-अस्मी श्रेष्ठ-
जियोनी शोरूम को उद्घाटनको लागि म जनकपुर गएकी थिएँ। म जानुभन्दा अघि मलाई कता कता मिस नेपाल भनेर त्यहाँ मलाई कसैले चिन्नु हुँदैन जस्तो लागेको थियो। तर, त्यहाँ पुग्ने बित्तिकै मेरो यो सोचाइ पूरै परिवर्तन भयो। साँच्चै नै मिस नेपाल हुँ भन्ने महशुस पो गर्नु पाएँ। मिस नेपाल भनेकै सारा नेपाली जनताको साझा प्रतिनिधि हो।
मेरो पहिलो भ्रमण थियो जनकपुरमा यसपालि र पहिलो भ्रमणनै धेरै अविस्मरणीय रह्यो। देशको अहिलेको राजनीतिक परिस्थितिले गर्दा कता कता हामी नेपाली दाजुभाइ दिदीबहिनी बीच मनमुटाव भएको कुरा हामी सबैलाई नै लागेको होला। तर, म न त पहाड़ी भएर गएकी थिए न त मधेसी। म त नेपाली चेली भएर गएकी थिए र मलाई जनकपुरबासीहरुले पनि नेपाली चेली भनेर माया गरिदिनु भयो। चितवनको रत्ननगरमा हुर्किएकी भएर होला मलाई तराईजाँदा घर गए झैँ लाग्छ त्यसैले जनकपुरपनि आफ्नै जस्तो लाग्यो।
सानो हुँदा नेपाली किताबमा पढेको जानकी मन्दिर प्रत्यक्षरूपमा देख्नु पाउँदा र त्यहाँको इतिहास अझै प्रष्ट रूपमा बुझ्नु पाउँदा धेरै नै खुसी भएकी छु। जानकी मन्दिर का छोटे महंथ श्री राम रोशन दाश जी महाराज बाट पाग पहिरीनु पाउँदा फेरि अर्कों ताज नै पाए जस्तो लागेको छ मलाई। खासमा त पाग पुरुषले पहिरिन्छन्। तर, आजभोलि पुरूष र नारी समान हुन् भनेर महिलालाई पनि लगाइन थालेको कुरा थाहा पाउँदा र आफूले पनि लाउनु पाउँदा झनै भाग्यमानी महशुस गर्दै छु।
र साथसाथै जनकपुरको स्थानीय टेलिभिज़न च्यानल अप्पन टिभीमा मलाई निम्त्याउनु भएर मिस नेपालको बारेमा मेरा केही शब्दहरु जनकपुरकी चेलीहरु र अभिभावकहरु सम्म पुर्याउनु पाएर मेरो जनकपुरको दुई दिने भ्रमण अझै सफल भएको छ।मधेसी चेलीहरु उत्तिकै सुन्दर, सक्षम र सुशील छन्। वहाँहरुमा मिस नेपालमा हुनु पर्ने सबै गुण भएको कारणले वहाँहरुलाई पनि मिस नेपाल २०१७ मा भाग लिन प्रोत्साहन गर्न चाहन्छु ।
अन्त्यमा म फेरि सारा जनकपुर बासीलाई मलाई माया गरिदिनु भएको र साथसाथै मेरो भ्रमण सहज र अविस्मरणीय बनाई दिनु भएको सम्पूर्णलाई मेरो हृदयदेखि धन्यवाद व्यक्त गर्न चाहन्छु। (मिस नेपाल अस्मी श्रेष्ठको फेसबुकबाट। फोटो : घनश्याम मीश्रा / समीर ढु़गांना)
She is not so good looking! To be frank, not my choice (to be a beauty queen).
Ye, yinai hun Miss Nepal ? Sorry, but I didn’t like the face. And all photos shown here tell that this lady wanted more photos than actual puja and devotion. Even she used the Pujari. Sad. Anyway, best wishes to Miss Nepal. Something is better than nothing.