– हरिहर शर्मा –
स्वागत छ आजको यो झन् नयाँ बाजा पार्टीको कालातपुर गाउँपालिकाको केन्द्रीय बैठकमा।
वैशाखमा हुने भनिएको चुनावको लागि हामी नयाँ घोषणा पत्र लिएर आएका छौं। हाम्रो मुख्य एजेन्डा भनेको एउटा अध्ययन केन्द्र खोल्ने हो जहाँ संसार भरबाट विद्वानहरु आएर विचार विमर्श, अनुसन्धान गर्ने छन्, नयाँ नयाँ खोज हुनेछ, नयाँ प्रविधि विकास गर्ने छ। नवीनतम प्रविधिको मध्यमबाट हामी अरु गाउँ, जिल्ला, देशभन्दा द्रुत रुपमा विकासको फड्को मार्नेछौँ।
केही वर्ष यो प्रविधिको खोजमा लाग्दा हामी विकासमा थोरै ढिलो हौंला। तर कालान्तरमा हामी अग्रणी गाउँ हुनेछौं। देश विदेशबाट त्यो विकासको नमुना हेर्न आउने छन्।
एक सहभागी नेता: यो कुरा त विगत धेरै चुनावी घोषणा पत्रमा राखिसकेका छौ नि।
केन्द्रीय नेता: त के भो, अझै राख्छौं। विकास कहाँ भाको छ र? र याद गर्नुस्, यो प्रविधि विकास भो र गाउँ विकास भो भने भोलिका चुनाबमा के एजेन्डा लाने त ? त्यही भएर कुरा गर्ने हो, काम गर्ने होइन। जनताले यस्ता कुरा बुझ्दैन। चुपचाप लागेर फेरि चुनावी तयारी गर्नुस्।
लघुकथा
– – – – – – –
नयादिल्ली राष्ट्रपति भबन | मानिस हरु आधी हिंदी , आधी अंग्रेजी माँ बोलेको सुनिन्छ | प्रणब मुखर्जी बिहानै देखि भेट घाट माँ ब्यस्त देखिन्छन | अगाडिको ढोका बाट भादगाउँले टोपिलगाएको , अंदाजी ६ फिट को , उमेर लग बग ६३-६४ को ब्यक्ति छीर्छ| चिर परिचित शैलीमा मुखर्जी बोलाउछन |
मुखर्जी : मेरे सेर , कैसे आना हुवा | अभी तो आपका समय चल रहा हे | सरकार में आप , दिल्लीमे आप , क्या बात हे |
सेर : क्या प्रणब जी , पि याम तो आप प्रचंड को बनादेते हो | कहते हो , मेरा सरकार | मेरी बारी कब आएगी |
प्रणब : अभी धीरज रखो भैया , आप तो बहादुर हो | आप को भी बनादेंगे |
( तेहि बेला नेपाल बाट फोन आउछ , आबाज मात्र सुनिन्छ )
आबाज : दादा , स्थानीय चुनाब करे क्या ?
प्रणब : करो करो ! मिल जुल के खाओ , सब को खिलाओ| कार्यकर्ताको खिलाओगे तो लंबे समय राजनीति में रहो गे|
बाहिर ढोका माँ स्त्री कराएको आवाज आउछ | ओये, बादुर ! गेट को क्यों ओपन रखता हे , जल्दी बंद कर | भेट्न आउने नेपाली कता कता अनुहार बिगारेको भान हुन्छ |