Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपालीलाई अराइभल भिसाबारे पत्रकार देवप्रकाश त्रिपाठीको दावी गलत

Posted on February 1, 2022February 1, 2022 by Salokya

घटना र विचार साप्ताहिक तथा अनलाइनका प्रधान सम्पादक देवप्रकाश त्रिपाठीले ‘यस्तो हुन्छ माफियातन्त्र !‘ शीर्षकको लेखमा नेपालीले दुई वटा एसियाली र केही अफ्रिकी देशमा मात्र अराइभल भिसा पाउने दावी गरेका छन्।

उनले लेखेका छन्- ‘भियतनाम, श्रीलंका र केही अफ्रिकीबाहेक अन्य कुनै पनि मुलुकमा नेपालीलाई अराइवल भिसाको सुविधा छैन।’

के उनको दावी सही हो ? हामीले यसबारे तथ्य जाँच गरेका छौँ।


घटना र विचारको फेसबुक पेजमा सेयर गरिएको पत्रकार त्रिपाठीको यो लेख जनवरी ३१, २०२२ को रातिसम्म १५६ पटक सेयर गरिएको छ भने ५ सयभन्दा बढी रियाक्सन छन्। त्यस्तै ३९ वटा कमेन्ट यसमा देखिन्छ।

सोही लेखको एउटा अंशमा उनले नेपालीलाई भियतनाम, श्रीलंका र केही अफ्रिकी देशमा मात्र अराइभल भिसाको सुविधा भएको उल्लेख गरेका छन्।

के हो तथ्य ?

इन्टरन्यासनल एयर ट्रान्सपोर्ट अथरिटी (आइएटीए) को तथ्याङ्कका आधारमा हेन्ली पासपोर्ट इन्डेक्सले सन् २०२२ को सूचीमा नेपालको पासपोर्ट विश्वकै कमजोर देखाएको सत्य हो। इन्डेक्समा नेपालको पासपोर्ट १०५ औँ नम्बरमा छ। तर पत्रकार त्रिपाठीले दावी गरे जस्तो भियतनाम, श्रीलंका र केही अफ्रिकी देशमा मात्र नेपालीलाई अराइभल भिसाको सुविधा भएको होइन।

इन्डेक्सका अनुसार नेपालको पासपोर्टबाट ३७ वटा देशमा बिना भिसा वा अन अराइभल भिसामा जान सकिन्छ।

एसियामा बंगलादेश,  कम्बोडिया,  लाओस, माल्दिभ्स र पूर्वी टिमोरमा अन अराइभल भिसामा नेपाली पासपोर्टवाहक जान सक्छन् भने  भारत, इन्डोनेसिया, पाकिस्तान, फिलिपिन्स र सिङ्गापुरमा बिना भिसा यात्रा गर्न सकिन्छ।

त्यसैगरी दक्षिण अमेरिकी देश बोलिभियामा पनि नेपालीलाई अन अराइभल भिसाको सुविधा छ।

क्यारेबियन देशहरु डोमिनिका, हाइटी र सेन्ट भिन्सेन्ट तथा ओसेनियाका कुक आइल्यान्डस, माइक्रोनेसिया, नियोएमा बिना भिसा यात्रा गर्न सकिन्छ भने ओसेनियाका समोआ, पलाउ आइल्यान्डस् र टुभालुमा भिसा अन अराइभलको सुविधा छ।

हेन्ली ग्लोबलको वेबसाइटको स्क्रिनसट। 

तथ्य जाँच

दावी : भियतनाम, श्रीलंका र केही अफ्रिकीबाहेक अन्य कुनै पनि मुलुकमा नेपालीलाई अराइवल भिसाको सुविधा छैन।

तथ्य : मिथ्या सूचना। हेन्ली पासपोर्ट इन्डेक्सका अनुसार नेपाली पासपोर्टबाट बिना भिसा वा अन अराइभल भिसामा जान पाउने देशको संख्या ३७ छ। अफ्रिका बाहेक एसिया, दक्षिण अमेरिका, क्यारेबियन र ओसेनियाका देशमा पनि बिना भिसा वा अन अराइभल भिसामा जान सकिन्छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme