Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कान्तिपुर टिभीले रातारात गायब पारेको एउटा समाचार यस्तो छ

Posted on December 27, 2023December 27, 2023 by Salokya

कान्तिपुर टेलिभिजनको आधिकारिक वेबसाइट कान्तिपुरटिभी डट कममा सोमबार राति एउटा समाचार राखियो। अरु समाचार जस्तै यो समाचारलाई पनि फेसबुक र ट्विटरमा पनि सेयर गरियो।

तर रातारात त्यो समाचारलाई ‘स्यालको सिङ’ बनाइयो।

अहिले तपाईँले त्यो समाचारमा क्लिक गर्नुभयो भने कस्तो हुन्छ, यहाँ क्लिक गरी हेर्नुस्।

आखिर के थियो त्यो समाचार? किन त्यसरी गायब पारियो? जान्न मन भए आउनुस्, म विस्तारमा बताउँछु। इन्टरनेटमा एक पटक राखिसकेको चिज गायब बनाउन धेरै गाह्रो हुन्छ। कतै न कतै त्यो लुकेकै हुन्छ। बस निकाल्न जान्न पर्‍यो।

के थियो समाचार ?

तपाईँहरुलाई थाहै होला अहिले नेपाल सुपर लिग फुटबल प्रतियोगिता भइरहेको छ। सोमबार त्यही प्रतियोगिताको क्वालिफायर खेल थियो धनगढी एफसी र पोखरा थन्डर्स बीच।

यो खेल पोखरा थन्डर्सले जितेको समाचार थियो। खासमा खेल पोखरा थन्डर्सले हारेको थियो।

सामाजिक सञ्जालमा कान्तिपुर टिभीलाई उडाउँदै केही पोस्टहरु भएको थियो। हेरौँ केही स्क्रिनसट-

यो स्क्रिनसट मात्र हेर्दा खास केही बुझिन्न। हेडलाइन मात्र गल्ती भएको हो कि झैँ  लाग्न सक्छ। के रहेछ हेरौँ भनेर कसैले हेर्न खोज्दा समाचार त रातारात स्यालको सिङ जस्तो गायब बनाइ सकियो।

गर्ने के त ?

धन्दा नमान्नुस्, जसले समाचार अहिले हेर्न नमिल्ने गरी गायब बनायो, उसलाई इन्टरनेटमा एक पटक राखिएको कन्टेन्ट कतै न कतै ‘स्टोर’ भएर बस्या हुन्छ भन्ने थाहा भएन जस्तो छ।

यता क्लिक गर्नुभयो भने कस्तो समाचार छापिएको थियो, खुल्छ।

क्लिक गर्न अल्छी लाग्नेलाई समाचार यस्तो थियो भनेर देखाउन स्क्रिनसट नै तल राखेको छु-

गम्भीर गल्ती

समाचार पूरै पढ्दा थाहा हुन्छ, यो सानोतिनो व्याकरण वा हेडलाइन मात्रको गल्ती होइन। यो त खेल पूरै नहेरी त्यसको आधारमा पूरै खेलबारे बनाइएको समाचार हो।

वास्तवमा निर्धारित ९० मिनेटको खेल २-२ १-१ को बराबरीमा टुङ्गिएपछि थपिएको ३० मिनेटमा पनि १-१ गोलको बराबरी भएपछि टाइब्रेकरबाट खेलको विजयी छुट्याउनु परेको थियो।

रोचक के थियो भने एक्स्ट्रा टाइमको लास्ट मिनेट अर्थात् १२० औँ मिनेटमा धनगढी एफसीले गोल गरेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो।

अनि पेनाल्टी सुट आउटमा धनगढीले ४-३ ले खेल जित्यो। खेलको हाइलाइट हेर्नुस्-

तर, कान्तिपुर टिभीले पूरै खेल हेरेनछ। किनकि, समाचारमा यस्तो लेखिएको छ-

खेलको एक सय दुई मिनेटमा जो आइडूले पोखरालाई २-१ को स्थितिमा पुर्‍याएका थिए । त्यसपछि बाँकी गोल हुन नसक्दा पोखरा विजयी भयो । हारका बाबजुद धनगढी प्रतियोगितामा कायम छ । उसले अब दोस्रो सेमिफाइनल खेल्नेछ ।

फाइनल पुग्ने अर्को टिमको टुंगो दोस्रो सेमिफाइनलबाट लाग्नेछ । लिगमा भोली हुने इलिमिनेटरमा ललितपुर सिटीले काठमाडौं रेजर्सको सामना गर्नेछ ।

कान्तिपुर टिभीले भने खेलको एक्स्ट्रा टाइमको अर्थात् १०२ मिनेटको खेलमा भएको गोलसम्म मात्र खेल हेरेछ र त्यसैका आधारमा समाचार लेखीवरी प्रकाशन गरेर त्यसलाई आफ्नो सोसल मिडियामा समेत सेयर गर्न भ्याएछ।

अनि शायद् सोसल मिडियामै आलोचना भएको थाहा पाएपछि गल्ती सच्याउनुको साटो सुटुक्कै समाचार डिलिट गरिदिएछ। सच्याउन पनि के सच्याउनु, पूरै समाचारै गलत छ भन्ने भा हो कि !

मिडियाले गल्ती भएपछि पारदर्शी रुपमा यस्तो लेखिएको थियो, यस्तो हुनुपर्ने हो भन्दै माफी माग्दै गल्ती सुधार्नु पर्छ। पहिला सबैले गर्ने यस्तै थियो। तर अचेल नाम चलेका अनलाइनहरु यसरी सुटुक्क गल्ती सच्याउन र समाचार डिलिट गर्दैनन्। तर कान्तिपुर टिभी भने यो मामिलामा परै रह्यो। उसले आ, कसलाई थाहा हुन्छ र भन्ठानेर हो कि, गलत समाचारै डिलिट गरिदियो।

तर त्यो समाचार इन्टरनेटमा कहिल्यै नमेटिने गरी अमर बनिसकेको छ।

कालान्तरमा यसलाई ‘कान्तिपुर टिभी थर्ड अम्पायर भएर हार्ने टिमलाई जिताएको काण्ड’को रुपमा याद गरिनेछ 🙂

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme