Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सामान्य हिसाब नजान्ने हाम्रा पत्रकारहरु

Posted on April 3, 2024April 3, 2024 by Salokya

हाम्रा खेल पत्रकारहरुले सामान्य हिसाब पनि जान्दा रैनछन् भन्ने प्रमाण आजको समाचारले प्रमाणित गरिदिएको छ।

हैट, होइन होला। कहाँ पत्रकारहरुले हिसाब बिगार्छन् भन्ने तपाईँहरुलाई लागेको भए आउनुस् म प्रमाणसहित तपाईँलाई देखाइदिन्छु।

उदाहरणका लागि सबैभन्दा पहिला हेरौँ इकान्तिपुरमा छापिएको यो समाचारलाई।

कान्तिपुरको यो समाचारले भन्छ– काठमाडौँलाई १४ रनले पछि पार्दै धनगढीले उपाधि जित्यो।

बाइलाइनसहितको समाचारले यस्तै दावी गर्छ।

अब एक पटक कान्तिपुरलाई पत्याउन छाडेर खेलकै मात्र समाचार लेख्ने अनलाइन न्युजपोर्टल हाम्रो खेलकूद डट कममा यही समाचार कसरी छापिएको छ पनि हेरौँ-

यो समाचारले भने १७ रनले पछि पार्दै धनगढीले उपाधि जितेको दावी गर्छ।

कान्तिपुरले १४ रन भन्छ, हाम्रो खेलकुदले १७ रन। रन्थनिएन त दिमाग ?

अब एक पटक कार्यक्रम भएको ठाउँ नजिकैको अनलाइनमा चाहिँ के लेखिएको छ बुझौँ न त। हेरौँ बुटवलटुडेको समाचार-

बुटवलटुडेले पनि १७ रनले नै पराजित गरेको दावी गर्‍यो।

बहुमत समाचार १७ रनको रह्यो। कान्तिपुर चाहिँ १४ रन लेखिरहेको छ।

कुन सही हो त ?

यी तीन वटै सही होइनन्।

किन ?

किनभने समाचार लेख्नेले सामान्य हिसाब पनि गर्न जानेनन्। हिसाब निकै सजिलो छ, हेर्नुस्। सुरुमा ब्याटिङ गरी धनगढीले बनायो १५० रन। अब त्यो खेल जित्न काठमाडौँले बनाउनु पर्ने थियो १५१ रन। तर १३८ रन मात्र बनाएर अलआउट हुन पुग्यो।

भनेपछि १५० मा १३८ घटाउँदा जति बाँकी रहन्छ, त्यति रनले जित्यो धनगढी। घटाएर हेरौँ त

भनेपछि १२ रनले धनगढीले जितेको हो।

यति सामान्य हिसाब पनि गर्न नजान्ने खेल पत्रकारहरुलाई कुरीकुरी भन्न बाहेक के सकियो र, हैन ? 🙂

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme