माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अन्ततः यस पटकको चुनावमा चितवन छाडेर गोरखामा उम्मेदवार बन्ने भएका छन्। माओवादी केन्द्रको पदाधिकारीको बैठकले अध्यक्ष दाहाललाई गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउने निर्णय गरेको समाचार आएका छन्। छोरीलाई दुई पटक मेयर निर्वाचित गराइसकेका र भर्खरै मात्र घर बनाएको प्रचार गरेका प्रचण्ड चितवन छाडेर बाबुराम भट्टराईले छाडेको गोरखा-२… Continue reading
Author: Salokya
गरिबीमा मनाएको दशैँ : दुर्गालालको अनुभव
फूलको आँखामा फूलै संसार.. सय थरि बाजा एउटै ताल… जस्ता चर्चित गीतहरु लेख्ने कवि दुर्गालाल श्रेष्ठ काठमाडौँको एउटा विपन्न परिवारमा जन्मिए। उनको घरको छतमा जाने ठाउँ थिएन। उनको सुरुवाल फाटेको हुन्थ्यो। त्यसैले उनलाई सम्पन्न परिवारका साथीले आफ्नो घरको छानामा लग्न घिनाउँथे। त्यतिबेला उनको दशैँ कस्तो हुन्थ्यो? त्यो अनुभव यो भिडियोमा छ।
झापामा हुँदै नभएको बाघले आतंक मच्चाएको त्यो समाचार..
झापामा हात्ती आतंकबारे त समाचार निकै आउँछ। तर बाघ भेटिएको वा बाघले आतंक मच्चाएको खबर याद गर्नुभएको छ? पक्कै छैन। तर एक पटक झापामा बाघ भेटिएको समाचार आएको रहेछ। त्यो पनि सरकारी समाचार एजेन्सी राससमा। हुँदै नभएको बाघ भेट्टाइदिने यो समाचार आउनुको पछाडिको कथा झन् रोचक रहेछ। अस्ति झापामा फ्याक्ट चेक बारे पत्रकारहरुसित अन्तर्क्रिया गर्न… Continue reading
ओलीको नगरमा झापाली साथीले झण्डै डुबाए, गफ भोलिपल्ट ‘भेरिफाइ’ गर्न निस्कँदा..
पत्रकारहरुलाई फ्याक्ट चेकको बारेमा एउटा क्लास लिइदिनुपर्यो भनी झापाबाट निम्तो आएको धेरै समय भइसकेको थियो। यो हप्ता बल्ल समय मिलाइयो। कार्यक्रम सकिएपछि भोलिपल्ट बल्ल फर्कने योजना थियो। त्यो रात आयोजक साथीहरुसँगै इलाममा बस्न जाने कि लामो समय भेट नभएका अर्कै साथीसँग दमकमा बस्ने- दुई विकल्प थियो। इलामको कन्याम अस्ति भर्खरै पनि गइसकेको हुनाले दमकै बस्ने… Continue reading
समाचार पढ्दापढ्दै स्टुडियोमा बच्चा पसेपछि…
टेलिभिजनमा लाइभ समाचार पढ्दै गर्दा हुने अनौठा घटनाहरुको बारेमा युट्युबमा प्रशस्तै भिडियो हेर्न पाइन्छ। नेपाली सन्दर्भमा यस्तो उदाहरण भने विरलै पाइन्छ। भर्खरै एउटा त्यस्तै घटना भएको छ। तर यो टिभीमा नभएर रेडियोमा भएको हो। रेडियो भए पनि अचेल फेसबुकमा लाइभ हुन्छन् भिडियो। त्यही भएर दृश्यमा यस्तो हेर्ने मौका पाइएको हो। भयो के भने समाचार पढ्दापढ्दै… Continue reading
बच्चा चोर भन्दै भाइरल भएको भिडियो हल्लामात्रै, आफ्नै छोरी रहेछ महिलाको
तपाईँले सामाजिक सञ्जालमा ‘बच्चा चोर’ भन्दै भाइरल भएको फोटो र भिडियो देख्नुभएको छ? भिडियोमा अपरिचित महिलाले एक बच्चा झाडीको बाटो लगिरहेको देखेर रोकेर सोधपुछ गर्दा भाग्न खोजेको र तुरुन्त मंगलापुर पुलिसलाई खबर गरी पक्राउ गरेको अनि महिला इन्डियाको हैदरवादको बच्चा बुटवलको, ममी ड्याडी घरै भएको र चाउमिन खुवाउने भनी फकाई फुलाई भगाएको दावी गर्दै आह्वान… Continue reading
माफी मागेको ? प्रायश्चित्त गरेको? : चोलेन्द्रको समाचारमा मिडिया यसरी चिप्लिए
रञ्जन कोइराला (आफ्नै श्रीमती मारेर लाश जलाउने सशस्त्र प्रहरीका पूर्व डिआइजी) लाई कैद माफको फैसलामा गल्ती भयो भन्दै माफी मागे चोलेन्द्रले। रन्जन कोइरालको फैसलाका विषयमा चोलेन्द्रको बयान : क्षमा चाहन्छु, मलाई प्रायश्चित छ रञ्जन कोइरालाको कैद छुट दिने फैसलाप्रति आफूलाई ‘गिल्टी फिल’ भएको बताए। यी केही वाक्य नेपालका नाम चलेकै मिडियामा आएका हुन्। सर्वोच्च अदालतका… Continue reading
धमिलो भिडियोमा माछा मार्ने दाउ : वाइसिएल, बालेन समर्थकदेखि राप्रपा समर्थकसम्म
‘धमिलो पानीमा माछा मार्ने’ यो पुरानो उखान तपाईँहरुले सुन्दै आउनुभएको होला। अब अहिलेको डिजिटल युगमा यो उखान परिवर्तन गर्ने बेला भइसक्यो। अब धमिलो पानीमा हैन, धमिलो भिडियोमा भ्रम फैलाउँदै माछा मार्ने दाउ खेलिन्छ। प्रसंग भर्खरै सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियोको हो। के तपाईँले पनि फेसबुकमा एमाले सांसद महेश बस्नेतलाई कुटेर लखेटेको लेखिएको भिडियो हेर्नुभएको… Continue reading
‘सम्भवतः’लाई समाचार बनाउँदा फँस्न पुगेको ‘कान्तिपुर’
‘कान्तिपुर’ ले २०७९ भदौ ८ गते बुधबार पहिलो पेजमा एउटा एङ्कर समाचार छाप्यो- ‘पहिलो पटक मतदान गर्दै कैदीबन्दी’ शीर्षकमा। त्यसमा दावी गरिएको छ- ‘२०७९ मंसिर ४ मा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा निर्वाचन आयोगले कैदीबन्दीलाई पनि मतदान प्रक्रियामा पहिलो पटक सहभागी गराउन लागेको र यसअघिका निर्वाचनमा खटिएका कर्मचारीले मात्रै समानुपातिक मतदानमा भाग लिन पाउँथे।’… Continue reading
एसएसपीको इजलास ? स्रोतको भर पर्दा तथ्य मै चुकेको ‘नागरिक’को एउटा समाचार
पत्रकारितासँग समेत जोडिएको एउटा गम्भीर घटना अहिले निकै चर्चामा छ। घटना सशस्त्र प्रहरी बलसँग सम्बन्धित छ। दार्चुलाको एउटा गणमा गणपति त्रिभुवन विष्टले राशनमा अनियमितता गरेको भन्दै एउटा समाचार छापियो। त्यो समाचारका लागि सूचना सशस्त्रकै हवल्दार नरेशसिंह साहुले पत्रकारलाई दिएका रहेछन्। तर पत्रकारले पत्रकारिताको सामान्य सिद्धान्त अनुसार स्रोतको सुरक्षा गर्नुपर्नेमा नगरी पोल खोलिदिएका रहेछन्। अब गणपतिलाई… Continue reading
फेरि निर्मलाको जस्तो घटना नहोस्, उही व्यक्तिले फेरि किशोरीलाई दुर्व्यवहार गरेको उजुरी
पहिलोपोस्टमा हुँदा ३० अङ्कको #WhoKilledNirmala सिरिज टुङ्ग्याउने क्रममा हाम्रा निश्कर्षहरुसहित अन्तिममा लेखेको थिएँ- यदि, यी सबै नहुने हो भने निर्मलाको बलात्कार र हत्या गर्ने अपराधी कहिल्यै पत्ता लाग्ने छैन। सिवाय एक अवस्थामा। त्यो अपराधीले पुनः त्यस्तै कुकृत्य गर्यो र पक्राउ पर्यो भने। किनभने हामीले जानकारी पाएका छौँ, शंकित मध्ये एक खुला हिँडिरहेका छन् र ‘फलानीलाई… Continue reading
फेक फेसबुक स्टायटस : मेयर हर्क साम्पाङ किन र कसरी झुक्किए?
बिहीबार जातीय सद्भाव भड्काउने खालको एउटा फेसबुक स्टायटसको स्क्रिनसट सामाजिक सञ्जालमा भाइरल भयो। स्क्रिनसट मञ्जु भण्डारीको थियो, जो यसपालिको चुनावमा मेयरमा पराजित भएकी थिइन् भने अघिल्लो कार्यकालमा उनी उपमेयर निर्वाचित भएकी थिइन्। अनि त्यो स्क्रिनसटलाई अझै फैलाएका थिए धरान उपमहानगरपालिकाका वर्तमान मेयर हर्क साम्पाङले। स्क्रिनसटका आधारमा मात्र यसलाई सही वा मिथ्या पत्ता लगाउन सम्भव नहुने… Continue reading
एउटा अनलाइनको थोप्लोले कति फरक पर्दछ पत्रकारितामा…
नारायणगोपालले गाएका थिए- एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा। अब यसको रिमिक्स भर्जन सुन्नुस- ‘एउटा अनलाइनको थोप्लोले कति फरक पर्दछ पत्रकारितामा…’ बुझ्नु भएन ? नहतारिनुस् न। म बुझ्ने गरी उदाहरणसहित बताइहाल्छु नि।
‘गोरखापत्र’देखि ‘रुटिन अफ नेपाल बन्द’सम्मले फैलाएको २ सय डलरको त्यो भ्रामक सूचना
‘अब विदेशमा घुम्न जाने नेपालीले दुई सय अमेरिकी डलर मात्रै साटेर लैजान पाउँछन्।’ नेपालका अनलाइन मिडिया र सोसल मिडिया हेर्ने गर्नुभएको छ भने तपाईँले पनि यो खबर पक्कै देख्नुभएको होला। कयौँले त्यसमा देखिएकै आधारमा आफ्नो विचार पनि बनाएर कमेन्ट ठोकिसक्नुभो होला, ‘जाबो दुई सय डलरले के आउँछ- यस्तो हावा नियम लगाउने’ भन्दै। तर नझुक्किनुस्। सरकारी… Continue reading
नेपालभ्युजमा सामूहिक राजीनामा : २४/७ काम गर्दा पनि एकाएक जागिर छोड भन्नेसँग कुन विश्वासमा काम गर्ने?
नेपालको मिडिया बजारले धान्नै नसक्ने न्यूज पोर्टलहरू खुलिसके। अर्को एउटा न्यूज पोर्टल किन चाहियो ? केका लागि ? कतिञ्जेल थेगिन्छ? लगानी र जनशक्ति पर्याप्त छ? संस्थागत होला? १६ भदौ २०७८ मा सुरु भएको नेपालभ्युज अनलाइन मिडियाले आफ्नो सम्पादकीयको सुरुमै लेखेका शब्द थिए यी। आफैले लेखेको सम्पादकीयको प्रश्न यतिखेर नेपालभ्युजमा तेर्सिएको छ। आर्थिक संकटको कारण देखाउँदै… Continue reading
संसदको एउटा ‘फेक न्युज’ जुन नेपाल हुँदै भारतसम्म फैलियो
अपडेट (२०७९ साउन ९) : हामीले यो ब्लग लेख्दा यो विधेयक पारित भइनसके पनि २०७९ साउन ६ गते बसेको प्रतिनिधि सभाको बैठकले पारित गरेको छ। *** भारतीय मिडियाहरु पछ्याउनु हुन्छ भने केही दिनअघिदेखि आएको नेपालको एउटा समाचार तपाईँले याद गर्नुभयो होला। नेपालको संसद्ले नागरिकतासम्बन्धी नयाँ कानुन पारित गर्यो। दुई वर्षदेखि अड्किएको कानुन नेपालको संसदले पास… Continue reading
राम,राम ! साउनको सोमबार के पढ्न पर्यो यो दर्तावाला अनलाइन मिडियामा !!
डिस्क्लेमर : तपाईँ १८ वर्ष पुग्नुभएको छैन भने यो ब्लग नपढ्नुहोला। यो ब्लगमा राखिएको लिङ्क पनि क्लिक नगर्नुहोला। १८ वर्ष पुगिसक्नुभएको भए पनि यो ब्लगको विषय र यसको एक्सटर्नल लिङ्कमा explicit content भएको जानकारी गराउन चाहन्छु। आज साउन महिनाको पहिलो सोमबार। सधैँ झैँ बिहान मोबाइल हातमा लिएर यसो देशदुनियाँको भ्रमण गरिरहेको थिएँ, फेसबुकको अल्गोरिदमले यो… Continue reading
बलात्कार मुद्दामा झुट्टा उजुरी दिनेलाई सजाय नहुने भन्दै मिडियाले यसरी झुक्यायो तपाईँलाई
बलात्कार मुद्दामा झुट्टा उजुरी दिनेलाई अब सजाय नहुने ! पछिल्लो दिनमा केही नाम चलेका अनलाइन मिडिया पछ्याउने गर्नुभएको छ र सामाजिक सञ्जाल हेरिरहनुभएको छ भने यस्तो खबर तपाईँले पक्कै हेर्नुभएको होला। र, यसको पक्ष वा विपक्षमा आफ्नो धारणा पनि बनाइसक्नुभएको होला। तर नझुक्किनुस्, त्यो पूर्ण रुपमा सही समाचार होइन। तपाईँलाई मिडियाहरुले झुक्याएका हुन्। यसबारे हामीले… Continue reading
उदयपुरमा साँच्चिकै ‘दुर्लभ’ अजिङ्गर भेटिएको कि पत्रकारलाई ‘दुर्लभ’ लागेको?
नयाँ पत्रिका राष्ट्रिय दैनिकको अनलाइनमा आइतबार राति एउटा समाचार आएको रहेछ। शीर्षक थियो- ‘उदयपुरमा भेटियो दुर्लभ अजिंगर : आठ किलोको बोका सिंगै निल्यो’ समाचार पढ्ने बित्तिकै दिमागमा के आयो ? यो साँच्चिकै दुर्लभ अजिङ्गर हो कि समाचार लेख्ने पत्रकारलाई दुर्लभ लागेको ? आठ किलोको बोका खाएकोले मात्र यो दुर्लभ भएको हो कि? खाएको बोका आठ… Continue reading
हरायो ! हरायो !! ‘अनलाइनखबर’को समाचारबाट ‘एनसेल’ हरायो !
कर्पोरेट हाउसहरुका कारण पत्रकारितामा कस्तो असर परिरहेको छ र केसम्म हुनसक्छ भन्ने बारे एउटा राम्रो उदाहरण भेटिएको छ। कुरा एनसेलको। एनसेल नेपालको ठूलो विज्ञापनदाता कम्पनी मध्ये एक हो। यसैसँग मुछिएको एउटा घटनामा नेपालकै अग्रणी अनलाइन अनलाइनखबरले छापेको समाचारसम्बन्धी ब्लग हो यो। घटना निकै रोचक छ हेर्नुस्।