Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फ्याक्ट चेक : धरान पस्न लागेको र्‍याली भन्दै भाइरल भएको फोटो वीरगञ्जको पुरानो रथयात्राको

Posted on August 27, 2023 by Salokya

के तपाईँले पनि धरानमा भइरहेको गोरु काण्ड, त्यहाँ हुन लागेको र्‍याली अनि लगाइएको २४ घण्टे निषेधाज्ञाको समाचारका बीच धरान पस्न लागेको र्‍याली भन्दै साम्प्रदायिक सद्‍भाव भड्किने खालका क्याप्सन लेखी झण्डा बोकेका थुप्रै मानिस हिँड्दै गरेको फोटो सामाजिक सञ्जालमा देख्नुभएको छ? यो फोटो भाइरल भएको छ शनिबार दिउँसोदेखि। पत्याउनु भयो? पख्नुस्, फोटो सही हो। तर त्यसको… Continue reading

असंवेदनशील पत्रकारिता : आत्महत्या प्रयासको समाचार बनाउन होडबाजी

Posted on August 26, 2023August 26, 2023 by Salokya

शनिबार नेपाली अनलाइन मिडियाहरुमा एउटा होडबाजी देखियो, आत्महत्या प्रयासको समाचार कसले पहिला दिने, कसले बढीभन्दा बढी कुरा खुलाएर छरपष्ट पार्ने। उनीहरु को सबभन्दा असंवेदनशील हुने भन्ने दौडमा थिए। जाने बुझेका पत्रकारहरुले नै आफ्नो अनलाइनमा यस्तो व्यवहार देखाएपछि झन् सामाजिक सञ्जालको भीडको त के कुरा गर्नु! उसै पनि एउटा सद्दे मान्छेलाई विचलित बनाउने गरी आएका हुन्छन्… Continue reading

फ्याक्ट चेक : के हो ‘गोरु खाने धराने’ भन्दै हड्डी टोक्दै गरेको भाइरल फोटो/भिडियोको तथ्य?

Posted on August 25, 2023August 25, 2023 by Salokya

सामाजिक सञ्जालमा अहिले एउटा फोटो भाइरल भएको छ जसमा एक महिला ठूलो हड्डी टोक्दै गरेको देखिन्छ। फोटोको साथमा ‘गोरु खाने धराने’ क्याप्सन लेखिएको छ। केही दिनअघि धरानमा गोरु मारेर खाएको विषय सामाजिक सञ्जालमा चर्चाको विषय बनिरहेकै पृष्ठभूमिमा यो फोटो पनि भाइरल भएको हो। तर हाम्रो तथ्य जाँचमा ती महिलाको फोटो गलत दावीका साथ भाइरल भएको… Continue reading

फ्याक्ट चेक : पानी पिएको आरोपमा कुटिएका दलित विद्यार्थीको मृत्यु? भाइरल खबरको तथ्य यस्तो

Posted on August 22, 2023 by Salokya

शिक्षकका लागि राखेको पानी पिएको आरोपमा एक दलित विद्यार्थीलाई पिटियो र उनको मृत्यु भयो। के तपाईँले पनि यस्तो खबर सामाजिक सञ्जालमा देख्नुभएको थियो? यस्तो दावी गरिएको एउटा तस्बिरसहितको पोस्ट अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। यसबारे नेपालफ्याक्टचेकले फ्याक्ट चेक गरेर अर्कै सन्दर्भको फोटो राखेर भ्रामक दाबी गरेको निश्कर्ष निकालेको छ। हेर्नुस् विस्तृत विवरण

जहाँ विकास पछाडि छ, चर्च अगाडि : सुधीर शर्माको २५ वर्ष पुरानो खोजमूलक समाचार

Posted on August 20, 2023August 20, 2023 by Salokya

हिमालखबरले एउटा नयाँ स्तम्भ सुरु गरेको छ- त्यो रिपोर्ट। खोजमूलक तथा गहन रिपोर्ट जसले राजनीतिक, आर्थिक तथा सामाजिक क्षेत्रमा गहिरो छाप छोडे। त्यस्ता पत्रकारको कथा जसले रिपोर्टिङ मार्फत आफूलाई स्थापित गरे। पहिलो भाग सुधीर शर्माको २५ वर्ष पुरानो खोजमूलक समाचारको बारेमा छ। उनले एक्लै १५ दिन धादिङको दुर्गम उत्तरी हिमाली भेग पुगेर तयार पारेको रिपोर्ट… Continue reading

सर्वोच्च अदालतमा हप्ताभरीको पेशीको तथ्याङ्क केलाउँदा के देखियो ?

Posted on August 20, 2023August 20, 2023 by Salokya

नेपालको सर्वोच्च अदालतमा प्रधान न्यायाधीशसहित २१ जना न्यायाधीशको दरबन्दी रहेको छ। तर अहिले १४ जनामात्रै कार्यरत छन्। मुद्दाको चाप भने दिनहुँ बढ्दो छ। यसलाई तथ्याङ्कबाट केलाउँदा कस्तो देखिएला? यसका लागि मैले गएको हप्ता (साउन २८ आइतबारदेखि भदौ १ शुक्रबारसम्म) चढेका सबै पेशी हेरेँ। यो साता कूल १७८७ वटा मुद्दाको पेशी चढेको रहेछ। तथ्याङ्क हेर्दा के… Continue reading

हवाई दुर्घटनाको छानबिन प्रतिवेदनमा खेलाँची : हेर्नुस् कस्तोसम्म भएका छन्

Posted on August 18, 2023 by Salokya

डी. नेपाल – दुर्भाग्यपूर्ण हवाई दुर्घटना नेपालको नियति जस्तै भइसक्यो। अनि सरकार एउटा विस्तृत छानबिन प्रतिवेदन तयार पार्न एउटा समिति बनाउन बाध्य हुन्छ। म ‘बाध्य’ शब्द यसकारण प्रयोग गरिरहेको छु कि सन् १९४४ को शिकागो महासन्धिको दफा २६ ले हवाई दुर्घटनाको अनुसन्धान गर्नै पर्ने प्रावधान राखेको छ। यो अनिवार्य छ। यो सन्धि नभएको भए नेपाल… Continue reading

यतिको नाममा पत्रकारिताको हुर्मत लिइएछ यसरी

Posted on August 16, 2023August 16, 2023 by Salokya

१९ वर्षकी लाक्पा डोल्मा शेर्पा सगरमाथा क्षेत्रको माचेर्मो उपत्यकामा याक चराउँदै थिइन्। कुहिरोले ढाकेको चीसो दिन थियो। एक्लै हिँडिरहेकी लाक्पाले अचानक केही सुसेलेको जस्तो आवाज सुनिन्। उनलाई लाग्यो, आफूलाई भेट्टाउन दाजु आएका होलान्। तर जब उनले अगाडि हेरिन्, त्यहाँ त अहो, यति ! ठूलो, भुत्लैभुत्ला भएको र अनुहार बूढो मान्छेको जस्तो। रिसाएको रहेछ यति। लाक्पा… Continue reading

मदिराको विज्ञापन मुद्दामा नयाँ अपडेट : सर्वोच्चमा पुग्यो सरकारको ‘निवेदन’

Posted on August 15, 2023August 15, 2023 by Salokya

सर्वोच्च अदालतले गएको वर्ष फागुनमा दिएको एउटा अन्तरिम आदेश मिडिया साहुहरुको टाउको दुखाइको विषय भएको छ। यही आदेशपछि उनीहरुले आफ्नो आम्दानीको एउटा ठूलो हिस्सा हुँदै आएको रक्सीका विज्ञापनमा रोक लाग्यो। त्यसो त मिडिया साहुहरुले आदेशलाई अटेर गरी विज्ञापन छापिरहेकै थिए। तर सर्वोच्चको आदेशविरुद्ध कम्पनी नै जान नचाहेपछि उनीहरुले मात्र के गरुन् ! हैरान भएर ‘सम्पादक… Continue reading

अनलाइन न्युजपोर्टलमा ‘क्लिनफिड’ अर्थात् विज्ञापन नदेखिने कसरी बनाउने?

Posted on August 3, 2023 by Salokya

अचेल नेपाली अनलाइन न्युजपोर्टलहरु हेरिसक्नुका छैनन्। दुई लाइन समाचार पढ्यो, भरमार विज्ञापन देखिन्छ। के तपाईँलाई यसो देख्दा दिक्क लाग्छ? न्युजपोर्टलहरु पनि क्लिनफिड अर्थात् विज्ञापन बिनाको भइदिए कस्तो हुन्थ्यो भन्ने लाग्छ? त्यसो त न्युजपोर्टलहरुले तपाईँलाई सित्तैमा समाचार सामग्री दिनसक्नुको एउटा प्रमुख आधार यही विज्ञापन नै हो। तर जसरी आफ्नो न्युजपोर्टलमा कस्तो विज्ञापन राख्ने उनीहरुको अधिकार हो,… Continue reading

जनगणनाले देखायो नेपालका जातजातिको यस्तो चित्र

Posted on July 29, 2023July 30, 2023 by Salokya

हरेक १० वर्षमा हुने जनगणना नेपालमा भयो २०७८ सालमा। तर त्यसको प्रतिवेदन २०७९ को चैतमा मात्र सार्वजनिक भयो। त्यतिबेला जातजाति, भाषा र धर्मसम्बन्धी तथ्याङ्क भने आएको थिएन। त्यो सार्वजनिक हुन भने अझै समय लाग्यो। २०८० साल जेठ १९ गते बल्ल यसको तथ्याङ्क हेर्न पाइयो। सादा तथ्याङ्क हेर्नु र त्यसलाई विभिन्न विश्लेषण गरी चार्ट र म्यापमा… Continue reading

राजनीतिमा पैसाको बढ्दो प्रभाव

Posted on July 21, 2023 by Salokya

सामान्य राजनीतिक गतिविधि गर्न, चुनावको उम्मेदवारी हात पार्न र चुनावमा प्रचारप्रसार लगायतका विभिन्न गतिविधि गर्न पैसा आवश्यक पर्छ। निर्वाचन आयोगले खर्चको सीमा तोकेको भए पनि उम्मेदवारले त्योभन्दा धेरै गुणा बढी खर्च गरेको पाइन्छ। त्यसैले चुनावमा पर्याप्त खर्च गर्न सक्नेलाई बलियो उम्मेदवार ठानिन्छ। पुरुषको तुलनामा महिलासँग शक्ति र सञ्जाल कम हुनुका साथै आर्थिक स्रोतमा पनि उनीहरूको… Continue reading

विरोधको अनौठो उपाय : ट्वाइलेट तालाबन्दी

Posted on July 19, 2023 by Salokya

विरोधका थुप्रै उपायबारे तपाईँहरुलाई थाहै होला। कोही प्रदर्शन गर्छन्, नारा लगाउँछन्, धर्ना बस्छन्, अनसन बस्छन्। अलि आँटिलो भए आमरण अनसनै बस्छन्। कसैकसैले हाकिमको कार्यकक्षमा तालाबन्दी गर्छन्। तर तपाईँले यस्तो विरोधको कार्यक्रम भने शायदै अहिलेसम्म सुन्नुभएको होला। यो अत्यावश्यक विषयको तालबन्दी हो अर्थात् ट्वाइलेट तालाबन्दी।

विधेयक ‘आग्रा’को, बहस ‘गाग्रा’को : माननीयज्युहरु, हामीलाई लाज भो तपाईँहरुको बहस सुन्दा !

Posted on July 14, 2023 by Salokya

विज्ञ सेवा प्रदान गर्नुपर्ने ‘अप्पर हाउस’ मा हिजो माननीयज्युहरुले गरेको बहस सुन्दा उहाँहरुलाई के भयो कुन्नि, हामी सुन्नेहरुलाई चाहिँ लाज भो। विधेयक आग्राको, बहस गाग्राको भएको थियो। अर्थात् विधेयक थियो इकमर्स सम्बन्धी विद्युतीय माध्यमबाट हुने व्यापारसम्बन्धी  कानुनको। बहस गरे विद्युत अर्थात् इलेक्ट्रिसिटी व्यापारको। ठ्याक्कै हेडलाइनमात्र पढेर धारणा बनाउने र  सोसल मिडियामा कमेन्ट गर्ने जमात जस्तै।… Continue reading

मलामी गएको बेलासमेत नछाडेको ‘विवाद’

Posted on July 13, 2023 by Salokya

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको हिजो निधन भयो। हुन त उनी लामो समयदेखि बिरामी अवस्थामै थिइन्। बहालवाला प्रधानमन्त्रीलाई परेको शोकका कारण हिजो यो विषय मिडियामा पनि धेरै आयो। तर, मलामी गएको बेलासमेत विवादले भने छाडेन। हेर्नुस् त कस्तो विषयमा समेत विवाद भएको !

तपाईँले घुस खुवाउनुभएको छ ? १३ वर्षअघिका १७ ‘घुस अनुभव’

Posted on July 10, 2023 by Salokya

के तपाईँले कहिल्यै कतै घुस खुवाउनु भएको छ? कस्तो अवस्थामा घुस खुवाउनु पर्‍यो? कहाँ खुवाउनु पर्‍यो? नेपालको कुन क्षेत्रमा बढी भ्रष्टाचार छ जस्तो लाग्छ? यो प्रश्न १३ वर्षअघि माइसंसारमा सोधिएको थियो। त्यतिबेला यसको जवाफमा १२५ वटा प्रतिक्रिया आएका थिए। आउनुस् हेरौँ त्यतिबेला कस्ता घुस अनुभव पाठकले सुनाएका थिए, छानिएका केही अनुभव हेरौँ र मनन् गरौँ-… Continue reading

जे लेखे पनि हुने हो आर्थिक पत्रकारितामा ?

Posted on July 6, 2023July 6, 2023 by Salokya

देशमा अरु कुरा नफस्टाए पनि ‘बिट पत्रकारिता’ निकै फस्टाएको छ। त्यही मध्ये एक हो- आर्थिक पत्रकारिता। अर्थ अर्थात् धन देखेपछि महादेवका पनि तेस्रो नेत्र खुल्छ भन्ने त उखानै छ। देशमा लगभग ५ सय जना त आर्थिक पत्रकार नै रहेछन्। यो ठ्याक्कै यति नै भनेर भएको तथ्याङ्क होइन। अनुमानित हो। अनुमान लगाउने एक जना आर्थिक पत्रकारको… Continue reading

ललिता निवास प्रकरणमा समाचार पढ्ने र लेख्नेहरुको अलमल

Posted on July 4, 2023July 4, 2023 by Salokya

गएको असार १२ गते प्रहरीले भाटभटेनीका साहु मीनबहादुर गुरुङलाई पक्राउ गरेको खबरसँगै सेलाइसकेको ललिता निवास प्रकरण फेरि बहसमा आयो। तर जेरी झैँ घुमाइएको कारण अझै पनि यो प्रकरणका समाचार पढ्ने र लेख्नेहरुको अलमल प्रष्टै देख्न सकिन्छ। त्यो दिन भाटभटेनीका साहुसहित सात जनालाई पक्राउ गरेको समाचार आएको थियो सुरुमा। तर त्यही दिन साँझ तीन जनालाई प्रहरीले… Continue reading

उपसभामुखको फोटो काण्ड : पत्रकार ‘बायस’ भएपछि बोल्दै नबोलेको कुरा समाचारमा

Posted on July 2, 2023July 2, 2023 by Salokya

संसदमा सभामुखको मात्र फोटो राखियो, उपसभामुखको राखिएन भनेर उपसभामुख इन्दिरा रानाले असन्तुष्टि जनाइन्। संसदमा सभामुखको मात्र फोटो छ, हाम्रो छैन : उपसभामुख राना ‘भित्र पस्नेबित्तिकै त्यहाँ सम्माननीय सभामुखज्यूको यत्रो फोटो राख्नुभएको छ । हाम्रो त छैन । उपसभामुखलाई वायस गरेको जस्तो पनि लाग्छ । यो कुरा मनन गर्नुपर्छ’ उनले भनिन्। शनिबार अनलाइन मिडियाहरु हेर्नुभएको भए… Continue reading

काखमा हुर्किएर कोखमा आक्रमण, सामान्य ‘गुगल सर्च’ गर्न नजान्दा सूचनाको संक्रमण

Posted on June 30, 2023July 1, 2023 by Salokya

हेडलाइन पढ्दा अलि कस्तो कस्तो लाग्यो ? यो त ‘कान्तिपुर’ले जस्तै हेडलाइनमा ‘राइमिङ’ मिलाउन खोजेको क्या। अचेल कान्तिपुरमा गजब गजबका राइमिङ हेडलाइन पढ्न पाइन्छ नि तपाईँहरुले याद गर्नुभएको छ कि छैन ? केही उदाहरण- ओजका लागि राखिएका क्रान्तिकारी नाम बने बोझ, छायाशक्तिमाथि अनुसन्धान छायामा। त्यस्तै एउटा हेडलाइन बिहीबार पढ्न पाइयो-  काखमा हुर्किएर कोखमा आक्रमण। एक… Continue reading

Posts navigation

  • Previous
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • …
  • 276
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme