Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

चोलेन्द्रलाई ‘प्रधानमन्त्री’ र गैँडालाई ‘हात्ती’ देख्‍ने कान्तिपुर :)

Posted on April 2, 2021April 3, 2021 by Salokya

बीचमा एकचोटी खिलराज प्रकरण दोहोरिन्छ भन्ने खुब हल्ला चलेको थियो नि तपाईँहरुलाई याद छ? मतलब प्रधान न्यायाधीश नै प्रधानमन्त्री बन्ने। खिलराज रेग्मी त्यसैगरी मन्त्रिपरिषद्का अध्यक्ष बनेका थिए। प्रतिनिधि सभा विघटनपछि फेरि संवैधानिक संकट आएर त्यस्तै हुन्छ भन्ने शंका चलिरहेको बेला कान्तिपुरले नै हो क्यार- ‘गल्तीले मिस्टेक गरेर’ चोलेन्द्रशमशेर राणालाई प्रधानमन्त्री लेखेको थियो। अहिले खोज्दा भेटिएन। ठ्याक्कै तिथिमिति पनि याद भएन। (सच्याउन पऱ्याे, कान्तिपुर हैन, नागरिकले रहेेछ)

आज भने फेरि कान्तिपुरले त्यस्तै गल्ती फेरि एक पटक गरेको छ।

कान्तिपुरको आज चैत २० गतेको दोस्रो पेजमा ‘मनमौजी आदेश !’ शीर्षकमा एउटा समाचार छापिएको छ। यो समाचारको दोस्रो अनुच्छेद राम्रोसित पढ्नुस् त।

समाचारमा लेखिएको छ- कतिपय मुद्दामा सुनुवाइमा गरेको ढिलाइ, आफूअनुकूलको इजलास निर्धारणलगायत क्रियाकलापका कारण प्रधानमन्त्री चोलेन्द्रशमशेर जबरामाथि प्रधानमन्त्री केपी शर्मा ओलीको ‘छाया’ बनेको आरोप लाग्ने गरेको छ ।

लौ भो त अब ! चोलेन्द्रशमशेर प्रधान न्यायाधीश कि प्रधानमन्त्री? प्रधानमन्त्री नै प्रधानमन्त्रीका छाया त हुने नै भयो नि। तर प्रधानमन्त्री चोलेन्द्र भएर पो अचम्म भयो त।

यसलाई डेस्कले ध्यान नदिँदा भएको सामान्य गल्तीकै रुपमा लिउँ। तर पनि यस्तो गल्ती कान्तिपुर जस्तो अग्रणी मिडियाका लागि ठीक भने होइन। एक पटक सरर पढेको भए यस्तो गल्ती हुने थिएन।

माथि हात्ती, तल गैँडा !

कान्तिपुरको आजकै अङ्कमा पनि अर्को गल्ती छ। पाँचौँ पेजमा ‘शुक्लाफाँटामा हात्ती गणना सुरु’ शीर्षकको एक कोलमको समाचार छ।

भङ्गेरा टाउके हेडलाइनमा हात्ती गणना भनेर लेखे पनि समाचारको लिडमै गैँडा गणना लेखिएको छ। अहिले त्यता गैँडा गन्न थालिएको हो। गन्नेहरु भने हात्ती चढेर गैँडाको टाउको गन्न निस्कने हो।

तर समाचारको शीर्षकमा भने हात्ती आयो। हात्ती आयो, हात्ती आयो- गैँडा।

गैँडा भनेको सय रुपैयाँ हो, हात्ती भनेको हजार। समाचार लेख्नेलाई ठूलो रकममा आँखा गयो त के गल्ती भो 🙂

कान्तिपुरका डेस्क सम्पादकले समाचारको शीर्षक समाचारको विषयवस्तु पढेर राख्नुपर्छ भन्ने पत्रकारिताको मान्यतालाई नै चुनौति दिए। गज्जबै हो नि यो त, कि कसो ? 🙂

भोलिको पत्रिकामा यस्ता झिनामसिना गल्ती सच्याइँदैन होला भन्ने आशा गरम्। त्यो शाहरुख खानको फेमस डायलग जस्तो- ‘बडे बडे अखबार मेँ छोटी छोटी बातेँ होती रहती है।’

अपडेट : शुक्रबार यस्तो छापिएको थियो। माइसंसारको यो ब्लग आएपछि शनिबार कान्तिपुरले यस्तो सच्याएको सूचना प्रकाशित गर्‍यो-

3 thoughts on “चोलेन्द्रलाई ‘प्रधानमन्त्री’ र गैँडालाई ‘हात्ती’ देख्‍ने कान्तिपुर :)”

  1. Pingback: मन्त्रीको यो भाषण अनुसार काम हुनथाल्यो भने त….के होला ? यसो अनुमान गरौँ « Mysansar
  2. ढालबहादुर says:
    April 4, 2021 at 11:50 pm

    धन्य माईसंसारले औउल्याईदिएर कान्तिपुरले सच्याउने सुअवसर पाए| माईसंसारप्रति लिखितममै आभार शब्द ब्यक्त गरेको भए शिखरचुली जस्तो भब्य भवनको कद उचाई घटने थिएन होला, बढने नै थियो|
    खिलराज रेग्मी पद प्रकरणले शक्ति पृथकीकरणको सिद्धान्तको परिभाषा परिवर्तनपछि कान्तिपुरलाई म्याक्बेथीय सोचले भ्रमित बनाएको पनि हुनसक्छ|
    अर्को प्रसँग, हैन, कसरी हाम्रा श्रीमानहरुले रोजीछानी मुद्दाहरुमा समय दिने र लाखौं मुद्दाहरु पेन्डिङ राखेर अवकाशका दिनहरुमा निद्रा पर्न सकेको होला|दिनहु जसो युट्युबमा छाईरहने प्रा.डा. सुरेन्द्र केसीले बारम्बार कोट गर्नुभए जस्तै जस्टिस डीलेड, जस्टिस डीनेड| हुनपर्ने डीनाईड होला तर हार्वर्डमा पढ्न जान्छु भन्ने बुज्रुग प्राडाको अङ्रेजी हो, मान्नै पर्छ| अझ केही महिना पैले त कँही शब्दकोषमा नभएको शब्द लार्जरली पनि भन्ने गर्थे| अगुवा भनिएकाहरुको यो ताल, फलोअरहरु त बाटो हगुवा हुने भए| किन चाहियो र कमेडी च्याम्पेन शो? प्रधानमन्त्री देखि सबै समाज रुपान्तरन गर्छु भन्ने पात्रहरु मनोरन्जन दिई राखेका छन, कैले सम्म हाँस्न र ब्यँग कस्ने र आपसम जुधेको नौटंकी नेपाली जनताले हेरीरहने होला|

    Reply
  3. Raj says:
    April 2, 2021 at 12:45 pm

    Kantipur is no more a trustworthy newspaper. I found it quite biased. I stopped reading it quite long ago.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme