-रन्जु मार्ग- पिएले हातभरि पत्रिका लिएर आएर उनको अगाडि राखिदिंदै भने- ‘पत्र छ हजुर।’ “कस्तो पत्र?” “खै ‘खुलापत्र’ भनेका छन्।” “खुलापत्र,अनि पत्रिकामा?” “हो, आजभोलि यस्ता पत्रहरू त बारम्बार आइरहेका छन्। “शायद ,हजुरप्रति आशा र भरोसा भएर होला।” “अनि पढ्यौ त?” “पढें हजुर।”
Author: mysansar
कालिञ्चोकमा फागुन सकिन लाग्दा हिमपात, २४ फोटोमा हेर्नुस् जताततै हिउँ
-शुभक महतो- दोलखा जिल्लाको कालिञ्चोक लगायतको क्षेत्रमा गएको तीन दिनदेखि लगातार हिमपात हुँदा घुम्न आउने पर्यटकको संंख्यामा वृद्धि भएको छ। गएको शुक्रबारदेखि त्यस क्षेत्रमा लगातार हिमपात जारी रहेको छ। त्यस क्षेत्रमा राजधानी काठमाडौं लगायत देशको विभिन्न स्थानबाट हिउँ खेल्न आउने आन्तरिक पर्यटकको संख्या बढेको हो। कालिञ्चोकमा भारी हिमपात भएपछि शुक्रबारदेखि नै त्यसतर्फ जान सक्ने अवस्था… Continue reading
महिला होच्याउने उखान
-विराट अनुपम- ‘नक्कली स्वास्नीका बीसवटा पोइ, मर्ने बेलामा कोही न कोही।’ जब कमजोर महिलाको कुरा निस्कन्छ, यस्ता उखान भनेर महिलालाई होच्याउने काम गरिन्छ । यसको प्रतिवाद गर्न खोजे भन्छन्, ‘यी पुराना उखान नभई बनेका होइनन् । हामीले बनाएको हो र ?’ तर, पुरुषको कुरा आउँदा भने फरक पर्छ । ‘मर्दका १० वटी’ उखानको एउटै प्रसङ्गमा… Continue reading
युट्युबमा एक करोड भ्युज कटाउने तीन गीत
युट्युब अहिले नेपालीहरुका लागि पनि वैकल्पिक टेलिभिजन च्यानल भइसकेको छ। कतिले नयाँ गीत टिभीमा हैन युट्युबमा हेर्छन्। विशेष गरी युट्युबले नेपालमै लोकल सर्भर राखेपछि र पछिल्ला दिनहरुमा इन्टरनेट स्पिड पनि राम्रो भएपछि नेपालीहरुले युट्युबमा भिडियो हेर्ने प्रचलन बढेको हो। तर युट्युबमा एक करोड भ्युज कटाउने गीतहरु भने निकै कम छन्।
डिभी बन्द हुँदा नेपाली खुसी किन, दुःखी किन?
सिनेटरद्वय अर्कान्सासका टम कटन र जर्जियाका डेविड पर्डयुले वैधानिक आप्रवासीको प्रवाहलाई निस्तेज पार्ने उद्देश्यले माथिल्लो सदन (सिनेट) मा आप्रवासीसम्बन्धी विधेयक दर्ता गराएका छन्। विधेयकमा डाइभर्सिटी भिसा (डीभी) बन्द गर्नुपर्ने पनि उल्लेख छ। सन् २०१२ मा पनि दर्ता भएर असफल भएको यस्तो विधेयक यो पटक के हुन्छ त्यो त समयले बताउला तर डीभी बन्द हुन लाग्यो… Continue reading
कथा : गाईको मासु
विवेक ढकाल – घाँटीमा बीफ स्टेक अड्किएर टेक्सासमा एक नेपाली युवकको मृत्यु मुख्य पृष्ठमै नभए पनि प्रायजसो सबै प्रमुख दैनिक र अनलाइन न्युज पोर्टलहरुमा यो खबर विभिन्न शीर्षकमा छापियो। केही अमेरिकी साइटहरुले पनि यो घटनालाई आफ्नो वेबपेजमा ठाउँ दिए। ती अम्रिकन पेजहरुमा प्रतिक्रिया भने लगभग शून्य थियो – बाहेक एक जसमा एक उत्तर भारतीय मूलको… Continue reading
एनआरएन केन्द्रको निर्णयले अप्ठ्यारो
-ध्रुव पौडेल- एनआरएनए ( गैर आवासीय नेपाली समन्वय परिषद) प्रवासमा रहेका नेपालीहरूको छाता संगठनको रूपमा परिचित छ। विशुद्ध सामाजिक संस्थाको रूपमा स्थापित यस संस्थामा नाम जस्तै काम भइरहेको छ या छैन त्यसको लेखाजोखा नेपाली समुदायले राखेकै होला। संस्थाको विधान नै संस्था संचालनको लागि सर्वेसर्वा हुन्छ तर कहिलेकाहीँ त्यही विधानभित्रका हरफहरूले अन्याय गरिरहेको तितो वास्तविकता पोखिने… Continue reading
दाइजोको बार्गेनिङ : यो कुरीति कहिलेसम्म?
–लक्ष्मी थापा क्षेत्री- म तराईमा हुर्केकी पहाडिनी। त्यसैले पनि मधेसी समुदायसँग मेरो निकै घनिष्ठता छ। मधेसी समुदायकी मेरी साथी कमली आमाबाबुकी एक्ली छोरी र तीन भाइकी एक्ली दिदी थिई। स्कुलमा पहाडियाले हेपे भनेर उस्को परिवारले एक कक्षा पनि पास नहुँदै स्कुल छुटाइदियो। केही वर्षपछि उसको बिहे भयो। कृषिमा आधारित परिवारले बिहेमा नजिकैको खेत बेचेर केटापक्षले… Continue reading
कथा : बैँककमा भेटिएकी सुकन्या
-शर्मिला खड्का दाहाल- कथाकार दिवाकर नेपालीज्यू, अहिले म ‘सुकन्या उर्फ निलिमा’ को प्रमुख पात्रसँग संवाद गर्दै छु । उक्त प्रमुख पात्र मसँग भन्दै छ कथाकार अनामिकाज्यू, हाम्रो जीवन फ्रेमभित्र राखिएको फोटोझैँ रहेछ । फ्रेमले हामीलाई जुन आकारमा कीला ठोक्छ त्यही आकार विवश भएर बाँच्नु पर्ने बाध्यता । आज म तपाईँको कथाको क्यानभासमा त्यो फ्रेमभित्र बाध्य… Continue reading
विनम्र विरोध गर्ने संस्कार सुरु गरौँ
-प्रद्युम्न रेग्मी- पछिल्लो समयमा देशमा प्रहरी प्रमुखको नियुक्तिको लागि राजनैतिक खिचातानी भएको देख्दा जनतामा फेरि एकपटक राजनीतिक दलहरूसँग रुष्टता बढेको छ। देशमा विकास ठप्पको स्थिति र समाजमा भएका हज्जारौं गल्तीहरू हामी सँधै अरूको थाप्लोमा लादेर आफु चोखो बन्न खोज्छौं। सडकमा फोहोर फाल्छौ अनि टोल र शहर दुर्गन्धित भयो भनेर जुलुश र प्रदर्शन गर्छौं। कुनै पनि… Continue reading
देशै लाग्यो एउटा आइजी नियुक्तिको पछाडि, हुँदाहुँदा एनआरएन पनि
देशमा अनेक कुरा छन्। महत्वका विषय अरु पनि हुनुपर्ने हो। तर पूरै देश नेपाल प्रहरीको एउटा आइजी नियुक्तिको पछाडि लागेको छ। पूरै देश नवराज सिलवाल कि जयबहादुर चन्द पक्ष विपक्ष लिन व्यस्त छ। देशका मान्छे त भए भए विदेशमा बस्ने नेपाली पनि यसैमा लागेको देखियो। हुँदाहुँदा विदेशमा बस्ने नेपालीहरुको संगठन एनआरएनका अध्यक्ष शेष घलेले समेत… Continue reading
कथा : अभिशप्त रात
-सातोमी तोन- उमेर तीस काटिसकेको भए पनि अझै अविवाहित नै थिई ऊ ! यतिबेला वायाँ कोल्टे पल्टेर रातो प्रकाश फालिरहेको ढकनीदार बत्तीदानीमा बलेको बत्तीको उज्यालोमा पत्रिका पढिरहेकी थिई । रात निकै चिसो र उराठलाग्दो थियो । हावाको चालचुल थिएन । आधा रात नहुँदै राती अबेरसम्म सडकमा ओहोरदोहोर गर्ने मानिसको स्वर पनि बिस्तारै कम हुँदै गइसकेको… Continue reading
कथा : फेसबुकको लभ
-प्रकाश गिरी- सिरकमुनि मुन्टो लुकाएरै फेसबुकको ‘न्युज फिड’मा दुई-तीन किलोमिटर मर्निङ्-वाक गरीसकेको थिएँ, एउटा फ्रेन्ड रिक्वेष्ट आयो – ‘स्वेता सिम्खडा’। मैले रिक्वेष्ट एसेप्ट गर्नासाथ म्यासेज पठाएँ – “ओई! के छ खबर? सञ्चै छ्यौँ?” “अँ यार! तिमिले त माया नै मार्यौ! कहिल्यै खोजेनौँ है मलाई?” “मुटुभरी प्रेम बोकेर ‘आई लभ यू’ भन्दा ब्लक गरेकि होइनौ? म… Continue reading
उ-खाने राष्ट्रवाद : उही कुमार लामाको फोटो कार्टुन
माइसंसारका पुराना पाठकले चिन्ने नाम हो उही कुमार लामा। धेरैअघिदेखि उनी फोटो कार्टुन बनाउने गर्छन्। उनैले बनाएका तीन वटा कार्टुनको संगालो।
पर्व संग सम्बन्धित समय सुधार गर्नै पर्ने हो त ?
-प्रकाशमान शिल्पकार- प्रत्येक वर्ष हामीले परम्परागत संस्कार र नीति सनातनी आस्था, निष्ठा र विश्वासका साथ मनाउँदै आएका विभिन्न चाडपर्वहरु जस्तै – दशै, तिहार, तीज, राम नवमी, कृष्णाष्टमी, महाशिवरात्री तथा संक्रान्ती, पूर्णिमा, र अ्मावस्या लगायतमा पर्ने विशेष पर्व दिन एवं हाम्रो जन्मदिन मनाउने विशेष उत्सव नै पर्व हो। शास्त्रीय नीतिनियम अनुसार शास्त्रनिर्दिष्ट शुध्द समयमा मात्र पर्वहरु… Continue reading
विज्ञान कथा : माया नं ६५३
– शंकर लामिछाने – माया आज अलि उद्विग्न थिई। हिजो अफिसमा काम गरिरहँदा उसले एउटा आदेशपत्र पाएकी थिई। पत्र आएको थियो स्वास्थ्य विभागबाट र त्यसमा उसलाई आदेश थियो कि अब आउने सात दिनसम्म ऊ उत्तेजनाको कुनै काम नगरोस्। र आज त उसलाई अस्पताल गई आफ्ना शरिर जँचाउनु पनि थियो। अनि एक सातासम्म अस्पतालमै बसेर आराम… Continue reading
कथा : परदेशी साथी
– कमला बुढाथोकी सरुप – हर्कबहादुरसँग पहिलो भेटमै माया बस्ला भन्ने सोचेकी पनि थिइनँ । हुन त नसोचेको कुराले प्राथमिकता पाउँछ त्यो मलाई थाहा छ, तर भेट भएकोमा मैले गुनासो पनि पोखेकी छैन । ‘म घुम्न मन पराउने मान्छे’ उसले मेरो दाहिने हात समात्दै भन्यो । म झस्किएँ तर उसको हातसमाइले मलाई यसरी अव्यक्त पीडाभित्रको… Continue reading
छक्कापञ्जा र यमबुद्धको आत्महत्या प्रकरण : किन हुन्छ यस्तो? कसरी जोगिने?
– डा .विजय ज्ञवाली/क्लिनिकल मनोविद् – घटना १ – उनी राम्रो विद्यार्थी थिए। जागिरको निर्णय भइसकेको थियो। साथीभाइसित एउटा गल्ती गर्न पुगे। साथीले पाइरेसी गरेको फिल्म हेर्न र शेयर गर्न पुगे। पाइरेसी अपराध थियो तर जघन्य अपराध थिएन। ब्यवसायिक प्रयोजनको लागि नभएर रमाइलोको लागि गरेको एउटा घटनाको परिणामस्वरूप उनले आफैले आफ्नो जीवनको अन्त्य गरे। आखिर… Continue reading
कथा : माघुरामको माघी
– कृष्णराज सर्वहारी – नाम माघुराम थारु, गाउँमा बोलाइने नाम मघुवा, घर कालाबञ्जर, बर्दिया । नागरिकताको उमेर पैतीस तर शारीरिक रूपले एक दशक तानिएर पैंतालिस वर्ष माथि देखिन्छ । उसकी जनेवा (श्रीमती) भेङली र उ समान उमेरका तर जनेवा ऊ भन्दा झन बूढी देखिन्छे । बाह्रैमास चिन्ताको बाक्लो कुहिरोले डम्म ढाकेकाले उनीहरू समयभन्दा पहिले बूढ्यौलीमा… Continue reading
अहो ! पूरै बजारमा मात्र एक जनाको बास, कहाँ गए सबै?
– सुभक महतो – एक साताअघि हामी रिपोर्टिङका लागि राजधानी काठमाडौंसँग उत्तरी छिमेकी चीनसँग नजिक रहेको नाका तातोपानी पुगेका थियौं। तातोपानीबाट रिपोर्टिङ गर्दै अघि बढ्दै गर्दा हामी तातोपानीको लिपिङ बजार पुग्दा अँध्यारो भइसकेको थियो। त्यही भएर हामी बासको खोजीमा थियौं। अलिक अगाडि सिन्धुपाल्चोकको लिपिङ बजारमा एउटा पसलमा बत्ती बलेको देखियो र हामी त्यहाँ पुग्यौं। भित्र… Continue reading