– शुषमा मानन्धर –
म पुग्दा केक काटिन तयार हुँदै थियो। ऊ पनि त्यहीँ छेउमै थियो। हतारहतार अगाडि उभिने भएकी झण्डै उसको खुट्टा कुल्चन पुगेकी थिएँ।
“सरी”
ऊतिर हेर्दै क्षमा मागेँ। ऊ बोलेन। लजाउँदै मतिर आफ्ना भारी परेली उठायो। ती काला आँखाका दृष्टि अरुकाभन्दा नितान्त फरक थिए। ऊ त्यतिविघ्न आकर्षक थिएन, न त उसमा त्यस्तो कुनै विशेषता नै झल्किन्थ्यो। यति हुँदाहुँदै पनि, ऊ मलाई मन पर्यो।
पहिलो दृष्टिको प्रेम भनेको यस्तै हुन्छ कि क्या हो, मनमनै सोचेँ। उसका नजर, अगाडि टेबुलबाट फर्केर बेलाबेला मैमा ठोक्किन्थे। मैले नदेखेझैँ गर्दैरहेँ। आफूलाई उपेक्षित महसुस गरेर हो कि कुन्नि, ऊ उठेर हिँड्यो।
“कतातिर?”
नजिकै बसिरहेकी साथीले कोट्याई। उसले फर्केर हेर्यो, जवाफ लाएन।
साथीकी भदैले केक काटी । सबैले ताली पिट्दै बर्थडे विस गर्यौँ। ल्याएका उपहार थाप्दै फुच्चीले सबलाई केक बाँडी। मेरो हातमा पनि प्लेट आइपुग्यो। खाँदाखादैको केक सकिन लाग्दा उसलाई ढोकामा उभिरहेको देखेँ। “केक खाइयो ?” बोल्न पहल गर्दै मैले नै सँकेतमा सोधेँ। उसले टाउको हल्लायो। त्यो सकारात्मक थियो कि नकारात्मक अर्थ्याउन भने सकिनँ।
“जाउँ हिँड भान्छामा, खाना सर्भ गर्ने बेला भयो।” साथीले मलाई तान्दै भान्छातिर लगी।
ऊ अझै ढोकामा थियो। “खानेबेला किन अल्मलिँदै ?” साथीले मायाले हप्काई। कुनै प्रतिवाद नगरी ऊ कोठाभित्र पस्यो।
“सानैदेखिको टुहुरो, मामाघरमा बस्छ। ऊ पनि आज बिहानैदेखि आ’को छ” साथी भन्दै थिई।
सहानुभूति जाग्यो, माया लाग्यो उसको। “बिच…रा ” शब्द रुझ्दै निस्कियो। गहिरो, मनभित्रसम्म छोयो।
खाना खाएर ओर्लेँ। ऊ पनि ओर्लियो। उसले केही भन्न नपाउँदै साथी पनि ओर्ली। “पर्ख, हामी दुबै तिमीलाई अलिपरसम्म पुर्याउन आऔँला” ऊ खुशी देखियो।
सडक पुगेपछि म छुट्टिएँ। बाटो काट्नुअघि देखेँ, दौड्दै आएका दुईचार भुस्याहा कुकुर देखेर साथीले उसलाई जुरुक्क बोकी।
ऊ पुच्छर हल्लाउँदै थियो।
खाइयो भनि इसारा गरेको अलि मिलेन की?
कति भाग्यमानी कुकुर रैछ| बल्ल बुझियो| राम्रो लघुकथा दिदी|
Dami short story.
सरल, सहज अनि असाधारण लघु कथा । मानिसका स्वभावजन्य उहापाेहकाे कतै व्यक्त त कतै अव्यक्त अावाज । शुषमाजीलाई बधाइ ।
pratikatmak short story…..malai man paryo ….
सरस/सरल !!!
तीन/ चार चोटि पढें
उ पुच्छर हल्लाउँदै थियो” बुझिन ।
कथा लेखन शुष्मा जी को अत्यन्तै शशक्त विधा हो . तपाइको प्रस्तुति कला बाट म अत्यन्तै आकर्षित भए. कथाको शिर्षक पनि आकर्षण नै रहेछ. आकर्षण ले आकर्षण लाइ आकर्षण गर्दै जादा आकर्षण को मात्रा झन् बढदो रहेछ. तपाइँ ले आफु लगाएत म र म जस्ता थुप्रै पाठक लाइ त्यो पुच्छर हलाउने कुकुर संग आकर्षित गराइदिनु भयो. धन्यबाद . .
आकर्षण (लघुकथा) लाई म तामाङ भाषामा अनुवाद गर्नेछु ।
Beautiful short story shusma jee.
शुस्मा जी को कथा जाहिले राम्रो।
यस्तो पो त कथा 🙂
पूरा कथा मेरो स्क्रीन मा नआको हो कि एस्तै हो, छेउ टुप्पो बुझिन त,,
WTF …
Ha ha ha … Exact reaction bro….
exactly 😀