Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

समाचार पढ्दापढ्दै स्टुडियोमा बच्चा पसेपछि…

Posted on September 13, 2022September 13, 2022 by Salokya

टेलिभिजनमा लाइभ समाचार पढ्दै गर्दा हुने अनौठा घटनाहरुको बारेमा युट्युबमा प्रशस्तै भिडियो हेर्न पाइन्छ। नेपाली सन्दर्भमा यस्तो उदाहरण भने विरलै पाइन्छ।

भर्खरै एउटा त्यस्तै घटना भएको छ। तर यो टिभीमा नभएर रेडियोमा भएको हो।

रेडियो भए पनि अचेल फेसबुकमा लाइभ हुन्छन् भिडियो। त्यही भएर दृश्यमा यस्तो हेर्ने मौका पाइएको हो। भयो के भने समाचार पढ्दापढ्दै स्टुडियोमा अकस्मात् एक जना बच्चा पस्छन्। त्यसपछि के हुन्छ, भिडियो हेर्नुस्।

यो घटना हो २०७९ भदौ २६ गतेको हो।

रेडियो कान्तिपुर, जुन काठमाडौँ लगायत देशका विभिन्न सहरहरुमा समेत प्रसारण हुन्छ, को अपराह्न ३ बजेको समाचार बुलेटिन कान्तिपुर डायरी चल्दै थियो।

स्टुडियोमा अन एयरमा थिइन् दुई समाचारवाचिका। उनीहरु पालैपालो समाचार पढिरहेकी थिइन्।

समाचार पढ्दै गर्दा पार्वता चौधरीले एउटा अप्ठेरो स्थितिको सामना गर्नुपर्‍यो।

समाचारको बीचको सानो म्युजिक ब्रेकपछि सहकर्मी साथीले उनलाई पालो दिइसकेकी थिइन्। दृश्यमा देखिए अनुसार उनले हातको इशारा गर्छिन्, शायद् केही देखिसकेकी थिइन् उनले। हामीले भने भिडियोमा केही देख्दैनौँ। तर म्युजिक ब्रेकपछि समाचार पढ्नु उनको बाध्यता भइसक्छ।

उनी समाचार पढ्न थाल्छिन्, ‘स्थानीय तहको निर्वाचनमा खर्चको विवरण नबुझाउने उम्मेदवारहरुलाई कारबाहीको दायरामा ल्याउने तयारी निर्वाचन आयोगले गरेको छ। आगामी असोज २ र ३ गते प्रतिनिधि सभा तथा प्रदेश सभा…’

उनको आँखा कम्प्युटर स्क्रिनमै हुन्छ तर हातले रोकिन इशारा गरिरहेकी देखिन्छिन्।

योसँगै हामीले दृश्यमा एक जना बालक आएको देख्छौँ। केही बोलेको जस्तो पनि देखिन्छ। तर समाचार पढ्दै गरेकी उनी सतर्क भएका कारण बालकको आवाज भने अन एयर हुन पाएन।

केही सेकेन्ड समाचार रोकिए पनि समाचारको फ्लो सुरु हुन्छ, उता दृश्यमा भने स्टुडियो नदेखाई अर्कै फिलर देखाउन थालिन्छ।

एफएम मात्रै सुनिरहेकाहरुले के भएको हो चालै नपाए पनि फेसबुक लाइभमा पनि समाचार राखिएको हुनाले मात्रै यो दृश्य हामीले देख्न पायौँ।

हेर्नुस् भिडियो-

समाचारवाचिकाले त्यस्तो असहज परिस्थितिलाई पनि राम्रोसँग ह्यान्डल गर्न सकेको देखिन्छ।

तर कान्तिपुर एफएम जस्तो देशको प्रमुख अग्रणी रेडियो स्टेसनको अन एयर भइरहेको स्टुडियोमा जिल्लाका स्रोत साधनविहीन, कुनै एउटा कोठामा चल्ने एफएममा पनि विरलै हुने जस्तो खालको परिस्थिति कसरी आयो, शायद् समीक्षा भइसक्यो होला।

यसअघि पनि कान्तिपुर टेलिभिजनमा दुई वटा यस्ता रमाइला घटना भएका थिए।

१) समाचार पढ्दापढ्दै आम्मामा तीन अर्बमा कति खायो होला त काण्ड। थप जानकारी यो ब्लगमा पढ्नुस्।

२) गभर्नर महाप्रसाद अधिकारीका अफ दि रेकर्ड गफ। थप जानकारी यो ब्लगमा पढ्नुस्।

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme