Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कान्तिपुरमा एक लाख रुपैयाँको विज्ञापनको हालत !

Posted on April 8, 2024 by Salokya

‘कान्तिपुर’मा एक लाख रुपैयाँमा कत्रो विज्ञापन छापिन्छ ?

अनि कान्तिपुरमा विज्ञापन छापिएपछि त सबैले पढ्छन्, व्यापकै हुन्छ होला नि हगि !

यो दुई जिज्ञासाको एउटा राम्रो जवाफ कान्तिपुर आफैले विज्ञापनै छापेर दिएको छ।

पत्याउनु भएन ? पख्नुस्, म प्रमाणसहित देखाउँछु।

कान्तिपुर दैनिकको गएको चैत १८ गतेको अङ्क अलि मोटो थियो। तपाईँले याद गर्नुभएको थियो? नियमित ८ पेजसँगै थप ८ पेज ‘लुम्बिनीको सामर्थ्य’ शीर्षकको विशेषाङ्क थियो।

सामर्थ्य भने पनि जे भने पनि खासमा यो विशेषाङ्क निकालेर विज्ञापन छापेर पत्रिकाको कमाई गर्ने एउटा तरिका मात्र हो। पत्रिका आर्थिक रुपले सबल हुन परिगो। त्यसैले यसलाई अन्यथा लिने कुरै आएन।

तर त्यसमा छापिने विज्ञापन कति रुपैयाँको हो भनेर समेत खुलाउन त अलि भएन नि !

अनि विज्ञापनको कन्टेन्ट छाप्नेले, प्रुफ हेर्नेले यति रुपैयाँको विज्ञापन भनेरै छाप्न त भएन नि !

विश्वको कुनै पनि पत्रिकाले यो यति रुपैयाँको विज्ञापन छापिएको हो भनेर लेख्दैन होला। तर नेपाली हो नि, यहाँ भयो।

अचम्म त के भयो भने यत्रो दिनसम्म खासै कसैले यसलाई वास्ता नै गरेनन्। आखिर विज्ञापन पढ्छ कसले ? 😛

त्यसो त पत्रिका नै अहिले पढ्छ कसले भनेर पनि निहुँ खोज्नेहरु आउलान्। त्यसो चाहिँ भन्न हुन्न बाब्बै। देशको चौथो अङ्ग हो। जसले जे भने पनि प्रिन्ट मिडियाको आफ्नै प्रभाव चाहिँ छ।

त्यही भएर एक लाख रुपैयाँ दिएर मिलेसम्म गाउँपालिका अध्यक्षको भनाई पनि तस्बिरसहित राखिदिनुहोला भनेर अनुरोध गरे पनि तस्बिर चाहिँ प्रमुख प्रशासकीय अधिकृतको छापियो।

आखिर जसले पैसा दिने हो, उसको छापिने हो नि, अनुरोध गरेर हुन्छ ?

कसैलाई यो फोटोसप हो कि भन्ने शंका लागेको भए यहाँ क्लिक गरी इपेपर हेर्नुहोला।

इपेपर पनि एडिट गरेर सच्याए भने यहाँ अर्काइभ हेर्नुहोला।

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme