Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

तीन दिनमा खुस्कियो ‘रअ’सितको भाइरल ‘सहमति’को पोल, माफी माग्दै धमाधम हटाइए समाचार

Posted on April 18, 2021April 18, 2021 by Salokya

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर प्रमुखसित चार बूँदे सहमतिमा हस्ताक्षर गरेको दावी गर्दै सामाजिक सञ्जालमा भाइरल बनाइएको पत्रको पोल तीन दिनमै खुलेको छ।

यो पत्रसहितको पहिलो ‘समाचार’ बनाउने उज्यालोनेटवर्कले माफी माग्दै भूलसुधार भन्दै समाचार हटाइसकेको छ। साभार गर्ने अरुले पनि धमाधम हटाउन थालेका छन्।

भएको के थियो?

‘उज्यालो नेटवर्क’ नामको अनलाइनमा वैशाख २ गते प्रकाशित  ‘रअ प्रमुख र ओलीबीच लिपुलेकको कुरा नउठाउनेदेखि एमसीसीमा मोदीले सघाउनेसम्मको सहमति’ शीर्षकको  ‘समाचार’मा एउटा प्रिन्टेड डकुमेन्ट राखिएको थियो जसमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर प्रमुख रअका प्रमुख सामन्त गोयलको हस्ताक्षर रहेको दावी गरिएको थियो। त्यो पत्र हेर्ने बित्तिकै शंकास्पद देखिन्थ्यो। मलाई लागेका केही शंकाको विषयबारे ब्लग लेखिसकेको थिएँ। छुटाउनु भएको भए यहाँ क्लिक गरी पढ्नुस्।

एउटा सार्वभौम राष्ट्रका प्रधानमन्त्रीले कहिले पनि एउटा अर्को देशको प्रधानमन्त्रीको दूतसँग समान हैसियतमा कुनै डकुमेन्टमा हस्ताक्षर गर्दैनन्। अनि साइन भए पनि अनअफिसियल डकुमेन्टमा हैन ओरिजिनल डकुमेन्टमा मात्र हुन्छ र गोप्य डकुमेन्टमा फाइल इट प्रोपर्ली भन्ने लेखिँदैन भन्ने सामान्य ज्ञान समेत समाचार प्रकाशन गर्नेले गरेको देखिएन।

त्यतिमात्र होइन, त्यही समाचारलाई साभार गर्दै अरु थुप्रै अनलाइनहरुले पनि यसलाई प्रकाशन गरे।

प्रेस काउन्सिलको एक्सन

प्रेस काउन्सिलले समाचार प्रकाशन भएको भोलिपल्ट वैशाख ३ गते यो समाचार प्रकाशन गर्ने अनलाइनहरुलाई २४ घण्टे स्पष्टीकरण सोध्यो। यो समाचार प्रकाशन गर्ने अनलाइनहरुको कार्यालयमा प्रहरीले छापा मारेकोमा पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको विज्ञप्ति समेत निकाल्यो। 

र, माफी माग्दै हटाइयो समाचार

समाचार प्रकाशन गर्ने उज्यालोनेटवर्कले सोही समाचारलाई हटाएर त्यसमा लेखेको छ, ‘असावधानीका कारण समाचार प्रकाशित हुन गएकोमा हामी क्षमाप्रार्थी छौं।’

प्रधान सम्पादकले अगाडि लेखेका छन्, ‘पत्रकार आचारसंहिताविरूद्धको सामग्री असावधानीवश स्रोतलाई मात्र विश्वास गरी प्रकाशित हुन गएकाले उक्त सामग्री वेब साइटबाट हटाइएको सम्पूर्ण पाठकवर्गलाई जानकारी गराउन चाहन्छौं।’

अरु अनलाइनहरुले के गरे ?

सुदर्शनखबरले यस्तो समाचार राखेको थियो। अहिले उसले बिना कुनै सूचना समाचार डिलिट गरेको छ। गल्ती भए माफी मागेर हटाउनु पर्नेमा बिना सूचना समाचार डिलिट गरेर आचार संहिताविपरीतको अर्को काम भएको छ।

समाचारदैनिकले यस्तो समाचार प्रकाशन गरेको थियो। अहिले उसले त्यसलाई हटाएर यस्तो लेखेको छ-

पिएलएखबरले यस्तो समाचार राखेको थियो। अहिले उसले त्यसलाई हटाएर यस्तो लेखेको छ-

 

गल्ती कि प्रोपगन्डा ?

सामग्रीको कन्टेन्ट हेर्दा यो सामान्य गल्ती भन्दा पनि प्रोपगन्डा भएको देखिन्छ। प्रधानमन्त्री विरुद्ध लागेकाहरुले प्रधानमन्त्रीलाई बदनाम गर्न नियोजित रुपमा यस्तो कन्टेन्ट बजारमा ल्याएको भन्ने नै देखिन्छ। यस्तो प्रोपगन्डामा पत्रकार प्रयोग हुनु दुःखको कुरा हो।

यो समाचार उज्यालो नेटवर्कमा प्रकाशित भएको छ जसका प्रधानसम्पादक बुद्ध लोप्चन प्रचण्ड प्रधानमन्त्री हुँदा कानुन मन्त्री अजयशंकर नायकका प्रेस सल्लाहकार थिए। समाचार दैनिकमा प्रकाशित भएको छ जसका सम्पादक बासुदेव शर्मा बबिन माओवादीबाट निर्वाचित भएर सभामुख भएकी ओनसरी घर्तीका प्रेस सल्लाहकार थिए।

साथी रविराज बरालले मिडियाकुराकानीमा भर्खरै लेखेका छन्- पत्रकारका रुपमा तपाईँको प्रमुख काम हो, तपाईँले लेख्दै गरेको समाचार सामग्रीलाई कसैले आफ्नो प्रोपगन्डा वा दुश्प्रचारको हतियार पो बनाउँछ कि भनेर सचेत हुने । तपाईँको समाचार जो सुकैबाट प्रभावित हुन सक्छ, अमूक स्वार्थसमूहको अफवाहको शिकार बन्न सक्छ । जस्तो, तपाईँले लेख्दै गरेको समाचारको स्रोत, तपाईँको सम्पादक वा तपाईँको नजिकको साथी जसले पनि तपाईँलाई प्रभावमा पार्न सक्छ । तपाईँले आस्था राख्ने राजनीतिक विचार वा दल वा दलका नेताको त कुरै गर्न परेन । झन् तपाईँले भेटिरहने, संगत गरिरहने र एउटा विश्वासको सम्बन्ध बनाइसकेको मानिसले त झन् सजिलै तपाईँले लेख्ने विषय वा समाचार सामग्रीलाई प्रभावित पार्न सक्छ । खासगरी चरम राजनीतिक विवादका बेला नेताहरूले वा नेतानिकटका मानिसहरूले विपक्षीहरूलाई तह लगाउने माध्यमका रुपमा मिडिया, पत्रकार र समाचारलाई उपयोग गर्न खोज्छन् । यसका कयौँ उदाहरण नेपाली पत्रकारितामा पनि भेटिन्छन् । उनीहरूले पत्रकारलाई प्रयोग गरेर आफ्नो स्वार्थरक्षा हुने गरी सूचना दिन्छन् । एउटा पत्रकारका रुपमा हाम्रो भूमिका के हो भने, त्यो सूचनालाई जस्ताका तस्तै छाप्ने होइन बरु त्यसका आधारमा विभिन्न पाटापक्षहरू पनि समेटेर पाठकलाई सकभर सही समाचार दिने हो ताकि पाठक, स्रोता वा दर्शकले तपाईँले लेखेको समाचारका आधारमा सही धारणा बनाउन सकुन् । यसो गर्नु त कता कता जसले जे भन्यो, त्यही हल्लालाई पत्याउने र पाठकलाई दिग्भ्रमित बनाउने गरी समाचार सामग्री दिने गर्न थाल्यौँ भने न पत्रकारिता पेशाको गरिमा बच्यो न त मिडियाको विश्वसनीयता नै रह्‍यो ।  पढ्नुस्- प्रधानमन्त्री ओलीविरुद्धको प्रोपगन्डाबाट पत्रकारले सिक्नुपर्ने ७ पाठ

*************************************

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा यसमा रहेको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

1 thought on “तीन दिनमा खुस्कियो ‘रअ’सितको भाइरल ‘सहमति’को पोल, माफी माग्दै धमाधम हटाइए समाचार”

  1. गहन says:
    April 19, 2021 at 7:21 am

    निश्चित रुपमा प्रोपोगान्डा नै देखियो र घटिया भनौ वा भद्दा तरिकाले राखेका पनि देखिए जसले गर्दा शंका गर्ने ठाउँ प्रशस्तै देखा परे| एकक्षणलाई छाडिदिम यो कुरा गैरजिम्मेवारी र प्रपोगान्डा ठानेर| अनि लागौ मुल मुद्दाको प्रश्नमा|

    वास्तविक रुपमा भएको चाँहि के हुन? लिपुलेक, लिम्पियाधुरा र कालापानीको समस्या जस्तातस्तै छन| अझ मिचेका छन| नेपाली जनताले डिटेल नभए पनि भएका कुरा त थाहा पाउने अधिकार छ, मध्यरातमा टुङिने गरेर ३ घण्टाको वार्ताको कुरा छ| राष्ट्रहितमै भएको होला| भोलिका गएर कुनै दिन त सत्य उजागर हुन्छ नै| जती गोप्य राख्न खोजियो, जती अन्धकारमा राख्न खोजियो, उती फेक न्युज आउछ, शंका आशंका बढछ|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme