Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

भारतीय दूतावासले पत्याएका र नपत्याएका मिडिया (भाग २)

Posted on January 26, 2024January 26, 2024 by Salokya

हेडलाइन हेर्ने बित्तिकै भाग १ चाहिँ खै भन्ने लाग्न सक्छ। त्यसको बारेमा जानकारी सबैभन्दा पुछारमा छ। अहिलेलाई भाग २ सुरु गरौँ।

जनवरी २६ नेपाली मिडियाका लागि सानोतिनो दशैँ नै हो। दशैँमा शुभकामना विज्ञापन पाए जस्तै नेपाली मिडियाले भारतीय दूतावासबाट एउटा फूल पेज विज्ञापन पाउँछन्- त्यहाँको गणतन्त्र दिवसको उपलक्ष्यमा। बरु नेपाली गणतन्त्र दिवस आउँदा खासै चासो नहोला, भारतीय गणतन्त्र दिवसमा विज्ञापन वापत् त पैसा पो आउँछ।

ब्रोडसिट अर्थात् ठूला आकारका राष्ट्रिय दैनिकमा फूल पेज विज्ञापन छाप्ने वा नछाप्ने कुरालाई भारतीय दूतावासले त्यो मिडिया पत्याउँछ कि पत्याउँदैन भनेर थाहा पाउने एउटा आधार हो। यो वर्ष के कस्तो देखियो त?

यो वर्ष कान्तिपुर दैनिकमा भारतीय गणतन्त्र दिवसको विज्ञापन छापेको देखिएन। यो अलि इन्ट्रेस्टिङ कुरा हो। तर मिडिया हाउसैलाई नपत्याएको चाहिँ भन्न मिलेन। किनभने काठममान्डु पोस्टमा अङ्ग्रेजीमा विज्ञापन भने छापिएको छ-

अरु राष्ट्रिय दैनिकहरुमध्ये नयाँ पत्रिका, राजधानी र हिमालय टाइम्स (नेपाली) मा पनि भारतीय दूतावासको विज्ञापन छापेको देखिएन।

यस पटक भारतीय गणतन्त्र दिवसको फूल पेज विज्ञापन छाप्नेहरुमा नागरिक दैनिक, अन्नपूर्ण पोस्ट र नेपाल समाचारपत्र रह्यो।

नागरिक दैनिकमा छापिएको विज्ञापन। 

सरकारी अखबार गोरखापत्र र राइजिङ नेपाल दुवैले फूल पेज विज्ञापन पाएका छन्। यसमा पनि इन्ट्रेस्टिङ के छ भने काठमान्डु पोस्टले राखेको विज्ञापन र राइजिङ नेपालले राखेको विज्ञापन फरक छ। काठमान्डु पोस्टमा हाफ पेजमात्रै दूतावासको कन्टेन्ट छ भने राइजिङ नेपालमा फूल पेज-

अनलाइनहरुमा चाहिँ के छ ?

नेपालखबर अनलाइनले रोडब्लक (अर्थात् होमपेज खुल्नुअघि नै देखिने विज्ञापन) मा भारतीय दूतावासको कन्टेन्ट देखाएको छ।

यसैगरी नेपालखबरले मास्टहेडभन्दा माथि नै भारतीय दूतावासको विज्ञापन राखेको छ-

त्यसैगरी १२खरीले पनि रोडब्लकमा भारतीय गणतन्त्र दिवसको विज्ञापन राखेको छ।

 

त्यस्तै नेपालप्रेसले पनि आफ्नो मास्टहेड (लोगो)को मुनि भारतीय गणतन्त्र दिवसको विज्ञापन राखेको छ-

 

रातोपाटी चाहिँ अलि क्रान्तिकारी देखियो। उसले केएफसीको विज्ञापन भन्दा मुनि मात्रै भारतीय गणतन्त्र दिवसको  विज्ञापन राखेको छ।

विज्ञापन बजार खुम्चिरहेको बेला जे होस् भारतीय गणतन्त्र दिवसले मिडियालाई राम्रै खुराक दिएछ।

अँ, एउटा कुरा भन्दिहालौँ है, यो सबै विज्ञापन देखाउनलाई चाहिँ सुको पैसा माइसंसारले पाएको छैन, यस्तो यस्तो छ भनेर देखाउँदा फोकटमा थप विज्ञापन पो हुन गयो  🙂

तैपनि कुन मिडियालाई भारतीय दूतावासले पत्याउँदो रहेछ भनेर भेउ पाउनु भो होला नि। त्यति भए पुग्यो !

छुटाउनु भएको भए

भारतीय दूतावासले पत्याएका र नपत्याएका मिडिया (भाग १)

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme