(आज अक्टोबर १० विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा डा. अनुपम पोखरेलले लेख्नुभएको यो लेख mentalhealthnepal.com बाट साभार गरिएको हो) प्रायजसो मानसिक रोगहरू लोग्नेमानिस र स्वास्नीमानिसमा बराबर मात्रामा भेटिने भए पनि केही रोगहरू स्वास्नीमानिसमा बढी देखिएको छ । त्यसमध्ये डिप्रेसन पनि एक हो । डिप्रेसन रोग झन्डै दश देखि पन्ध्र प्रतिशत स्वास्नीमानिसमा पाइएको छ । स्वास्नीमानिसमा… Continue reading
Author: mysansar
बेसार- कस्तो अचम्मको मसला
वास्तवमा बेसार एउटा गजबको मसला रहेछ। बेसारमा एन्टी ब्याक्टेरियल पदार्थ हुने रहेछ। यो एउटा एउटा प्राकृतिक विष-निरोधक पनि रहेछ। यसको उपयोगितालाई बुझेर नै आजभोलि बेसारमा रहेको कर्कुमिन (curcumin) मिसिएका पेय पदार्थ (nutritional beverage) पश्चिमी बजारमा प्रशस्त पाइन्छन्। यसको प्रसिद्धी पश्चिमी मुलुकमा दिनानुदिन बढ्दै गएको पाइन्छ। अमेरिकाको बिर्मिङघमस्थित युनिभर्सिटी अफ अलाबामाको डिपार्टमेन्ट अफ फार्मेकोलोजी एन्ड टक्सीकोलोजीका… Continue reading
हुनेवाली सासुलाई खुला पत्र
आमा, नमस्कार म यहाँ आरामै छु। आशा छ यहाँलाइ पनि आरामै होला। केही दिन अघि राजधानीमा हाम्रो भेट भयो। यहाँलाइ भेटेर खुशी पनि लाग्यो। बिदेशबाट पढेर आएका इन्जीनीयर छोरालाइ बुहारी खोज्दै हुनुहुँदोरहेछ। तर यहाँसँग त भेट भयो तर यहाँका छोरालाइ भने यहाँले भेटाउनुभएन। यहाँलाई मन परेपछि मात्र छोरालाइ बोलाउने र केटी देखाउने गर्नुहुन्छ भन्ने कुरा… Continue reading
जर्मनीमा स्कलरसिप खोज्दै हुनुहुन्छ? यो पढ्नुस्
-सुबर्णबाबु सापकोटा/फ्राइबर्ग,जर्मनी- राम्रो शैक्षिक पृष्ठभूमि र अध्ययन पहिलो प्राथमिकता हुने विद्यार्थीहरुलाई जर्मनी निस्चय पनि एउटा उर्बर भूमि हो। सस्तो र स्तरीय शिक्षा दिने बिश्वका निक्कै थोरै मुलुकहरुमा जर्मनी पनि पर्छ। हरेक बर्ष नेपालबाटै DAAD (Deutscher Akademischer Austausch Dienst) छात्रवृत्तिमा अध्ययन गर्न आउने विद्यार्थीको सन्ख्या भन्दा आफ्नै खर्चमा जर्मनी अध्ययन गर्न आउने विद्यार्थीहरुको सन्ख्या उच्च हुने… Continue reading
एमाले नेताको भ्रमण अनुभव : मान्छेले स्वर्ग भन्ने गरेको के यही हो अमेरिका!
-प्रदीप नेपाल- यहाँ वासिंगटनमा बसेको छ, कमाएको र खाएको छ अनि नेपालको बारेमा नचाहिंदो कचरपचर गरेको छ। जे गरेका छन् नेपालीले नेपालमा, त्यसको फल उनीहरुले बेहोरिरहेका छन्। त्यहाँ बेहोर्नुपर्छ भन्ने डरले अमेरिका भासिएका मानिसले बेकारमा किन पचास खालको टिप्पणी गर्नु हँ? फर्किएर नेपाल जाने, त्यहाँको ढुङ्गा माटोसँग खुरी खेल्ने पनि होइन, यहाँको गाडीमा सुइंकिएर अर्थ… Continue reading
हामी कस्तो बहादुर ?
-डील्लीराम भण्डारी “यात्री”- पुगनपुग एक दशकको खाडी बसाईको क्रममा हजारौं विदेशीसँग हेलमेल भयो। बिभिन्न देशका नागरिकहरुले नेपालीहरुलाई बास्तविक नाम वा ब्यक्तिगत नाम भन्दा पनि “बहादुर” भनेर नै बोलाउने गर्छन्। प्रसंग उठेको बेलामा केही ब्यक्तिसँग मैले “बहादुर”को बारेमा उनीहरुको बुझाइ वा धारणा बुझ्ने मौका मिल्यो। उनीहरुको तर्क बहादुर मुक माफि (दिमाग नभएको), माफिमालुम (काम गर्न नजान्ने)… Continue reading
शेष घलेको भिजन ट्वान्टी ट्वान्टी : एनआरएनएका लागि अजम्बरीको बुटी कि कालकुट विष?
-रविन पौडेल- २८ अगस्ट २०१६ मा न्युजर्सी, अमेरिकास्थित होटल हिल्टन डबल ट्रीमा गैरआवासीय नेपाली संघको क्षेत्रीय सम्मेलन भइरहेको थियो । त्यहाँ युरोप, अमेरिका, एशिया, अफ्रिकासहित सबै महादेशका ४०० भन्दा बढी गैरआवासीय नेपालीहरु सहभागी थिए । एनआरएनए भित्र अहिले हंगामा मच्चाइरहेको अध्यक्ष शेष घलेको ‘भिजन ट्वान्टी ट्वान्टी एन्ड बियोन्ड’ भन्ने प्रस्ताव पहिलो पटक त्यहीँ सार्वजनिक भएको… Continue reading
इन्डियन आइडलमा प्रशान्त तामाङलाई जिताउन नेपालीहरुले केसम्म गरेका थिए? एक पत्रकारको डायरी
आज नेपाल आइडल उपाधिको घोषणा हुँदैछ। १० वर्षअघि सन् २००७ मा इन्डियन आइडलको सिजन ३ मा नेपाली मूलका प्रशान्त तामाङलाई जिताउन नेपालीहरुले के केसम्म गरेका थिए? त्यतिबेला इलाममा रहेर नजिकैको दार्जीलिङमा समेत गएर स्थलगत रिपोर्टिङ गरेका बेनुप भट्टराईको डायरी यस्तो छ। निर्णायकको सधैंको आलोचना, गायन तालिमको अभाव र प्रतिस्पर्धीबाट हुने हेलाहोचोका बावजुद दार्जिलिङका प्रशान्त तामाङ… Continue reading
फेसबुक, समाजसेवा र मेरो बिरालो
-रिजन श्रेष्ठ- मेरो एउटा बिरालो छ। मायाले पालेको। बाटोमा कसैले मिल्काइ राखेको रहेछ। मैले घर ल्याएर हुर्काएको। सानोमा टिपेर ल्याउदा मुसा जत्रो थियो। अहिले बडेमानको ढाडे भएको छ। नाम चाही कुम्भकर्ण। मेरो भाइले राखिदिएको। नाम अनुसारको काम, कुम्भकर्णलाइ देख्ने जो कोहीले बाजी ठोकेर भन्न सक्छ यो बिरालोको काम भने पनि कर्म धर्म जे भने पनि… Continue reading
स्टुडियोबाहिर नेपाल आइडल टप थ्रीको पहिलो कन्सर्ट
नेपालको पहिलो नेपाल आइडल छानिने समय नजिकिँदै गर्दा अहिलेसम्म टप थ्रीमा पुगेका तीन प्रतिस्पर्धीहरु बुद्ध, निशान र प्रतापलाई दर्शकले स्टुडियोमा मात्रै गाएको देखेका थिए। यो हप्ता तीनै जना आ-आफ्नो गृहजिल्ला पुगेर गीतहरु गाए। बुद्ध पोखरा गए, निशान मोरङ अनि प्रताप बनेपा र ललितपुर। शनिबार भने तीनै जनाले एकै पटक स्टुडियोबाहिर पहिलो कन्सर्ट गरे-काठमाडौँको टुँडिखेलमा।
कथा : त्यो अफिस
कमलकुमार- त्यो दिन, त्यस अफिसमा हामी दुबै जनाको लागि पहिलो थियो। हाकिमले आफ्नो कोठामा बोलाएर मलाई सामान्य ब्रिफिङ गरेपछि आफ्नो लामो, कैलो कपाल दुई हातले सपक्क मिलाउँदै उ हाकिमको कोठामा छिरेको थियो। लामो, त्यसमाथि रङ्गाइएको सतिशको कपालले मलाई राम्रो इम्प्रेसन त दिएको थिएन। तर केही हप्तामै मलाई फर्स्ट इम्प्रेसन इज लास्ट इम्प्रेसन भन्ने कुरा गलत… Continue reading
कथा : यमराजको आमरण अनसन
-मनोज बोहरा- अकबरे खोर्सानीको झोलमा टाउको डुबाएर निकाले झैँ आँखा कस्तो पिरो भाको, फुट्छ कि झैं लाग्दैछ। नाक पनि पोल्दै पिरो न पिरो सिंगान बग्न थाल्यो। घाँटीबाट श्वासै बाहिर निस्कँदैन कि के हो। टाउको फुट्छ झै भै रहेको छ। आकासै गर्जिने, पृथ्वी नै थर्किने गरी अर्को आवाज आयो “ड्याङ्ग”। फेरि टियर ग्याँस हाने ज्यानमाराहरुले। अकस्मात्… Continue reading
बाउआमा मरेपछि अंश लिन मात्र नेपाल जाने
-श्रवण कुमार- “तिनका बाउ आमा मर्छन्, अनि बल्ल जाने नेपाल आफ्नो अंश लिनलाई। नत्र किन जाने अहिले सबैको नोकर हुनलाई? “, मन्दिरा भाउजूले च्याँठिएर भनिन्। कुरा क्रिसमसको हो, स्थान बाल्टिमोर – अमेरिका। २ वर्षमा मन्दिरा भाउजूमा निक्कै परिवर्तन आएछ। २ वर्ष अघिसम्म सासु ससुरा भनेका हाम्रा आफ्ना जन्मदिने बाउ आमा समान हुन्छन्, उहाँहरुको सेवा गर्नु… Continue reading
के हो ‘प्रतिष्ठा’ भनेको ?
-कृष्ण ज्ञवाली- मलाई एकजना साथीले अमेरिकामा भने, अमेरिका आएपछि त नेपालमा बिहे गर्नका लागि केटीहरु दशैँमा खसी–बोका छानेजस्तो छानी-छानी ल्याउन पाइन्छ। अब आफै बुझ्नुस्, प्रतिष्ठा आचरणमा होइन, को कुन देशमा छसँग गासिएको रहेछ। एकजना आत्मीय मित्रले मलाई फेसबुकमा भने- ‘अब त तपाईँको इज्जत (प्रतिष्ठा) बढ्ने भयो। किनकि तपाईँ अमेरिकामा हुनुहुन्छ। मैले प्रतिप्रश्न गरेँ- ‘के अमेरिका… Continue reading
युवा तथा खेलकुद मन्त्रीलाई प्रश्न : सात महिनामा सात प्रदेशमा सात रंगशाला सम्भव छ?
माननीय युवा तथा खेलकुद मन्त्री राजन केसीज्यू, नमस्ते, सर्वप्रथम नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रीको गरिमामय पदमा आसिन हुनु भएकोमा ढिलै भए पनि हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना। गोरु बेचेको साइनो लगाउने हो भने तपाईं मेरो नाताले भिनाजु पर्नु हुन्छ। तर मैले यो पत्र त्यो सम्बन्धको आधारमा नभई एउटा खेलप्रेमी नागरिकले सम्बन्धित मन्त्रीलाई लेखेको… Continue reading
कथा : रक्तक्रान्ति
-राजु अधिकारी- उसलाई माओवादी जनयुद्धले निकै आकर्षण गरेको थियो। उसका अधिकांश सहपाठीहरु पहिल्यै नै भित्रभित्रै माओवादीमा लागिसकेका थिए। उसलाई भने समर्थक वा सामान्य कार्यकर्ता होइन, जनमुक्ति सेना नै भएर युद्धमा होमिन मन थियो। जब माओबादी योद्धाहरु स्कुलमा आएर युद्धभूमि का उत्साहजनक कथाहरु सुनाउँथे, उसलाई तुरुन्तै युद्धभूमिमा गएर दुश्मन हरुको सफाया गरौं जस्तो लाग्थ्यो। जनयुद्ध चरमोत्कर्षमा… Continue reading
नेपालमा जिमेल र युट्युब किन ढिला खुलिरहेको छ? यस्तो छ आइस्पानको विज्ञप्ति
नेपालमा केही इन्टरनेट प्रयोगकर्ताहरुले बेलुकातिर जिमेल र युट्युब ढिला खुलेको पाइरहेका छन्। किन यसो भइरहेको छ त? इन्टरनेट कम्पनीहरुको संगठन आइस्पानले यसबारे विज्ञप्ति निकाल्दै स्पष्ट पारेको छ। यस्तो छ विज्ञप्ति
भारतमा राजकीय रमाइलो : प्रधानमन्त्रीले सोधिरहे— आरजु खोइ आरजु ?
— मुरलीधर काफ्ले — अगष्ट २३ मा दिल्ली उत्रनासाथै भारतीय समकक्षी नरेन्द्र मोदीको ‘चिया स्वागत’ बाट नसोचेको चर्चा र सम्मान पाएका प्रधानमन्त्री शेरबहादुर देउवाको ५ दिने भारत यात्रा व्यक्तिगत रुपमा सोचेभन्दा बढी लाभदायी रह्यो। भर्खरै भारतीय राष्ट्रपतिको १४ औं कार्यकाल सम्हाल्न आइपुगेका रामनाथ कोविन्दको पहिलो ‘गार्ड अफ अनर’ सम्मान पाएका देउवाको हाइहाइ मुश्किलले २४ घण्टा… Continue reading
छक्कापञ्जालाई खाली टेन्सनै टेन्सन, अर्को गीतको पनि लय चोरिएको आरोप
छक्कापञ्जा २ सुरुदेखि नै टेन्सनको विषय बनिरहेको छ। यसको पहिलो गीत ‘हिलो लाग्ला नाइलनको सारीमा’ गीत पुरानै गीतसँग मिलेको तर क्रेडिट नदिइएको भन्दै निकै आलोचना भयो। बल्लबल्ल यो कुरा साम्य भएर आज अर्को गीत म त यता किनारामा (झ्याम्म झ्याम्म) रिलिज भएको के थियो, फेरि अर्को पुरानो गीतसँग लय मिलेको भनेर कुरा उठिहाल्यो। आज रिलिज… Continue reading
कथा : सम्पत्ति विवरण
-बाबुकाजी सुवाल ‘विकेश निराशी’- बिहानको चार बजे बिउझिएँ । आज शनिवार भएकोले अफिस जानुपर्दैन । ओछ्यानबाट उठेर मुख धोई आधा गिलास तातो पानीसँग ग्यास्ट्रिकको औषधी खाएँ । अनि मन्दिरमा गएर भगवानको दर्शन गरेर फर्किएँ । भोलि अफिसमा सम्पत्ति विवरण बुझाउनुछ । त्यसैले सम्पत्ति विवरण फाराम भर्नको लागि बसेँ । के लेख्ने सम्पत्ति विवरण फाराममा ?… Continue reading