Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

प्रधानमन्त्रीको ४५ मिनेट लामो सम्बोधनमा ‘म’ ४८ पटक, ‘मैले’ १८ पटक

Posted on December 26, 2023 by Salokya

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार बनेको पनि एक वर्ष पुगेछ। आज राष्ट्रका नाममा सम्बोधन गरे उनले ४५ मिनेटभन्दा लामो।

यस्ता कर्मकाण्डी सम्बोधनमा आफ्ना राम्रा कामको बढाइचढाइ गर्ने, नराम्रा कुरा लुकाउने प्रवृत्ति हुन्छन्, त्यो सबैले थाहा पाएकै कुरा हो। मलाई चाहिँ उनले आफ्नो सम्बोधनमा के के शब्द बढी बोले, त्यो केलाउन मन लाग्यो।

जति धेरै शब्द प्रयोग भयो, अक्षर उति ठूलो देखिन्छ माथिको भिजुअलाइजेसनमा। तपाईँले प्रत्येक शब्दमा माउस लगेर राख्नुभयो भने कति पटक उच्चारण भएको हो, त्यो देखाउँछ।

यसबाट हेर्दा के देखियो भने प्रधानमन्त्री दाहालले ‘म’ शब्द ४८ पटक उच्चारण गरेका रहेछन् भने ‘मैले’ शब्द १८ पटक।

गठबन्धन सरकारका सहयात्रीहरु रिसाउलान् फेरि, पूरै ‘म’ केन्द्रित रहेछ भाषण। तेस्रो दल भएर पनि सरकारको नेतृत्व गर्न पाउने भाग्यमानी पो हो त, कहाँ हामी भनिरहनु भन्ने पनि भाको होला कि !

यो बनाउनका लागि प्रधानमन्त्रीको सम्बोधनको पूर्ण पाठ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट डाउनलोड गरेँ। त्यसलाई फ्लोरिसको वर्ड क्लाउड भिजुअलाइजेसन बनाउनेमा राखेँ। र, खास मतलब नहुने शब्दहरु छ, र, पनि, तथा, लागि आदिलाई हटाएँ। त्यसपछि २५० शब्दको लिमिट राखेर यो बनाएँ।

तपाईँलाई सम्बोधन पूरै पढ्न मन लागेको भए यता क्लिक गर्नुस्।

भिडियो हेर्न मन लागेको भए यता क्लिक गर्नुस्।

अझ अलि फूर्सद भए केही मिडियाले गरेको एक वर्षे शासनकालको रिभ्यु पढ्नुस्-

प्रधानमन्त्री प्रचण्ड: तेस्रो शासनकालमा के ‘झनै फस्टायो परिवारवाद’ ? (बीबीसी नेपाली)

सरकारकाे एक वर्ष : असफल शासन, निराश नागरिक (हिमालखबर)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme