Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Category: मिडिया

एक म्यासेजको भरमा जागिर चट !

Posted on July 18, 2020July 18, 2020 by mysansar

– प्रमोद न्यौपाने (@Prmdneupane) – ‘ ……(फलानो नाम) ’, व्यवस्थापनको निर्णयअनुसार तपाईँको रोजगारी सम्झौता नवीकरण नहुने जानकारी गराइन्छ। यो सूचना दिनुपर्दा दुःखी छौं। एक ‘म्यासेजको भरमा जागिर चट ! न्यु ज २ ४ टेलिभिजनमा जेठ नलाग्दै यस्तै म्यासेजको भरमा पूर्व प्रतिवद्धता विपरित धमाधम कर्मचारी निकाल्न थालिएको थियो, सम्झौता सकिएको भन्दै। त्यसो त लकडाउन सुरु भएको… Continue reading

नागरिकले किन सुटुक्क हटायो अनलाइनबाट यो समाचार?

Posted on July 16, 2020July 16, 2020 by Salokya

नागरिक दैनिकको अनलाइनमा फेरि एउटा ‘अनइथिकल’ काम भएको छ। जुलाई १४, २०२० मंगलबार साँझ प्रकाशित एउटा समाचारमा अहिले क्लिक गर्दा ‘तपाईँले खोज्नुभएको पृष्ठ भेटिएन। पृष्ठ सरेको वा हटाइएको हुनसक्छ’ लेखेको देख्‍न पाइन्छ। यो के समाचार हो त ? 

अन्नपूर्ण पोस्टले ‘विशेष खोज ब्युरो’ भन्दै दुर्गम जिल्लामा पत्रकार सरुवा गर्नुको भित्री कारण

Posted on July 15, 2020July 15, 2020 by Salokya

अहिले सामाजिक सञ्जालमा विशेष गरी पत्रकारहरुमाझ एउटा पत्र निकै चर्चामा छ। हिजोदेखि फैलिन थालेको यो पत्र खासमा सरुवा पत्र हो। सम्पादक अखण्ड भण्डारीको हस्ताक्षर रहेको यो पत्रमा ६ जनालाई ६ वटा जिल्लामा सरुवा गरिएको उल्लेख छ। सरुवा गरिएका जिल्लाहरुको नाम पनि अचम्मको छ- दार्चुला, हुम्ला, मनाङ, रोल्पा… ! जोक पनि गरेका थिए अरु पत्रकारहरुले- कसो… Continue reading

खबरभित्रको खबर : लिनु पर्ने लिए, दिनु पर्ने चाहिँ बाँकी

Posted on July 14, 2020July 14, 2020 by Salokya

मिडियामा अचेल रमाइलो भइराछ। हिजो (२९ असार २०७७) मा अन्नपूर्ण पोस्टको पेज नम्बर ३ मा एउटा ‘अत्यन्त जरुरी सूचना’ छापिएको थियो। जसको फोटोसहित सात दिने ‘अत्यन्त जरुरी सूचना’ छापिएको थियो, उनी सोही पत्रिकाका साहु रामेश्वर थापाका आफ्नै भान्जा हुन्। अझ अर्को रमाइलो त के भने जसका लागि यो अन्यथा कानुन बमोजिम कारबाही गर्न बाध्य हुने… Continue reading

खबरभित्रको खबर : ‘कान्तिपुर’का म्यानेजरलाई ‘अन्नपूर्ण’को ‘अजसू’

Posted on July 14, 2020 by Salokya

कोरोना कहरका बीच पत्रिकाहरु कतिको पढिरहनुभएको छ तपाईँहरुले कुन्नि। खबरका लागि हो बिहानै पत्रिका पढ्ने। तर खबरभित्रको खबर भने त्यसमा हुन्न। आज (२९ असार २०७७) मा अन्नपूर्ण पोस्टमा एउटा गजबको खबरभित्रको खबर छ। अन्नपूर्ण पोस्टको पेज नम्बर ३ मा एउटा ‘अजसू’ छापिएको छ। अर्थात् ‘अत्यन्त जरुरी सूचना’। रमाइलो त के भने जसको फोटोसहित सात दिने… Continue reading

केटिभीमा ‘आम्मामा, तीन अर्बमा कति खायो होला’ काण्डपछि गभर्नरका ‘OTR’ गफ सार्वजनिक

Posted on July 13, 2020July 14, 2020 by Salokya

कान्तिपुर टिभीको तीन अर्ब काण्ड थाहा छ? थाहा छैन भने यो पुरानो ब्लगमा क्लिक गरी हेर्नुहोला। यस्तै खालको अर्को काण्ड हिजो केटिभीमा भएको छ। यो पनि रमाइलै छ। भयो के भने मौद्रिक नीति २०७७ बारे कान्तिपुर टिभीमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो लाइभ। प्रस्तोता सुदिल पोखरेल थिए। पाहुनाहरु बोलाइएका थिए, नेपाल राष्ट्र बैँक गभर्नर महाप्रसाद अधिकारी,… Continue reading

‘कान्तिपुर’को अनौठो हिसाब : ५६+३ = ६०, ४४+० = ४३, ६‌+० = ६०

Posted on July 12, 2020July 12, 2020 by Salokya

आज (२८ असार, २०७७, आइतबार) को ‘कान्तिपुर’ पढ्नुभो ? पेज नम्बर ५ को दायाँ छेउमा एउटा समाचार छ- ‘उपत्यकामा संक्रमण रैथाने कि आगन्तुक’ शीर्षकमा। यो समाचारमा राजधानीमा उपचाररत संक्रमितको तथ्याङ्क भएको एउटा टेबल छ। त्यसमा गरिएको हिसाब बडा गजबको छ हेर्नुस्। तपाईँले आजसम्म सिकेका सबै हिसाबलाई फेल ख्वाउने हिसाब हो यो। ‘कान्तिपुर’ले गरेको हिसाब भएकोले… Continue reading

यती ग्रुप Vs नयाँ पत्रिकामा जिमी ग्रुपको मुद्दाले नयाँ मोड

Posted on July 10, 2020 by Salokya

भ्रष्टाचारहरुको पोल खोतलेर समाचार लेखीलेखी नयाँ पत्रिकाले यती ग्रुपलाई हायलकायल बनाएको थियो। आज भने नयाँ पत्रिकाको पोल खोल्न यती ग्रुपद्वारा सञ्चालित ‘नेपालन्युज’ उत्रिएको छ। भयो के भने राजश्व अनुसन्धान विभागले हिजो अर्थात् असार २४ गते भन्सार चोरी पैठारी, झुठा तथा नक्कली मूल्य अभिवृद्धि कर विजक प्रयोग गरी राजश्व चुहावट गरेको अभियोगमा विभिन्न व्यक्ति तथा कम्पनीविरुद्ध… Continue reading

रुकुम प्रकरणमा ‘कान्तिपुर’ कहाँ-कहाँ चिप्लियो? पाँच उदाहरण

Posted on July 7, 2020July 8, 2020 by Salokya

रुकुम चौरजहारीमा ६ जनाको ज्यान जाने गरी भएको घटनाको समाचार र विचारमा कान्तिपुरले पटक-पटक तथ्यगत गल्ती गर्दै आएको छ। यस्ता गल्तीहरुलाई कान्तिपुरले सच्याएको पनि देखिँदैन।  माइसंसारले फेला पारेका ‘कान्तिपुर’ चिप्लिएका पाँच उदाहरण यस्ता छन्- चिप्लिएको उदाहरण १ : अदालतै फरक कान्तिपुरले आज (२३ असार, २०७७) को सातौँ पेजमा रहेको ‘दृष्टिकोण’ मा ‘तर्क मात्र पर्याप्त छैन’… Continue reading

नागरिकले क्षमायाचना गर्दै हटायो ‘कान्तिपुर’को लेखसित मिलेको कथा

Posted on July 6, 2020July 7, 2020 by Salokya

‘कान्तिपुर’मा पहिल्यै छापिसकेको एउटा सामग्री थोरै तोडमरोड गरी ‘नागरिक’मा ‘चोरी’ भएको विषयमा सोमबार माइसंसारमा ब्लग प्रकाशित भएकै दिन ‘नागरिक’ले अनलाइनबाट क्षमायाचना गर्दै हटाएको छ। कान्तिपुरमा २०७७ असार ६ गते शरच्चन्द्र वस्तीको ‘अर्को अर्थ नलागेमा’ कोलममा ‘लकडाउनपछि एक दिन’ शीर्षकमा व्यङ्ग्य छापिएको थियो। त्यसको दुई हप्तापछि असार २० गते ‘नागरिक’को अनलाइन संस्करणमा दिला शाहको ‘लकडाउनभित्रका कथाहरू’… Continue reading

‘कान्तिपुर’को लेख ‘नागरिक’मा ‘कथा’ बनाएर यसरी भयो ‘चोरी’

Posted on July 6, 2020July 6, 2020 by Salokya

‘कान्तिपुर’मा पहिल्यै छापिसकेको एउटा सामग्री ‘नागरिक’मा ‘चोरी’ भएको भेटिएको छ। हुनत अहिले हुबहु कपिपेस्टलाई त सामान्य ठान्ने र कपिराइट भनेको ‘राइट टु कपि’ ठान्नेहरुका लागि यो कुनै ‘इस्यु’ नहुन सक्छ। तर अलि बौद्धिक पाठकले यो कस्तो खालको बौद्धिक चोरी हो प्रष्टै बुझ्नुहुनेछ। कान्तिपुरमा २०७७ असार ६ गते शरच्चन्द्र वस्तीको ‘अर्को अर्थ नलागेमा’ कोलममा ‘लकडाउनपछि एक… Continue reading

ओलीको बोली : रातारात मिडियाले पनि कित्ता फेरे – हिजो ‘बाई फोर्स’ आज ‘बाई वर्ड’

Posted on July 5, 2020July 6, 2020 by Salokya

सत्तारुढ नेकपामा चर्किएको शक्ति संघर्षमा हल्लाहरुको गजबको भूमिका रहेको छ। एक गुटका नेता कतै बसेर कुचुरकुचर गर्छन्। सार्वजनिक रुपमा कुरा गरेको भए पो यसोयसो भन्ने थाहा हुन्थ्यो। यस्तो भयो रे भन्ने सुनाइदिन्छन्। त्यसपछि कसैले कुनै गुट नजिकको मिडियालाई सुनाइदिन्छ। त्यो गुटको मिडियाले हो कि झैँ लाग्ने गरी समाचार लेखिदिन्छ। अनि लौ यसो भयो रे भनेर… Continue reading

विमान नचिन्‍ने मिडिया : बसको समाचारमा ट्याक्सीको फोटो राखे जस्तो !

Posted on July 3, 2020July 4, 2020 by Salokya

इमेज च्यानल टिभी सञ्चालन गर्ने इमेज ग्रुप अफ कम्पनीजको न्युजपोर्टल इमेजखबर डट कममा आज बिहान एउटा समाचार राखिएको छ। ‘विमान अवतरणका क्रममा चरा ठोक्किएपछि नेपाल एयरलाइन्सको वाइडबडी जहाज ग्राउन्डेड’ शीर्षकको समाचारमा राखिएको फोटो भने वाइड बडीको होइन, चिनियाँ एम-६० (वाई सिरिज) विमानको हो। समाचार लेख्ने र प्रकाशन गर्नेलाई विमानको प्राविधिक कुरा धेरै थाहा नभए पनि… Continue reading

पत्रकार महासंघको पत्र ‘नागरिक’मा अस्वीकार, कारण हेर्नुस् त कस्तो !

Posted on July 2, 2020 by Salokya

अहिले मिडिया साहुहरुले पत्रकारहरुलाई गरेको व्यवहारको चर्चा छ। हुनत जुन क्षेत्रका कर्मचारीहरुको पनि हालत त्यस्तै त्यस्तै हो, तर आफू जुन क्षेत्रमा छु, त्यही क्षेत्रको बढी चासो लाग्ने क्या ! यो एउटा रमाइलो भेटियो आज। पत्रकारहरुले आफूलाई अन्याय गरे साहुहरुले भनेर उजुरी दिएपछि नेपाल पत्रकार महासंघले भएको के हो भनेर बुझ्‍नलाई नागरिक दैनिकका अध्यक्षलाई सम्बोधन गरी… Continue reading

‘साप्ताहिक’, ‘नारी’ र ‘नेपाल’का ५३ पत्रकार अझै ट्वाँ : न बन्द गरेको घोषणा गर्छन्, न अवकाश पत्र दिन्छन्

Posted on July 2, 2020July 2, 2020 by Salokya

जुन दिन (असार ११, २०७७) कान्तिपुर पब्लिकेसन्सले आफ्ना तीन पत्रिकाहरु साप्ताहिक, नेपाल र नारी बन्द गर्ने घोषणा भएको भन्दै अरु अनलाइनहरुमा समाचार आएको थियो, त्यही दिन सोही पब्लिकेसन्सको एउटा पत्रिका काठमाण्डु पोस्टमा छापिएको विज्ञापन थियो माथिको। यसमा साप्ताहिक ‘अब दिनदिनै’ भनिएको छ। तर त्यो दिनदेखि साप्ताहिकको वेबसाइटमा नयाँ सामग्री आउन छाडेको छ। सूचना बिनै पत्रिका… Continue reading

सलह ‘तड्पिएको’देख्‍नेदेखि सलहको ‘चाहना’ बुझ्नेसम्मका पत्रकार

Posted on June 29, 2020June 29, 2020 by Salokya

अफ्रिकाबाट उडेर आएका सलहको बथान नेपाल छिर्दैन भन्दैथियो सरकारी प्रतिवेदनले। एफएओले पनि नेपालसम्म पुग्ने कुरालाई ‘अनलाइक्ली’ नै लेखिरहेको थियो। तर छिर्दैन भन्दाभन्दै छिरी त हाल्यो। अब के गर्ने? न सरकारको तयारी, न समाचार लेख्ने पत्रकारहरुको तयारी। तर तयारी नभए पनि पत्रकारहरु निकै भावुक भए। आइतबार भावनामा उर्लेर लेखिएका समाचारहरु पढ्न पाइयो। हेर्नुस् केही नमूना।

कृषि मन्त्रालयको हुँदै नभाको प्रतिवेदन : ‘कान्तिपुर’को क्षमायाचना, ‘नागरिक’को स्पष्टीकरण, ‘अन्नपूर्ण पोस्ट’ चुप

Posted on June 27, 2020June 27, 2020 by Salokya

कृषि मन्त्रालयको फेक प्रतिवेदनलाई आधार बनाएर मिडियाहरुले समाचार लेखेको बारे तीन दिनअघि ब्लग लेखेको थिएँ- कहाँबाट आयो ‘हुँदै नभएको’ कृषि मन्त्रालयको सीमा मिचेको ‘प्रतिवेदन’? आज असार १३ गते ‘कान्तिपुर’ले असार १० गते छापिएको ‘चीनतर्फ पनि सात जिल्लामा सीमा अतिक्रमण’ शीर्षक समाचारमा ‘गम्भीर तथ्यगत त्रुटि’ भएको स्वीकार्दै क्षमायाचना गरेको छ। विदेशतिर गल्ती हुँदा सच्याउने चलन सामान्य… Continue reading

‘नागरिक’को अनलाइनबाट गायब भएको एउटा न्युज, के थियो समाचारमा ?

Posted on June 26, 2020June 26, 2020 by Salokya

सामाजिक सञ्जालमा नागरिकको अनलाइन संस्करणबाट एउटा न्युज हटाइएको सम्बन्धमा चर्चा भइरहेको छ। समाचारको लिङ्कमा क्लिक गर्दा माथिको ‘पृष्ठ भेटिएन’ लेखिएको पेज खुल्छ। उक्त समाचार कहिलेदेखि हटाइयो, खुलेको छैन। तर ट्विटर वा फेसबुकमा यो समाचार सेयर गर्दा भने हेडलाइनसहितको लिङ्क देख्‍न सकिन्छ। 

कोरोना कहर : मिडिया साहुले मौका छोप्दा पत्रकारको बिजोग !

Posted on June 26, 2020June 27, 2020 by Salokya

‘लेफ्ट’ रातो मसीले अङ्ग्रेजीमा लेखिएको यो शब्द त्यतिबेला मैले काम गरिरहेको च्यानल नेपालको हाजिर कपिमा थियो। मैले अघिल्लो दिन गरेको हाजिरलाई केरेर यस्तो बनाइएको भोलिपल्ट मात्रै देखेँ। आजभन्दा १५ वर्षअघि काम सकाएर हाजिर गरेर फर्किएको भोलिपल्ट एकाएक निकालिनुको पीडा अहिले फेरि याद आउनुको कारण हो, फेरि पनि पत्रकारहरुलाई कोरोनाको निहुँमा यसैगरी निकालिँदै छ। त्यतिबेला ९… Continue reading

मदन भण्डारीसित जोडिएको ‘फेक न्युज’का दुई स्क्यान्डल

Posted on May 16, 2020May 16, 2020 by Salokya

२७ वर्षअघि आजकै दिन दासढुङ्गामा भएको जीप दुर्घटनामा तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको मृत्यु भएको थियो। यत्रो वर्ष भइसक्दा पनि त्यो दुर्घटना थियो कि नियोजित षड्यन्त्रका कारण भएको हत्या थियो भन्ने विषयमा चर्चा हुँदै गर्छ। त्यतिबेला त झन् विभिन्न हल्लाहरु चल्नु स्वभाविकै थियो। यही घटनासँग जोडेर नेपाली पत्रकारितामा दुई वटा स्क्यान्डल भएका छन्। स्क्यान्डल… Continue reading

Posts navigation

  • Previous
  • 1
  • …
  • 6
  • 7
  • 8
  • 9
  • 10
  • 11
  • 12
  • 13
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme