Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘किल नोटिस’ कान्ड मच्चाएको बेलायती राजपरिवारको त्यो फोटो

Posted on March 12, 2024 by Salokya

यो हप्ता अन्तर्राष्ट्रिय मिडियामा हङ्गामा मच्चाएको फोटो हो यो। यसो हेर्दा यसमा खास त्यस्तो केही देखिन्न। बेलायती राजपरिवारका सदस्यहरुको यो फोटोमा  प्रिन्सेस अफ वेल्स केट मेचमा बसेकी छिन् र उनको वरिपरी प्रिन्सेस शार्लट, प्रिन्स लुई र प्रिन्स जोर्ज छन्। प्रिन्स जोर्जले आफ्नी आमालाई अँगालो हालेका छन्।

दुई महिनाअघि पेटको शल्यक्रिया गराएपछि सार्वजनिक जीवनबाट टाढा रहँदै आएकी केटको पहिलो औपचारिक तस्बिर धेरैले महत्त्वका साथ प्रकाशन/प्रसारण गरे। तर त्यसको केही समयपछि नै सुरु भयो कान्ड !

सबैभन्दा पहिला न्युज एजेन्सी एपीले ‘किल नोटिफिकेसन’ आफ्ना ग्राहकहरुलाई पठायो।

‘किल’ को सामान्य अर्थ ‘मार’ भन्ने हो। पत्रकारितामा किल नोटिफिकेसन भन्नाले सामग्री तुरुन्त कतै पनि प्रयोग नगर्न जारी गरिएको सूचना हो। प्रयोग गरिसकेको भए पनि हटाउनु पर्छ यस्ता फोटो।

कारण के त ?

एपीले फोटोमा छेडखानी गरिएको देखिएको कारण बतायो।

लगत्तै अरु न्युज एजेन्सीहरुले पनि धमाधम यस्तै सूचना निकाल्न थाले। एएफपीले एडिटोरियल इस्युका कारण यो फोटो फिर्ता गरिएको र सबैतिरबाट यसलाई तुरुन्त हटाउन भन्यो।

त्यसैगरी अर्को न्युज एजेन्सी रोयटर्सले पनि पिक्चर किल नोटिस पठायो।

त्यसैगरी गेट्टी इमेज, इपिए लगायतका न्युज एजेन्सीले पनि यसैगरी किल नोटिस पठाए।

खास कुरा के हो ?

किन उनीहरुले यस्तो किल नोटिफिसकेसन पठाए त ?

न्युज एजेन्सीहरुका अनुसार फोटो सम्पादन गरिएको थियो र सही फोटो थिएन। 

फोटो कसले, कहाँ खिचेको थियो ?

बेलायती राजपरिवारको आधिकारिक सोसल मिडियामा राखिएको सो फोटोमा फोटो उनीहरु बस्ने विन्डसरमा राजकुमार विलियमले खिचेको भनिएको थियो। 

यो फोटो किन महत्त्वपूर्ण थियो ?

शल्यक्रियापछि राजकुमारी केट सार्वजनिक रुपमा देखिएकी थिइनन्। र उनको स्वास्थ्यको बारेमा आधिकारिक कुनै जानकारी दिइएको थिएन। 

यसले राजपरिवारलाई के असर पार्छ त ?

राजपरिवारको विश्वासमा यसले असर पार्छ भनिएको छ। भविष्यमा कुनै कुरा बताउँदा त्यसको विश्वसनीयतामा प्रश्न उठ्ने ठानिएको छ।

फोटोमा के मिलेन ?

एपीले फोटो किल गर्नुको कारणमा भनेको छ- एपीको सम्पादकीय मापदण्ड अनुसार फोटो सही हुन जरुरी छ। त्यसैले एपीले फोटोमा छेडछाड गर्दैन वा डिजिटल्ली म्यानिपुलेटेड इमेज प्रयोग गर्दैन।

एपीको न्युज भ्यालुज र प्रिन्सिपलले सामान्य फोटो सम्पादन जस्तो क्रप थर्ने, टोनिङ, कलर एडजसमेन्ट जस्ता विषय चाहिँ  अनुमति दिन्छ। तर फोटोको वास्तविक स्वरुप कायम राख्नु पर्छ।

रोयटर्सको ह्यान्डबुक अफ जर्नलिज्मले पनि क्रप गर्न, टोन र कलर ब्यालेन्स गर्ने जस्ता सामान्य विषयमा मात्र फोटोसप गर्न पाइने बताउँछ। 

फोटोमा के के नमिलेको देखियो ?

यो हात किन यस्तो ?

राजकुमारीको ज्याकेटको यो जिपरको भाग अस्वभाविक छ।

यो भागमा सम्पादन भएको प्रष्ट देखिन्छ।

यो कपाल पनि अस्वभाविक देखिन्छ।

स्कर्टको यो भाग पनि अस्वभाविक छ।

माफी माग्न बाध्य

यो कान्डका कारण उनले माफी माग्न बाध्य हुनुपर्‍यो। सोमबार सामाजिक सञ्जालमा उनले फोटो सम्पादन गरेको स्वीकार गर्दै कयौँ फोटोग्राफरहरूलेझैँ बेलाबखत आफूले समेत फोटो सम्पादनको अभ्यास गर्ने गरेको भन्दै यसले सिर्जना गरेका द्विविधाप्रति क्षमा याचना गरेकी हुन्।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme