Design by: Nischaltiwari.com.np

August 8, 2008

ओलम्पिकमा नेपाल

Filed under: फोटो ब्लग — Administrator @ 7:41 pm


अहिले केही समयअघि ओलम्पिकको उद्‍घाटन समारोहमा नेपाली टोलीले गरेको मार्चपास।

(more…)

प्रधानमन्त्री पनि संविधान सभाले नै चुन्ने

Filed under: B R E A K I N G N E W S — Administrator @ 7:00 pm

चार दलको बैठक अहिले भर्खर सकिएको छ। राष्ट्रपतिले माओवादीलाई सहमति जुटाएर सरकार बनाउन सात दिने म्याद दिएकोमा त्यसभित्र सहमति जुट्न सकेको थिएन। त्यसपछि फेरि तीन दिनको म्याद थपिएको थियो। त्यो म्याद पनि आज सकियो। आज पनि सहमति जुट्न नसकेकोले बहुमतबाट प्रधानमन्त्री चुनिने भएको छ।

आज राष्ट्रिय सहमतिको सरकार बनाउनका लागि सहमति जुटाउन चार दल काँग्रेस, माओवादी, एमाले र फोरमको बैठक बसेको थियो। काँग्रेसले चार वटा शर्त अघि सारेको थियो आजको बैठकमा। त्यसपछि आजै सहमति जुटाउने भनिए पनि सहमति हुन सकेन। त्यसैले राष्ट्रपति जस्तै अब प्रधानमन्त्री पनि अङ्कको खेलले चुनिने भएको छ। (more…)

बेइजिङ ओलम्पिक आजः लाज नभएकाहरुलाई चिनौँ

Filed under: समाचार र विचार — Administrator @ 2:16 pm

अपडेटः अहिले भव्य समारोहका बीच बेइजिङ ओलम्पिकको उदघाटन समारोह भइरहेको छ। बेइजिङ ओलम्पिकको आधिकारिक साइटमा यसको लाइभ कभरेज भइरहेको छ। यहाँ क्लिक गरेर हेर्नुस्। फोटोहरु हेर्ने भए यहाँ क्लिक गर्नुस्।

Beijing Olympic 2008
बेइजिङ ओलम्पिकको आज भव्य उद्‍घाटन हुँदैछ। विश्वको आँखा आज उद्‍घाटन समारोहमा पर्दैछ। तपाईँहरु पनि जहाँ भए पनि ओलम्पिकको उद्‍घाटन समारोहको प्रत्यक्ष प्रसारण हेर्दै हुनुहुन्छ भने नेपालको झण्डामुनि मार्च गर्ने आठ जना खेलाडी र त्यसमा पनि प्रतिस्पर्धाबाट ओलम्पिकका लागि चुनिएका दीपक विष्टको लागि प्रार्थना गर्न नभूल्नुहोला। दीपकको खेल आउँदो अगस्त २२ तारिखमा हुँदैछ।

अनि साथमा यी खेल पदाधिकारीहरुको लाज नभएको अनुहारलाई पनि राम्रैसँग हेर्नुहोला है। देशमा जे गरे पनि हुन्छ भन्ने हेपाहा प्रवृत्ति अपनाएर विमानस्थलमा गरिएको विरोध छल्दै बेइजिङतिर गएका खेल पदाधिकारीहरुको बारेमा यी कुरा पनि बुझिराखौँ। (more…)

सशस्त्र समूहका समाचार बहिस्कार

Filed under: समाचार र विचार — Administrator @ 5:37 am

जनकपुरधामका एफएम, पत्रिका सबैले अब त्यहाँका सशस्त्र समूहका समाचार बहिस्कार गर्ने भएका छन्। चानचुने कारणले उनीहरुले त्यस्तो निर्णय गरेका हैनन्।

भएछ के भने नि, ती सशस्त्र समूहका नाममा स्थानीय पत्रकार र सञ्चारगृहका प्रमुखलाई दिनहुँ फोनबाट धम्की आउँथ्यो- नेपाली भाषामा पत्रिका नछाप, कार्यक्रम प्रसारण नगर भन्दै। एकचोटी हैन, दुई चोटी हैन, दिनहुँ त्यस्तो धम्की आउन थालेपछि यस्तो निर्णय गरिएको रहेछ। (more…)

August 7, 2008

ओलीको अर्को बोलीको गोली

सरकार बनाउन अस्ति नै सकिसकेको सात दिने म्यादमा थपिएको तीन दिनमा पनि आज दुई दिन सकिसकेको छ। अब भोलि एक दिनमा सहमति भयो भने हो, नत्र कि अर्को म्याद बढाउनु पर्छ कि अर्कै उपाय अपनाउनु पर्छ। तर पनि अहिलेसम्म सरकार कसले बनाउँछ प्रष्ट हुन सकेको छैन।

माओवादी सरकार गठन गर्न लागिपरेको छ भने माओवादी बाहेकको सरकार गठन गर्नका लागि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पनि भेटघाट तीव्र बनाएका छन्। यी घटनाक्रमलाई थाती राख्‍दै लागौँ एमाले नेता केपी ओलीको एउटा रमाइलो बोली सुन्न। ओलीको बोलीको गोली माओवादीविरुद्ध लक्षित हुन्छ। यस पटक फेरि कस्तो प्रहार गरेका छन् उनले, सुन्नलाई भित्र आउनुस्। (more…)

कलाकारहरु पनि सडकमा

Filed under: समाचार र विचार, फोटो ब्लग — Administrator @ 6:27 pm


सबैभन्दा पहिले त फोटो हेरेर धोका नखानु होला है। तीजको बेला पोइल जान पाम् शिव भन्दै गीत गाउने कोमल ओली र बद्री पंगेनीबीच जोडी जुरेको हैन यो। यो त कलाकारहरु सडकमा उत्रँदाको दृश्य हो। संयोगले दुवै संगै परेछन्। अनि फोटोमा पनि संगै देखिएका। (more…)

संविधान सभामा पेट्रोलको कुरा

Filed under: समाचार र विचार — Administrator @ 12:16 pm

संविधान सभाको बैठक केही दिनअघि मधेसी दलहरुले रोष्ट्रम घेरेपछि स्थगित भएको थियो। आज भने स-साना 13 दलहरुले रोष्ट्रम घेरेपछि आधा घण्टाका लागि बैठक स्थगित हुन पुग्यो। आधा घण्टापछि बैठक सुचारु त भयो तर पेट्रोलियम पदार्थको आपूर्ति भने कहिले सुचारु हुने हो !

ठूला दलहरु सरकार बनाउन दौडधूप गरिरहेको बेला संविधान सभामा प्रतिनिधित्व गर्ने साना दलहरुले जनजीविकाका सवालमा सरकारले ध्यान नदिएको भन्दै रोष्ट्रम घेरेका हुन्। उनीहरुले पेट्रोलियम पदार्थको सहज आपूर्ति हुनुपर्ने लगायतका माग राखेका थिए। (more…)

“लिम्बुवान स्थापना गरेरै छाड्छौँ”

Filed under: पाहुनाको पालो — Administrator @ 9:07 am

[अन्तरिम संविधानमा नेपाल संघीय लोकतान्त्रिक गणतान्त्रिक राज्य हुनेछ भनी लेखिएको छ। तर संघीयताको विषयमा कुनै ठोस बहस हुन सकेको छैन अहिलेसम्म। संघीयताको संरचना नै स्पष्ट नभएको बेलामा मानिसहरुले आ-आफ्नो हिसाबले भागवण्डा लगाइसकेका छन्। दलहरु सरकार बनाउन भागवण्डा गरिरहेका छन्। संविधान सभामार्फत् संघीयताको स्वरुपसहित दुई वर्षभित्र संविधान बनाउनु पर्ने लक्ष्य पूरा गर्न झन् कठिन देखिरहेको बेला आफ्नो हिसाबले संघीयतालाई परिभाषित गर्नेहरु कुन हदसम्म जान भित्रभित्रै तयार भइरहेका छन्, त्यसको झल्को यसमा देख्‍न सकिन्छ। आज मधेसको मुद्दा सञ्चारलगायत भारतीय स्वार्थका कारण विदेशी चासको विषय पनि बनेको छ। तर सञ्चारले अहिलेसम्म त्यति वास्ता नगरिरहेको लिम्बुवान क्षेत्रतर्फ भित्रभित्रै कस्तो आगो सल्किरहेको छ, त्यसको चित्र प्रस्तुत गर्न र त्यसमाथि बहस गर्न यो ब्लग यहाँ राखिएको हो। कृपया सभ्य भाषामा यसमाथि टिप्पणी गरिदिनुहोला]

-दीलेन्द्रकुमार तुम्बाहाम्फे-

लिम्बुवान स्वायत्त राज्यको लागि सवालमा दुई कुरा प्रष्ट छ- या छिटो या ढिलो जसरी पनि लिम्बुहरुले पुनर्स्थापना गरेरै छाड्ने छन्। लिम्बुवानको ऐतिहासिक दस्तावेज,राजनीतिक, सांस्कृतिक विषयवस्तुको बारेमा सबैलाई अवगत छँदैछ।

अब समयले कोल्टो फेरेको छ- युग फर्केको छ। विश्वमा कयौँ इतिहास छन् तर नेपालको इतिहासमा प्रायः यिनै सामान्ति शासकहरुको चर्चा बढी हुने गर्छ। यी शासकहरुको इतिहास केलाउन पनि बेकार छ। बेइमान, बेइज्जति,शोषण,नरसंहार र अपराधिक क्रियाकलाप बाहेक अरु केही पनि भेटिँदैन। तर अब समयमको परिवर्तनसँगै लिम्बुवानहरु सक्षम भइसकेका छन्। अहिले सम्पूर्ण लिम्बु संघसंस्था, बुद्धिजीवीहरु, विभिन्न पार्टीमा आवद्ध सबै एकै ठाउँमा मोर्चाबन्द भएका छन्। लिम्बुवान स्वायत्त राज्य पुनर्स्थापनाको लागि बृहत छलफल र बहसपछि सशस्त्र र शान्तिपूर्ण आन्दोलनको लागि एकतामा बाँधिएका छन्। अहिलेलाई शान्तिपूर्ण ढंगले आन्दोलनमा जाने छौँ। (more…)

अब ‘कान्तिपुर’ सिरोहियाको मात्रै

Filed under: समाचार र विचार — Administrator @ 1:54 am


अन्ततः आजबाट कान्तिपुर औपचारिक रुपमा नै फुटेको छ। कान्तिपुरको आजको अङ्कदेखि अध्यक्ष हेमराज ज्ञवाली र निर्देशक विनोदराज ज्ञवालीको नाम हटेको छ। ७० करोड रुपैयाँमा आफ्नो सेयर सबै कैलाश सिरोहियालाई बेचेर ज्ञवाली समूह कान्तिपुरबाट बाहिरिएको हो। लामो समयदेखि चर्चामा रहेको यो प्रकरणले हिजो रातिदेखि औपचारिकता भएको हो। हिजो कान्तिपुर टेलिभिजनको समाचारमा पहिलो पटक कान्तिपुर पब्लिकेशन्स र कान्तिपुर एफएममा रहेको सबै शेयर बेचेर ज्ञवाली समूह बाहिरिएको जानकारी दिइएको थियो। (more…)

फेरि को आयो बम पड्काउन ?

Filed under: समाचार र विचार — Administrator @ 12:34 am

बल्ल बमहरु पडकिन रोकेर मान्छेले शान्तिको महसूस गरिरहेको बेला बुधबार राति फेरि बम पड्‍‍किएको खबर आएको छ। यस पटक बम पड्‍काउनेहरुले सुन्दर पर्यटकीय नगर पोखरालाई रोजेछन्। खबरहरुमा शृङ्खलावद्ध बम विस्फोटन भयो भनिएको थियो। तर त्यसरी शृङ्खला कै रुपमा बमहरु पड्‍‍किएको हैन रहेछ। एकपछि अर्को गर्दै दुई वटा चाहिँ पड्‍केको रहेछ। पोखराको सभागृह चोकस्थित एक चिया पसलअगाडि भएको पहिलो विस्फोटमा पाँचजना घाइते भएछन्। (more…)

August 6, 2008

प्रदिप नेपाललाई स्पष्टिकरण सोधिने

Filed under: समाचार र विचार, यता-उताबाट — Administrator @ 6:28 pm

दिइसकेको राजीनामालाई थाती राखेर खेल मन्त्रीको हैसियतमा प्रदिप नेपाल बेइजिङ गए। त्यसको तरङ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा देख्‍न थालिसके। चिया पसलमा भेटिने नगेन्द्र गड्तौलादेखि लिएर पत्रिकामा लेख्‍ने खगेन्द्र संग्रौलासम्मले यसको विरोध गरिरहेका छन्। पत्रिकाहरुदेखि लिएर माइसंसारका ब्लगमा कमेन्ट लेख्‍नेहरुले समेत प्रदिप नेपालको यस्तो व्यवहारको आलोचना गरेका छन्।

यसै मेसोमा एमालेको हिजो बसेको स्थायी समितिको बैठकले प्रदिप नेपाल बेइजिङ जानु उचित नभएको भन्दै फर्किएपछि स्पष्टिकरण लिने निर्णय गरेको छ। स्मरण रहोस्, भर्खरै सम्पन्न सार्क शिखर सम्मेलनमा राजीनामा दिइसकेका हुनाले एमालेबाट परराष्ट्रमन्त्री रहेका सहाना प्रधान कोलम्बो नजाने निर्णय भएपछि अर्थमन्त्री रामशरण महत उनको ठाउँमा गएका थिए। (more…)

महिनाको एक डलर दिनुस्- महावीर पुन

उत्तम बाबु श्रेष्ठ

महावीर पुनसँगै या उनीभन्दा धेरैपछि नेपालबाट अमेरिका आएका दौँतरीहरु यतै ‘सेटल्ड’ भइसकेका छन्। तर उनी टालेको सुटकेश बोकेर महिनाको एक डलर सहयोग गर्नुस् भन्दै नेपाली बसोबास भएका अमेरिकाका शहरहरु चहार्दै छन्। त्यसो त उनलाई आफ्नो व्यक्तिगत प्रयोजनको लागि पैसा कमाउनु परेको भए उनकै शब्दको यो अवसरै अवसर भएको देश छाडेर अनकन्टार गाँउमा किन जान्थे होला र। सायद यतै घरजम गरी बस्थे होला। उनी त्यस्तो समयमा नेपाल गएका थिए जतिबेला नेपालबाट ह्वार्ह्वार्ती मान्छेहरु विदेशिरहेका थिए द्वन्दको मारमा परेर। उनी भन्दै थिए, “यो पैसा मैले मेरो व्यक्तिगत प्रयोजनको लागि मागेको होइन। अवसरबाट वन्चित नेपालीहरुको लागि र उनीहरुको तर्फबाट मागेको। तपाईँहरु पो अवसरै अवसरको संसारमा हुनुहुन्छ। अवसर पाएकाहरुले नेपालको लागि कम्तिमा एक डलर नेपाल वायरलेस प्रोजेक्टलाई दिनुहोस्। कम्तिमा पाँच वर्षको लागि। त्यति दिएर तपाईहरु पक्कै गरिब हुनुहुन्न।” (more…)

August 5, 2008

अदालतलाई नटेर्ने उपराष्ट्रपति

Filed under: समाचार र विचार — Administrator @ 10:36 pm


संविधानको रक्षा गर्नुपर्ने जिम्मेवारी पाएका वरियता क्रममा देशकै दोस्रो नम्बरमा पर्ने उपराष्ट्रपति जस्तो व्यक्तिले अदालतलाई नटेरेर विवाद र द्वन्द्व बढाउने अनावश्यक काम गरेका छन्। उनले हिन्दी भाषामा किन शपथ खाएको भनी लिखित जवाफ पेश गर्न सर्वोच्चले दिएको सात दिनको म्यादलाई आज अटेर गरेका हुन्।

उपराष्ट्रपति परमानन्द झा सर्वोच्चका पूर्व न्यायाधीश समेत हुन्। पूर्वन्यायाधीश भएकोले पनि अदालतप्रति उनको सम्मान हुनुपर्ने हो। तर पैसाको लोभमा न्यायलाई नै चरेस तस्करको पाउमा अर्पण गरेको आरोप खेपिसकेका झाले उपराष्ट्रपति पदको भने गरिमा राख्‍ने आशा सबैले गरेका थिए। उनले पनि अदालतको आदेश मान्ने बताउँदै आएका थिए अन्तर्वार्ताहरुमा। तर बीचमा के भयो के, अदालतले नै दिएको लिखित जवाफ पेश गर्नु भन्ने आदेशलाई उनले अस्वीकार गरे। राम, श्यामले हैन देशको सर्वोच्च पदमा रहेका व्यक्तिले गरेको यो अटेर त्यतिमा मात्र सीमित छैन, यसले उनीविरुद्ध यसअघि नै देशभर खनिसकेको सर्वसाधारणको आक्रोशलाई फेरि भड्काउन खोजेका छन्। (more…)

आक्रोशको आगो


काठमाडौँको एउटा नगर बसमा यो आगो अचानक लागेको हैन। यो आगो जानाजानी लगाइएको हो। देशमा सरकार कामचलाउ मात्र रहेको बेला कानुन व्यवस्थासमेत कामचलाउन कै लागि रहेको जस्तो देखिन्छ आजभोलि हुने अनेक घटनाहरु। यस्तै एउटा घटना आज बिहान भएको हो। (more…)

विरोध छल्दै बेइजिङतिर

Filed under: समाचार र विचार — Administrator @ 1:18 am

ओलम्पिकमा सहभागी हुन नेपाली टोली सोमबार बेइजिङतर्फ लाग्दा एउटा नौटंकी देखियो। विभिन्न खेल संस्थाहरुले नाराबाजी गर्दै गैर खेलाडीहरुलाई सहभागी हुन रोक्ने प्रयास गरे। तर कडा प्रहरी सुरक्षा घेराको अगाडि उनीहरुको के लाग्थ्यो र। बरु प्रहरीको लाठीचार्जबाट घाइते हुन पुगे उनीहरु। अनि सुटुक्क विमानस्थलको विशिष्ट कक्षबाट पस्दै खेल पदाधिकारीहरु विमान चढ्दै लागे बेइजिङतिर।

विरोध किन भन्नुभएको ? अब हेर्नुस् न, बेइजिङ ओलम्पिकमा सहभागी हुने खेलाडी छन् जम्मा आठ जना। अनि पदाधिकारीहरु छन् २८ जना। लाजै पचाइ हाकाहाकी पुरानै परम्परालाई निरन्तरता दिए उनीहरुले। पदाधिकारीका नाममा बेइजिङ घुम्ने मात्रै हैन, भत्ता पनि पचाउन पाउनेहरुमा खेल संस्थाका टाउकेहरुमात्र हैन, उनीहरुकी श्रीमतिले पनि मौका पाएका छन्।

राजीनामा दिए पनि खेलमन्त्रीका हैसियतमा बेइजिङ जान विमानस्थलमा सुरक्षा घेरामा पुगेका प्रदीप नेपाल र उनकी पत्‍नी झुमा। फोटो सौजन्यः अन्नपूर्ण पोस्ट
(more…)

Next Page »
 Insurance, in law and economics, is a form of risk management primarily used to hedge against the risk of a contingent loss. Insurance is defined as the equitable transfer of the risk of a loss, from one entity to another, in exchange for a premium. An insurer is a company selling the insurance. The insurance rate is a factor used to determine the amount, called the premium, to be charged for a certain amount of insurance coverage. Risk management, the practice of appraising and controlling risk, has evolved as a discrete field of study and practice.In some sense we can say that insurance appears simultaneously with the appearance of human society. We know of two types of economies in human societies: money economies (with markets, money, financial instruments and so on) and non-money or natural economies (without money, markets, financial instruments and so on). The second type is a more ancient form than the first. In such an economy and community, we can see insurance in the form of people helping each other. For example, if a house burns down, the members of the community help build a new one. Should the same thing happen to one's neighbour, the other neighbours must help. Otherwise, neighbours will not receive help in the future. This type of insurance has survived to the present day in some countries where modern money economy with its financial instruments is not widespread (for example countries in the territory of the former Soviet Union). Turning to insurance in the modern sense (i.e., insurance in a modern money economy, in which insurance is part of the financial sphere), early methods of transferring or distributing risk were practiced by Chinese and Babylonian traders as long ago as the 3rd and 2nd millennia BC, respectively. Chinese merchants travelling treacherous river rapids would redistribute their wares across many vessels to limit the loss due to any single vessel's capsizing. The Babylonians developed a system which was recorded in the famous Code of Hammurabi, c. 1750 BC, and practiced by early Mediterranean sailing merchants. If a merchant received a loan to fund his shipment, he would pay the lender an additional sum in exchange for the lender's guarantee to cancel the loan should the shipment be stolen. *

Powered by WordPress