Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

निर्वाचन आयोगभन्दा छिटो हुन खोज्दा चिप्लिएका मिडिया

Posted on January 26, 2024 by Salokya

निर्वाचन आयोगले राष्ट्रिय सभाको हिजो भएको निर्वाचनको आधिकारिक परिणाम सार्वजनिक गर्नुअघि नै केही अनलाइन मिडियाले परिणाम सार्वजनिक गरेको थियो। ठीकै परिणाम सार्वजनिक गरे त ठीकै पनि हुन्थ्यो होला, तर परिणामै गलत हुने समाचार पो आयो।

कुरो कांग्रेसका कृष्णप्रसाद सिटौलाको हो, जो प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका थिए। तल्लो सदनको निर्वाचनमा हारिसकेका उम्मेदवार भएकोले धेरैको चासो थियो। सुरुवाती मतगणनामा उनी पछि पनि परेको समाचार आएकै थिए। तर जितेका उम्मेदवारलाई पराजित त भन्न भएन नि !सुरुमा हेरौँ नेपालप्रेस। नेपालप्रेसले कोशीमा सिटौलालाई स्तब्ध पार्दै राप्रपाका पौडेल विजयी शीर्षकमा समाचार राखेको थियो।

यसबारे समाचार सोसल मिडियाहरुबाट हटाए पनि हाम्रोपात्रोमा भने अझै छ। हाम्रो पात्रोले सम्बन्धित अनलाइन न्युजपोर्टलको फिड तान्ने भएकोले पहिले जुन हेडलाइन राखेको छ, त्यही देखाउँछ। सम्बन्धित मिडियाले सच्याए पनि पहिले नै तानिसकेको फिड सच्चिँदैन।

हाम्रोपात्रोमा अहिले यस्तो देखिन्छ-

 

सिटौला हारेको समाचार राख्ने अर्को अनलाइन हो नेपालभ्युज।

नेपालभ्युजले ‘राष्ट्रियसभा निर्वाचन : कोशीमा हारे सिटौला, राप्रपाका पौडेल विजयी’ शीर्षकमा समाचार राखेको थियो।

अहिले यो समाचार परिवर्तन गरिसकेको भए पनि हाम्रो पात्रोमा अझै पनि यही हेडलाइन देख्न सकिन्छ।

जितेका सिटौलालाई हारेको बनाउने अर्को अनलाइन हो- न्युजअफनेपाल डट कम। नेपाल समाचारपत्र राष्ट्रिय दैनिकको आधिकारिक अनलाइन न्युजपोर्टलमा

उसले राखेको हेडलाइन थियो- ‘राष्ट्रियसभा निर्वाचन : कोशीमा सिटौलालाई धक्का, राप्रपाका पौडेल विजयी’

हाम्रोपात्रोको फिडमा पनि उसको समाचार यसरी हेर्न सकिन्छ-

जबकि आधिकारिक परिणाम सार्वजनिक गर्दा निर्वाचन आयोगले यस्तो लेखेको थियो-

 

जितेकोलाई हारेको समाचार लेखेपछि मिडियाले के गरे ?

जितेको उम्मेदवारलाई हारेको भन्दै समाचार लेखिसकेपछि मिडियाले त्यसलाई कसरी सच्याए त ?

नेपालप्रेसले पुरानै समाचारको लिङ्कमा हेडलाइन सच्याएर यस्तो राख्यो- ‘कोशीमा गठबन्धनको साख जोगाउँदै सिटौला विजयी’। अनि समाचारको पुछारमा लेख्यो-

यसमा अन्यथा भनेको के हो, खुल्दैन। जबकि पहिले के लेखिएको गल्ती थियो र के हुनुपर्ने थियो भन्ने प्रष्ट खुलाएर पारदर्शी रुपमा मिडियाले भूल सुधार गर्ने विश्वका प्रतिष्ठित मिडियाको चलन छ।

अब हेरौँ नेपालभ्युज।

नेपालभ्युजको नयाँ हेडलाइन यस्तो आयो-

यसमा गल्ती भएको, सच्याइएको- कुनै पनि कुरा लेखिएको छैन। मानौँ गल्ती भएकै छैन। गल्ती राखे पनि कसैले थाहा पाएकै छैन।

अब अन्तिममा न्युजअफनेपाल हेरौँ।

यसमा चाहिँ सबैभन्दा सजिलो उपाय अपनाइएको छ-

अर्थात् गल्ती भएको समाचारै डिलिट गरिएको छ।

मानौँ, गलत समाचार छापिएकै थिएन, कसैलाई थाहै भएन।

गलत भएकोमा गलत भएको हो भनेर स्वीकार गर्न पनि न्युजअफनेपाललाई गाह्रो भएछ।

 

1 thought on “निर्वाचन आयोगभन्दा छिटो हुन खोज्दा चिप्लिएका मिडिया”

  1. बसन्त जैशी says:
    January 30, 2024 at 7:44 pm

    यिनका के कुरा गर्नु? आज न्यायाधिश मरासिनेको निधनमा कर्पोरेट नेपालले यस्तो हेडिङ राखेर खबर लेखेको छ । यि अनलाइन मेडियाहरू खतरनाक रहेछन् । मसङ्ग स्क्रिनशट पनि उपलब्ध छ । तर उजुरि गर्ने ठाउँ पनि छैन । यो पढ्नुहोस् लिङ्कमा पुरा विवरण ।
    https://www.corporatenepal.com/story/247166

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme