Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

टेलिभिजन होस्टले आइन्सटाइनको भनाई उल्टोपाल्टो गरेर सुनाएछन् यसरी

Posted on April 5, 2024April 5, 2024 by Salokya

चर्चित टक शो होस्ट टीकाराम यात्रीको हिमालय टेलिभिजनमा पनि प्रसारण हुने कार्यक्रम ‘अँध्यारोबाट उज्यालोतिर’ मा प्राध्यापक सूर्य सुवेदीसितको अन्तर्वार्ता केही अघि प्रसारण भएको थियो।

उक्त अन्तर्वार्ता युट्युबमा पनि हेर्न पाइन्छ।

अन्तर्वार्ताको सुरु मै यात्रीले भन्छन्, ‘त्यो चाहिँ कस्तो हुन्छ भने अल्बर्ट आइन्सटाइनले भन्या छन् नि- reality is more powerful than imagination भन्छन् नि यथार्थ चाहिँ कल्पना भन्दा जबर्जस्त हुन्छ।’

महाविद्यावारिधी गरेका सुवेदी पनि उनको ‘हो’ मा ‘हो’ मिलाउँछन्।

तर वास्तवमा अल्बर्ट आइन्सटाइनले त्यसो भनेकै रहेनछन्। उनको भनाईलाई उल्टोपाल्टो गरी प्रस्तुत गरिएको रहेछ।

सबैभन्दा पहिला टिभी कार्यक्रममा के भनियो, त्यो हेर्नुस्-

वर्ल्ड इकोनोमिक फोरमको वेबसाइटमा ‘The Ultimate Quotable Einstein’ नामको Princeton University Press बाट छापिएको पुस्तकमा आइन्सटाइनका प्रख्यात भनाईहरुको संगालो रहेको छ। त्यसमा लेखिएको छ-

वेबसाइटमा हेर्न क्लिक गर्नुस्। 

ल हेर्नुस् त, आइन्सटाइनले त इम्याजिनेसन इज मोर इम्पोर्टेन्ट द्‍यान नलेज पो भन्या रहेछ। अर्थात् कल्पना ज्ञानभन्दा धेरै महत्त्वपूर्ण पो भनेका रहेछन्।

कताबाट रियालिटीको कुरा जोडिएछ अनि त्यसलाई इम्याजिनेसन भन्दा कम महत्त्वको भनिएछ। जबकि आइन्सटाइनले इम्याजिनेसनलाई बढी महत्त्वपूर्ण भनेका छन्।

खासमा सन् १९३१ मा आइन्सटाइनले यो किताब लेखेका थिए- Cosmic Religion and Other Opinions and Aphorisms

पुस्तक पढ्न मन भए यता क्लिक गर्नुस्

यो किताबको पेज नम्बर ४९ मा यस्तो लेखिएको छ-

त्यसैले अल्बर्ट आइन्सटाइनको भन्दै उल्टोपाल्टो, गलत अर्थ लाग्ने भनाई टीकाराम यात्रीले टेलिभिजनमार्फत् प्रस्तुत गरेको र त्यसलाई महाविद्यावारिधीधारीले पनि समर्थन गरेको जस्तो पो देखियो त।

यसरी गलत भनाई राखेर उज्यालोबाट अँध्यारोतिर लान त पाइएन नि, कि कसो 🙂

 

2 thoughts on “टेलिभिजन होस्टले आइन्सटाइनको भनाई उल्टोपाल्टो गरेर सुनाएछन् यसरी”

  1. Chaitanya Joshi says:
    May 10, 2024 at 9:04 pm

    Comedy vayexa. tara thikai xa jibro chiplinxa. yatri seems to be knowledgable.

    Reply
  2. Mekh Gurung says:
    April 8, 2024 at 6:11 pm

    मानविय प्रक्रति यस्ताे हुने रहेछ,जान्ने बुझ्ने मान्छेले भनेकाे कुरा सबै नबुझी स्विकार गर्छाै….

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme