December 4, 2020December 4, 2020 by Salokya

चार वर्षअघि मैले एउटा ब्लग लेखेको थिएँ- सरकारी समाचार एजेन्सी ‘रासस’ले समेत फोटो चोर्न थालेछ, मेरो फोटो यसरी चोरी भयो। मैले आफैले खिचेर माइसंसार र पहिलोपोस्टमा राखेको अम्बर गुरुङको फोटोलाई राससले @salokya लेखिएको वाटरमार्कसमेत हटाएर क्रप गरी क्रेडिटसमेत नदिई ‘फोटो : रासस’ भनेर लेख्दै आफ्ना सयौँ ग्राहकलाई पठाएको विषयमा ब्लग लेख्दा रासस आफ्नो आधिकारिक ह्यान्डलबाटै… Continue reading

‘कान्तिपुर’ र ‘रासस’मा छापिएको फोटोमा भएको रमाइलो

Posted on December 3, 2020 by Salokya

हिजोको कान्तिपुर हेर्नुभो? पाँचौँ पेजमा एउटा राम्रो फोटो छापिएको छ। फोटोमा तोरीबारी हुँदै ब्याग बोकेका विद्यार्थीहरु स्कूल जाँदै गएको भनिएको छ। कपिलवस्तु शिवराज नगरपालिकाको यो फोटोमा क्रेडिट लाइनमा लेखिएको छ, सनिउल्ला धोबी/रासस। रासस अर्थात् राष्ट्रिय समाचार समिति सरकारले सञ्चालन गरिरहेको समाचार एजेन्सी हो। निश्चित शुल्क तिरेर विभिन्न पत्रपत्रिका र अनलाइनहरु यसका ग्राहक हुन्छन्। यसवापत राससले… Continue reading

सरकारले लागू गर्न नसक्ने, मिडियाले नटेर्ने कानुन के काम? बरु फाल्दिए भयो नि त !

Posted on November 13, 2020November 13, 2020 by Salokya

आजका पत्रिकाहरु हेर्नुभयो भने नेपालको कानुनले निषेध गरेको विज्ञापन प्रशस्त देख्न पाउनु हुनेछ। विभिन्न मिडिया हाउसका दैनिक अखबारहरुमा मदिराको विज्ञापन छ्यापछ्याप्ती छ। ती विज्ञापन गैरकानुनी किन हुन् भने २०७५ असोज २ गते प्रमाणीकरण भएर लागू भइसकेको जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४५ मा यस्तो व्यवस्था गरिएको छ। दफा ४५ मा जनस्वास्थ्यलाई प्रभावित पार्ने विज्ञापन… Continue reading

सच्याएको कि झारा टारेको? कान्तिपुरले पत्रिकामा समाचार सच्यायो, अनलाइनमा जस्ताको तस्तै

Posted on September 25, 2020September 25, 2020 by Salokya

‘कान्तिपुर’ राष्ट्रिय दैनिकले सोमबार (असोज ५, २०७७) छापेको ‘फिनसेन फाइल्सको नेपाल नाता’ सम्बन्धी समाचारलाई तीन दिनपछि बिहीबार झारा टार्ने हिसाबले सच्याएको छ।  ‘कान्तिपुर’ कै अर्थ ब्युरो प्रमुख कृष्ण आचार्यसहितले लेखेको समाचार भए पनि यो समाचार खासमा कान्तिपुर आफैले बनाएको नभएर सिआइजे नेपाल अर्थात् खोज पत्रकारिता केन्द्र नेपालले तयार पारेको थियो। अमेरिकाको बजफिड न्युजले एक वर्षभन्दा… Continue reading

मिडिया साहुहरुको संस्था किन टुक्रियो, को-कतातिर लागे ?

Posted on September 24, 2020September 24, 2020 by Salokya

कोरोनाभाइरसको महामारीले थलिएको मिडिया क्षेत्रका साहु र त्यहाँ कार्यरत कर्मचारी दुवै हैरान छन्। कर्मचारीहरुले नियमित पाउनु पर्ने तलब पाउन सकिरहेका छैनन्। विज्ञापनको स्रोत सुकेकोले साहुहरुलाई पनि मर्का परिरहेको छ। यस्तो विषम परिस्थितिमा असोज ७, २०७७ मा एउटा फरक खालको खबर मिडियामा छायो- मिडिया साहुहरुको संस्था टुक्रियो। नयाँ संस्था जन्मियो।

अपडेट : अनलाइनखबरले हटाएको समाचार फेरि राख्यो, के-के फेरिए?

Posted on September 17, 2020September 18, 2020 by Salokya

अनलाइनखबरले आज असोज १ गते बिहान ९ बजेर ३३ मिनेटमा पोस्ट गरेको ‘डीएभी स्कूलले लकडाउनको शुल्क तिर्न नसक्ने विद्यार्थीलाई निष्काशन गर्ने’ शीर्षकको समाचार हटाएको थियो। यसबारे मैले ब्लग लेखेको थिएँ ‘अनलाइनखबर’ले किन सुटुक्क डिलिट गर्‍यो यो समाचार? यस्तो थियो समाचार शीर्षकमा। ब्लग लेख्दा त्यो समाचार खुलेको थिएन। बरु ‘रिडाइरेक्ट’ भएर अनलाइनखबरको ‘होमपेज’मा पुग्ने बनाइएको थियो।… Continue reading

‘अनलाइनखबर’ले किन सुटुक्क डिलिट गर्‍यो यो समाचार? यस्तो थियो समाचार

Posted on September 17, 2020September 19, 2020 by Salokya

अपडेट : यो ब्लग तयार भएपछि यो विषयमा केही थप प्रगति भएका छन्। यो समाचार फेरि देखिएको छ तर के के परिवर्तन भए। पछिल्लो जानकारीसहितको नयाँ ब्लग यहाँ क्लिक गरी पढ्न सकिन्छ। पुरानो ब्लग : अनलाइनखबरले आज असोज १ गते बिहान ९ बजेर ३३ मिनेटमा एउटा समाचार पोस्ट गर्‍यो। समाचारको शीर्षक थियो- डीएभी स्कूलले लकडाउनको… Continue reading

समाचार डिलिट गर भन्दै अफिसमै पत्रकारमाथि हातपात, कारण यस्तो रहेछ

Posted on September 11, 2020September 11, 2020 by Salokya

आज एउटा भिडियो फेसबुकमा देखेँ। एक हुल मान्छे सुदूर पश्चिमको दिनेश एफएम, दिनेशखबर डट कम चलाउने दिनेश सञ्चार गृहको कार्यालयमा प्रवेश गर्दै होहल्ला गर्दै पत्रकारहरुलाई समेत हातपात गरेको भिडियोमा देखिन्छ। एक जना मान्छे त मोबाइलमा भिडियो खिच्दै पत्रकारलाई कुट्दै गरेको पनि देखिन्छ। उनीहरु समाचार डिलिट गर भन्दै पत्रकारहरुलाई थर्काइरहेको पनि देखिन्छ। खास यो के विषय… Continue reading

दूध पोखाउने काण्ड : बिचरा डेरी सञ्चालकको दुःख चाहिँ कसले बुझ्ने, उल्टै भाइरल हुन खोजेको आरोप !

Posted on September 7, 2020 by Salokya

भदौ १३ गते भक्तपुरको सूर्यविनायकमा एक डेरी सञ्चालकले दूध सडकमा पोखाएको फोटो सामाजिक सञ्जालमा छायो। आइतबार चाहिँ अनलाइनखबरमा समाचार आयो- ‘दूध पोख्नेको प्रहरीमा बयान-भाइरल हुन पोखेँ, उल्टै गाली खाएँ’ तर दूध पोख्ने व्यक्तिको परिवारले भने वास्तविकता त्यस्तो नभएको बताएका छन्। यो घटना मिडियामा आएको जस्तो होइन भन्ने जानकारी पाएपछि मैले डेरी सञ्चालकसित मोबाइलमा सम्पर्क गर्ने… Continue reading

शनिबारको हेडलाइन काण्ड : मूलधारे दुई मिडियाले सिके त पाठ ?

Posted on September 6, 2020 by Salokya

२०७७ भदौ २० गते शनिबार रमाइलो देख्न पाइयो। पाठक उख्खुमै रिसाएपछि मूलधारे दुई मिडियाले आफ्ना हेडलाइन फेर्न बाध्य भए। एउटा थियो अन्नपूर्ण पोस्ट। यो पत्रिकाले शनिबारको अङ्कमा अन्तिम पेजमा ‘आमा बन्दै श्वेता’ शीर्षकमा समाचार राखेको थियो। यही खबर आफ्नो फेसबुक पेजमा पनि सेयर गरेको थियो। 

अस्पतालले नै ‘गर्भवती’ गराइदिएको ?

Posted on September 4, 2020September 4, 2020 by Salokya

आजको गोरखापत्रमा एउटा अनर्थ लाग्ने वाक्य भएको समाचार आएको छ। गोरखापत्रको तेस्रो पेजमा छापिएको समाचारमा ‘अस्पतालले सुरक्षित गर्भवती गराएको’ उल्लेख छ। गर्भवती त पुरुषले गराउने हो, अस्पतालले त प्रसूति (बच्चा जन्माउने क्रिया) गराउने पो हो त। तर समाचारमा भने दुई ठाउँमा ‘गर्भवती गराएको’ उल्लेख छ। 

‘कान्तिपुर’ले माफी मागेर डिलिट गर्न बाध्य भएको यो समाचारको लहरो तान्दा गएको पहरो

Posted on September 1, 2020September 1, 2020 by Salokya

कान्तिपुर मिडिया ग्रुपको नेपाली भाषाको अनलाइन ‘इकान्तिपुर’ ले शनिबार प्रकाशित एउटा समाचार माफी मागेर डिलिट गरेको छ। अरु अनलाइनहरुले जस्तो सुटुक्क समाचार डिलिट नगरी ‘इकान्तिपुर’ले सूचना राखेर कारणसमेत लेखेको छ। डिलिट गर्न परेको कारण भने रमाइलो रहेछ। सच्याइएको सूचना अनुसार ‘गत वर्षको समाचार भूलवश पुनः प्रकाशित हुन गएको’ रहेछ। यसरी पुरानो समाचार प्रकाशित हुँदा सम्बन्धित… Continue reading

कैलाश सिरोहियालाई के आपत‍् आइलाग्यो यस्तो !

Posted on August 27, 2020 by Salokya

देशको नम्बर वान मिडिया हाउस कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियालाई के आपत् आइलाग्यो यस्तो। बिहीबार साँझ उनले गरेको एउटा ट्विटले उनी तनावमा परेको देखिन्छ। उनले ट्विटमा लेखेका छन्- ‘मलाई सोल्टी होटलसँग जोडेर मनगढन्ते हल्ला फिजाइएकोमा गम्भीर ध्यानाकर्षण भएको छ।’ ट्विटमा अगाडि लेखिएको छ, ‘यो मेरो चरित्रहत्या गर्न गलत नियतले फैलाइएको पूर्णत:… Continue reading

मिडियामा मदिराको विज्ञापन : कानुन थाहा नपाएको कि नटेरेको ?

Posted on August 14, 2020August 14, 2020 by Salokya

यो दुई वटा पेज नेपालमा अहिले चलेको दुई वटा पत्रिका कान्तिपुर र नयाँ पत्रिकाको अन्तिम पेज हो। दुवैमा एउटा ठूलो विज्ञापन छापिएको छ। उत्पादनको नाम नचिनिने गरी धमिलो चाहिँ मैले बनाइदिएको हो। केही अनलाइनहरुमा पनि यो विज्ञापन ती अनलाइनको होमपेज खोल्ने बित्तिकै देखिने गरी राखिएका छन्। तर के तपाईँलाई थाहा छ? यस्तो विज्ञापन गैरकानुनी हो। 

‘कान्तिपुर’ले बल्ल गर्‍यो औपचारिक घोषणा : ‘नेपाल’ र ‘साप्ताहिक’ हाललाई स्थगित, ‘नारी’ सुरु हुने

Posted on August 12, 2020August 12, 2020 by Salokya

‘कान्तिपुर मिडिया ग्रुप’ ले आफ्ना तीन प्रकाशन- ‘नेपाल’, ‘साप्ताहिक’ र ‘नारी’ बन्द गरेको समाचार अनलाइनहरुमा आएको धेरै भइसक्दा पनि उसले आधिकारिक रुपमा यो विषयमा केही पनि बताएको थिएन। कोरोना भाइरसको संक्रमणले निम्त्याएको परिस्थितिका कारण पत्रिका प्रकाशन स्थगित भए पनि अनलाइनमा अपडेट भइरहेको थियो। तर ११ असार २०७७ देखि त्यो पनि रोकिएको थियो। यी पत्रिकाका अनलाइन… Continue reading

Posts navigation

  • Previous
  • 1
  • …
  • 5
  • 6
  • 7
  • 8
  • 9
  • 10
  • 11
  • …
  • 13
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme