Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फिलिपिन्ससितको खेलमा नेपाल निराश, ४-१ ले पराजित

Posted on March 28, 2017March 28, 2017 by mysansar

एएफसी एसियन कप छनोट अन्तर्गत नेपालले मंगलबार पहिलो खेल फिलिपिन्ससित उसकै भूमिमा खेल्यो। तर १० मिनेटपछि नै नेपालले सन्तुलन गुमायो। १२ औं मिनेटमा विक्रम लामाले पोस्टभित्र छिर्न लागेको बल हातले रोक्दा सीधै रेडकार्ड पाए। त्यसपछि १० खेलाडीमा झरेको नेपालका लागि तत्कालीन राहत गोलकिपर किरण चेम्जोङले दिए, फिलिपिनो कप्तान फिल योङहसब्याण्डले प्रहार गरेको पेनाल्टी रोकेर।

तर २१ औं मिनेटमा फिलिपिन्सले पुन: अर्को पेनाल्टी पायो। फिल फेरि चुकेनन्। त्यसको दुई मिनेटपछि नै फिलले अर्को गोल गरेर नेपाललाई 0-२ ले पछि पारे।

२८ ‌औं मिनेटमा फिलिपिन्सले एक गोल थप्यो र स्कोर भयो ३-०। मध्यान्तर अघिको इन्जुरी टाइममा विशाल राईले एक गोल गरी नेपाललाई ३-१ को स्कोरमा पुर्‍याए। हाफ टाइमपछि फिलिपिन्सले ७२ ‍‍औँ मिनेटमा एक गोल थप्यो।

नेपालले अब समूह एफको दोस्रो खेल जुन १३ मा यमनसँग आफ्नै मैदानमा खेल्ने तालिका छ। तर कहाँ खेलाउने हो? दशरथ रङ्गशाला अझै बनिसकेको छैन। त्यसैले खेलस्थल टुङ्गो लागिसकेको छैन।

यस्तै फिलिपिन्ससँग पनि नेपालले होम म्याच नोभेम्बर १४ मा खेल्ने तालिका छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme