Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

केटाले केटी कुट्दै गरेको यो भाइरल भिडियो हेर्नुभएको थियो? भएको के रैछ आउनुस् बुझौँ

Posted on January 19, 2024 by Salokya

केही दिनदेखि सोसल मिडियामा दुई वटा भिडियो भाइरल भएको छ- एउटामा डाँडा जस्तो ठाउँमा एउटा केटाले केटीलाई बेस्कन पिट्दै गरेको देखिन्छ। मुनितिर बजार वा मेला जस्तो लागेको देखिन्छ। रातो सुरुवाल लगाएको केटाले केटीलाई कहिले हातले कहिले लात्तैलात्ताले हानिरहेको हुन्छ भिडियोमा।

त्यस्तै अर्को भिडियोमा बाटोमा हिँड्दै गरेकी उही केटीलाई त्यो केटाले हातपात गरिरहेको हुन्छ। दुवै भिडियोमा अरुले बचाउन आएको देखिन्न।

फेसबुक रिल्स, टिकटकतिर भाइरल भएको यो भिडियोमा यो कहाँको हो, के हो भन्ने बारे केही उल्लेख छैन। खासमा यो भिडियो कहाँको के घटना हो त ?

भिडियोको बारेमा खोज्दै जाने क्रममा हामी दक्षिणपूर्वी एसियाली देश लाओसबाट सञ्चालित ເມືອງຄຳ ຊຽງຂວາງ नामको फेसबुक पेजमा पुग्यौँ जहाँ यो घटनाबारे विस्तृतमा उल्लेख छ। पीडितका थप भिडियोहरु पनि यसमा राखिएको छ।

यसमा लेखिएको लाओ भाषालाई अङ्ग्रेजीमा अनुवाद गरी हेर्दा पाएको जानकारी अनुसार यो घटना भएको रहेछ २०२४ जनवरी १४ मा। लाओसको Xiengkhouang प्रदेशको पेक जिल्लामा जिनजियङ भन्ने जात्राका क्रममा यो भिडियो खिचिएको रहेछ

भिडियोमा कुट्ने लोग्ने रहेछ भने कुटाइ खाने स्वास्नी।

पीडितको नाम रहेछ यङ। उमेर १७ वर्ष। नादी गाउँमा घर भएकी। पीडकको नाम रहेछ गुओ हा। २० वर्षको। नोगी गाउँ निवासी। त्यो केटासित बिहे भएको दुई वर्ष भएको रहेछ। यो तेस्रो पटक रहेछ उसले दुर्व्यवहार भोगेको।

भिडियो हेर्दा तपाईँलाई लाग्न सक्छ, त्यत्रो पिट्दा पनि उनी किन नभागेकी? यो पोस्टका अनुसार उनको आँखामा चोट लागेको थियो। पीडितसँग पछि लिइएको अन्तर्वार्तामा के थाहा भयो भने अरुले सहयोग गर्न नआउनुको कारण त्यो केटोले मसित बन्दूक छ भन्दै थर्काएकोले रहेछ रे।

अहिले उनको उपचार अस्पतालमा भइरहेको भनिएको छ।

प्रहरीले पनि यो बारे विज्ञप्ति जारी गरेको छ। त्यसमा फोनमा अर्को केटासँग कुरा गरेको र जात्रामा अरु केटासँग बसेको भन्दै आफूले कुटेको बयान दिएको उल्लेख छ। तर प्रहरीले खास के कारणले कुटेको हो भन्ने बारेमा चाहिँ अनुसन्धान गर्दै रहेको पनि विज्ञप्तिमा उल्लेख छ।

प्रहरीको विज्ञप्तिको स्क्रिनसट।

भाइरल भिडियोमा बेस्कन चुट्दै गर्दा पनि कसैले बचाउन नआएको देखिए पनि यो पेजले अर्को एउटा पनि भिडियो राखेको छ जसमा पुलिसले हस्तक्षेप गर्दै त्यो केटालाई पक्रेको देख्न सकिन्छ। हेर्नुस्-

अहिले उनको अस्पतालमा उपचार हुँदै गरेको भनिएको छ। जिल्लाको महिला संघका पदाधिकारीहरुले पनि हस्पिटलको बेडमै गएर उनलाई भेटेको फोटो पनि सार्वजनिक भएको छ-

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme