Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

गृहमन्त्रीज्यु, ट्राफिक व्यवस्थापन यसरी गर्ने कि !

Posted on June 18, 2017 by mysansar

१. शहरको ब्यस्त ठाउँहरुमा जेब्रा क्रसिङले मात्रै काम गर्दैन ट्राफिक बती सहितको जेब्रा क्रसिङ हुनुपर्छ। बत्तीले पालैपालो पैदल यात्री र सवारीलाई बाटो काट्ने समय दिन्छ। आफ्नो पालो नहुँदा जेब्रा क्रसको पछाडि थुप्रेर बस्ने, आफ्नो पालोमा ठूलो हुल भएर क्रस गर्ने।

ब्यस्त ठाउँहरुमा पैदल यात्रुले अविछिन्न क्रस गरिरहँदा सवारीको पालो आउँदैन। त्यसपछि हुने भनेको पैदल यात्री र ड्राइभर बीच पेलापेल हो। ट्राफिक थुनिएर जाम हुनु हो।

२. तपाईँहरुले भने जस्तै सडकमा आवश्यक पर्ने पूर्वाधार बनाएर टेक्नोलोजी प्रयोग गर्दै ट्राफिक जवानको प्रयोग हटाउनु अनिवार्य जस्तै छ। अहिलेसम्म जसोतसो हातले ट्राफिक व्यवस्थापन गरियो। अब यो गर्न सम्भव छैन। यो संसारिक अनुभव हो। तपाइँ हामी सबैले देखेका छौं। स्वचालित सिस्टम बसाउनु अपरिहार्य छ। सवारी चालक प्रमाणपत्र वितरण गर्दा अन्तराष्ट्रिय स्तरको ड्राइभिङ्ग तालिम समावेश गर्दा ३०% वर्तमान समस्या समाधान हुनेछ।

३. सिन्डिकेटको हैरानी र प्यासेन्जरको असुविधाको कुरामा, सार्वजनिक सवारी व्यवस्थापन सम्बन्धी लण्डनमा अपनाइएको भन्न यहाँ सान्दर्भिक ठान्छु। त्यहाँ नगर मेयरको जिम्मामा शहरव्यापी रुटहरु पहिचान गरिन्छन्। उदाहरणको लागि १ – २००० रुटहरु। त्यसपछि निजी व्यक्ति वा कम्पनीहरुलाई आह्वान गरिन्छ। कुन समयमा कुन खालका बसहरु चाहिएको छ। जस्तै ठूलो बस ४० सिट भएको १५ जना अरु उभिने ठाउँ भएको र समयको लागि बिहान ५ – ७ बजे १५ मिनटको अन्तराल, ७ – ११ बजे ५ मिनटको अन्तराल ११ – ३ बजे १० मिनटको अन्तराल ३ – ७ बजे ५ मिनटको अन्तराल ७ – ९ बजे १० मिनटको र ९ – ११ बजे १५ मिनटको अन्तरालमा, समयतालिका यात्रुको चाप अनुसार तय गरिन्छ। यो ठेक्का २ या ३ वर्षको हुनु पर्छ र प्रत्येक दिन सेवा दुरुस्त पूरा गरेको छ भनेर प्यासेन्जर जस्तो भएर ड्राइभरले चाल नपाई अनुगमन हुनु पर्छ। सेवा सर्त पुरा नगरे जरिवाना तिराउनु पर्छ।

४. संसारका ठूला शहरहरुले धेरै परीक्षण पश्चात् चुस्त सवारी व्यवस्थापन गरेका छन्। एउटा उदाहरण लन्डन सडकहरुमा ट्राफिक प्रहरी कहिल्यै देख्न पाइन्न। तर काठमाडौ भन्दा हज्जारौं गुणा धेरै सवारी स्वचालित सिस्टम र प्रतिस्पर्धी सवारी चालक तालिमले मज्जाले व्यवस्थापन भएको देख्न सकिन्छ।

हामीले सम्बन्धित डिपार्टमेन्टका मानिसहरुलाई केहि महिनाको तालिममा पठाएर किन त्यहाँको सिस्टमलाई फोटोकपी नगर्ने ? यो नै सस्तो र प्रभावकारी हुनेछ।

5 thoughts on “गृहमन्त्रीज्यु, ट्राफिक व्यवस्थापन यसरी गर्ने कि !”

  1. Krishna Kedem says:
    June 20, 2017 at 11:47 pm

    सन्तमान जी

    ड्राइभिङ्ग पठसाला सरकारी पक्ष बाट हुँदैन लाइसेन्स वाला प्रशिक्षक हरुलेनै सिकाउने हुन् तर अहिले लिइएको परिक्षा पर्याप्त छैन । ३० मिनेट जतिको सार्वजनिक बाटोमा ड्राइभिङ्ग गराउने समावेस हुन जरुरीछ, त्यहाँ आचरण देखि सवैकुरा हेरिन्छ त्यो मुख्य कुराहो ।

    Reply
  2. सन्त मान श्रेष्ठ says:
    June 19, 2017 at 4:10 pm

    नेपालमा सरकारले सवारी चालक उत्पादन गर्ने ड्राईभिङ्ग शिक्षा पाठशाला कहाँ खुलाएको होला ? म हर कुरा सरकारको भर परुँ भनेको ड्राईभिङ्ग सिक्ने स्कुल नै भेटाईन । सरकारले खोलेको स्कुलमा पढेका सवारी चालक भए सडकमा अलि व्यबस्थित तवरले सवारी आगमन हुन्थ्यो कि ?

    Reply
  3. Ramesh gosai says:
    June 19, 2017 at 11:18 am

    Paakhe haru ko kaam , kaile jaala ghaam, tanna ghus kamisan khaam,
    Garla ra ? Huna dela ra bhrastachari paakhe ra madise harule yasto?
    Sabai thaaunmaa kulmaan jasto ek ek byakti ko khaancho chha

    Reply
  4. कृष्ण कडरिया says:
    June 19, 2017 at 8:52 am

    ए केदेम भाई,
    तपाई मन्त्री भन्दा जान्ने ? यो देशमा सव भन्दा जान्ने
    मन्त्री र नेता हुन । तपाई कहांको विसेसज्ञको कुरा
    गर्नु हुन्छ।
    यहाको वाटो ईन्जीनियरले डिजाईन गरेको हो र?
    यो त मन्त्रीको पिएले गरेको।
    केदेम भाई, तपाले अलिक पढनुपर्यो क्या? पिए
    साव भन्दा धेरै । तपाईको सिष्टमको कुरा कहाको
    नेपालमा नेपाली सिष्टम चाहिन्छ क्या?

    Reply
  5. देशभक्त says:
    June 18, 2017 at 11:08 pm

    कुरो त राम्रै हो तर गृहमन्त्रीले माइसंसार हेर्छन् कि हेर्दैनन कुन्नी !?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme