Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

खासमा कस्तो अवार्ड दिन लागिएको हो भरतपुरका मेयर रेणु दाहाललाई?

Posted on February 27, 2024February 27, 2024 by Salokya

रुटिन अफ नेपाल बन्दले आफ्नो फेसबुक पेजमा गएको फेब्रुअरी १० तारिखमा रेणु दाहालले युके (बेलायतमा) इन्टरन्यासनल मेयर अवार्ड पाउन लागेको भन्दै त्यसलाई ठूलो उपलब्धि भएको दावी गर्दै फोटोसहितको पोस्ट गर्‍यो।

उक्त पोस्टमा त्यो कस्तो अवार्ड हो, कसले दिने हो भन्ने बारे केही उल्लेख थिएन।

लगत्तै फेसबुकमा धेरैले पोस्ट गर्न थाले। उनीहरुको दावी थियो, यो बेलायत सरकारले दिने अवार्ड हो।

के साँच्चै उनीहरुले दावी गरे जस्तै यो बेलायत सरकारले नै दिने अवार्ड हो त ? आउनुस् यसबारे विस्तृतमा बुझौँ।

रुटिनेले लेखेको पोस्टमा International Mayor Award in the Political & Public Life Awards 2024, UK लेखिएको छ।

त्यसैगरी विश्वखबर नाम गरेको अनलाइनमा त ‘बेलायतको सदनमा हाउस अफ् कमन्स्मा बेलायतका सभामुखले मेयर दाहाललाई उक्त अवार्डबाट सुशोभित गर्ने र मेयर दाहालले त्यहाँ सम्बोधन गर्ने कार्यक्रम रहेको’ समेत दावी गरिएको छ।

युकेको Political & Public Life Awards भनेको कस्तो अवार्ड रहेछ भनेर खोज्दै जाने क्रममा हामीले लिङ्क्डइनमा यो पोस्ट भेट्टायौँ-

यो अवार्ड दिने रहेछ इकोनोमिक पोलिसी ग्रुप नामको संस्थाले जसलाई छोटकरीमा इपिजी भनिन्छ।

यो कस्तो संस्था रहेछ भन्ने जान्न मन लागेर यसबारे खोजियो। सो संस्थाको वेबसाइटमा लेखिएको यस्तो भेटियो-

यो एउटा कन्सल्टिङ फर्म रहेछ जसले आर्थिक र रणनीति सम्बन्धी सल्लाह दिने काम गर्छ। यसका कार्यालयहरु बेलायत, भारत र युगान्डामा रहेछ। Asian Business Publications Ltd (ABPL) नामको संस्था मातहत यो फर्म रहेको छ।

यसबाट प्रष्ट भयो, यो बेलायत सरकारले नभई एउटा निजी संस्थाले दिने अवार्ड रहेछ।

अब यसले के के विषयमा अवार्ड दिने गरेको रहेछ, त्यो पनि हेरौँ-

उसैको वेबसाइटमा उल्लेख भए अनुसार यो अवार्ड १६ वर्षदेखि दिन सुरु भएको हो। तर अहिलेसम्म कसैलाई अन्तर्राष्ट्रिय मेयर अवार्ड दिएको चाहिँ भेटिएन।

पोलिटिकलमा Cabinet Minister of the Year, Shadow Cabinet Minister of the Year, Conservative Backbencher of the Year, Labour Backbencher of the Year, Liberal Democrat Backbencher of the Year, London Politician of the year, London Councillor of the Year विधामा अवार्ड दिइएका थिए भने पब्लिक लाइफ अन्तर्गत दिइएका अवार्डहरुको क्याटेगोरी वेबसाइटमा यस्तो राखिएको छ-

Female Entertainer of the Year

Male Entertainer of the Year

Humanitarian Campaigner of the Year

Community Service Achievement

Professional of the Year

Business Person of the Year

Entrepreneur of the Year

Journalist of the Year

Lawyer of the Year

Sports Personality of the year

TV Channel of the Year

Restaurant of the Year

हेर्नुस् अर्काइभ लिङ्कमा गएर

मतलब इन्टरन्यासनल मेयर अवार्ड भनेर त दिइएकै रहेनछ अहिलेसम्म। तर त्यसो भन्दैमा अहिले नदिने भन्ने हुँदैन। अहिले नयाँ क्याटेगोरी बनाएर दिन पनि सकिन्छ। निजी संस्थाले दिने अवार्ड हो, जसलाई दिँदा राम्रो हुन्छ, उसैलाई दिन्छ।

तर पहिले अवार्ड पाएकाहरुको नाम उसकै वेबसाइटबाट हेर्दा भने भारत र भारतीय मूलका व्यक्तिहरुले धेरै पाएको देखिन्छ यो अवार्ड। हेरौँ –

बेलायत बाहिर यी व्यक्तिहरुले मात्रै यो अवार्ड पाएका रहेछन्-

बेलायती दूतावास नजिककालाई सोधी हेर्दा मेयर रेणु दाहाल आउने भन्ने कुरा चाहिँ निश्चित भएको तर अवार्ड आदिको बारेमा केही थाहा नभएको जानकारी पाइयो।

एनआरएन युकेले भने ५ मार्च २०२४ मा एउटा कार्यक्रमको आयोजना गरेको रहेछ। एनआरएनले बाँडेको निम्तोमा पनि ‘अन्तर्रास्ट्रिय मेयर अवार्ड ग्रहण गर्न बेलायत भ्रमणमा आउन लाग्नु भएकी’ लेखिएको छ।

दूतावासमा पुगेको कार्यक्रम तालिका अनुसार ४ मार्चमा बेलायत आइपुग्ने रेणु दाहालको ७ मार्चमा अवार्ड कार्यक्रम रहेको छ।

बेलायतको संसदमा कार्यक्रम हो ?

यससम्बन्धी समाचार लेख्नेहरुले बेलायतको संसदमा यो कार्यक्रम हुने र बेलायती सभामुखले अवार्ड दिने दावी गरेको पाइएको छ।

के साँच्चै बेलायतको संसदमा यो कार्यक्रम हुन लागेको हो त ?

वेबसाइटमा राखिएको सूचना अनुसार हो, यो कार्यक्रम बेलायतको तल्लो सदन House of Commons को Terrace Pavilion मा हुने रहेछ।

तर उत्साहित हुनुपर्ने खास कारण पनि छैन। यो भनेको बेलायतको संसदको एउटा त्यस्तो प्याभिलियन हो, जहाँ भाडा तिरेर व्यवसायिक कार्यक्रम गर्न पाइन्छ।

पढ्नुस् रेट विवरण

थप विवरण हेर्नुस्

यो संस्थाका आयोजकको पार्टनरहरुको नाम हेर्नुस् त- सबै भारतीय छन्।

एसियन भ्वाइस र गुजरात समाचार त्यही ABPL group ले सञ्चालन गरेको मिडिया हो, जसले यो अवार्ड दिन्छ। र चार मध्ये तीन भारतसँग सम्बन्धित छ।

यो युकेमा रहेको भारतीय कम्युनिटीले दिने र पाउने अवार्डमा एक्कासी रेणु दाहाल कसरी परिन् त ?

ठ्याक्कै भन्न त सकिन्न। तर यसो अनुमान लगाउनका लागि म तपाईँलाई लैजान्छु सेतोपाटीमा प्रकाशित एउटा समाचारतर्फ।

याद छ यो समाचार ?

यो समाचार पढ्दा रेणु दाहालको ज्वाइँ जस्तो लायक केटो संसारमा अरु कोही छैन भन्ने जस्तो भावुक बनाउने खालको थियो। त्यो समाचारका केही लाइन तपाईँले याद नगर्नुभएको भए म अहिले यता कपिपेस्ट गरिदिन्छु-

कतै बेलायतमा पढेका ज्वाइँले त्यहाँको सम्पर्क सूत्रहरुलाई उपयोग गरेर सासुका लागि अहिलेसम्म संस्थाले कसैलाई नदिएको इन्टरन्यासनल मेयर अवार्ड दिन सघाएको त होइन ? ज्वाइँले दिने यो भन्दा राम्रो उपहार के हुनसक्छ र ?

तर फ्याट्टै यही निश्कर्षमा पुग्न भने हुन्न। नहुन पनि सक्छ नि।

त्यसो भए पनि थाहा त पाउनु पर्‍यो- यो युके र भारतीय मूलका अनि भारतीयलाई दिने अवार्ड नेपालको चितवनको भरतपुर महानगरपालिकाका मेयरले कसरी पाए ?

 

 

3 thoughts on “खासमा कस्तो अवार्ड दिन लागिएको हो भरतपुरका मेयर रेणु दाहाललाई?”

  1. Harichandra says:
    February 28, 2024 at 12:05 pm

    यो देशमा उत्पिडित थिचियका मिचियका नेपालि जन्ताहरूले एकदिन बन्दुक बोक्नु पर्ने थियो बोकियो पनि अनि त बोल्नु कराउँनु पाउँनु भएको छ !

    Reply
    1. चेतेश्वर शर्मा says:
      February 28, 2024 at 1:01 pm

      आँफुले सासुलाई एउडा सुईटर सम्म किन्द्याहोईन ह्वाँ नतिनिया पोईले अवार्डै किन्दिएच ।

      Reply
  2. मुकेश यादव says:
    February 28, 2024 at 7:50 am

    जनता लाई बुर्ज्या शिक्ष्या दिए भनेर शिक्षक हरुलाई बाधेर , मुसल ले हानेर क्रुर ह्त्या गरौउने, गरीब जनता छोरा छोरी लाई बन्दुक बोकाएर गृह युद्द मा होमने, अनि आफ्ना छोरा छोरी नती नतीन लाई त्यही बुर्जा शिक्षा दिलाउने, विलासी जिवन मा रख्ने यो घोर पापी दुष्टात्मा छविलाल को पाखण्डी पन अझ उदाङ्ग र उजागर भएको छ मित्रहरु।

    कर्मेन्द्रियाणि संयम्य य आस्ते मनसा स्मरन् |
    इन्द्रियार्थान्विमूढात्मा मिथ्याचार: स उच्यते

    जो आफ्नो कर्मेन्द्रियहरूलाई नियन्त्रित गरेर बस्दछ तर मनले इन्द्रियतृप्तिको बारेमा मात्रै चिन्ता गरिरहन्छ भने त्यो पाखण्डी हो ।
    श्रीमदभगवद्गीता—-अध्याय ३, श्लोक ६

    दम्भो दर्पोऽभिमानश्च क्रोध: पारुष्यमेव च ।
    अज्ञानं चाभिजातस्य पार्थ सम्पदमासुरीम् ॥ ४ ॥

    हे पार्थ ! अहंकार, घमण्ड, गर्व, क्रोध, निष्ठुरता र अज्ञानता यी समस्त गुण आसुरी स्वभाव भएका मनुष्यमा पाइन्छन् ।
    श्रीमदभगवद्गीता—-अध्याय १६, श्लोक ४

    काममाश्रित्य दुष्पूरं दम्भमानमदान्विता: ।
    मोहाद्‍गृहीत्वासद्‍ग्राहान्प्रवर्तन्तेऽश‍ुचिव्रता: ॥ १० ॥

    कहिल्यै सन्तुष्ट नहुने कामवासनाको शरण लिएर अहंकार, मद र झुटो प्रतिष्ठामा डुबेका आसुरी मनुष्यहरूले मोहित भएर क्षणिक वस्तुप्रति आकर्षित हुँदै अशुद्ध कर्म गर्ने विचार लिन्छन् ।
    श्रीमदभगवद्गीता—-अध्याय १६, श्लोक १०

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme