यो ब्लग लेख्दासम्म स्थानीय तह निर्वाचनका लागि मतदान जारी छ। नयाँ संविधान जारी भएपछि दोस्रो पटक स्थानीय सरकार चुन्न हामी मतदान गर्दैछौँ। देशभर एकै पटक मतदान हुनु यो निर्वाचनको विशेषता हो। अघिल्लो पटकको चुनावमा ‘रेल’को चर्चा र वाचा थियो, पाँच वर्षपछि त्यो ‘झेल’ हो भन्ने प्रष्ट भयो। झण्डै दुई तिहाई मत पाएको दलबीच ‘बेमेल’ भएपछि… Continue reading
Author: Salokya
निर्वाचन आयोगको नालायकी : चार जना उम्मेदवारका लागि ६४ चिह्नको मतपत्र किन?
स्थानीय तह निर्वाचन २०७९ का लागि भोलि वैशाख ३० गते देशभरका मतदाताहरुले मतदान गर्दैछन्। तर निर्वाचन आयोगले तयार पारेका मतपत्रहरु अवैज्ञानिक र अव्यवहारिक हुँदा धेरै मत बदर हुने देखिन्छ। बदर मतको यकिन तथ्याङ्क पनि आउनेवाला छैन। किनभने एउटा पदको मत बदर हुँदा अर्को मत सदर हुने हो त्यसलाई सदर मत मान्ने कि बदर भन्नेमा अन्यौल… Continue reading
नझुक्किनुस्, मतदाता नामावलीमा नाम नहुनेले नागरिकता हुँदैमा मत दिन पाउँदैनन्
वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा नागरिकता हुने सबैले मतदान गर्न पाउने आशयमा सामाजिक सञ्जाल र केही अनलाइनहरुमा समाचार आएका छन्। तर हाम्रो तथ्य जाँचले मतदाता नामावलीमा नाम नहुनेले नागरिकता हुँदैमा मत दिन पाउने नभएर मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचय पत्र नभएकाले नागरिकता देखाएर पनि मतदान गर्न पाउने व्यवस्था यसअघि गरिएको… Continue reading
कस्तो मत सदर हुन्छ, कस्तो मत बदर ? तपाईँलाई कति थाहा छ, जाँच्नुस्
वैशाख ३० गते देशभर स्थानीय तह निर्वाचनका लागि मतदान हुँदैछ। मतदाताहरुले आफ्नो स्थानीय तहका लागि प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडा अध्यक्ष, महिला वडा सदस्य, दलित महिला वडा सदस्य र दुई खुला वडा सदस्य गरी सात पदाधिकारी चुन्दैछन्। सात जना चुन्नु पर्ने, धेरै उम्मेदवार र धेरै पार्टी रहेका कारण मतपत्र ठूलो रहेको छ। काठमाडौँ महानगरपालिकामा त ६४ लहरको… Continue reading
खारेज भइसकेको निर्देशिका अनुसार मदिरा बिक्रीवितरण रोक्न सिडिओको आदेश
मंगलबार रातिदेखि तीन दिनसम्म काठमाडौँमा मदिराजन्य पदार्थ बिक्री वितरण गर्न रोक लगाइएको समाचार तपाईँहरुले विभिन्न मिडियामा पढ्नु भएकै होला। तर के तपाईँलाई थाहा छ ? त्यो सूचना जुन निर्देशिका अनुसार जारी गरियो भनिएको छ, त्यो त गएको चैत १५ गते नै खारेज भइसकेको छ। खारेज भइसकेको निर्देशिका अनुसार कसरी सूचना जारी गरियो त? त्यो पनि… Continue reading
मतदानको दिन कोरोनाविरुद्धको खोप : चार दिनमै फेरिएको स्वास्थ्य मन्त्रालयको बोली
स्वास्थ्य मन्त्रालयले कति हचुवाका भरमा सर्वसाधारणलाई सूचना दिन्छ भन्ने कुरा यो चार दिनमा राम्रैसँग देखियो। के के भयो हेर्नुस्- वैशाख २१ – मे ४, बुधबार : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदान केन्द्र नजिक खोप केन्द्र बनाई छुट भएको वा बुस्टर खोप लगाउने तयारी भइरहेको छ। मतदान गर्न जाँदा कोभिड-१९ को खोप कार्डसमेत… Continue reading
१९ वर्षपछि रस्सेन्द्र भट्टराई काण्डबारे उठेको प्रश्नमा के जवाफ आयो तत्कालीन सम्पादक र रिपोर्टरको?
नेपाली पत्रकारिताका अनेक काण्डहरुमध्ये रस्सेन्द्र भट्टराई नामको एउटा काण्डको चर्चा निकै हुन्छ। त्यो समाचार छापिएको १९ वर्ष भइसक्यो, तर अझै पनि त्यसबारे प्रश्न उठ्न छाडेका छैनन्। हिमाल मिडियाले आफ्नो २५ औँ वार्षिकोत्सवका अवसरमा शनिबार आयोजना गरेको हिमाल मिडिया मेला २०२२ मा एउटा सेसन थियो- नैतिक र जवाफदेही पत्रकारिता। जसमा सहभागी थिए सोना खटिक, युवराज घिमिरे… Continue reading
काठमाडौँ महानगरपालिकामा एमालेकै दुई जना उपमेयर उम्मेदवार- मैले हैन ‘सेतोपाटी’ले लेखेको
कुनै एउटा स्थानीय तहमा एउटै पार्टीका दुई जना उम्मेदवार कसरी हुनसक्छन्? तर यो कुरा मैले हचुवामा लेखेको हैन, अनलाइन न्युज पोर्टल सेतोपाटीले लेखेको कुरा देखाइदिएको हो। सेतोपाटीले ‘यी हुन् काठमाडौं महानगरको मेयरका ५५ र उपमेयरमा ३७ उम्मेदवार’ शीर्षकमा आज वैशाख २१ गते समाचार प्रकाशन गरेको छ। समाचारमा उम्मेदवारहरुको नाम र पार्टीगत विवरण अथवा स्वतन्त्र हुन्… Continue reading
मिडियाको काम अख्तियारमा उजुरी पर्दैमा समाचार मात्र बनाउने हो कि साँचो कुरा खोज्ने पनि?
काठमाडौँ महानगरपालिकाका उपमेयर उम्मेदवार सुनीता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको समाचार आज धेरै वटा अनलाइन मिडियाहरुमा आएका छन्। ती सबै अनलाइन मिडियाहरुले परेको उजुरीका आधारमा मात्र समाचार बनाएको देखिएको छ। चुनावको अगाडि ती समाचारहरु यसरी आएको छ, मानौँ उजुरी नै प्रमाणित भएर अख्तियारले छानबिन गरेर दोषीसमेत ठहर गरिसक्यो। खास कुरा के हो भनेर… Continue reading
काठमाडौँ जिल्लामा जम्मा ३६९ मतदाता- कसले भनेको? निर्वाचन आयोगले !
स्थानीय तहको निर्वाचनका लागि मतदान गर्ने दिन आउन अब ११ दिन मात्रै बाँकी भइसक्यो। तर मतदाताहरुलाई अझैसम्म आफ्नो स्थानीय तहमा को-को उम्मेदवार छन्, उनीहरुका चुनाव चिह्न के-के हुन्- थाहा छैन। मेरै कुरा गरौँ न। म काठमाडौँ महानगरपालिकाको वडा नम्बर १४ को मतदाता हुँ। यहाँको मेयरमा ५६ जना उम्मेदवार छन् भन्ने समाचार मिडियामा आएको पढेको हुँ।… Continue reading
क्राइम बिटका पत्रकारको नछापिएको एउटा ‘ डेन्जर कथा’
क्राइम बिटका पत्रकारले समाजमा भएका साना-ठूला क्राइमका घटनाहरुको समाचार लेख्छन्। क्राइम भनेको अपराध, त्यही भएर यो बिटको समाचार लेख्नेलाई ‘अपराधी पत्रकार’ भनेर साथीहरुले जिस्काएर हैरान बनाएपछि अचेल उनीहरु आफूलाई क्राइम बिटको हैन सेक्युरिटी बिटको पत्रकार भन्न रुचाउँछन्। सुरक्षा बिटको भन्दा असुरक्षित कोही हुँदैन भने ठीकै हो। तर, भर्खरको एउटा घटनामा सुरक्षा बिटका पत्रकारका कारण ‘असुरक्षा’… Continue reading
केशव स्थापित : गेम इज नट ओभर, ‘थुतुनो’ र ‘भ्रष्टाचार’को इस्युले तातियो माहौल
प्रमुख प्रतिपक्षी दल एमालेबाट काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएर फर्कँदै गर्दा मिडियासँग कुरा गर्ने क्रममा केशव स्थापितले आफूले जित्ने दावी गर्दै भनेका थिए- गेम इज ओभर। तर मतदान हुन अझै त्यत्रो दिन बाँकी छ, कसरी गेम ओभर हुनु, गेम त भर्खर पो सुरु भएको छ। बिहीबार एकै पटक दुई वटा विषयले चर्चा पायो। त्यसमध्ये एउटाले… Continue reading
नझुक्किनुस्, स्थानीय तहमा निर्विरोध निर्वाचित भएको घोषणा भइसकेको छैन
वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका क्रममा वैशाख ११ र १२ गते उम्मेदवारको मनोनयन दर्ता सकिए लगत्तै केही मिडिया र सामाजिक सञ्जालमा पनि विभिन्न ठाउँमा निर्विरोध निर्वाचित भएको खबर आएका छन्। तर हाम्रो तथ्य जाँचमा ती खबर भ्रामक रहेको देखिएको छ।
के देख्नु पर्यो नि ! लाखौँ शुल्क लिएर चुनाव प्रचार लाइभ गर्ने अनलाइनको ‘अफर’
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकेको छ। त्यस अनुसार अधिकतम खर्च गर्न पाउने भनेका महानगरपालिकाका मेयर उम्मेदवारले हो। उनीहरुले साढे ७ लाख खर्च गर्न पाउँछन्। त्यसमा पनि छापा तथा विद्युतीय माध्यमबाट प्रचारका लागि त एक लाख पनि खर्च गर्न पाइँदैन। (९५ हजार रुपैयाँ मात्रै हो पाउने) तर नेपालगन्जको एउटा… Continue reading
थाई आर्टिस्टको चोरेर ललितकला अवार्ड जितेको पेन्टिङ प्रदर्शनीबाट हटाइयो
थाई आर्टिस्ट ราชัน แสงทอง (Rachan Saengthong) को गणेशको पेन्टिङ चोरेर नेपालमा राष्ट्रिय ललितकला प्रज्ञा प्रतिष्ठानको प्रादेशिक अवार्ड जितेको विषयमा मैले अप्रिल १६ मा नै माइसंसारमा ब्लग लेखिसकेको थिएँ। छुटाउनु भएको भए पढ्नुस्- थाई आर्टिस्टको नौ वर्ष पुरानो कला चोरेर नेपालमा ललितकलाको अवार्ड प्रतिष्ठानले प्रतियोगितामा समावेश हुन बनाएको नियममा कलाकृतिहरु एक वर्षभित्र रचना गरिएको, मौलिक हुनुका साथै… Continue reading
बजारमा अर्को ‘गठबन्धन’ : १५ वटा मिडियाको ‘एक नेपाल’
राजनीतिमा ५ दलीय गठबन्धनको समाचार पढिरहनुभएकै होला। स्थानीय रुपमा ठाउँ ठाउँमा गठबन्धन टुक्रिएर ‘मित्रवत् प्रतिस्पर्धा’भन्ने नयाँ शब्दलाई पनि खुबै चलाउन थालिएको छ। राजनीतिमा गठबन्धन मौलाइरहेकै बेला आज नेपालका केही प्रमुख मूलधारे मिडियाहरुमा एउटा विज्ञापन देख्नुभयो होला। केही ब्रोडसिट दैनिकहरुमा त ज्याकेट नै लगाइएको छ। १५ वटा मिडियाको गठबन्धन रहेछ यो। तर यसको विज्ञापन ध्यान दिएर… Continue reading
डा. शेरबहादुर पुनलाई दुई वर्षपछि फेरि तनाव दिने त्यो फेसबुक पोस्ट
मन्त्री र सचिवलाई गाली गरिएको एउटा पोस्ट अहिले फेसबुकमा भाइरल भएको छ जसमा लेखिएको छ, ‘मरी मरी पढेर डाक्टर बन्यो,स्थायी बन्न दशतिर चाकरी ठोक्नुपर्छ, करारमा बसेर काम गर्यो, अनि साँचो बोल्यो भनेर चोरेर बीए पास गर्ने मन्त्रीले थर्काउँछ, नेपाली घोकेर सचिव बन्नेहरुले पेल्छन्, अनि कोही कसरी नेपालमा टिकुन्।’ पोस्टमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका… Continue reading
अनलाइनखबरको समाचारबाट अर्थमन्त्री जनार्दन शर्मा किन गायब ?
अहिले अर्थमन्त्री जनार्दन शर्मा चर्चामा छन्। गभर्नरलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरकालीन अन्तरिम आदेश दिए लगत्तै कान्तिपुरले अर्थमन्त्री राजीनामा देऊ शीर्षकमा सम्पादकीय लेख्यो। रोचक कुरा, यही दिन अनलाइनखबरको समाचारबाट भने अर्थमन्त्री जनार्दन शर्मालाई लक्षित गरिएको एउटा समाचारको एङ्गलिङ नै गायब भयो। अनलाइनखबरमा आज बिहान प्रकाशित एउटा समाचारको शीर्षक थियो- अर्थमन्त्रीको बचाउमा परिसंघ,… Continue reading
थाई आर्टिस्टको नौ वर्ष पुरानो कला चोरेर नेपालमा ललितकलाको अवार्ड
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा राष्ट्रिय ललितकला प्रदर्शनी–२०७९ हिजो (वैशाख २ गते) उद्घाटन भयो। यो प्रदर्शनी मात्र होइन, प्रतियोगिता पनि थियो। त्यसैले विभिन्न पुरस्कारको पनि घोषणा गरियो। त्यसमध्ये एउटा थियो- प्रत्येक प्रदेशबाट १/१ जना पर्ने गरी ७ प्रदेशका कलाकारलाई दिइएको प्रादेशिक पुरस्कार अर्थात् प्रोभिन्सियल अवार्ड। प्रादेशिक अवार्ड पाउने एउटा कला हेरेर दङ्ग परियो। हाकाहाकी प्रतियोगियताको… Continue reading
नयाँ वर्षमा नेपाली मिडियामा भएका चार परिवर्तन : लेआउटदेखि सम्पादक फेरिनेसम्म
विक्रम संवतको २०७८ सकिएर २०७९ लागेर वर्ष परिवर्तन भए सँगै नेपाली मिडियामा केही परिवर्तनका घोषणाहरु भएको देख्न पाइयो। सरकारी स्वामित्वको गोरखापत्रदेखि निजी अनलाइन मिडियाहरुसम्ममा परिवर्तन हेर्न पाइयो। केही मिडियाका परिवर्तनहरु भने अकस्मात् घोषणा भएका हुन् कि जस्तो देखियो। सम्पादकले सामाजिक सञ्जालमा छाड्ने घोषणा गरिसक्दा पनि ती मिडियामा त्यसबारे न समाचार छ, न क्रेडिट लाइनमा परिवर्तन… Continue reading