स्वास्थ्यका कारण गएको हप्ता केही लेख्न नसके पनि फेसबुक स्क्रोल खुब गरियो। अनि त्यहाँ देखिएका अनेक अनलाइनहरुका समाचार क्लिक गरियो। त्यही क्रममा यो एउटा समाचार पढेर केही लेखौँ झैँ भएको थियो। तर कोरोनाले जाँगर चल्ने बनाए पो !
समाचार कोरोना संक्रमणकै बारेमा थियो। जुन अनलाइनमा यो समाचार प्रकाशित भएको थियो, त्यही अनलाइनका प्रधान सम्पादकलाई कोरोना संक्रमण भएको पुष्टि भएको विषयमा समाचार रहेछ यो। मन्त्रीलाई कोरोना लागेको समाचार बन्ने, नेतालाई कोरोना लागेको समाचार बन्ने, हाम्रो आफ्नै प्रधान सम्पादकलाई कोरोना लागेको समाचार किन नबन्ने भन्ने लाग्यो होला समाचार लेख्नेलाई। ओके छ त- आफ्नै अनलाइन, आफ्नै स्पेस। तर समाचार पढ्दै जाँदा भने ‘हरे’ भन्न कर लाग्यो।
समाचारमा लेखिएको रहेछ- हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको पारिवारिक स्रोतले जनाएको छ।
यसो सर्सर्ती पढ्दा त सामान्य नै छ। तपाईँहरुले धेरै यस्ता समाचारहरु पढ्नुभएको होला- स्रोतका अनुसार, स्रोतले जनाएको छ भन्दै। अझ कतिमा त उच्च स्रोतले बताएका हुन्छन्। तल्लो स्रोतले चाहिँ बताउँदैनन् कुनै पनि न्युजमा। सधैँ उच्च स्रोत नै हुन्छ।
यसमा पनि ‘पारिवारिक स्रोत’ लेखिएको छ, के बिग्रियो भन्ने लाग्न सक्छ कसैकसैलाई।
मलाई चाहिँ पढ्ने बित्तिकै हाँसो लाग्यो। अनि ‘हरे, कस्तो पत्रकारिता’ भन्ने लाग्यो। बेनामे स्रोतको प्रयोग विश्वभरका पत्रकारितामा नहुने होइन। तर यसको प्रयोग जथाभावी गर्न नहुनेतर्फ पनि सचेत हुनुपर्छ।
विशेष गरी कुनै जानकारी सार्वजनिक रुपमा नदिई नहुने र त्यस्तो जानकारी दिनेको परिचय खुलाउँदा उसलाई अप्ठेरो पर्ने भएमा बेनामे स्रोतको प्रयोग गर्ने सर्वमान्य सिद्धान्त हो। अहिले त त्यसमा पनि कडाइ गरिएको छ। न्युयोर्क टाइम्समा बेनामे स्रोतको दुरुपयोग भएको कुराहरु उठेपछि बनाइएको नयाँ गाइडलाइनमा कम्तिमा एक जना सम्पादकले त्यो स्रोतको परिचय थाहा पाउनु पर्ने लेखिएको छ।
वासिङ्गटनमा कार्यालय भएको अनलाइन न्युज एसोसिएसन (ओएनए) ले बेनामे स्रोतको प्रयोग अगाडि यी प्रश्नमा ध्यान दिनुपर्ने उल्लेख गरेको छ-
What is the source’s reason for wanting not to be identified?
Is the information available elsewhere?
Do you trust the source?
Will the information come out soon anyhow?
Is the source eager or reluctant?
Is the source powerful or vulnerable?
Are the source and information worth going to jail for?
समाचार एजेन्सी एपीले बेनामे स्रोत प्रयोग गर्नका लागि तीन वटा शर्त राखेको छ-
1. The material is information and not opinion or speculation, and is vital to the report.
2. The information is not available except under the conditions of anonymity imposed by the source.
3. The source is reliable, and in a position to have direct knowledge of the information.
त्यति मात्र होइन, बेनामे स्रोत प्रयोग गर्न चाहने रिपोर्टरले आफ्ना न्युज म्यानेजरसित अनुमति पनि लिनु पर्ने एपीको गाइडलाइनमा उल्लेख छ।
अब यो समाचारमा हेरौँ है। एक त यो अरु कसैको समाचार नभएर आफ्नै प्रधान सम्पादकको समाचार हो। त्यसमाथि प्रधान सम्पादकको ‘स्वास्थ्य अवस्था सामान्य रहेको’ भन्ने जानकारी त्यस्तो विधि लुकाएर राख्नु पर्ने, त्यो जानकारी दिँदा दिने मान्छेलाई खतरा नै हुने खालको जानकारी पनि होइन। यस्तो सामान्य समाचारमा पनि नामै उल्लेख नभएको स्रोत प्रयोग गर्नुको के तुक?
यसले त पत्रकारहरुले आफूलाई मनमा लागेको कुरा ‘स्रोतले जनाएको’ भन्दै लेख्ने गर्छन् भन्ने आरोपलाई पो बल पुर्याउँछ त।
आफ्नै प्रधान सम्पादकको स्वास्थ्य अवस्था त चिकित्सकलाई सोधेर वा प्रधान सम्पादकलाई नै सोधेर लेखे त भइगो, परिवारका कसैलाई सोधेर नाम लेखिदिएको भए त नाम आयो भनेर खुसी पनि हुन्थे होला परिवारका सदस्य। कहाँ पारिवारिक स्रोत प्रयोग गरिराको?
यही पारा हो भने त यस्ता समाचार पनि आउन बेर छैन-
अहिले काठमाडौँमा पानी परिरहेको स्रोतले जनाएको छ।
घाम लागेपछि बिस्तारै जाडो घट्ने मौसम स्रोतले जनाएको छ।
सोमबारको भोलिपल्ट मंगलबार आउने क्यालेन्डर स्रोतले जनाएको छ।
ज्वरो आएपछि सिटामोल खानु पर्ने डाक्टर स्रोतले जनाएको छ।
यो ब्लग पढेपछि ‘त्यसका बाजे, यही अजासुलाई सबै थाहा भए झैँ गर्छ’ भन्दै समाचार लेख्ने मान्छे बेपत्तै रिसाएको स्रोतले जनाएको छ 🙂
स्रोत सम्बन्धी पुराना ब्लग
कुलमान आयो, कुलमान आयो – ‘फेक न्युज’हरुले झुक्याएर ‘फुस्सा’ बनाउने रणनीति?
Mysansar.com is more into finding others faults than writing new and informative blogs. Most of the post these days in Mysansar.com focuses on showing faults of other people. I do not think readers are interested in reading others mistakes.
“Seen by many as an antidote to mainstream media”
Did you not read it at the very beginning of the blog?
If not by mysansar, then who else, in your opinion, should point out the anomalies and inconsistencies?
I encourage mysansar to continue to provide the rare and valuable services the readers by serving as an antidote to so called heavily sponsored and biased media.
If Dhamala can be called वरिष्ठ पत्रकार anyone with a loud mouth and right connection with no hesitation for embarrassment can become a senior journalist. That said, I just watched Bijay Kumar’s interview with Dr Minendra Rijal. What a waste of air time! एउटा आत्मारतिमा रमाउने, अर्को सामान्य कुरोमा वोल्न पनि वारम्वार जोखिम देखने! सही कुरा वोल्न पनि त्यस्तो हिचकिचाहट देखाउनेले किन पलिटिसिअन हुनपरेको होला? यस्तो पढेलेखेका संसार डुलेका वुझेकालाई देउवाले अहिले चुप्पो लाएर बसनू, कुनै पद दिउला भनेर त हैन होला, जुन आगामी दिनहरुले वताउला।
वाह क्या जोडी नेपाली भिवर्सको वुझने र जंचने क्षमतालाई नजरअन्दाज तेस्तरी गरिदिन मिल्छ?
मेन स्ट्रीम भन्दैमा जे पायो त्यै घुसाउन मिल्दैन। कसैले त औउल्याउन परो नी।
सही कुरो। जो पायो त्यही पत्रकार हुनेले केही पाठ सिक्नेछन।
यसै मा्र्फत अर्को मुददा उठाउने अनुमति चाहन्छु। प्रतिपक्छ एमालेको संसद अवरोधले संसद नचलेको अवस्था छ। लोकतन्त्रको धरोहर, जनप्रतिनिधिले राख्ने संसदमा लामे अवरोध नाजायज छ। हल्का वार्ताको पहलकदमीले एमाले मान्नेवाला छैनन। मुद्दा मांग जे छन, संसदको सेसनमा टुंगो लाउनपर्छ।
एउटा सुझाव राखेको छु। No work, no pay.
संसदले काम नगरे तलव भत्ता वन्द गरिने चाप नागरिक समाज र जनतावाट सिर्जना गर्नपरो। प्रतिपक्ष र सत्तापक्ष
कसैले पनि भनौ पाचॅ दिन बढी संसद अवरोध गरे तलव भत्ता र सविधा वन्द ताका निषेध गरिनपर्छ प्रेसर सांसदहरु बाट आउन सक्छ।
संसद चल्न दिएन भनेर अर्ली ईलेक्सनको जस्टीफिक्सन उचित छैन।
हाम्रा देशहित चिन्तक र लोकतंत्रका हिमायती मेडिया र सम्पादकहरुले यस विषयमा लेख्न आह्वान गर्दछु।