नेपाल प्रज्ञा-प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सव ०७४ मा खोटाङका कवि चन्द्र रानाहँछाको आँधीको यात्रा शीर्षकको कविता पहिलो भयो। शुक्रबार भएको कार्यक्रममा सहभागी ३२ कविहरुमध्ये भोजपुरका सुवास राई क्याप्टेनको ‘फरक’ शीर्षकको कविता दोस्रो र दाङका दीपेन्द्र उपाध्यायको ‘लोकतन्त्र’, काभ्रेकी उर्मिला कोइरालाको ‘उज्यालोको आत्मकथा’ र काठमाडौंकी अमृता स्मृतिको ‘फूलहरु जान्दैनन् युद्ध गर्न’ कविता तेस्रो भयो। कस्ता… Continue reading
Author: mysansar
गृहमन्त्रीज्यु, ट्राफिक व्यवस्थापन यसरी गर्ने कि !
१. शहरको ब्यस्त ठाउँहरुमा जेब्रा क्रसिङले मात्रै काम गर्दैन ट्राफिक बती सहितको जेब्रा क्रसिङ हुनुपर्छ। बत्तीले पालैपालो पैदल यात्री र सवारीलाई बाटो काट्ने समय दिन्छ। आफ्नो पालो नहुँदा जेब्रा क्रसको पछाडि थुप्रेर बस्ने, आफ्नो पालोमा ठूलो हुल भएर क्रस गर्ने। ब्यस्त ठाउँहरुमा पैदल यात्रुले अविछिन्न क्रस गरिरहँदा सवारीको पालो आउँदैन। त्यसपछि हुने भनेको पैदल यात्री… Continue reading
कथा : विपीको अदालत
-राजु अधिकारी- आफ्नो मृत्यु पछि श्रद्धाञ्जली दिन उर्लेको जनसागर देखेर गिरिजा प्रसादलाई निकै सन्तोष भयो। आफुले देश र जनताको लागि गरेको त्याग र नेतृत्वमाथि उनलाई गर्व महशुश भयो। उनी शान्त मुद्रामामा यमराजका दुतहरु संग परलोकतिर लागे। उनलाई बिश्वास थियो उनको बास स्वर्गमा हुनेछ। परलोक पुगेर उनलाई एउटा बैठक कोठामा राखियो। त्यो बैठकको दायाँ र बायाँतिर… Continue reading
किन गर्छ भाटभटेनी सुपर मार्केटले यस्तो?
-सुधीरकुमार चौधरी- भाटभटेनी सुपरमार्केटमा खरिद गर्दा बिलमा ध्यान दिनुपर्ने बारे माइसंसारको ब्लग पढेँ। जानकारीको लागि धन्यवाद छ। म पनि भाटभटेनीको नियमित ग्राहक हुँ। भाटभटेनीप्रति मेरो पनि एउटा गुनासो छ। आशा छ तपाईँले यो गुनासो सम्बन्धित ठाउँमा पुर्याइदिनु हुन्छ होला। भाटभटेनीको ग्राहक भएकोले मलाई सदस्यता स्वरूप एउटा क्लब कार्ड दिइयो।
काठमाडौँमा बाटो काट्न सुरक्षित क्रसिङ कसरी बनाउने? युकेमा कार्यरत सडक इन्जिनियरको सुझाव
– देवेन्द्र दाहाल – राजधानी काठमाडौँमा अहिले पैदल यात्रुहरुको बाटो काट्ने समस्या एउटा चर्चाको विषय बनिरहेको छ। जथाभावी बाटो काट्दा ट्राफिकको जरिवाना तिर्नु पर्ने र सुरक्षित क्रसिङको समुचित व्यवस्था सरकारी निकायबाट नगरिएको अवस्थामा पैदल यात्रुहरु अप्ठ्यारो स्थितिमा असुरक्षित पैदल यात्रा गर्न बाध्य छन्। यो असहज स्थितिमा ट्राफिकको जरिवाना तिर्न र जरिवाना तिर्न नसक्नेहरुलाई तीन घण्टा… Continue reading
नआउनुस् अमेरिका, दलाललाई तिरेको ४० लाख उठ्दैन यहाँबाट
– निल खड्का – झन्डै ६ वर्षअघि सन् २०११ को अक्टोबरमा ‘माइसंसार’मै एउटा ब्लग लेखेको थिएँ–‘सोचेजस्तो छैन अमेरिका’ शीर्षकमा। त्यसको आसय थियो, अमेरिकामा बस्ने नेपालीहरूले जेसुकै भने पनि समग्रमा नेपालमा बसेर सोचेजस्तो चाहिँ छैन अमेरिका। त्यो पढेपछि धेरैले तीतो पोखे, ‘नेपालमा दुःख गरेको थिएन होला, अमेरिकामा दुःख गर्न नसकेपछि त्यस्तो लेख्यो।’ ६ वर्षको यस अवधिमा… Continue reading
अलच्छिनीलाई के माया अर्काले कमाको पैसाको !
-दीप्स शाह- दिदी निकै च्याँट्ठिएर बोल्दै थिइन्। “आमैले केके गर्छिन् कतिको पैसा उरलधुरल गर्छिन् चियो गर्नु है! अलच्छिनLलाई के माया अर्काले कमाको पैसाको!” एसो भनिरहँदा दिदीको अनुहारमा देबी चढेको प्रतित हुन्थ्यो। निधारमा गाँठा परेका झैँ लाग्थे। ‘आमै’मलाई गाह्रो परेन उनले सासुआमाको कुरा गरेकी हुन् भन्नलाई। आफुले प्रस्टै अलच्छिनी भनेर नानीहरुलाई सिकाउने ती दिदी कति हदसम्म… Continue reading
मत गन्न नसक्दै आयो मेट्रो रेल : चुनावसँग सम्बन्धित पाँच जोक
पहिलो चरणको चुनाव सकिएपछि मतगणना भइरहेको छ। परिणाम पनि आइरहेका छन्। तर मतगणनाको सुस्त गतिले धेरैलाई हैरान बनाएको छ। यही हैरानीलाई सोसल मिडियामा विभिन्न जोक गरेर उडाइएको छ। हेरौँ अहिले चर्चित भइरहेका पाँच जोक
सर्वोच्चलाई सुतुवाभन्दा सक्रिय प्रधानन्यायाधीश नै चाहिएको हो तर..
महाभियोग प्रकरणबारे वल बहादुर बलको टिप्पणी (कमेन्टमा प्राप्त) सर्वोच्चमा पैलेपैलेको सुतुवा र लुटुवा भन्दा सक्रिय प्रधान न्यायधीश नै चाहिएको हो। जनताले न्याय पाउने अन्तिम स्थान नै सर्वोच्च हो। राजनीतिक दलहरु र नेताहरुले मुलुक खत्तम पारेका छन्। पैले अलिकति भए पनि राजाको डर थियो, भलै राजा (र दरवार) स्वयम खत्तम थिए र् गद्दीच्युत हुनपर्यो्। तर अहिले… Continue reading
कथा : बेहुली खोज्दा
-वाहिद अलि- उसको मुहार रंग जाने कपडा धोए पछि अथवा वासी गुलाफ जस्तै फिका फिका । न रंग थियो न चमक । एउटा डमी जस्तो मिलेको रुप जीउडाल तर रंग उडे उडे जस्तो । अनि डमी जस्तै देखिनका निम्ति मात्र जस्तो । पहिरन पनि केवल देखाउन का निम्ति जस्तो । पानि दिने बहानामा उ आफुलाई… Continue reading
कथा : सम्बन्ध विच्छेद
-राजु अधिकारी – मैले उनलाई पहिलो पटक सन् २००७ मा मेरो एकजना साथी संग भेटेको थिएँ। त्यो बेला उनी त्यति सुन्दर थिइनन्। तैपनि मैले कताकता उनलाई मन पराइसकेको थिएँ। त्यसपछिका केहि दिनहरुमा मैले उनलाई अन्य साथीहरु संग पनि भेटें, उनी दिनप्रतिदिन अँझ सुन्दर भैरहेकी थिइन्। म उनीप्रति अझै आकर्षित हुँदै गएँ। पत्ता लगाउदै जाँदा उनका… Continue reading
२०७३ को दुःखद अन्त्य : यसरी भाँच्चियो बिस्केट जात्राको लिङ्गो : प्रत्यक्षदर्शीको भिडियो
विक्रम संवत् २०७३ को अन्त्य दुःखद समाचारका साथ भयो। भक्तपुरमा मनाइने बिस्केट जात्राको क्रममा गएराति लिङ्गो उठाउने क्रममा कसरी हो कुन्नि, भाँच्चियो। सयौँ मानिस त्यहाँ हुन्छन् जात्रा हेर्न। अकस्मात् त्यसरी लिङ्गो भाँच्चिएर बज्रँदा दुर्घटना त हुने नै भयो। घटनामा ६ जना घाइते भएकोमा एक जनालाई भक्तपुर अस्पताल लाने क्रममा बाटोमै मृत्यु भयो।
उदासीनता: खुलेर कुरा गरौँ
-निशेष आचार्य, मनोसामाजिक विमर्शकर्ता – दुई हप्ता बढि भयो, ऊ अलि बदलिएको छ। ऊ पहिले जस्तो खुशी पटक्कै देखिदैन। ऊ हरेक समय उदाश, दुखि देखिन्छ। पहिले साथीभइ, छिमेकी संग भेट्न, कुरा गर्न मन पराउने ऊ अहिले प्राय एक्लै बस्छ। ऊ सकभर कोठामा एक्लै बसेर समय कटाउँछ। पहिले रमाइलो लाग्ने कुरा हरुमा अहिले उसो कुनै चाख… Continue reading
लघुकथा: घोषणा पत्र
– हरिहर शर्मा – स्वागत छ आजको यो झन् नयाँ बाजा पार्टीको कालातपुर गाउँपालिकाको केन्द्रीय बैठकमा। वैशाखमा हुने भनिएको चुनावको लागि हामी नयाँ घोषणा पत्र लिएर आएका छौं। हाम्रो मुख्य एजेन्डा भनेको एउटा अध्ययन केन्द्र खोल्ने हो जहाँ संसार भरबाट विद्वानहरु आएर विचार विमर्श, अनुसन्धान गर्ने छन्, नयाँ नयाँ खोज हुनेछ, नयाँ प्रविधि विकास गर्ने… Continue reading
फिलिपिन्ससितको खेलमा नेपाल निराश, ४-१ ले पराजित
एएफसी एसियन कप छनोट अन्तर्गत नेपालले मंगलबार पहिलो खेल फिलिपिन्ससित उसकै भूमिमा खेल्यो। तर १० मिनेटपछि नै नेपालले सन्तुलन गुमायो। १२ औं मिनेटमा विक्रम लामाले पोस्टभित्र छिर्न लागेको बल हातले रोक्दा सीधै रेडकार्ड पाए। त्यसपछि १० खेलाडीमा झरेको नेपालका लागि तत्कालीन राहत गोलकिपर किरण चेम्जोङले दिए, फिलिपिनो कप्तान फिल योङहसब्याण्डले प्रहार गरेको पेनाल्टी रोकेर।
लघुकथा : आकर्षण
– शुषमा मानन्धर – म पुग्दा केक काटिन तयार हुँदै थियो। ऊ पनि त्यहीँ छेउमै थियो। हतारहतार अगाडि उभिने भएकी झण्डै उसको खुट्टा कुल्चन पुगेकी थिएँ। “सरी” ऊतिर हेर्दै क्षमा मागेँ। ऊ बोलेन। लजाउँदै मतिर आफ्ना भारी परेली उठायो। ती काला आँखाका दृष्टि अरुकाभन्दा नितान्त फरक थिए। ऊ त्यतिविघ्न आकर्षक थिएन, न त उसमा त्यस्तो… Continue reading
चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण : सिभिल ड्रेसमा एयरपोर्ट, आर्मी ड्रेसमा बालुवाटार
नेपालमा अहिले एउटा हाइ प्रोफाइल भ्रमण भइरहेको छ- चिनियाँ रक्षामन्त्री चाङ वानछुवानको। आज उनी आएका छन्, आजै प्रधानमन्त्री चीन भ्रमणमा जाँदैछन्। चिनियाँ रक्षामन्त्रीको भ्रमण तीन दिनको छ। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिआइपी कक्षबाट बाहिरिँदा सिभिल ड्रेसमा थिए। त्यसपछिका औपचारिक कार्यक्रममा भने उनी आर्मी ड्रेसमा थिए।
मिस नेपालको जनकपुर भ्रमण : कसैले चिन्दैन जस्तो लागेको थियो, फेरि अर्को ताज पाए झैँ लाग्यो
-अस्मी श्रेष्ठ- जियोनी शोरूम को उद्घाटनको लागि म जनकपुर गएकी थिएँ। म जानुभन्दा अघि मलाई कता कता मिस नेपाल भनेर त्यहाँ मलाई कसैले चिन्नु हुँदैन जस्तो लागेको थियो। तर, त्यहाँ पुग्ने बित्तिकै मेरो यो सोचाइ पूरै परिवर्तन भयो। साँच्चै नै मिस नेपाल हुँ भन्ने महशुस पो गर्नु पाएँ। मिस नेपाल भनेकै सारा नेपाली जनताको साझा… Continue reading
३० देशका सैनिकले काठमाडौँमा गर्दैछन् अभ्यास
नेपाल र अमेरिकी सेनाको सहआयोजनामा काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालमा शान्ति प्रयास III अभ्यासको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार उद्घाटन गरे। अभ्यासमा ३० देशका १०२४ जना सैनिक सहभागी छन्। कार्यक्रमका क्रममा ब्यान्ड डिस्प्ले, खुकुरी ड्रिल, सांस्कृतिक कार्यक्रम लगायत अनआर्म कम्ब्याटको समेत प्रस्तुति गरिएको थियो। हेरौँ अमेरिकी सेनाले सार्वजनिक गरेका केही फोटो।
नटिकेको बालविवाह
-वसन्तप्रताप सिंह – बझाङ । १३ वर्षको उमेरमा तामझामका साथ विवाह हुँदा दौलीचौरकी राजुला बोहराले केही वर्षमै बेवारिसे हुनुपर्ला भन्ने कल्पनासमेत गरेकी थिइनन् । श्रीमान्को निरन्तर कुटाइका कारण २८ वर्षको उमेरमै उनको जिउ दुख्न थालेको छ । आठ वर्षको अवधिमा तीन सन्तान जन्माएकी उनको तल्लो पेट पनि दुखिरहन्छ । डाक्टरले पाठेघरमा घाउ भएको बताएका छन्… Continue reading