– देवेन्द्र दाहाल –
राजधानी काठमाडौँमा अहिले पैदल यात्रुहरुको बाटो काट्ने समस्या एउटा चर्चाको विषय बनिरहेको छ। जथाभावी बाटो काट्दा ट्राफिकको जरिवाना तिर्नु पर्ने र सुरक्षित क्रसिङको समुचित व्यवस्था सरकारी निकायबाट नगरिएको अवस्थामा पैदल यात्रुहरु अप्ठ्यारो स्थितिमा असुरक्षित पैदल यात्रा गर्न बाध्य छन्। यो असहज स्थितिमा ट्राफिकको जरिवाना तिर्न र जरिवाना तिर्न नसक्नेहरुलाई तीन घण्टा नियन्त्रणमा बस्न बाध्य बनाइएका पैदल यात्रुहरुबाट ब्यापक असन्तुष्टि आएपछि जरिवानाको व्यवस्था मंगलबारदेखि हटाइएको छ। संसदको विकास समितिबाट समेत १२० मिटरको दुरीमा जेब्रा क्रसिङ बनाउन निर्देशन जारी गरिएको छ। प्रश्न उठ्छ के जेब्रा क्रसिंग राखेर मात्र यात्रीहरुको समस्या समाधान होला? सर्सर्ती हेर्दा १२० मिटरको दुरीमा जेब्रा क्रसिंग राख्दा पैदल यात्रुले बाटो काट्नको लागि धेरै ठाउँहरु छान्न अवसर पाउने छन्। तर ती ठाउँहरूबाट बाटो काटन यात्रीहरु पूर्ण सुरक्षित हुन्छन् त? जवाफ निश्चित दिन सकिँदैन किनभने भइरहेकै जेब्रा क्रसिंगबाट बाटो काट्दा पैदल यात्री मारिएका घटनाहरु बारम्बार दोहोरिने गरेका छन्। दुर्घटनाको कारण पहिचान नगरी फटाफट सबै ठाउँहरुका एकोहोरो तरिकाबाट जेब्रा क्रसिंग थपिँदा यात्रुहरुको असुरक्षा भने जस्ताका त्यस्तै रहने र दुर्घटना भबिस्यमा अझै थपिदै जाने पक्का छ।
त्यसैले पैदल यात्रुको लागि बाटो काटने उचित उपाय के हो भनी पक्का गर्न सबैभन्दा पहिला त्यस ठाउँमा कति पैदल यात्रीले बाटो काट्दै छन् भन्ने कुराको टुंगो लगाउन जरुरी हुन्छ। यदि पैदल यात्रुको संख्या अनवरत रुपमा थपिरहने र सडकमा रहेका गाडीले अगाडि जान नपाउने अवस्था सृजना भयो भने पैदल यात्री र गाडीबीच कसले बाटो पहिले छिचोल्ने भन्ने द्वन्द्व सृजना हुनजान्छ र कहिलेकाहीँ त्यो दुर्घनामा पनि परिणत हुन पुग्दछ। काठमाडौँका जेब्रामा भइरहेका दुर्घटनाहरु यस्तै द्वन्द्वका उपज हुन्।
यसलाई कसरी व्यवस्थापन गर्ने त?
यो समस्यालाई समाधान गर्न पैदल यात्रुलाई बाटो काटने स्थानहरुमा यात्रुको चाप के कत्तिको छ अध्ययन गरी त्यसै अनुरुपको पैदल यात्रुलाई बाटो काटने ब्यबस्था गर्नु नितान्त जरुरी हुन्छ। सबै ठाउँमा जेब्रा क्रसिंग राखेर पैदल यात्रु र सडक ट्राफिकको समस्या समाधान हुन्छ भन्ने ठान्नु सबैखाले बिरामीलाई सिटामोल दिएर रोग निको पार्न खोज्नु जस्तो हुन जानेछ। संसारका विकसित मुलुकहरुमा पाच किसिमका क्रसिंगहरु प्रयोगमा ल्याइएका भए पनि नेपालको हकमा भने जेब्रा र पेलिकन (Pelicon – Pedestrian Light Controlled) क्रसिंगलाई प्रयोगमा ल्याउन उपयुक्त हुने देखिन्छ।
सेतो र बीचमा खालि रहेको धर्कोले जेब्राको टाटेपाटे रंगको अनुभूति दिने हुनाले नै त्यसको नाम जेब्रा दीइएको हो र यस्तो ठाउँमा पैदल यात्रुलाई सडकका वाहनले रोकेर बाटो छोडिदिनु पर्ने हुन्छ भने पेलिकन Pedestrian Light Controlled को छोटो (Pelicon) रुप हो जहाँ पैदल यात्रुहरु हरियो बत्ति बलेपछि मात्र बाटो काटन पाउँछन्। अरु बेला सडकमा रहेका वाहनले नै प्राथमिकता पाएका हुन्छन्। यहाँ तल जेब्रा क्रसिंङको फोटो राखिएको छ। जेब्राको लाइन अगाडि दुईतिर सेतो सानो सानो धर्को तानिएकॊ हुन्छ। त्यसले बाटोमा रहेका वाहनहरुलाइ त्यो धर्कोमै रोकेर पैदल यात्रुलाइ बाटो काटने समय दिनु पर्ने संकेत गर्छ। सडकका दुई छेउमा पहेलो रंगको बिजुलीको ग्लोब जडान गरिएको हुन्छ जसले सडकमा गुडिरहेका वाहनलाई परैबाट अगाडि जेब्रा क्रसिंग छ है भन्ने संकेत दिन्छ। यसदेखि बाहेक जेब्राको दुवै तर्फ ३० देखि ५० मिटरको दुरीमा अगाडि पैदल यात्रुको लागि जेब्रा राखिएको छ भन्ने ट्राफिक चिन्ह राखेर ड्राइभरलाई चनाखो हुन सचेत गराइएको हुन्छ।
पेलिकन क्रसिङमा सडकको वाहन र पैदल यात्री दुबैलाई ट्राफिक लाइट राखेर बाटो काटने ब्यबस्था मिलाइएको हुन्छ। पैदल यात्रुहरुको अत्यधिक चाप रहेको ठाउँमा ट्राफिक लाइट राखेर पैदल यात्रु र सडकको वाहनलाई नियन्त्रण गरी बाटो काटने ब्यबस्था मिलाइएको हुन्छ। यस्तो ठाउँमा पनि ट्राफिक लाइटबाट ३० देखि ५० मिटरको दुरीमा ट्राफिक लाइट छ है भनेर ट्राफिक संकेत राखेर ड्राइभरलाइ रातो बत्ति हुन सक्छ भनि सचेत गराइएको हुन्छ। पेलिकन क्रसिङको फोटो उदाहरणको लागि तल राखिएको छ।
हुने गरी बनाइएको छ छैन भनी विचार पुर्याउन पनि त्यत्तिनै जरुरी छ। बलिया-बाङ्गा र युवा-तन्नेरी मात्र पैदल यात्रु हुँदैनन्। त्यसमध्येका कति अपाङ्ग, अशक्त, बच्चा र बुढापाका पनि हुन्छन्। उनीहरुको सुबिधाको लागि पेटीबाट सडकको उचाइ लगभग एकैनासे बनाउन पर्ने हुन्छ। धेरै चौडा सडकहरु अशक्त र बिरामीहरुले छिट्टै काट्न नसक्ने हुँदा सडकको मध्य भागमा सुरक्षित भई उभिने ठाउँको ब्यबस्थामा पनि अहिले देखिनै ध्यान पुर्याउन आवश्यक छ। बेलायतको ११ मिटरको भन्दा चौडा सडकहरुमा सडकको मध्य भागमा सुरक्षित (१ देखि २ मिटर सम्मको) ठाउ पैदल यात्रीको लागि बनाइएका हुन्छन् जहाँ फराकिला बाटाहरु एकै पटक पार गर्न नसक्ने हरुले उभिएर अर्को बाटो काटने अवसरको लागि कुर्दछन्।
खासगरी काठमाडौँको नयाँ बानेश्वर, चाबहिल, नारायणगोपाल चोक, कलंकी, गोङ्बु जहाँ पैदल यात्रुको संख्या अत्यधिक रहेको छ, त्यस्ता ठाउँहरुमा पेलिकन क्रसिङको ब्यबस्था मिलाउँदा यात्रुहरु बढी सुरक्षित हुने देखिन्छ। जहाँसम्म बिजुलीको ब्यबस्था गर्ने कुरो छ त्यो पहिले जापनीहरुले सोलार पावरबाट ट्राफिक लाइटको ब्यबस्था गरेकै थिए, तर उचित सम्भार नपुग्नाले अहिले ती सबै बन्द छन्। ती सबै ट्राफिक लाइट लगायत पछि बन्नेको जिम्मेबारी पनि एउटा निकायलाई लगाउन जरुरी छ। अन्यथा ती सबै बेबारिसे हुनेछन् र कालान्तरमा बिग्रिएर थन्किने छन्।
स्थानीय निकायलाई स्वाएत्त बनाउने चर्चा चलिरहेको बेला काठमाडौँ लगायत अन्य महानगरपालिकाले सडक मर्मत र रेखदेखको लागि सहरका साना सडकको सबै जिम्मेवारी लिँदै त्यसको मर्मत र सुरक्षाको ब्यबस्था गर्न सडक डिभिजन भन्ने इकाई खोली त्यसको रेखदेखको ब्यबस्था मिलाउन उपयुक्त होला। ठूला र फराकिला सडकहरुको मर्मत सम्भारको जिम्मा सडक विभागले नै हेर्दा पनि हुन्छ। ट्राफिक लाइट र जेब्रा लाइन हरुको अवस्था कम्तिमा वर्षमा एकचोटी चेक गरी आवश्यक संरक्षण पु्र्याउन पनि त्यत्तिनै जरुरी छ।
(युकेको एसेक्स हाइवेजमा इन्जिनियरका रुपमा कार्यरत दाहालले यो सानो लेख नेपालको खासगरी काठमाडौँको पैदल यात्रालाई सहज पुर्याउन सुझाव पुग्ने उद्देश्यले लेखेका हुन्।)
न हँसाउनु न ! Back गरेर मान्छे मार्ने देशमा, हात देखाउदैमा कल्ले रोक्ने? जड समस्या हामीमा चेतना को अपर्याप्तता हो.
Diyar al, एकदमै जानकारी मूलक लेख र निक्कै छिप्पिएका विभिन्न कमेन्टहरु पनि! “समय र ठाउँ अनुसार बल र बुद्धिको उपयोग” हुनुपर्ने हो क्यारे, होइन र? आकासे पूल होस् या जेब्रा क्रस, लाइट अनुसार होस् या हाते सिग्नल अन्तत: शिक्षा शुरुमै चाहिन्छ है हजुरहरु होI “जति गर्दा नि+ बुझेर नि+ सकेर नि नगरे पछि कसैको केहि लाग्नेवाला छैन!” शुभ होस्!
मास्के डाक्टर सा’प, एक चोटीमा १००/२०० मान्छेले बाटो काट्ने ठाँउमा ‘जेब्रा क्रसिङ्’ उपयुक्त हुन्न भन्नु अगाडि एकचोटी न्यूयोर्कको Times Square, लन्डनको Piccadilly Circus र टोक्योको Shibuya को क्रसिङ्हरु पनि हेर्ने कि? १००/२०० होइन झन्डै ५००/१००० मान्छेले एक चोटीमा बाटो काट्छन् ती स्थानहरूमा त्यो पनि केही मिनेटको अन्तरमा।
सडक भिभाग का engineer हरु र traffic प्रहरी हरु मा सिप र ज्ञान छ त भन्नु भयो तर जुन ज्ञान बास्तबिकता मा लागु गर्न सकिन्दैन तेस्को महतो हुन्दैन | नेपाल को सडक design र traffic system design मा धेरै कमि कमजोरी हरु छन् | येदि तेस्मा ध्यान नदिने हो भने हामी सन्धी खाल्डो को खाल्डो मा नै रहन्छौ |
वाह डा. मास्के, वाह! अनि तपाइका बिरामी (तपाई चिकित्सक हो भने, किनकि आजकल डा. लेख्ने टन्नै छन्), अशक्त, बुढाबुढी, व्हिल चेयर प्रयोग गर्ने अपाङ्ग, अन्धा जस्ता बटुवा जसले आकाशे पुल प्रयोग गरुन्जेल सासनै जाने अवस्था आउच तिनीहरुका बारे के सोच्नु भा हो कुन्नि? कि लिफ्ट प्रयोग गरेर आकासे पुल बाट बाटो काट्ने? कतिवटा लिफ्ट राख्ने? कहिलेकाही अरुको बारे पनि सोच्नुस, सबलता र दुर्बलतामा फरक छ!
लेखकले फोटो लिएर उदाहरण दिन खोज्नु भएको कुरा मात्र हो! बानेश्वोर, कलंकी भन्दा पनि भिड लन्डनका मुख्य ठाउहरु जस्तै मार्बल आर्च, अक्स्फर्ड स्ट्रिट, पिकेडेली सर्कस, भिक्टोरिया, हाइडपार्क आदि ठाउमा अत्तिनै घम्सा घम्सि हुन्छ बाटो काट्ने बेला र त ट्राफिक अनि बटुवा सब्बैले नियमक ढंगले बाटो पार गर्छन! तुच्छ विचार राखेर खोट मात्र देखाउनु भएन, फरक सोचाई राख्नुस|
बेलायतमा नेपालका भन्दा पनि साघुरा सडक छन्, तर सडकमा सवारी चलाउने ड्राइवरले कडा नियम उत्तीर्ण गरि लाइसेन्स लिएका हुन्छन, अनुशासित (केहि अपबाद त हुन्छन नै)हुन्छन र त संसारकै ट्राफिक दुर्घटना मृत्यु दर कम छ! राम्रो कुराको अनुसरण गरौ, क्रियेटिभ थिन्किंग राखेर अरुलाई क्रिटिसाइज गरौ न कि हचुवाको भरमा
बिषय संधर्भिक छ.. प्रस्तुत गरिएको इन्फोर्मेशन असान्धर्भिक छ
धुलोमय सडकमा zebra crossing हराउछ.. त्यसैले पहिला मेलम्ची सकिनु पर्छ..अनि सडक तयार हुनु पर्छ ..अनि zebra crossing र traffic light साथ साथ तयार हुनु पर्छ ..त्यसपछि सिट्ठी फुकेर traffic flow नियन्त्रण गर्ने स्थितिको अन्त हुनु पर्छ
त्यसपछि चै नियम पालना नगर्ने चालक र सडक जथाभाबी पार गर्ने यात्रुलाइ दुइ सय हैन दुइ हजार को कारवाही गर्नु पर्छ र जहाँ पनि पेलेरै जानु पर्छ भन्ने मानसिकता सवारी चालक र सडक यात्रुको दिमागबाट
सधैको लागि हटाउनु पर्छ
अनि साथसाथै सवारी चालक र सडक यात्रुलाई गल्ति गर्नुबाट नरोकी कहिले गल्ति गर्ला र पैसा झारौला भनेर ढुकेर बस्ने ट्राफिक प्रहरीलाई कडा कारवाही हुनु पर्छ ..
ब्याक गरेर मान्छे मारेर जना रुचाउने सवारी चालकलाई ज्यान मुद्दामा कारवाही हुनु पर्छ र ति ट्याक्सी तथा माइक्रो चालकहरुलाई संगठन बनाएर अनुचित कुरामा संग्रक्षण दिनेलाई कारवाही गर्नु पर्छ ..अनि त्यस्तो गर्ने जो कोहीलाई पनि कारवाही हुनुपर्छ चाहे त्यो मन्त्रि नै किन नहोस
काठमाडौँमा सडक भन्दा बढी सवारी भैसक्यो..त्यसैले सदाको चाप नियन्त्रण गरेर विदेशको जस्तो गर्नु सम्भब छैन..तर दुर्घटना नियन्त्रण गर्न सकिन्छ.
साथसाथै जहाँपनि गाडी वा मोटरसाइकल चढेर नै जानु पर्छ भन्ने मानसिकता बदल्ने प्रयास पनि जरुरि छ
ग्रेट ब्रिटेनमा कार्यरत बिद्वान ईन्जिनियरलाई सबै भन्दा ज़ेब्रा क्रसिंग मानिसको ठुलो भीड़ वारीपारी गर्न भन्दापनि यस लेखमा देखाईएको फोटो जस्तै केही वा फाटफुट पैदल यात्रुहरुकोलागी उपयुक्त हुन्छ । बानेश्वर, कोटेश्वर, चावहिल र कलंकीमा सडक वारीपारी गर्ने एक पटकमा १०/२० होईन १००/२०० को हाराहारीमा हुन्छन् । मेरो विचारमा यस्तो बढी मानिस वारीपारी गर्ने अवस्थामा पुलबाट सडक पार गर्नु पैदल यात्रुहरुकोलागी सबै भन्दा धेरै सुरक्षित हुन्छ । नेपालमा अमेरिका, यूरोप, क्यानाडा, अष्ट्रेलिया, रुस, भारत, चीन, दक्षिण पुर्व एशिया र अफ़्रीकी देशहरुबाट उच्य शिक्षा र तालिम प्राप्त गण सडक ईन्जिनियर र प्रहरीहरु सयकडौको संख्यामा कार्यरत रहेका छन् । पैदल यात्रुहरुले सडक वारीपारी गर्नेबारे नेपाली ट्राफिक प्रहरी र यातायात ब्यवस्थापन गर्नेहरुलाई राम्रो सीप एवम् ज्ञान छ । सुरक्षित सडक पैदल यात्रुकालागी सही ठाउमा साधारण प्रविधि र कडाईका साथ नियम पालन नितान्त आवश्यक छ ।
डा. सुरज मास्के
धेरै सान्धर्भीक र राम्रो लेख | जबर्जस्ति zebra crossing प्रयोग गर भन्दै मा सम्भब हुने कुरा हैन | किनकि :
१) त zebra crossing पर्याप्त छैनन् |
२) सबै थुन मा zebra crossing राख्न उपुक्त पनि हुन्दैन | धेरै पैदल यात्री को चाप भएको बाटो मा zebra crossing राख्यो भने त गाडी त ठप्प नै हुन्छ | एस्तो थुन मा लेखक ले भने जस्तो पैदल यात्री को लागि बत्ति राख्नु वा आकासे पुल नै चाहिन्छ |
३) zebra crossing मा गाडीहरु ले पनि नियम पालना गर्नु पर्यो | zebra crossing को मतलब पैदल यात्री बाटो काट्न लागेको छ भने गाडी अनिबार्य रोक्नु पर्छ | जुन हाम्रो देश मा अहिले कसैले पालना गर्दैनन् | येदि गाडी नरोकी ने हो भने zebra crossing को कुनै औचित्य नै रहन्दैन |
अहिले को अवस्था मा जेब्रा क्रोस्सिंग मा बाटो काट्नु ले खाली false sense of security मात्र दिन्छ | र यो बास्तबिकता मा खतरनाक पनि हुन सक्छ | पैदल यात्री ले ढुक्क संग जेब्रा क्रोस्सिंग मा बाटो कत्ला अनि येदि गाडी हरु नरोकिने हो भने एकदम नराम्रो दुर्घटना हुने सम्भावना धेरै छ | र अस्ति मात्र एस्तो भयो पनि – दुइ तिन दिन अगाडी एक महिला को जेब्रा क्रोस्सिंग मा बाटो काट्दै गर्दा गाडी ले ठकर दिएर निधन भयो |