यसपालि दशैँतिहारको चाडवाडमा मिडिया साहुहरुलाई फाइदै भो। तपाईँहरुले पनि याद गर्नुभयो होला, चल्तीका कति पत्रिकाहरुले ज्याकेट ओढेका थिए। फ्रन्टपेजमा समाचारको साटो विज्ञापन देखिनुलाई ज्याकेट लगाएको भन्छन् प्राविधिक भाषामा। यस्तो ज्याकेट अधिकांश मदिरा कम्पनीहरुका थिए। अनलाइनहरुमा पनि क्लिक गर्ने बित्तिकै समाचार नदेखेर यस्तै मदिराका विज्ञापन देखेको पनि धेरैले याद गर्नुभयो होला। मिडियाले विज्ञापन पाउनु राम्रै कुरा… Continue reading
Category: मिडिया
वडामहारानी चिढ्याउने त्यो अन्तर्वार्ता : उद्योगपति मणिहर्षदेखि तस्कर र मिडिया टाइकुनसम्मका अन्तर्वार्ता
-किशोर नेपाल- समाचारको रोचक प्रस्तुति र निर्भीकताका कारण देशान्तर साप्ताहिक बन्धुले र मैले सोचेभन्दा निकै कम समयमा लोकप्रिय हुन थालेको थियो । हामी जतिसुकै निष्पक्ष हुन खोजे पनि पाठकले हामीलाई काङ्ग्रेसको आधिकारिक समाचार दिने काङ्ग्रेससँग निकट साप्ताहिक भनेर चिन्दथे । देशान्तरमा म किशुनजीसँग नजिक थिएँ, शिव अधिकारी गिरिजाप्रसाद कोइरालाको समर्थक समूहमा । हामीले काङ्ग्रेसका मामिलामा… Continue reading
विज्ञापन छापेको पेज गायब बनाउन नपाइने : बोर्डले मिडियाका लागि बनाएको आचार संहिता
कुनै एउटा कार्यालयले ठेक्काको विज्ञापन छापेको रहेछ। तर त्यो विज्ञापन छापिएको पत्रिका बजारमै पुगेनछ। पत्रिका बीचैमा गायब ! यस्तो कुरा तपाईँले पनि सुन्नुभएको होला। यस्तै खाले समस्या भएर नै होला, विज्ञापन बोर्डले हालै तयार पारेको विज्ञापन आचार संहिता, २०७८ को मस्यौदामा सञ्चार माध्यमले पालना गर्नुपर्न आचार संहितामा त्यसो गर्न नपाइने भनिएको रहेछ। विज्ञापन (नियमन गर्ने)… Continue reading
रवि लामिछाने र ऋषि धमला माओवादीमा प्रवेश : हुँदै नभएको कुराको ‘समाचार’ बनाउनुको रहस्य
‘ऋषि धमला र रवि लामिछाने त माओवादीमा प्रवेश गरे रे नि !’ एक परिचितले फेसबुक मेसेन्जरमा मलाई सोधे। ‘कसरी थाहा पाउनु भो?’ मैले सोधेँ। ‘फेसबुकबाट,’ उनको जवाफ ! ‘फेसबुकमा जे लेखियो त्यही पत्याउँदै हिँड्ने हो त’ 🙂 इमोजीसहित मैले जवाफ फर्काएँ। ‘हैन, हैन- रवि लामिछानेको ग्यालेक्सी टिभीकै फेसबुक पेजमा पढेको मैले’, उसले भन्यो, ‘अनि बीबीसीमा… Continue reading
न्युजपेपर होलिडे : कुन पत्रिका कति दिन बन्द हुँदैछ?
नेपालीहरु आफ्नो ठूलो चाड दशैँ मनाउँदै गर्दा ‘न्युजपेपर होलिडे’ पनि सुरु भएको छ। दशैँका यी दिनहरुमा पत्रिकाहरु पनि छापिँदैनन्। पहिले भए यस्तो बेलामा समाचार थाहा पाउन पनि गाह्रो हुने गर्थ्यो। तर अहिले त इलेक्ट्रोनिक मिडियाहरु छन्। रेडियो, टिभी, अनलाइनहरु बन्द हुँदैनन्। विदा पनि यी मिडियाहरुले पालो मिलाएर दिने गर्छन्। त्यसैले समाचारै ब्ल्याक आउट हुने स्थिति… Continue reading
मन्त्रीको राजीनामा स्वीकृत गर्ने व्यवस्थै छैन, मिडियामा २०४७ सालकै संविधानको ‘ह्याङओभर’
प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराको कोटामा मन्त्री नियुक्त भएको भनेर चर्को आलोचना भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले आज राजीनामा दिएका छन्। मन्त्री बनेको तीन दिनमै उनले प्रधानमन्त्री देउवा समक्ष लिखित राजीनामा बुझाएको भनिएको छ। उनले दिएको ‘राजीनामा प्रधानमन्त्री देउवाले स्वीकृत गरेको’ समाचार पनि आएका छन्। त्यो भने अलि मिलेन। किनभने नेपालको अहिलेको संविधानमा… Continue reading
आइजी छान्न भारतीय राजदूतलाई सोध्ने गृहमन्त्री को हुन्? यसरी चिप्लियो ‘कान्तिपुर’
विगत केही दिनदेखि एक भारतीयको पुस्तक चर्चामा छ। नेपालमा राजदूत भइसकेका रणजित रायले आफ्नो नेपाल बसाईको अनुभव समेटेर एउटा किताब लेखेका रहेछन्- ‘काठमान्डु डिलेमा : रिसेटिङ इन्डिया-नेपाल टाइज’ नेपाल-भारत सम्बन्धमा एक भारतीयको दृष्टिकोण बारे लेखिएको यो किताबको मिडियामा समीक्षा आउनु पर्नेमा समाचार पो आउन थाल्यो। त्यस्तै एउटा समाचारमा लेखिएको थियो- ‘तत्कालीन गृहमन्त्री विमलेन्द्र निधिले राजदूत… Continue reading
कान्तिपुरले सोमबार गरेको एउटा गम्भीर गल्ती जुन धेरैले पत्तै पाएनन्
तपाईँले असोज १८ गते सोमबारको कान्तिपुर हेर्नुभो? हेर्नुभएको भए एउटा गम्भीर गल्ती थियो त्यसमा पत्ता लाउनु भो? धेरैले यो गल्तीबारे पत्तै पाएनन्। अझ पत्रिका नपढी इपेपर मात्र हेर्नेले त झन् थाहा पाउने कुरै भएन। किनभने इपेपरमा त्यो गल्ती सच्याइएको थियो। तपाईँलाई अचम्म लाग्यो होला, कस्तो गल्ती थियो भनेर। पख्नुस्, म भन्छु नि !
खिच्ने एक जनाले, नाम छापिने अर्कैको : कान्तिपुरको अर्को ‘काण्ड’
कान्तिपुर राष्ट्रिय दैनिकमा फेरि कपिराइटको अर्को ‘काण्ड’ भएको छ। २०७८ असोज ६ गते इकान्तिपुरमा प्रकाशित एउटा समाचारसँगै राखिएको फोटो आफूले खिचेको भन्दै प्रमाणसहितको दावी पेश गरेका हुन् फोटोग्राफर किशोर शर्माले। इकान्तिपुरमा त्यो दिन ‘द्वन्द्वपीडितलाई उपचार न राहत’ शीर्षकको एउटा समाचार प्रकाशन भएको थियो। समाचारसँगै एउटा फोटो पनि राखिएको थियो जसको क्याप्सनमा लेखिएको थियो- ‘सशस्त्र द्वन्द्वका… Continue reading
कसको आँट ‘कान्तिपुर’लाई १० हजार रुपैयाँ जरिवाना तिराउने?
आजको कान्तिपुर दैनिक हेर्नुभो ? अगाडिको दुई वटा पेजमा समाचार छैन, विज्ञापन छ। त्यसरी समाचारै नराखी अगाडिको पेजमा राख्ने विज्ञापनलाई प्राविधिक भाषामा ‘ज्याकेट एड’ भनिन्छ। सोझो अर्थमा पत्रिकालाई ज्याकेट लाइदिएको। तर यो ज्याकेट एडका कारण कान्तिपुरलाई मुद्दा लाग्न सक्छ र १० हजार रुपैयाँ जरिवाना लाग्न सक्छ। किन? किनभने यो गैरकानुनी विज्ञापन हो। कान्तिपुरले गैरकानुनी काम… Continue reading
मिडिया आफैले बढुवा गरीवरी पदकसमेत दिन भ्याएछ, हैट !
आज संविधान दिवसमा सरकारले बाँडेको पदकको समाचार खुब छाएको छ। पाँच जना पत्रकारले त पदक बहिस्कार पनि गरे। अरु क्षेत्रका क-कसले पदक पाए भन्ने समाचार पनि देखिएको छ- जस्तै कलाकारिता क्षेत्रका, खेलकूद क्षेत्रका, व्यापारव्यवसाय क्षेत्रका। त्यस्तै एउटा समाचार आज देशसञ्चारमा आएको रहेछ- प्रहरी क्षेत्रका पदक पाउनेहरुलाई समेटेर। शीर्षक छ- ‘आइजिपीलाई नै जिल्याउँदै पदक कुम्ल्याउने यी… Continue reading
यी ‘आइए’ वेबसाइटहरु जसले पत्रकार र पत्रकारितालाई बदनाम गर्दैछन्
शनिबारदेखि फेसबुकमा एउटा फोटोसहितको पोस्ट भाइरल भएको छ जसमा दावी गरिएको छ- पोखरामा विमान दुर्घटना भएछ अनि त्यसमा ११७ जनाको मृत्यु पनि भयो। मनगढन्ते कहानी कतिसम्म रचिएको छ भने काठमाडौँबाट जनकपुरतर्फ उडेको विमान पोखरा पुगेर दुर्घटना भयो रे। अनि बढीमा १६ जना यात्रु अट्ने टर्बोलेट विमानको फोटो राखेर ११७ जनाको मृत्यु रे। पख्नुस्, पत्रुकार भनेर… Continue reading
नेप्सेको समाचारले हँसायो : गल्ती गर्दा पनि लेख्नेलाई थाहै छैन जस्तो पो छ त
बुधबार नेपालका अनलाइन मिडियाहरुमा एउटा गजबको समाचार आयो। लगभग एकै व्यहोराको त्यो समाचारमा कुनै न्युज एजेन्सीलाई कोट गरिएको थिएन। यसको अर्थ त्यो समाचार न्युज एजेन्सीले लेखेको होइन भनेर नै बुझ्नु पर्यो। न्युज एजेन्सीको समाचार धेरै वटा मिडियामा आउनु सामान्य हो। तर यो असामान्य खालको थियो किनभने सबै समाचारको बाइलाइनमा त्यही मिडियाको नाम थियो। समाचार थियो… Continue reading
आइएसपीहरुको संगठनले निकालेको हाँसउठ्दो विज्ञप्ति !
विराटनगरको एउटा अनलाइन ‘आवरविराटनर’ लाई आइएसपी क्लासिक टेकले आफ्नो नेटवर्कमा नचल्ने गरी ‘ब्लक’ गरेको विरोधमा पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको जिल्ला, प्रदेश र केन्द्रले विज्ञप्ति निकालेर विरोध गरेको बारे माइसंसारमा यसअघि नै ब्लग आइसकेको छ। छुटाउनु भएको भए पढ्नुस्- क्लासिक टेकको गैरसंवैधानिक काम, आफूलाई मन नपरेको समाचार ब्लक गर्ने दुस्साहस। अब पालो इन्टरनेट सेवा… Continue reading
माधव नेपाललाई समाचारमा जबर्जस्ती रुवाउन खोजेको पोल खुल्दा परेको असर
माधव नेपालको दुई वर्ष पुरानो आँसु बेचेर उल्लु बनाउन खोज्ने मिडियाबारे लेखेको ब्लगले पार्नु पर्ने ठाउँमा ठूलै असर पारे जस्तो छ। ब्लग पढ्न छुटाउनु भएको भए यहाँ क्लिक गरी पढ्नुस्। त्यसको फलोअप ब्लग पनि थियो- माधव नेपाल रोएको खबरमा मिडियाले गरेको नयाँ ‘ट्विस्ट’ दुई वर्षअगाडि अर्कै कार्यक्रममा माधव नेपाल रोएको भिडियोको स्क्रिनसट राखेर एमालेका दोस्रो… Continue reading
माधव नेपाल रोएको खबरमा मिडियाले गरेको नयाँ ‘ट्विस्ट’
केही दिनदेखि सामाजिक सञ्जालमा दुई वटा आँसु कथा भाइरल छन्। एउटा आँसु हो- कमेडी च्याम्पियनका बिक्की अग्रवालको। कमेडी सोमा समेत आँसु आवश्यक भएको बेला समाचारमा आँसु किन नचाहिने त? त्यसैले माधव नेपाल रोएको विवरणसहित फोटो भाइरल भएको थियो। यो फोटोको बारेमा नेपालफ्याक्टचेकमा हिजो एउटा फ्याक्ट चेक आएको छ- के हो माधवकुमार नेपाल रुँदै गरेको भाइरल… Continue reading
क्लासिक टेकको गैरसंवैधानिक काम, आफूलाई मन नपरेको समाचार ब्लक गर्ने दुस्साहस
विराटनगरमा एउटा अनौठो घटना भएको छ। इन्टरनेट सेवा प्रदायक (आइएसपी) ले आफूलाई मन नपरेको एउटा समाचार पोर्टललाई नै आफ्नो नेटवर्कमा ब्लक गरिदिएको छ। इन्टरनेट सेवा प्रदायक (आइएसपी) को काम ग्राहकलाई इन्टरनेट सेवा प्रदान गर्ने मात्र हो। ग्राहकले जस्तोसुकै सामग्री इन्टरनेटमा हेरुन्, त्योसित उसलाई मतलब हुँदैन। नियामक निकाय अर्थात् दूरसञ्चार प्राधिकरणले निर्देशन दिएको अवस्थामा भने कुनै… Continue reading
नेपाली मिडियाले गर्यो मलाला युसुफजाईको ‘हत्या’
मलाला युसुफजाई चिन्नुहुन्छ होइन? नोबल पुरस्कार जित्ने हालसम्मकै सबैभन्दा कम उमेरकी विजेता। पाकिस्तानमा जन्मिएर विश्वभर नाम कमाएकी मलाला अहिले २४ वर्षकी भइन् र महिला र बालिका शिक्षाकी अभियन्ता छिन्। के तपाईँ पत्याउनु हुन्छ- उनको मृत्यु भइसक्यो? नपत्याएर के गर्नु। नेपाली मिडियाले उनको मृत्यु भएको घोषणा गरिसकैको देखियो।
‘कान्तिपुर’को भिडियोमा राँगो : खास कुरा चैँ काँ गो ?
फेसबुक स्क्रोल गर्दै थिएँ। कान्तिपुरको अनलाइन इकान्तिपुरको आधिकारिक फेसबुक पेजको एउटा पोस्ट देखियो। ‘जब राँगोलाई नियन्त्रण लिन एसएलआर चलाउनुपर्यो’ लेखिएको रहेछ। के रहेछ भन्ने जिज्ञासा जाग्यो। क्लिक गरी भिडियो हेरेँ। राँगोको पोस्ट हेरेपछि लाग्यो- खास कुरा चैँ काँ गो- काँ गो !
थाहाखबरले हँसायो : अरुको साहु देखाऊ, आफ्नो साहु लुकाऊ !
थाहाखबर अनलाइनमा एउटा समाचार पढेर निकै हाँसो उठ्यो। जोक लेखिएको थिएन त्यसमा। तर पनि हँसाउने खालको कन्टेन्ट छ त्यसमा। अहिलेको कर्पोरेट मिडियामा काम गर्नेहरुको हैसियत पनि देखाउँछ त्यसले। साउन २४, २०७८ आइतबार प्रकाशित यो समाचारको शीर्षक छ- विद्युत प्रधिकरणसमेत महानगरको कर नतिर्ने सूचीमा समाचार खासमा लामो समयदेखि कर बुझाउन गरेको ताकेतालाई अटेर गरेपछि काठमाडौँ महानगरपालिका… Continue reading