Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Category: मिडिया

प्रेस काउन्सिलले रअसितको ‘सहमति’ भन्दै भाइरल पत्र छाप्‍नेलाई सोध्यो स्पष्टीकरण, के गर्नसक्छ कारबाही?

Posted on April 16, 2021 by Salokya

हिजो सामाजिक सञ्जालमा भाइरल भएको रअ प्रमुख र प्रधानमन्त्रीको हस्ताक्षर भएको दावी गरिएको पत्र छाप्‍ने अनलाइनहरुलाई प्रेस काउन्सिलले २४ घण्टे स्पष्टीकरण पत्र काटेको छ। यो पत्र किन शंकास्पद छ भन्ने बारे मैले हिजो ब्लग लेखेको थिएँ, छुटाउनु भएको भए यहाँ क्लिक गरी हेर्नुस्। यो पत्र राख्ने उज्यालो नेटवर्क, सुदर्शनखबर, पर्दाफास, समाचारदैनिक, नेपालीगाथा, पिएलएखबर, कान्तिपथ डट… Continue reading

पत्रकार महासंघको महा-चुनावमा प्यानल, विद्रोह र धोकाको महा-रमाइलो !

Posted on April 8, 2021April 8, 2021 by Salokya

देशभरीका पत्रकारहरुको छाता संगठन हो नेपाल पत्रकार महासंघ। चैत २५ गते यसको केन्द्र, प्रदेश र स्थानीय (प्रतिष्ठान, एसोसियट) को महा-चुनाव भयो। महा-चुनाव यस अर्थमा कि पहिलो पटक पत्रकारहरुको चुनावमा प्रत्यक्ष मतदान गरियो। अर्थात् सदस्यहरु सबैले भोट हाल्न पाउने। पहिले यस्तो हुन्थेन। पहिले सदस्यहरुले आफूमध्येबाट पार्षदहरु चुन्थे। अनि उनीहरुले भोट हालेर केन्द्र, प्रदेशका पदाधिकारीहरु चुन्थे। देशभरका… Continue reading

चोलेन्द्रलाई ‘प्रधानमन्त्री’ र गैँडालाई ‘हात्ती’ देख्‍ने कान्तिपुर :)

Posted on April 2, 2021April 3, 2021 by Salokya

बीचमा एकचोटी खिलराज प्रकरण दोहोरिन्छ भन्ने खुब हल्ला चलेको थियो नि तपाईँहरुलाई याद छ? मतलब प्रधान न्यायाधीश नै प्रधानमन्त्री बन्ने। खिलराज रेग्मी त्यसैगरी मन्त्रिपरिषद्का अध्यक्ष बनेका थिए। प्रतिनिधि सभा विघटनपछि फेरि संवैधानिक संकट आएर त्यस्तै हुन्छ भन्ने शंका चलिरहेको बेला कान्तिपुरले नै हो क्यार- ‘गल्तीले मिस्टेक गरेर’ चोलेन्द्रशमशेर राणालाई प्रधानमन्त्री लेखेको थियो। अहिले खोज्दा भेटिएन।… Continue reading

पत्रकारलाई चुनाव लाग्यो, कुन पदमा को उम्मेदवार ?

Posted on March 28, 2021 by Salokya

अहिले पत्रकारहरुलाई चुनाव लागेको छ। देशभरका पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका लागि यही चैत २५ गते चुनाव हुँदैछ। यसका लागि चैत १४ गते दिउँसो ३ बजेसम्म उम्मेदवारीको मनोनयन पत्र दर्ता गर्नुपर्ने थियो। तर पछि समय बढाएर ६ बजेसम्म दर्ता गर्ने समय तोकियो। पहिले तोकिएको समयभित्र अध्यक्ष पदमा एक मात्र उम्मेदवारी गजेन्द्र बुढाथोकीको… Continue reading

पुलिसले सुटुक्क सच्यायो हुँदै नभएको नगरपालिका, मिडियाले चैँ सच्याउलान् त?

Posted on March 18, 2021March 18, 2021 by Salokya

अस्ति भर्खरैको कुरा हो- अमेरिकी दूतावासले आफ्नो प्रेस विज्ञप्तिमा एउटा गल्ती गर्दा माफी मागेर त्यसलाई सच्याएको सूचना सामाजिक सञ्जालमा राखेको। विज्ञप्तिलाई आँखा चिम्लेर विश्वास गरी समाचार बनाउँदा नेपालका मिडिया फेरि एक पटक नराम्रोसित चिप्लिए। यस पटक मिडियालाई चिप्लाउने काम अरुले हैन, नेपाल प्रहरीले गरेको थियो। तपाईँहरुलाई याद छ नि- पत्रकारहरुले त्यो अर्बौँ अर्बको बढाबढ गरेर… Continue reading

हुँदै नभएको नगरपालिकामा बस्‍ने मान्छेले ‘युरेनियम’ बेच्‍न हिँडेका? कति हाँस्‍नु!

Posted on March 13, 2021March 13, 2021 by Salokya

आजभोलिका पत्रकारहरु के साह्रो मेसिन भा’का हौ, अचम्म लाग्छ कहिलेकाहीँ। मेसिन मतलब भएको दिमाग नचलाउने। जे आयो, त्यही लेखेर प्रकाशन गरिदिने ! कति अर्बको पो हो, युरेनियम फेला पर्‍यो रे भनेर एआइजी हरिबहादुर पालले पत्रकार सम्मेलन गरेछन् शुक्रबार। आइजी मुनिका एआइजीले गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी भनेर हो कि के हो, आँखा चिम्म गरेर पत्याइहाले… Continue reading

दुई जनालाई सैनिक अदालतले, एक जनालाई मिडिया आफैले बर्खास्त गरिदिएछ

Posted on March 12, 2021March 12, 2021 by Salokya

हाम्रा मिडियाले पनि रमाइलो गर्छ अचेल। अस्ति भर्खर मिडियाले मलाला युसुफजाईलाई अमेरिकाले दिँदै नदिएको अवार्ड दिलाइदियो। आज फेरि एक महिला सैनिक अधिकृतलाई मिडिया आफैले बर्खास्त गरिदिएछ भन्या। समाचारहरु हेर्नुहुन्छ तपाईँले पक्कै पनि देख्नुभयो होला- २०७७ फागुन २८ गते शुक्रबार देशका प्रमुख मिडियाहरुमा नेपाली सेनाले एक सहायक रथी (जर्नेल) र दुई महिला अधिकृतहरुलाई बर्खास्त गरेको समाचार।… Continue reading

‘कान्तिपुर’ लाज पचाएर चुप बस्ने, ‘काठमान्डु पोस्ट’ माफी माग्ने : ‘मलाला कान्ड’मा नेपाली मिडिया कसले के गरे?

Posted on March 11, 2021March 11, 2021 by Salokya

‘यसअघि यो पुरस्कार नोबेल पुरस्कार विजेता मलाला युसाफजाईले पाएकी थिइन्।’ २०२१ मार्च ६ शनिबारको ‘कान्तिपुर’ राष्ट्रिय दैनिकको पहिलो पेजमा ‘नजलेको मुस्कान’ शीर्षकको समाचारमा मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालयले दिने अन्तर्राष्ट्रिय साहसी महिला ‘आईडब्लूओसी’ अवार्ड पाएकोबारे लेखिएको समाचारमा यो वाक्य राखिएको थियो। मलालाले यो पुरस्कार नपाएकोले समाचारको यो दावी गलत रहेको बारे नेपाल फ्याक्ट चेकले तथ्य… Continue reading

हाम्रा मिडिया साह्रै खतरा : मलालाले पाउँदै नपाएको पुरस्कार आफैले बाँडिदिए मुस्कानको नाममा

Posted on March 9, 2021 by Salokya

अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार खासमा अमेरिकी सरकारले दिने हो। तर यसपालि नेपाली मिडियाले बाँडेछ। पत्याउनु भएन? पख्नुस्, म पत्याउने गरी बुझाइदिन्छु। अमेरिकाको विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मार्च ८ तारिखमा यो पुरस्कार दिने गर्छ। सन् २००७ मा तत्कालीन अमेरिकी विदेशमन्त्री कन्डोलिजा राइसले सुरु गरेको यो अवार्ड पाउनेमा यसपालि पहिलो पटक नेपालीले पाइन्। किशोरी… Continue reading

के ओली पक्षमा लाग्ने सयौँ निर्वाचितको पद भकाभक रिक्त भइहाल्ने हो र?

Posted on March 3, 2021 by Salokya

आजको कान्तिपुरको तेस्रो पेजमा ‘सयौं निर्वाचितको पद रिक्त हुने जोखिम’ शीर्षकको समाचार छापिएको छ। समाचारको टिजरमा लेखिएको छ, ‘दाहाल–नेपाल पक्षले केन्द्रीय कमिटीमा गरेको बहुमतको दाबी सही ठहरिए ओलीपक्षीय संघीय सांसद, प्रदेशसभा सदस्य र नगरपालिका प्रमुख/उपप्रमुख, वडाध्यक्ष र सदस्यसम्मको पद धरापमा पर्नेछ।’ समाचारको लिडलाइन यस्तो छ- ‘केन्द्रीय समितिलाई मात्रै आधार मानेर नेकपा विवादको छिनोफानो गरिए अल्पमत… Continue reading

कान्तिपुरको समाचारमा दावी गरिए जस्तै संविधानविपरीत (गैरसंवैधानिक) नै हो र यो?

Posted on March 2, 2021March 2, 2021 by Salokya

आजको राष्ट्रिय दैनिक ‘कान्तिपुर’ को पेज ४ मा एउटा समाचार छापिएको छ जसको शीर्षक छ- सिनामंगलको जग्गा लिजमा दिनु अधिग्रहणको शर्तविपरीत। फागुन १६ गतेदेखि ‘कान्तिपुर’ले यो विषयमा निरन्तर समाचार लेखिरहेको छ। १६ गतेको शीर्षक छ- अन्तर्राष्ट्रिय विमानस्थल छेवैको ९१ रोपनीमा होटल बनाउन दिने तयारी’ उपशीर्षक छ- ‘सुरक्षा संवेदनशीलताको बेवास्ता गर्दै सरकारी जग्गा भाडामा दिन लागिएकामा… Continue reading

मन्त्रिपरिषद्को बैठकले निर्णय नगर्दै समाचार लेखेर चिप्लिने मिडिया कुन-कुन?

Posted on March 2, 2021March 2, 2021 by Salokya

मन्त्रिपरिषद्को बैठकले २०७७ फागुन १७ गते सोमबार बसेको बैठकले प्रतिनिधि सभाको अधिवेशन फागुन २३ गते आह्वान गर्न राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय गर्‍यो। सोही बमोजिम राष्ट्रपतिको कार्यालयले सूचना पनि जारी गर्‍यो। तर यससम्बन्धी समाचार लेख्ने क्रममा नाम चलेका मिडियासमेत कसरी चिप्लिए? आउनुस् हेरौँ।

कान्तिपुरले घोषणा गरेको नेपालको ‘नोबल’ पुरस्कार, जुन अन्ततः गफमा सीमित हुनपुग्यो

Posted on February 20, 2021February 20, 2021 by Salokya

‘विदेशमा नोबल र म्यागासेसे पुरस्कार छन्, हामी पनि हाम्रा श्रद्धेय व्यक्तित्वहरूलाई राष्ट्रको ठूलो पुरस्कारले सम्मान गर्न चाहन्छौँ। त्यसको अभियान कान्तिपुरले थाल्नेछ। पुरस्कार स्थापना त्यसकै अभियान हो।’ ठ्याक्कै नौ वर्षअघि कान्तिपुर पब्लिकेशन्सको २० औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कान्तिपुर पब्लिकेशन्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले यस्तो घोषणा गरेका थिए। ‘नेपालमा यति ठूलो धनराशिको… Continue reading

भागरथी प्रकरणमा ‘उत्तम दाइ’लाई हिरो बनाउँदा मिडिया चुकेका पक्ष

Posted on February 18, 2021February 19, 2021 by Salokya

सबभन्दा पहिला आजका राष्ट्रिय दैनिक हेरौँ। यो आजको ‘अन्नपूर्ण पोस्ट’को मुख्य समाचार हो। ‘भाइ पर्नेबाट भागरथीको हत्या’ शीर्षकको समाचारमा सात कोलमको ब्यानर न्युज राखिएको छ। एकछेउमा ‘यसरी सफल भयो अनुसन्धान’ भनेर सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीको ‘हुटि फोटो’ सहितको समाचार छ भने सम्पादकीय भनेर ‘प्रहरीको अब्बल अनुसन्धान’  शीर्षकको एक झलक पनि राखिएको छ।

के कान्तिपुरको यो समाचार सही छ?

Posted on February 8, 2021February 9, 2021 by Salokya

कान्तिपुरको आज (२०७७ माघ २६) को पहिलो पेजमा एउटा समाचार छ, जसको शीर्षक छ- ‘प्रधान न्यायाधीशको प्रश्न’ सानो अक्षरमा अनि उद्धरण चिह्न भित्र ‘अहिलेको वातावरणमा निर्वाचन सम्भव छ?’ समाचारको लिडलाइन (पहिलो प्याराग्राफ) मा लेखिएको छ- ‘प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले निर्वाचनमा जाने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम सही रहेको तर्क गर्न बहसमा आएका सरकारी वकिललाई अहिले निर्वाचनको… Continue reading

पत्रकारले न्यायाधीशको आवाज नचिन्दा आपत (भाग २)

Posted on February 4, 2021February 4, 2021 by Salokya

पत्रकारले न्यायाधीशको आवाज नचिन्दा आपत भाग २ पढ्नुअघि भाग १ मा के लेखिएको थियो त्यो याद दिलाइदिउँ। जनवरी २० मा लेखिएको त्यो ब्लगमा विभिन्न मिडियामा ‘सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनबारे भइरहेको बहसका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रुपमा संसद पुनर्स्थापना हुँदैन भनिरहेको कुरा उठाइएपछि प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाले ‘बाहिरको कुराले तपाईं प्रभावित हुनुहुन्छ… Continue reading

राष्ट्रपतिको कार्यालयबाट ‘धारा’ हरायो, मिडियाको समाचारबाट ‘मान्छे’ हरायो !

Posted on February 3, 2021February 3, 2021 by Salokya

नझुक्किनुस् है माथिको ‘क्लिकबेटे’ हेडलाइनबाट।  राष्ट्रपतिको कार्यालयबाट हराएको भनेर ‘पानी आउने धारा’ होइन, पानी नआउने धारा अर्थात् ‘संविधानको धारा’ भन्न खोजिएको हो। राष्ट्रपतिको कार्यालयमा आज विभिन्न संवैधानिक निकायका पदाधिकारीहरुलाई शपथ खुवाइयो। प्रतिनिधि सभा भङ्ग भएको अवस्थामा संसदीय समितिमा सुनुवाई गर्नुपर्ने कि नगर्ने भन्ने विवादका बीच शपथ ग्रहणको कार्यक्रमपछि राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिको भाषा रोचक थियो।… Continue reading

अरु मिडियाले ‘इकान्तिपुर’बाट सिक्नुपर्ने कुरा

Posted on January 29, 2021February 1, 2021 by Salokya

गएको माघ २ गते ‘नेपालखबर’मा ‘संवैधानिक इजलासका न्यायाधीश सपना मल्लसहित चार न्यायाधीशसँग प्रधानमन्त्री ओलीको भेट’ शीर्षकमा समाचार छापियो। समाचारमा ‘प्रधानमन्त्रीको निजी सचिवालय निकट स्रोतका अनुसार’ भनिएको थियो। त्यसैगरी ‘रातोपाटी’ले पनि सोही दिन ‘भेटेकै हुन् त न्यायाधीशहरुले प्रधानमन्त्रीलाई ?’ ‘भेटेका हुन् भने उनीहरुले न्यायालयबाट बिदा लिनुपर्छ’शीर्षकको समाचार राखेको थियो। अहिले यी दुवै वेबसाइटमा गएर तपाईँले हेर्नुभयो… Continue reading

नेकपा जस्तै ‘सीधा कुरा’ पनि दुइटा : एउटा रविको, अर्को रवि बिनाको, कुन आधिकारिक?

Posted on January 25, 2021 by Salokya

देशको सत्ता चलाइरहेको दल नेकपा कानुनी रुपमा एउटै भए पनि व्यवहारिक रुपमा दुइटा छन्। टेलिभिजनको एउटा लोकप्रिय कार्यक्रम ‘सीधा कुरा जनतासँग’पनि अब दुइटा भएको छ। रवि लामिछानेले बिहीबार (जनवरी २१ मा) टिमसहित न्युज २४ टेलिभिजन छाडेपछि सो टेलिभिजनले आइतबार (जनवरी २४ मा) पहिलो पटक रवि लामिछाने बिनाको कार्यक्रम प्रसारण गर्‍यो। रवि लामिछानेले परिष्कृत सोच र… Continue reading

वनको बाघले हैन, मनको बाघले पो खाएको रैछ बारामा

Posted on January 24, 2021January 25, 2021 by Salokya

अचेल सोसल मिडियामा बाघ काण्ड निकै भाइरल छ। बर्दियाको बाघ काण्डबारे पोस्टहरु कति हो कति।  हिजो शनिबार (२०७७ माघ १० गते) भने सोसल मिडिया र विभिन्न अनलाइन मिडियाहरुमा अर्को बाघ काण्डको चर्चा थियो। तर यो बर्दियाको नभएर बाराको थियो। बारा भए पनि पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र पर्ने पथलैया–अमलेखगञ्ज सडकखण्डबाट शनिबार बिहान बाघले झम्टिएर एक जना… Continue reading

Posts navigation

  • Previous
  • 1
  • …
  • 4
  • 5
  • 6
  • 7
  • 8
  • 9
  • 10
  • …
  • 13
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme