Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

किन गर्छ भाटभटेनी सुपर मार्केटले यस्तो?

Posted on June 15, 2017June 15, 2017 by mysansar

-सुधीरकुमार चौधरी-

भाटभटेनी सुपरमार्केटमा खरिद गर्दा बिलमा ध्यान दिनुपर्ने बारे माइसंसारको ब्लग पढेँ। जानकारीको लागि धन्यवाद छ। म पनि भाटभटेनीको नियमित ग्राहक हुँ। भाटभटेनीप्रति मेरो पनि एउटा गुनासो छ। आशा छ तपाईँले यो गुनासो सम्बन्धित ठाउँमा पुर्‍याइदिनु हुन्छ होला। भाटभटेनीको ग्राहक भएकोले मलाई सदस्यता स्वरूप एउटा क्लब कार्ड दिइयो।

त्यहाँ सामान खरीद रकमको आधारमा कार्डमा अंक प्राप्त हुन्छ। उक्त अंक २०० पुगेपछि रु १५ सय बराबरको गिफ्ट भौचर प्रदान गरिनेछ भनेर भनिएको थियो मलाई।

मेरो कार्डमा २०० भन्दा बढी भएको बर्ष दिन कटिसक्यो तर मैले भौचर पाएको छैन।

धेरै पटक कोटेश्वर शाखामा सोधेँ। तर जहिले पनि तपाईलाई फोन आउँछ भनेर मात्र जवाफ पाइन्छ। किन यस्तो? यदि दिनु छैन भने किन ढाँट्ने? किन गर्छ भाटभटेनीले यस्तो? कृपया सर्वसाधारणलाई जानकारी गराई दिनु होला। आशा छ, भाटभटेनीको जिम्मेवार व्यक्तिबाट यसको जवाफ पनि पाइनेछ। धन्यवाद।

सम्बन्धित ब्लग
भाटभटेनी सुपरमार्केटमा सपिङ गर्नुहुन्छ? यो कुरामा ध्यान दिनुस् है
यसकारण अब म कहिल्यै भाटभटेनी सपिङ सेन्टरमा जाँदिन

5 thoughts on “किन गर्छ भाटभटेनी सुपर मार्केटले यस्तो?”

  1. Binita says:
    June 17, 2017 at 4:34 pm

    भाटभटेनीले ठग्यो , एस्तो नराम्रो , उस्तो नराम्रो गर्यो भनेर कुरा गर्ने अनि त्यही गएर बारम्बार shopping गर्नै पर्ने बानि छुटाउ / कोहि पनि त्यहाँ नगए भईगयोनि अनि हेरौत कसलाई ठग्दो रहेछ / सबै जना एकजुट भएर त्यहाँ नजाने हो भने “they will realise they cant survive without customer “

    Reply
  2. सन्देश आचार्य says:
    June 16, 2017 at 3:20 pm

    भाटभटेनिको भाटभटेनि जानुभएको छ ? साँघुरो सिढी, एउटा मात्र प्रवेश/बाहिर निस्कन मिल्ने ठाउँ छ । त्यहाँ सधैजसो सयौ ग्राहकको भिडभाड हुने गर्छ (शुक्रबार, शनिबार त लगभग हजार जती) । आगलागी वा यस्तै आपतकाल केहि भै आएमा त्यहि एउटा मात्रै साघुरो स्थान हो सबै जनाले प्रयोग गर्नुपर्ने । सुरक्षित बाहिर निस्कने विकल्प नै छैन । अलि सबल राज्य वा सभ्य समाजमा भएको भए बैकल्पिक आपतकालीन द्वार नहुदा सम्म यो पहिलो दिन मै संचालनमा रोक लगाइने थियो । यहाँ बर्षौ भयो यस्तै चलिराछ ।

    Reply
  3. Dikshant Ghimire says:
    June 15, 2017 at 3:48 pm

    Please contact the naxal branch, 4th floor. I got my voucher from there while i usually shop at the pulchowk bhatbhateni

    Reply
  4. Subhash Gurung says:
    June 15, 2017 at 2:30 pm

    वर्ष दिन रे? मेरो ३ हुन लाग्यो। भाटभट्भटेनि चोर…

    Reply
  5. bhupendra kunwar says:
    June 15, 2017 at 8:59 am

    पोखरा को भाट भेटनी मा त पाए. मेरो पनि २०० नागेको थियो. अलि समय लियो १५०० बराबर को शपिंग फ्री भए को थियो

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme