२०७३ पुस १७ गते नागरिक दैनिकले छापेको तस्बीर क्याप्सनमा रहेका तीनवटा त्रुटिः १. नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य। वैद्य नेकपा माओवादीका अध्यक्ष नभई क्रान्तिकारी माओवादीका अध्यक्ष हुन्। २. क्रान्तिकारी माओवादीका महासचिव नेत्रबहादुर चन्द। नेत्रबहादुर चन्द नाम गरेका महासचिव क्रान्तिकारी माओवादीमा छैनन्। ३. तस्बीरमा देखिने नेत्रविक्रम चन्द (नेत्रबहादुर चन्द होइनन्) नेकपा माओवादीका महासचिव हुन्। उनी क्रान्तिकारी… Continue reading
Author: mysansar
भूकम्प र पहिरो गएको ठाउँमा चीनले बनाइदिएको सडकको फोटो
– शुभक महतो – भूकम्प, भोटेकोशीमा आएको बाढी र पहिरोेका कारण क्षतिग्रस्त अरनिको राजमार्ग अन्र्तगत बार्हबिसे कोदारी सडकखण्ड चीन सरकारको सहयोगमा मर्मत पूरा भएको छ। २०७१ साउन १७ गते जुरेमा आएको भिषण पहिरो, २०७२ बैशाख १२ गते र २९ गते आएको भूकम्प र २०७३ साउन २१ गते भोटेकोशी नदीमा बाढी आएको थियो। त्यसपछि अरनिको राजमार्ग… Continue reading
कतिवटा सक्नुहुन्छ? गल्ती पत्ता लगाउनुस्
कतिवटा सक्नुहुन्छ? गल्ती पत्ता लगाएर तल कमेन्टमा लेख्नुस्।
छुट्टै वा अखण्डको नारा लगाउन आफ्नो च्यापु बाउँदै गर्दा एकछिन थामिएर सोचौँ – नेपाल के हो ?
– मनोज बाबु पनेरु – नेपाल भनेको पक्कै केही हो। छुट्टै वा अखण्डको नारा लगाउन आफ्नो च्यापु बाउँदै गर्दा एकछिन थामिएर सोचौ। आफ्नो अनुकुलता र नाफाका आधारमा देशभक्तिको परिभाषा दिन उम्लिदै गर्दा एकछिन सेलाएर सोचौ। हलो अड्काएर राजनीतिक मसलाकालागि तातिदै गर्दा एकछिन चिसिएर सोचौं। सामाजिक संजालमा आफ्नो मत (कुण्ठा) बाचाल गराउँदै गर्दा एकछिन मौन बसेर… Continue reading
कथा : हाउस वार्मिंग पार्टी
– गोविन्द गिरी प्रेरणा – परिवेश थापा हातमा रहेको कपको सेलाइसकेको कफीको चुस्की लिंदै विगतमा हराउन थाल्यो । मान्छेलाई समयले कहाँवाट कहाँ पुर्याउँदो रहेछ । कहाँ कहाँ भोजपुरको याकु गाउँमा जन्मेर, त्यहीं स्कूले शिक्षा सकेपछि उनका वा आमा विराटनगर वसाईं सरेका थिए । विराटनगरवाट विएसम्मको शिक्षा ग्रहण गरेपछि फराकिलो शहर र अग्लो उद्देश्य लिएर उ… Continue reading
के तपाईसँग ‘मोडर्न लभ’को अनुभव छ ?
– नवराज कुँवर – के तपाईसँग ‘मोडर्न लभ’को अनुभव छ ? प्रश्न पढ्नेवित्तिकै तपाईको मनले यो पंक्तिकारलाई एउटा जवाफको झट्टारो पक्कै हान्यो । तिमी सँग मात्र छ त ? तपाईको मनले यो जवाफ दियो/दिएन तपाईको कुरा भयो । तर यो प्रश्नले प्रेम वा पहिलो प्रेम अथवा दिएको (तपाईले दिएको भए) पाएको (कसैबाट पाएको भए) ‘धोका’… Continue reading
एअरपोर्टका दयालु चोरलाई सलाम गर्दै भन्न चाहन्छु – एयरपोर्ट अझै सुरक्षित छैन, सावधान!
– सुबिक कार्की – ती चोरलाई सलाम किनकि तिनले मेरा निकन DSLR क्यामेरा, २ TB को हार्ड डिस्क, पेन ड्राइभहरु, साँचो, किताब र केही लुगाफाटा चोरेनन् । केवल नगद र हेडफोन मात्र चोरे । यति चोर्नेले अरु बाँकी सामान पनि चोर्न सक्थे । लगेज नै गायब गर्न पनि सक्थे। तर गरेनन्। तसर्थ दयागरी नचोर्दिएको यत्रो… Continue reading
लघुकथा : रहर कहर
– भरतकुमार भट्टराई – लहैलहैमा पूर्णकुमारले पनि फेसबुकमा नाम दर्ता गर्यो। यताउता चहार्न थाल्यो। साथी बढाउन थाल्यो। उसलाई एउटा नयाँ संसारमा प्रवेश गरेको स्फूर्ति प्राप्त भो। यस क्रममा उसले थुप्रै साथी आफैँले अनुरोध पठाएर बनाउन सफलता पायो। एकदिन उसलाई पनि कसैले साथी बनाउने अनुरोध पठायो। उसको नाम रहेछ – सुहाना। उसले खुसी हुँदै सुहानालाई साथी… Continue reading
हाकिमको कुर्सीमा तौलिया (रुमाल) राखेको देख्नुभएको छ नि, किन थाहा छ?
हाम्रा सरकारी हाकीमहरू जो पनि मेचका पछाडि तौलिया फिंजाएर बसेका हुन्छन्। हाकीमहरूका मेचमा तौलिया राख्ने चलन ब्रिटिश शासकहरूले बंगालमा चलाएका हुन्, कपालमा चिपिचिल्लै तेल लगाउने बाबुहरूबाट मेचलाई मैलो हुन नदिन। नेपालमा यो अनौठो चलन २०२४–२५ सालसम्म पनि आएको थिएन। तर, जलवायु परिवर्तनको विश्वव्यापी कोकोहोलो मच्चिनुअघि २०३०–४० को दशकदेखि नै काठमाडौं उपत्यका र मध्यपहाडी क्षेत्रमा विस्तारै… Continue reading
कथाः भाउजु
-अनिता तुलाधर- दिनभरि दिनभरि ओछ्यानमा लम्पसार भएर सुतेको लोग्नेको तस्बिर भाउजूको आँखाअगाडि बारम्बार दोहोरिन्छ। यसरी बारम्बार आँखाअगाडि आएको लोग्नेको तस्बिर उसलाई पटक्कै मनपर्दैन। बिर्सन चाहेर पनि नसकेका उसका आफ्ना क्षणहरू देखेर लाचार हुनुसिवाय उससँग अरू उपाय नै थिएन। मैलो लुगाको थुप्रो लिएर हतार–हतार लुगा धोइरहेकी भाउजूका हातहरू मिसिनजस्तै छरितो देखिन्थ्यो। लुगाको मैलो गयो गएन, त्यो… Continue reading
राष्ट्रियतामा लगाउन खोजिएको आगो
-गणेश खराल- सबै कम्युनिस्ट जोडे नेपाल कम्युनिस्ट मुलुक हो। नेपालको हरेक कम्युनिस्ट पार्टीको जगमा नै “भारतविरोधी राष्ट्रियता” छ। भारतविरोधी हुन कम्युनिस्ट नै हुनु भने पर्दैन, भारत कै हत्कण्डा काफी छ। तर बारम्बार के देखिन्छ भने सत्तामा हुँदा चै भारतको विरोध गर्ने कम्युनिस्ट नेताहरु एक्कादुक्का हुन्छन्। सडकमा झरेपछि त्यही अस्त्र सटिक तरिकाले काम गर्छ। हामीलाई सिकाइएको… Continue reading
विज्ञान ब्लग : चुम्बकको विशिष्ट गुण
-छविलाल रिजाल- ब्रह्माण्डमा रहेका प्रत्येक पदार्थको आफ्नै गुण भए जस्तै म्याग्नेटिक पदार्थको पनि आफ्नै गुणहरु हुन्छन्। अझ म्याग्नेटिक पदार्थहरुमा अन्य पदार्थमा नभएका विशिष्ट गुणहरु समेत हुन्छन्। विशेष गरी म्याग्नेटिक पदार्थ भन्नाले यहाँ कोबल्ट, आइरन, निकेल, र म्याग्नेटाइट उदाहरणको रुपमा लिइएको छ। यी धातुहरुमा विशेष खालको चुम्बकीय गुण हुन्छ जसलाई “स्वभाविक चुम्बकीय” भनेर चिनिन्छ। स्वभाविक चुम्बक… Continue reading
चीनभन्दा अघि विद्युत उत्पादन गरेका हामी किन अहिले भुटानभन्दा पछाडि? आठ कारणको विश्लेषण
-डिल्ली पौड्याल- हाम्रो देशमा किन सुस्त गतिमा विद्युत विकास भयो ? के यो शुरूवातिमै सुस्त थियो त ? सबैको खुलदुलीको विषय हो। तर त्यसो हैन इतिहास खोतल्दा छिमेकी देश चीनभन्दा पहिला हाम्रो देशमा जलविद्युत आयोजना सुरु भएको थियो। जलस्रोतमा आधारित विद्युत प्रणाली सन् १८५० भन्दा पछि विविध रुपमा उत्तर अमेरिका र युरोपमा विकसित भएर आएको… Continue reading
कथा : विचलन
-आनन्द राई- ए, झर्नुभो आमा ? यतै आउनुहोस् न। घरबेटी आमैलाई पसलभित्र बस्ने ठाउँ छोडी दिँदै पसल्नी चाहिँ नखोलेको साबुनको कार्टुनमाथि बसिन्। दिउँसोको समय हुनाले पसलमा ग्राहकहरु थिएनन्। बानेश्वरको यो शाखा सडकलाई चैते घाम र धुलिकणयुक्त बतासले लतारिरहेको थियो। अँ, के गर्दैछस् सुमनकी आमा ? ठाडै निदाइस् कि क्या हो ? तिमेरु बीसे-बाइसे तरुनीहरुलाई त… Continue reading
हेलो नेपालले हुम्लावासीलाई दिएको पीडा
– राजु आचार्य – मोबाइल थन्काएको दुई वर्ष पुग्न लाग्यो। तैपनि काम गर्योह कि भनेर बेला-बेलामा मोबाइल खोली राख्छन्, लिमी गाविसका बासिन्दाहरु। हुम्ला जिल्लाको सदरमुकाम सिमिकोटबाट ६-७ दिनमा पुगिने यो ठाउँमा पहिलो पटक मोबाइल आउँदा कम्ता खुसि थिएनन् उनीहरु। तर खुसी धेरै समय टिक्न पाएन। २०१३ मा मोबाइल कम्पनी ‘हेलो नेपाल’बाट घरमा सम्पर्क गरेका अनुसन्धानकर्मी… Continue reading
५० लाख सुजाताको लागि ठूलो रकम हैन, तर लोभको औषधि हुँदैन
-सुनील गौतम- अहिले नेपाली राजनीतिमा अर्को एउटा “हट केक” समाचार बनेको छ सुजाता कोइरालाको क्यान्सर! मैले नेपाली छापाहरुमा पढे अनुसार सुजाता दिदीले आफ्नो क्यान्सरको उपचार गर्नका लागि आफ्नो जग्गा बेच्ने योजना गरेकी थिइन् रे। तर शेरबहादुर देउबा र बिमलेन्द्र निधिले उनलाई जग्गा बेचेर इलाज गर्नु हुँदैन, हामी प्रचण्ड जीलाई भनेर सरकारबाट इलाज खर्चको व्यवस्था गर्छौ… Continue reading
कथा : टाटेको तिहार
-मनोज बाबु पनेरु- उसले आँखा चिम्लिएर गन्धको भेउ पाउने कोसिस गर्यो, तर के हो छुट्याउनै सकेन। अब, ऊ यो के को गन्ध हो छाडेर, के को गन्ध होइन, निधार खुम्च्याएर सोच्न थाल्यो। भर्खर धान काटेर उठाइ छाडिएको खेतको गन्ध थिएन त्यो। जहाँ ऊ अहिले अल्छी मानेर पल्टिएको छ। धानका बोटका ठुटा (पाँजा) जमिनमाथि मुस्किलले दुई… Continue reading
अमेरिकामा राष्ट्रपति चुनाव : ट्रम्पको पक्षमा एक नेपालीको तर्क – यसकारण जिताउनु पर्छ ट्रम्पलाई
– टीका दत्त शिवा – विश्वको सर्वशक्तिमान राष्ट्र भएको हिसाबले अमेरिकी राष्ट्रपतीय चुनावले विश्वका हरेक देशहरुलाई प्रभाव पार्ने गर्दछ। विश्वको अर्थतन्त्र देखि लिएर मध्य पुर्वमा भई रहेको अशान्ति, युरोपमा भैरहेको आप्रवाशीहरुको समस्या मात्र नभएर साउथ एशियामा अमेरिकाको नीति आदिमा समेत अमेरिकाको स्वार्थ र प्रत्यक्ष-परोक्ष भूमिका गाँसिएको छ । अमेरिका आप्रवासीहरुको देश हो, जहाँ सबै जसो… Continue reading
विज्ञान ब्लग : म्याग्नेटिक पदार्थका हेर्दा सजिलो, व्याख्या गर्न गाह्रो चार सूत्र
-छविलाल रिजाल- मैले माइसंसार को जनवरी ८, २०१६ को रिपोर्टमा म्याग्नेटिक पदार्थको बायोम्याग्नेटिक छेत्रमा उपयोगिताबारे जानकारी दिएको थिएँ। त्यसको लगत्तै मैले जनवरी २१, २०१६ मा प्रकाशित रिपोर्टमा म्याग्नेटिक पदार्थको इतिहास बारे संक्षेपमा जानकारी दिने प्रयास गरेको थिएँ। हामीलाई थाहा छ कि कुनै पनि मूल कुरा बुझ्नको लागि त्यस वस्तुको जरासम्म नपुगी हुँदैन। त्यसैगरी म्याग्नेटिक पदार्थहरुको… Continue reading
कार्टुन : प्रभु वन्दना
ल प्रभु हजुरको आगमनमा सार्बजनिक बिदा ठोकियो ! पबित्र ती चरणमा, कोटी कोटी पापी यो शिर ढोगियो !! अब त … अब त … बस हजुरले भनेको ठाउँ मा कलम चलाउला ! जनता मारियो, देश मारियो, बिस्तारै जलाउला !! ….