Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

टियुलाई वर्ल्ड रेकर्डको सर्टिफिकेट थमाउने संस्थाको वेबसाइटबाट नेपाली मोबाइल नम्बर गायब !

Posted on December 20, 2023 by Salokya

दीक्षान्तमा ‘गिनिज वर्ल्ड रेकर्ड’ भन्दै कसले झुक्याएछ टियुलाई अनि मिडियालाई ? शीर्षकमा यसअघिको ब्लग पढ्नुभएको छैन भने यहाँ क्लिक गरी पढ्नुस्।

मान्छेहरु मात्र हैन, मिडियासमेत टियुको नाम गिनिज बुकमा लेखियो भनेर दङ्ग परेका थिए। तर, गिनिज बुक हैन, ‘अफिसियल वर्ल्ड रेकर्ड’ नामको अर्कै संस्थाले सर्टिफिकेट दिएको रहेछ। यो संस्थाको वेबसाइटमा भेटिएका केही शंका गर्न लायक कुरा त्यो ब्लगमा लेखिएको थियो।

अचम्म त के भयो भने, यो ब्लग प्रकाशन भएपछि एकाएक सम्पर्क ठेगानामा रहेको नेपाली मोबाइल नम्बर हटाइयो। अहिले वेबसाइटको कन्ट्याक्ट असमा अफिसियल हेडक्वार्टर्स इन एसिया भनेर फिलिपिन्स, पाकिस्तान र इन्डिया लेखी इमेल ठेगाना मात्र राखिएको छ।

फिलिपिन्स, पाकिस्तान  र इन्डियाको कुन ठाउँमा हेडक्वार्टर राखिएको छ हो त ? ठेगाना भने खुलाइएको छैन।

ब्लग प्रकाशन हुनु अघि भने त्यसमा यस्तो राखिएको थियो-

अर्काइभ लिङ्क हेर्न यहाँ क्लिक गर्नुस्। 

यो मोबाइल नम्बर हाल बन्द भइसकेको स्मार्ट टेलिकमको हो। ट्रु कलरमा खोज्दा यो नम्बर कसको नाममा देखिन्छ भनेर हेर्दा यस्तो देखियो-

टियु आफै गिनिज बुक भन्दै भ्रम छर्दै

यसैबीच, टियु आफैले आफ्नो आधिकारिक वेबसाइटमा ‘गिनिज वर्ल्ड रेकर्डका प्रतिनिधिहरु दीक्षान्त समारोहमै उपस्थित भई उक्त रेकर्ड दर्ता गराएको’ लेखेको छ।

जबकि गिनिजका कोही प्रतिनिधिहरु दीक्षान्त समारोहमा उपस्थित थिएनन्।

टियुको आधिकारिक वेबसाइटमा प्रमाणपत्र भने उही अफिसियल वर्ल्ड रेकर्ड नामको संस्थाको छ।

हेर्नुस् अर्काइभ लिङ्क।

सरकारी मिडियाले पनि फैलाए भ्रम

बढीमा तीन हाल उपकुलपतिको जिम्मेवारी सम्हालिरहेका उपकुलपति  प्रा.डा शिवलाल भुसालले गिनिज बुककै भगिनी संस्था यो अहिले सर्टिफिकेट दिनेवाला संस्था भएको नेपालप्रेस अनलाइनलाई बताएका थिए।

सरकारी मिडिया नेपाल टेलिभिजनको वेबसाइटमा पनि  गिनिज बुक अफ वर्ल्ड रेकर्डको भगेनी संस्था ओडब्लुआर लेखिएको छ। यो गलत हो। गिनिजको यस्तो भगिनी संस्था छैन।

हेर्नुस् अर्काइभ लिङ्क

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme