साहित्यकार मनु ब्राजाकीको शुक्रबार बिहान निधन भयो। ७५ वर्षका ब्राजाकीको निधन पाटन अस्पतालमा भएको थियो। उनी नेपाली साहित्यका लोकप्रिय कथाकार मध्येका एक हुन्। उनका गजल पनि बेजोडका हुन्छन्। साहित्यिक नाम ‘सगर नासरत’ र ‘हेमन्त हरि’ पनि लेख्ने गरेका उनको खास नाम चेतमानसिंह भण्डारी हो । विस. २०७० मा उनले कथा संग्रह ‘अन्नपूर्णाको भोज’ का लागि… Continue reading
Author: mysansar
विदेशीलाई मेरो परिचय दिँदा
निश्चल उत्तरी यूरोपको कठयान्ग्रिदो जाडो। दिनभरी को काम को थकाई। दिन भरि काम गरिसकेपछि एक दुइ गिलास बिदेशी रक्सी पिएर थकान हटाउने र जाडो छल्ने मेरो पुरानो बानी। थकाई मार्न र जाडो छल्न एउटा बार छिरे। बेयेरा संग एक पेग मागेर एउटा खाली टेबल खोजेर आफ्नो आसन जमाए। रात छिप्पिदै जादा बारमा जाडो छल्न आउनेको… Continue reading
पृथ्वीनारायण र मेरो अस्तित्व
परिवर्तन नेपालका ‘कम्युनिष्टहरू’ पाखण्डी छन् भन्नका लागि दुई-तीनवटा उदाहरण काफी छन्। दुनियाँका छोरा-छोरीलाई दशैंको बहिष्कार गर्न आह्वान गर्दै तथा धर्म विरोधी बनाउँदै आफ्नो जीवन विताएका मोदनाथ प्रश्रित र मोहनचन्द्र अधिकारी बुढेसकालमा सबैभन्दा धर्मात्मा बन्दै गायत्री मन्त्र र रूद्री पाठ पढ्न सिकाउन हिड्दैछन्। त्यति मात्र होइन हिंजोसम्म सामन्ती देखेको र समुल नाश गर्नुपर्छ भनेर हिंडेको राजतन्त्रको… Continue reading
ओशोको देहत्यागको २८ औँ वर्ष : हेर्नुस् ओशो काठमाडौँ आउँदाका दुर्लभ दृश्य
ओशोले देहत्याग गरेको आज २८ औँ वर्ष पूरा भएको छ। त्यसो त ओशोभक्तहरु ओशोको न जन्म भएको मान्छन् न मृत्यु। उनीहरु त यो पृथ्वीमा ओशोले ११ डिसेम्बर १९३१ देखि १९ जनवरी १९९० सम्म भ्रमण गरेको मात्र मान्छन्। शताब्दीकै सबैभन्दा चर्चित र जीवनकालमा विवादास्पद ओशोका फलोअरहरु अझै पनि देशविदेशमा प्रशस्तै छन्। अमेरिकाबाट डिपोर्ट गरिएका ओशोलाई २१… Continue reading
एनसेलको विषयमा सर्वोच्चको अन्तरिम आदेश : १४ कारण जसले कानुनको शासन पराजित भएको आभास भयो
एनसेललाई लाभकर लैजान दिए देशलाई केकस्तो अपूरणीय क्षति हुन्छ भन्ने विचारै नगरी सर्वोच्च अदालतले लैजान नपाए चाहिँ कम्पनीलाई अपूरणीय क्षति हुने भन्दै लैजान नरोक्नू भनेर अन्तरिम आदेश दियो। नेपाली कानुनी प्रणालीको विकासका लागि अदालतका आदेश र निर्णयहरूको व्यापकरूपमा विश्लेषण र छलफल हुन जरूरी छ । यसरी गरिने छलफलले मात्रै अदालतलाई पनि आफ्ना कमी/कमजोरी महसुस गर्न… Continue reading
बाथरुममा सावधान हुनुस्, ज्यानै जान सक्छ
– डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्यविज्ञ – – केहि दिन पहिले शिक्षासेवी डा. बाबुराम पोखरेलको बाथरुममा लडेर मृत्यु भयो । – यहि पौष ९ गते आइतबार राति बाथरुममा हात धुने क्रममा नेपाल बैंक लिमिटेडका विर्तामोड शाखा प्रमुख ४१ बर्षिय उमेशचन्द्र घिमिरेको आइतबार निधन भयो । – केहि समय पहिले मुस्ताङ आएकी दक्षिण कोरियाली नागरिक जुमी आनको… Continue reading
अमेरिका जसरी पनि जाने भूत चढेको छ? यो पढ्न नछुटाउनुस्
– रत्न बिडारी – हाल: इरभिङ, डालस (टेक्सस) अमेरिका आइपुगेपछि सोचे अनुसार नभएपछि डिप्रेसनको शिकार भएर धेरै नेपालीले अकालमा ज्यान गुमाइरहेका छन्। राति सहज रुपमा सुतेको मान्छे भोलीपल्ट बिहान मृत अवस्थामा भेटिन्छ। कोही मदिरा धेरै पिएर आफूलाई समाप्त पार्छन। यस्ता धेरै घटनाहरु छन्। केही महिना अघि अमेरिकी राज्य क्यालिफोर्नियाको राजधानी सेक्रामेन्टोमा अर्का एक नेपालीले मदिरा… Continue reading
हैन बिहे गर्न केटी खोज्न कति गाह्रो भा’को हो !
गौतम राम घडी यसो हेर्छु,चलेकै देख्दिन। ला! घडी त बिग्रेछ क्या हो? ऑंखा मिच्दा पो थाहा पायँ,चस्मै नलाई पो हेरेछु। चस्मा लगाए र अनि हेरे,समय बिहानको ४ बजेको रहेछ। मनमनै सोचे, ओहो! हिजो खाको भाले त कस्तो इमान्दार रहेछ। मरेपछि पनि आफ्नो धर्म पुरा गर्यो। अनि फेरि सोचे, धत् मलाई कहाँ हिजो खाको भालेले ब्युँझाको… Continue reading
चीनभन्दा अघि विद्युत उत्पादन गरेका हामी किन अहिले भुटानभन्दा पछाडि? यी हुन् आठ कारण
-डिल्ली पौड्याल- हाम्रो देशमा किन सुस्त गतिमा विद्युत विकास भयो ? के यो शुरूवातिमै सुस्त थियो त ? सबैको खुलदुलीको विषय हो। तर त्यसो हैन इतिहास खोतल्दा छिमेकी देश चीनभन्दा पहिला हाम्रो देशमा जलविद्युत आयोजना सुरु भएको थियो। जलस्रोतमा आधारित विद्युत प्रणाली सन् १८५० भन्दा पछि विविध रुपमा उत्तर अमेरिका र युरोपमा विकसित भएर आएको… Continue reading
उही कुमार लामाले हानेका ६ वटा चुनावी व्यङ्ग्यवाण
माइसंसारका पुराना पाठक हुनुहुन्छ भने उही कुमार लामाको नाम तपाईँले सम्झनु पर्ने हो। रियल फोटोमा व्यङ्ग्य संवाद भरेर हँसाउन उनी खप्पिस छन्। २०६२/६३ को जनआन्दोलन ताका उनको व्यङ्ग्यवाणले ‘ठहरै’ हुनेहरु धेरै थिए। धेरै समयपछि नेपालमा चुनावको मौसम चलेको बेला उनी फेरि छ वटा व्यङ्ग्यवाण लिएर उपस्थित भएका छन्। हेरेर कस्तो लाग्यो प्रतिक्रिया दिनुस्। है।
मतपेटिका कहाँ छन्? झ्यालढोकामा चुकुल लगाएर लाहाछाप लगाइएको कोठाभित्र
अरु बेला भए मतदान भएको भोलिपल्ट यतिबेलासम्म मतपरिणामहरु धमाधम आउँदै हुन्थ्यो होला। तर यस पटक भने दोस्रो चरणको मतदान मंसिर २१ गतेसम्म मतगणना हुने छैन। अहिले मतपेटिकाहरु मत गन्ने ठाउँमा जम्मा गर्ने क्रम जारी छ। मत नगन्दासम्म मतपेटिकाहरु कहाँ रहन्छन् त? निर्वाचन आयोगको निर्देशिका अनुसार यस्तो छ व्यवस्था- मतदान अधिकृतले मतदान केन्द्रमा मतदानको काम समाप्त… Continue reading
अमेरिकामा दुर्व्यवहारको आरोप लागेका नेपाली तेक्वान्दो प्रशिक्षक धरौटीमा छुटे, डिटेक्टिभहरु अरु पीडित खोज्दै
अमेरिकाको ओरेगन राज्यमा तेक्वान्दो प्रशिक्षण दिइरहेका एक नेपाली शुद्धोदन रन्जित यो साता बल्लतल्ल धरौटी तिरेर जेलबाट मुक्त भएका छन्। प्रशिक्षण लिने तीन छात्रालाई अनुचित छोएको आरोप लागेपछि यौन दुर्व्यवहारको केसमा ५१ वर्षीय रन्जितविरुद्ध वासिङटन काउन्टीमा मुद्दा चलेको थियो। सुरुमा उनको लागि धरौटी ७ लाख ५० हजार अमेरिकी डलर तोकिएको थियो। रन्जितका वकिलले धरौटी रकम ५०… Continue reading
देयर आर टु क्याटेगोरिज अफ वुमेन इन माइ कन्ट्री : नीति शाहको किन विरोध हुँदैछ?
देशमा चुनावको चर्चा भइरहँदा सामाजिक सञ्जालमा भने यतिबेला चुनावभन्दा परको एउटा विषयको खुबै चर्चा छ- नीति शाहको। यो हप्ताको सुरुदेखि नै यो चर्चा चुलिएको हो। शनिबार जापानमा मिस इन्टरनेसनल सौन्दर्य प्रतियोगिताका क्रममा नेपालको प्रतिनिधित्व गरिरहेकी नीतिले शोवा युनिभर्सिटीमा व्यक्त गरेको विचारका कारण फेसबुक र इन्स्टाग्राममा लाखभन्दा बढी फलोअर भएकी यी सुन्दरीलाई फोहर हुने गरी सामाजिक… Continue reading
कीर्तिनिधि विष्ट जसले प्रधानमन्त्री हुँदा राजा वीरेन्द्रलाई थाहै नदिई पूर्वप्रम सूर्यबहादुर थापालाई जेल हालेका थिए
कुरो आजभन्दा ४५ वर्ष अघिको हो। प्रधानमन्त्री कीर्तिनिधि विष्ट थिए। पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापा भने आन्दोलन गर्दै सडकमा उत्रिएका थिए। २०२५ सालमा प्रधानमन्त्री पदबाट हटिसकेपछि उनी पञ्चायती शासनभित्रकै विद्रोही बनेका थिए। राजाको प्रत्यक्ष शासन भएका बेला उनले यहाँ द्वैध शासन छ भन्दै राजा र प्रधानमन्त्रीकै विरोधमा चर्का भाषणहरु गर्थे। २०२९ सालको वैशाख ३१ गते प्रधानमन्त्री… Continue reading
बादले भण्डार (क्लाउड स्टोरेज) के हो? कसरी प्रयोग गर्ने?
-कमल क्षेत्री- जबदेखि फोटो, डकुमेन्ट, भिडियो र अरु मीडियाहरु डिजिटल भए, यिनीहरुलाई स्टोर गर्न डिजिटल उपकरणहरु नै प्रयोग हुनथाल्यो। जस्तै कम्प्यूटरको हार्डडिस्क, मेमोरी कार्ड, सीडी, डीवीडी, पेन ड्राइभ, आदि। तर यी सबैको १०० % भरोसा भने नहुन सक्छ। तपाईँको मोबाइल पानीमा खस्यो भने ? मेमोरी कार्ड बिग्रिन्छ। कम्प्यूटर हिजो राम्रै बंद गरेको तर आज खोल्दा… Continue reading
मेरो प्यानेलमा आउनोस्, यहाँलाई सम्मानित स्थान दिइनेछ
-ध्रुव थापा/अमेरिका- सुनिल मस्त निन्द्रामा सुति रहेको थियो अचनाक फोन को रिङ्ग टोनले उसलाई झस्कायो , नेपाल बाट पो हो की एति बिहानै ? निन्द्रैमा फोन उठाएर बोल्छ, “हल्लो को हो ?” “हल्लो मित्र मेरो इमेल पायौ ? अह हेरेको छुइन राति अबेर कामबाट आएर सुतेको अहिले अछ्यानमै छु।” के छ भन न हेर्ने पर्दैन… Continue reading
एनआरएनमा महिला नेतृत्व कि रावडीदेवीको उदय?
-रविन पौडेल- १९९७ जुलाई महिनामा भारतको सिआइबीले लालु यादबविरुद्ध ९ करोड ६० लाख रुपैयाँ भारु भ्रष्टाचार गरेको अभियोग अदालतमा दर्ता गरायो। भ्रष्टाचार प्रकरण अदालतमा पुगेपछि लालु यादब बिहारको मुख्यमन्त्री पद छोड्न बाध्य भए। यादब प्रहरीको न्यायिक हिरासतमै रहेको बेला राष्ट्रिय जनता दलले एउटा निर्णय गर्दै भन्यो— अब बिहारले महिला मुख्यमन्त्री पाउनेछ। २५ जुलाई १९९७ रावडीदेवी… Continue reading
भित्तो र म
-मनोज बाबु पनेरु- म भित्तो हेरिहरहेको छु। कोठाको भित्तोमा टाँसेर राखिएको टेबलमा बिराजमान ल्यापटको स्क्रिनमा। फेसबुकको भित्तो। यो डिजिटल भित्तोमा मधुर प्रकाश सहित टल्किएको प्रश्न, “तपाईको दिमागमा के छ ?” यो निकै सोचनीय र घोचनीय प्रश्न हो। साँच्चै मेरो दिमागमा के छ। म आफैलाई खोतल्न थाल्छु। केही छिन अगाडि म भबिष्यका योजनाहरुको बारेमा सोचिरहेको थिएँ।… Continue reading
राष्ट्र बैँकले प्रतिबन्ध लगाएको बिटकोइन र अन्य क्रिप्टोकरेन्सीबारे जान्नै पर्ने तथ्य
-सानु भट्ट- नेपाल राष्ट्र बैंकले यही साउन २९ गते डिजिटल मुद्रा (क्रिप्टोकरेन्सी) बिटकोइनलाई नेपालमा मुद्राको रुपमा कानुनी मान्यता प्राप्त नभएको तथा यसको कारोबार पूर्ण रुपले गैरकानुनी भएको सूचना प्रकाशित गरेपछि नेपाल र नेपाल बाहिर रहेका थुप्रै बिटकोइन उत्साहीहरुको ध्यानाकर्षण भएको थियो। त्यसको लगत्तै बिटकोइनको अवैध कारोबारमा संलग्न भन्दै केही ब्यक्ति पक्राउ परेको समाचार छापियो। कतिपय… Continue reading
प्रभु बैँकका कर्मचारीका कारण मैले यस्तो दुःख पाएँ
-सृजना ढुंगाना- असोज २२ गते बिहान साढे ११ बजेतिर मैले प्रभु बैंकको बुटवल मिलन चोक शाखामा सपोर्ट माइक्रो फाइनान्सको आइपिओ सेयर आवेदनका लागि फर्म भरेर लियेर गएँ। त्यहाँको सम्बन्धित कर्मचारीले फर्म बुझे। त्यो फर्म कम्प्युटरमा इन्ट्री नगरी उनी म्यानेजरको कोठामा गएर बसे। करिब एक घन्टापछि उनी आए र त्यो फर्मको अधकट्टीमा हस्ताक्षर गरेर दिए। अनलाइन… Continue reading