Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

दोलखा : लोकल न्युजमा अज्ञात रोग, ‘कान्तिपुर’मा रुघाज्वरो, खास भएको के?

Posted on April 18, 2021April 18, 2021 by Salokya

दोलखाबाट सञ्चालित भिलेजखबरमा बिहीबार (वैशाख २, २०७८) एउटा आतंकित बनाउने खबर आयो। शीर्षक थियो- ‘अज्ञात रोगबाट दोलखाको एकै विद्यालयका एक सय बढी विद्यार्थी तथा शिक्षकहरु बिरामी’

यस्तो अज्ञात रोगको आतंक नेपाली मिडियाले निकै मच्चाउँछ। केही कुरा रिपोर्टरलाई वा छाप्ने सम्पादकलाई थाहा भएन कि ‘अज्ञात रोग’। त्यति लेखेपछि खोज्न पनि परेन। खोज्ने झण्झट कसले गरिरहोस् !

त्यसको भोलिपल्ट काठमाडौँबाट प्रकाशन हुने राष्ट्रिय दैनिक कान्तिपुरको दोस्रो पेजमा पनि यो समाचार छापियो। त्यसमा अज्ञात रोग नलेखिए पनि व्यहोरा उस्तै थियो।

कान्तिपुरमा प्रकाशित समाचार

खासमा यहाँ भएको के थियो त?

समाचार आएपछि वैशाख २ गतेको राति नै स्वास्थ्यकर्मी र प्रहरीसहित गाउँपालिकाको टोली बिगु गाउँपालिकाको वडा नं ८ मा रहेको खोपाचागुस्थित हिमालय माध्यमिक विद्यालयमा पुग्यो।

गाउँपालिकाले विज्ञप्ति निकालेर भनेको छ, विद्यालयकी नर्सले  समाचारमा उल्लेख भए जस्तो भयावह अवस्था नरहेको, केही विद्यार्थीमा सामान्य रुघाखोकी जस्ता समस्या देखिए पनि उच्च ज्वरो नदेखिएको बताइन्।

‘गाउँपालिकाको अध्यक्ष, स्वास्थ्य शाखा प्रमुख लगायतका जिम्मेवार व्यक्तिले समाचारमा उद्धृत गरिएको व्यहोराको भाषा नबोलेको हुँदा सम्बन्धित अभिभावक, विद्यार्थी र सम्पूर्ण जनमानसलाई भ्रममा नपर्नु हुन अनुरोध गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ।

लौ न, गाउँपालिकाले त बोल्दै नबोलेको कुरा समाचारमा लेखियो भनेर पो भन्यो त।

समाचारमा बन्द गरिएको भनिएको स्कूलले समेत यस्तो सूचना टाँसेको रहेछ जसमा ‘मौसम परिवर्तन र वायुमण्डल प्रदूषणका कारणले यस्तो लक्षण देखिएको भन्ने प्रतिवेदन आएको’ उल्लेख छ। विज्ञप्तिमा नियमित पठनपाठनमा पनि सहभागी गराउन भनिएको छ।

*************************************

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा यसमा रहेको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme