अहिले नेपालको ‘हट टपिक’ एमसीसीको विषयमा शक्ति राष्ट्रहरु अमेरिका र चीन वक्तव्यबाजीमा उत्रेका छन्। एकअर्कालाई आरोप-प्रत्यारोप गर्न थालेका छन्। केही दिनअघि मात्रै वाशिङटन डीसीमा अमेरिकी विदेश मन्त्रालयका एक प्रवक्ताले नेपालमा एमसीसीविरुद्ध चीनले खेलिरहेको ठानेको बताएका थिए। हिजो चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले पनि अमेरिकालाई आक्षेप लगाए। चिनियाँ प्रवक्ताले भनेको विषयमा नेपाली मिडियामा फरक फरक अर्थ दिने… Continue reading
आयल निगमले हैन, मिडियाले बढाएछ पेट्रोलियम पदार्थको भाउ
के तपाईँले पनि बुधबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको भाउ बढेको समाचार पढ्नुभएको थियो ? समाचार राख्ने अनलाइन मिडियाहरुको दावी अनुसार बुधबार राति १२ बजेदेखि लागू हुनेगरी प्रतिलिटर पेट्रोल ५.६१, डिजेल ५.६२ र हवाई इन्धन ४.९५ रुपैयाँले भाउ बढाइएको थियो। नझुक्किनुस्, भाउ बढेको छैन। ती समाचारहरु गलत हुन्। यसबारे नेपाल फ्याक्ट चेकमा तथ्य जाँच… Continue reading
मन्त्री आलेको अडियो यसरी भएको रहेछ भाइरल
आज धेरैले बिहान उठ्ने बित्तिकै फेसबुक, ट्विटर, टिकटक जताततै प्रेम आले नै प्रेम आले देखे। अनि अलि खोज्नेहरुले एउटा भिडियो पनि देखे जुन सबैका अगाडि सुन्न नसकिने खालको थियो। मुख छाडेर गाली गरिएको यो भिडियोको आवाज आले कै हो र भन्ने शंका पनि उनको सचिवालयलाई नै कोट गरेर आएको समाचार पढेपछि प्रष्ट हुने नै भयो।… Continue reading
प्रधानन्यायाधीश चोलेन्द्रविरुद्ध महाभियोग दर्ता, अबको प्रक्रिया यस्तो हुन्छ
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध प्रतिनिधि सभामा महाभियोग प्रस्ताव दर्ता भएको छ। आजै यस्तो प्रस्ताव दर्ता हुने कुरा आज बिहानसम्म कुनै मिडियामा वा हल्लामा पनि चुहिएको थाहा थिएन। अकस्मात् बिहान साढे ११ बजेतिर यस्तो खबर मिडियामा आयो। सत्तारुढ गठबन्धनले प्रधान न्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव पेश गर्ने सूचना दिएका हुन्। नेपाली कांग्रेसबाट पुष्पा भुसाल, नेकपा (एकीकृत समाजवादी)बाट जीवनराम श्रेष्ठ… Continue reading
बतासले पठाएको ८ बूँदे ‘नोट’ सारेर ‘कोषका अनुसार’ लेख्दै बाइलाइन समाचार
हाम्रा पत्रकारहरुले बाइलाइन समाचार लेख्दा पनि कस्तोसम्म गर्छन् भन्ने एउटा उदाहरण फेला परेको छ। कुरा बतास समूहको हो। सुरुमा मिडियाले एकोहोरो खेदेका थिए बतासलाई। त्यसपछि लो प्रोफाइलमा बस्ने बतास आफै मिडिया-मिडिया धाएर अन्तर्वार्ता दिएर माहौल आफ्नो पक्षमा ल्याए। हाम्रो मिडिया उही हो फेरि, बोल्न खप्पिस बतासलाई मिडियाले राम्रोसँग प्रश्न सोध्न पनि सकेन। बतास त व्यापारी… Continue reading
श्रद्धाञ्जलि लेख्दै समाचारमा पोस्ट भएको आफ्नो फोटो हटाउन एक युवतीले भोगेको हैरानी
आफ्नो फोटो कुनै वेबसाइटमा ‘हार्दिक श्रद्धाञ्जलि’ लेख्दै पोस्ट भएको देख्नुभयो भने तपाईँलाई कस्तो लाग्ला ? अझ एउटा होइन, दुइटा होइन, अनेक वेबसाइटमा अनि टिकटकमा पनि आफ्नो फोटो मृत्यु भएको समाचारसँग जोडेर राखेको देख्नुभयो भने झन् कस्तो होला ? तपाईँले त्यस्तो अहिलेसम्म भोग्नुभएको छैन, त्यसैले त्यस्तो बेला कस्तो होला अनुमान गर्न सक्नुहुन्न। तर सृष्टि खड्काले केही… Continue reading
कोरोना टेस्ट : पूँजीवादी अमेरिकामा किट फ्री, समाजवादउन्मुख नेपालमा के फ्री?
अमेरिकालाई गाली गर्नु पर्दा हाम्रा नेताहरुले पूँजीवादी भनेर सत्तोसराप गर्छन्। त्यही भएर सबै दलहरुले मिलेर हाम्रो नेपालको नयाँ संविधानमै ‘समाजवादउन्मुख’ लेखेका छन्। यस्ता राजनीतिक वादहरुसँग सर्वसाधारणलाई मतलब हुँदैन। जुनै वाद भए पनि सजिलो हुनुपर्यो। अहिले कोरोनाको महामारी फैलिरहेको बेलामा त्यही पूँजीवादी अमेरिका र हाम्रो समाजवादउन्मुख नेपालको फरक हेरौँ।
माघ १९ : यसरी भएको थियो ज्ञानेन्द्रको ‘कू’, सुन्नुस् १२ वर्षअघि त्यो ऐतिहासिक दिन बीबीसीको समाचार
२०६१ सालमा आजैको दिन (माघ १९) मा राजा ज्ञानेन्द्रले शेरबहादुर देउवाको सरकारलाई दोस्रो पटक बर्खास्त गरी सत्ता तीन वर्षका लागि आफ्नै हातमा लिने घोषणा गर्दा परिस्थिति सामान्य थिएन। घोषणालगत्तै ल्यान्डलाइन फोन र मोबाइल फोनका साथै इन्टरनेट सम्पर्क पनि विच्छेद गरिएको थियो। प्रिपेड मोबाइल त महिनौँसम्म बन्द नै रहे। विमानस्थल पनि बन्द गरिएको थियो। केबल टिभी… Continue reading
नेपालीलाई अराइभल भिसाबारे पत्रकार देवप्रकाश त्रिपाठीको दावी गलत
घटना र विचार साप्ताहिक तथा अनलाइनका प्रधान सम्पादक देवप्रकाश त्रिपाठीले ‘यस्तो हुन्छ माफियातन्त्र !‘ शीर्षकको लेखमा नेपालीले दुई वटा एसियाली र केही अफ्रिकी देशमा मात्र अराइभल भिसा पाउने दावी गरेका छन्। उनले लेखेका छन्- ‘भियतनाम, श्रीलंका र केही अफ्रिकीबाहेक अन्य कुनै पनि मुलुकमा नेपालीलाई अराइवल भिसाको सुविधा छैन।’ के उनको दावी सही हो ? हामीले… Continue reading
रमेश प्रसाइँको अपरेसनको ‘फेक न्युज’ भाइरल, कसले र किन लेख्छन् यस्ता गलत कुरा?
के तपाईँले पनि सामाजिक सञ्जालका चर्चित पात्र तथा हाल लालमोहर नामको टिभी कार्यक्रमका होस्ट रमेश प्रसाइँको आँखाको शल्यक्रिया सफल भएको खबर देख्नुभएको थियो? हिजोदेखि यस्तो खबर फेसबुकमा भाइरल भएको छ। भाइरल खबरमा नेपालकै टप आँखा चिकित्सकहरु मिलेर रमेश प्रसाईको आँखाको शल्यक्रिया सफल पारेको, आँखा देखे लगत्तै खुशी हुँदै सबैभन्दा पहिला छोरी र पत्नीलाई हेरेको, शल्यक्रिया सफल… Continue reading
फेसबुकमा ज्ञानेन्द्र शाहीले फैलाएको भ्रामक सूचना
फेसबुकमा ३ लाख ७५ हजारभन्दा बढी फलोअर भएका ज्ञानेन्द्र शाहीले शनिबार लेखेका छन्, ‘भारतको सिक्किममा नेपाली भाषालाई राष्ट्रिय भाषा घोषणा गरिएको छ।’ उनकै स्टायटस साभार गर्दै केही फेसबुक पेजहरुले पनि यही दावी सेयर गरेका छन्। तर हाम्रो फ्याक्ट चेक (तथ्य जाँच)मा उनको यो दावी भ्रामक देखिएको छ।
‘बाइक’लाई जोरबिजोर लाग्ने, ‘बस’लाई नलाग्ने किन भन्नेहरुका लागि सिडिओले दिने ‘लजिक’
काठमाडौँ उपत्यकाका तीन जना सिडिओहरुले नयाँ आदेश निकाल्दै शनिबारदेखि जोरबिजोर प्रणाली हटाए। तर सबैतिरको जोरबिजोर प्रणाली हटाइएको भने होइन। सार्वजनिक सवारी साधनमा मात्र हटाइएको हो। सार्वजनिक भन्दैमा फेरि सबै सार्वजनिक पनि होइन रहेछ, ट्याक्सीमा जोरबिजोरै छ। अहिले लकडाउन हैन, अफिस र अरु व्यवसाय खुलेकै छन्। कोही मान्छे मोटरबाइकमा यात्रा गर्दा कोरोना सर्ने जोखिम हुन्छ कि… Continue reading
भूगोल नबुझेको पत्रकारले समाचार लेख्दा ‘अनलाइनखबर’ आफूमात्र डुबेन, अरुको पनि भयो बिजोग
अनलाइनखबरमा आज (२०७८ माघ १४ गते) एउटा समाचार आएको छ- ट्याक्टरमा बस ठोक्किंदा २४ जना घाइते। समाचारको पहिलो दुई वाक्य यस्तो छ- सर्लाहीको हरिवन नगरपालिका–९ सुकेपोखरीमा बस र ट्याक्टर ठोक्किंदा २४ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये एक युवतीको अवस्था गम्भीर छ । भैरहवाबाट वीरगञ्ज आउँदै गरेको लु २ ख ४७५७ नम्बरको बस, बिग्रिएर… Continue reading
नौ जना युट्युबरविरुद्ध युट्युबरकै गाली बेइज्जती मुद्दा खारेज
नौ जना युट्युबरविरुद्ध ६ जनाले दायर गरेको गाली बेइज्जती मुद्दा काठमाडौँ जिल्ला अदालतले खारेज गरेको छ। प्रेम पुन, सागर बहादुर थापा, कमल बस्नेत, खगेन्द्र खरेल, जनककुमार थापा र दिपेश जिरेलले गएको भदौ १० गते नौ जना युट्युबरसहित थप दुई जना गरी कूल ११ जनाविरुद्ध मुद्दा दायर गरेका थिए।
यसकारण भ्रामक छ भाइरल भएको ‘ओमिक्रोनले नै कोभिड महामारी अन्त्य गराउँछ : डब्लुएचओ’ शीर्षकको समाचार
सोमबार एउटा समाचार निकै भाइरल भयो सामाजिक सञ्जालमा। ‘ओमिक्रोनले नै कोभिड महामारी अन्त्य गराउँछ : डब्लुएचओ’ शीर्षकमा यो समाचार थुप्रै नाम चलेका, नचलेका सबैखालका अनलाइनहरुमा आएका थिए। दुई वर्षदेखि दिक्क बनाइरहेको कोभिड-१९ महामारी अन्त्य हुने निश्चित भए त गज्जबकै खुशीको कुरा हो नि। त्यही भएर होला धेरैले खुसीको खबर लेख्दै यस्ता समाचार सेयर गरेको पनि… Continue reading
कसले बोलायो शनिबार सर्वदलीय बैठक? स्रोतले ! मिडिया चिप्लेका कि चिप्ल्याइएका?
शुक्रबार मिडियामा खबर आयो- प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार बिहान सर्वदलीय बैठक बोलाएका छन्। शनिबार बिहान एमालेले आफ्नो पार्टीलाई सर्वदलीय बैठक बारे कुनै जानकारी प्राप्त नभएको बतायो। त्यस लगत्तै समाचार आयो- शनिबार प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएकै थिएनन्। बोलाउँदै नबोलाएको भए कसरी समाचार आयो त ? मिडिया आफै चिप्लेका हुन् कि कसैले चिप्ल्याइदिएका हुन्? यसो खोज्न… Continue reading
प्रहरीले नै गर्यो कानुनको उल्लङ्घन अनि मिडिया लाग्यो पछि-पछि
प्रहरीको काम त कानुन कार्यान्वयन गर्न सघाउने पो हो, कहाँ कानुन उल्लङ्घन प्रहरी आफैले गर्छ? धेरैलाई यस्तो लाग्ला। तर यस्तो नहुनु पर्ने कुरा पनि भएको देखियो। अनलाइनबाट नेपालमा बसी विदेशमा जुवा खेलाउनेहरु पक्राउ परेको समाचार हिजो तपाईँले पनि पढ्नुभयो होला। धेरै मिडियामा आएको छ यो समाचार। यो बारे जानकारी दिने क्रममा प्रहरीले नै कानुन उल्लङ्घन… Continue reading
हरे, आफ्नै सम्पादकको स्वास्थ्य अवस्था समेत स्रोतले जनाउनु पर्ने यो कस्तो पत्रकारिता !
स्वास्थ्यका कारण गएको हप्ता केही लेख्न नसके पनि फेसबुक स्क्रोल खुब गरियो। अनि त्यहाँ देखिएका अनेक अनलाइनहरुका समाचार क्लिक गरियो। त्यही क्रममा यो एउटा समाचार पढेर केही लेखौँ झैँ भएको थियो। तर कोरोनाले जाँगर चल्ने बनाए पो ! समाचार कोरोना संक्रमणकै बारेमा थियो। जुन अनलाइनमा यो समाचार प्रकाशित भएको थियो, त्यही अनलाइनका प्रधान सम्पादकलाई कोरोना… Continue reading
कोरोना भाइरसको दोहोरो संक्रमण : पहिले र अहिले के फरक पाएँ मैले ?
जीवनमा धेरै कुराको अनुभव हुनुपर्छ। विश्वमै हलचल मच्चाउने ‘कुख्यात’ रोग लाग्नुको अनुभव चाहिँ जतिसक्दो नभएकै राम्रो। तर त्यसो भनेर के गर्नु, नलागोस् भन्दाभन्दै लागि त गो। जम्मा १५ महिनाकै अन्तरमा दोस्रो पटक कोरोना भाइरसले शरीरमा आक्रमण गर्यो। त्यो पनि ‘लाग्यो होला नि त’ भन्ने मात्र नभई पीसीआर परीक्षणबाटै पुष्टि भएकोवाला। पहिलो लहरका बेला सन् २०२०… Continue reading
मिडिया अवार्ड-अग्रजले माने, अनुजले हाने : १७ जनाको नाम बोलाउँदा १३ अनुपस्थित
गएको हप्ता मिडिया जगतमा सबैभन्दा चर्चाको विषय बन्यो : नेपाल मिडिया अवार्ड २०७८। ‘अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन’ नारा राखिएको यो अवार्ड यति विवादास्पद भयो कि ‘अग्रजले माने,अनुजले हाने’ हुन पुग्यो। पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ पनि विवादमा पर्यो। तीन जना अग्रजलाई लाइफटाइम एचिभमेन्ट सम्मान प्रदान गर्ने घोषणा गरिएको थियो। उनीहरुले केही भनेनन्। शनिबार भएको… Continue reading