Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पत्रकारले न्यायाधीशको आवाज नचिन्दा आपत (भाग २)

Posted on February 4, 2021February 4, 2021 by Salokya

पत्रकारले न्यायाधीशको आवाज नचिन्दा आपत भाग २ पढ्नुअघि भाग १ मा के लेखिएको थियो त्यो याद दिलाइदिउँ। जनवरी २० मा लेखिएको त्यो ब्लगमा विभिन्न मिडियामा ‘सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनबारे भइरहेको बहसका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रुपमा संसद पुनर्स्थापना हुँदैन भनिरहेको कुरा उठाइएपछि प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाले ‘बाहिरको कुराले तपाईं प्रभावित हुनुहुन्छ ? हुनुहुन्न भने हामी पनि हुन्नौं’ भनेको लेखिएको थियो।

तर खासमा चाेलेन्द्र श्रीमानको स्टाइलमा अलि ठूलो स्वरमा श्रीमान् अनिलकुमार सिन्हाले त्यो बेला बोलेका रहेछन्। पुरानो ब्लग पढ्न यहाँ क्लिक गर्नुस्।

अब भाग २ तर्फ लागौँ। यो भने हिजोको कुरा हो। हिजो (माघ २०) को बहसमा महान्यायाधिवक्ता अग्नि खरेलले ‘यसको उत्तर खै श्रीमानहरूले दिएको?’ भनेपछि बेञ्चबाट ‘हामीले उत्तर दिने त फैसलाबाट होला नि!’ भनिएको रहेछ। अब यो कुरा विभिन्न मिडियामा कसरी आयो हेरौँ।

सेतोपाटीले हेडलाइनमै यस्तो लेख्यो-

समाचारमा यस्तो लेखिएको छ-

अनलाइनखबरको अर्कै कुरा

अब सेतोपाटीबाट अनलाइनखबरतिर लागौँ।

अनलाइनखबरले पनि यही प्रसंग समाचारमा यसरी समेटेको छ-

तर यसमा भने उत्तर त हामीले फैसलामा दिने हो भन्ने कुरा सेतोपाटीले जस्तो न्यायाधीश तेजबहादुर केसीले नभई प्रधान न्यायाधीश चोलेन्द्रशमशेरले भनेको लेखिएको छ। सामान्य पाठक त ट्वाँ पर्दैनन् यसरी। एउटै कुरा एउटा अनलाइनले एउटा लेख्ने, अर्कोले अर्कै। कुन पत्याउने?

कान्तिपुरमा के रहेछ?

यही कुरा कान्तिपुरमा के लेखिएको रहेछ हेरौँ न त। कान्तिपुरको दोस्रो पृष्ठमा यसबारे यस्तो समाचार छ-

समाचारमा ‘फेरि इजलासले प्रश्न सोध्न खोजेपछि खरेलले भने, ‘हो कि होइन, खै त श्रीमान्ले उत्तर दिएको ?’ जवाफमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले भने, ‘हामीले फैसलामा उत्तर दिने हो ।’

अर्थात् यसमा पनि हामीले फैसलामा उत्तर दिने हो भनेर न्यायाधीश तेजबहादुर केसीले नभई प्रधान न्यायाधीश चोलेन्द्रशमशेरले नै भनेको लेखिएको छ।

अब अर्को अनलाइन हेरौँ शिलापत्र। यसमा लेखिएको छ-

यसमा पनि न्यायाधीश तेजबहादुर केसीले होइन, प्रधान न्यायाधीश चोलेन्द्रशमशेरले नै भनेको लेखिएको छ।

कुरो के रहेछ भनेर अदालतमा नै उपस्थित एक पत्रकारलाई सोधेको, उनले भने- न्यायाधीश केसीले सोधेको प्रश्नमा महान्यायाधिवक्ता खरेलले त्यसको जवाफ खै दिएको भने। अनि प्रधान न्यायाधीशले एक लाइन मात्र बोलेको हो।

तीन तीन वटा मिडियाले एउटै लेखेको छ। बहुमतको कदर गरियो। हुनत धेरैले लेख्दैमा त्यही सही र कमले लेख्दैमा त्यही गलत भन्ने हुन्न। तर यो केसमा धेरैले लेखेको नै सही मानेँ मैले।

लौ न्यायाधीशको आवाज नचिन्दा फेरि पनि आपत भएछ।

पत्रकारले न्यायाधीशको आवाज नचिन्दा आपत (भाग १) मा अनिलकुमार सिन्हाले बोलेको कुरालाई प्रधानन्यायाधीशले बोलेको भनेर लेखेपछि अनलाइनखबरले यसअघि भूलवश प्रधानन्यायाधीश उल्लेख भएकाले सच्याइएको छ भनेर सूचना नै राखी समाचार सच्याएको थियो।

अब यसपालि सेतोपाटीले चाहिँ के गर्छ त ? सच्याउँछ कि ‘आ, होस्, यत्रैसित्ति’ भनेर चुप लागेर बस्छ? सेतोपाटीले समाचार प्रकाशन गरेको यो लिङ्कमा गएर हेरिराखौँ है।

सच्यायो भने पाठकप्रति जिम्मेवार भएर समाचार सच्याउँदो रहेछ भन्ने हुन्छ र आफ्नो विश्वसनीयता कायम राख्छ। सच्याएन भने? मनोज गजुरेलले भने जस्तो ‘केही नहुन्जेल केही हुन्न।’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme