Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पोखरा दुर्घटनाको भाइरल फोटो : के यस्तै पहिले पनि भएको थियो ?

Posted on March 31, 2024 by Salokya

हिजो भाइरल भएको एउटा फोटो देखेर सबै छक्क पर्नुभयो होला। पोखराको अर्चलेमा भएको बस दुर्घटनाको फोटो थियो त्यो। नाम ‘बस’ भए पनि बस बसिरहेको थिएन, उठिरहेको थियो। अगाडिको भागले भूइँमा टेकेर पाङ्ग्रा जति सबै हावामा।

लेखनाथको आरुपाटाबाट पोखरा आउँदै गरेको ग १ ख ८६८० नम्बरको बस दुर्घटना हुँदा भित्र अरु यात्रु थिएनन्। बसका ड्राइभर र कन्डक्टर मात्र थिए। उनीहरु घाइते भए।

बस त्यसरी उभिनु अचम्मकै कुरा थियो। पाटाबाट बल्ड्याङ खाएको भनिएको बस सडकमा त्यस्तो अवस्थामा भेटिएको थियो।

यस्तै दुर्घटना अरु पनि भएका थिए त ?

खोजौँ न एक पटक भनेर गुगलमा खोजी हेर्दा ठ्याक्कै बस यस्तो भएको त भेटिएन, तर यस्तो चाहिँ भेटियो है।

नेपालमा भएकै पाराको यो कार दुर्घटनाको फोटो अमेरिकाको हो। न्युह्याम्पसायरको सालेममा १ फेब्रुअरी २०११ मा भएको यो दुर्घटनामा कोही घाइते भएका थिएनन्।

लगभग उस्तै खालको यो दुर्घटना भने ब्राजिलमा सन् २०१३ तिर भएको रहेछ।

अनि चीनमा भएको यो दुर्घटनाको भिडियो अन्तिमसम्म हेर्नुस्। यसमा पनि खम्बामा ठोक्किएको कार यस्तै अवस्थामा देखिन्छ।

त्यस्तै यो चाहिँ बेलायतमा सन् २०१८ मा भएको दुर्घटनाको फोटो। मापसे गरी चलाएको कारण यस्तो दुर्घटना भएको अनुमान गरिएको थियो।

अनि यो पनि अमेरिकामा सन् २०१९ मा भएको दुर्घटनाको फोटो हो-

अनि यो चाहिँ सन् २०१७ मा थाइल्यान्डमा भएको दुर्घटना-

यी सब फोटो हेर्दा थाहा हुन्छ, नेपालको जस्तो दुर्घटना अरु ठाउँमा भएको देखिएन। तर, त्यो उठेको बसलाई आज क्रेन चलाएर सुताइसकेको देखियो-

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme