Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कोरोना टेस्ट : पूँजीवादी अमेरिकामा किट फ्री, समाजवादउन्मुख नेपालमा के फ्री?

Posted on February 3, 2022February 1, 2022 by Salokya

अमेरिकालाई गाली गर्नु पर्दा हाम्रा नेताहरुले पूँजीवादी भनेर सत्तोसराप गर्छन्। त्यही भएर सबै दलहरुले मिलेर हाम्रो नेपालको नयाँ संविधानमै ‘समाजवादउन्मुख’ लेखेका छन्।

यस्ता राजनीतिक वादहरुसँग सर्वसाधारणलाई मतलब हुँदैन। जुनै वाद भए पनि सजिलो हुनुपर्‍यो।

अहिले कोरोनाको महामारी फैलिरहेको बेलामा त्यही पूँजीवादी अमेरिका र हाम्रो समाजवादउन्मुख नेपालको फरक हेरौँ।

केही दिनअघि हाम्रो स्वास्थ्य मन्त्रालयले यस्तो सूचना निकालेर आग्रह गर्‍यो-

pic.twitter.com/xIMtNmzhbO

— Ministry of Health & Population, Nepal (@mohpnep) January 30, 2022

यो भनेको आफ्नै खर्चमा कोरोनाको एन्टिजेन परीक्षण गर्ने संघसंस्था र व्यक्तिलाई त्यसको जानकारी सरकारलाई दिन गरिएको अनुरोध हो।

सरकारले हामी जनतालाई एसएमएस गर्दा पैसा नलाग्नेसम्म चाहिँ गरिदिएको छ है।

अब पूँजीवादी देश अमेरिकातिर जाउँ। यो अमेरिकी राष्ट्रपतिको ट्विट हेर्नुस्-

Folks, you can now order free COVID-19 tests right to your home. Head to https://t.co/12LzJrqFsC to get yours today. pic.twitter.com/y1Z54nAltV

— President Biden (@POTUS) January 20, 2022

पूँजीवादी अमेरिकाले त्यहाँका हरेक घरमा चार वटा त्यस्तो परीक्षण गर्ने किट घरैमा सित्तैमा पठाउने घोषणा हो यो। एउटा वेबसाइटमा आफ्नो ठेगाना भरेर अर्डर गरेपछि त्यस्तो किट घरैमा ल्याइदिने रहेछ।

पूँजीवादी अमेरिकामा टेस्ट किट सित्तैमा।

समाजवादउन्मुख नेपालमा आफैले किट किनेर परीक्षण गरेर त्यसको नतिजा बारे जानकारी दिनलाई एसएमएस सित्तैमा।

यस्तो किटको बजारमा ५ सयदेखि १५ सयसम्म व्यापारीले ठटाउने गर्छन् सर्वसाधारणलाई।

कागजमा त सर्वोच्च अदालतले परीक्षण सबैलाई निःशुल्क गराउनु भनेर आदेश दिएको हो। तर लागू भए पो। बल्ल बल्ल पहिले ५५ सय तोकिएको पीसीआर परीक्षण पछि २ हजार र अहिले १५ सयमा झारिएको छ निजीमा। सरकारीमा अहिले पनि ८ सय छ।

अब राजनीतिक वादलाई गाली गर्दै बसेर भो त। जुनसुकै वाद होस्, जनतालाई खान, लाउन, बाँच्न सहज पो हुनुपर्‍यो हैन र ?

4 thoughts on “कोरोना टेस्ट : पूँजीवादी अमेरिकामा किट फ्री, समाजवादउन्मुख नेपालमा के फ्री?”

  1. नर says:
    February 6, 2022 at 8:38 pm

    २४ लाख खोप हराउनु सामान्य कुरो होईन। तर यसको खोज र फलो अप किन भईरहेको छैन?

    Reply
  2. soaltee says:
    February 4, 2022 at 7:59 pm

    जुनसुकैइ वाद आओस नेपालमा सबै भ्रस्तचार वाद भए ।
    संसारका धेरै देश मा यो सु बिधा छ ,घर्को दैलो मा ल्याईदिन्छ आँफै टेस्ट गरेर पोस्ट गर्ने हो । अली छिट्तो को रिजल्ट चाहिएको मा नजिकै टेस्टइङ सेन्टर मा गएर पनि गर्न सकिन्छ ।

    Reply
  3. soaltee says:
    February 4, 2022 at 7:58 pm

    Very true ,not only in the USA,many other European countries provide free health services,
    in the UK,NHS provide free health services .You don’t have to spend a single penny for any major surgeries ,cancer,kidny dialysis etc.free medications and treatment for long term illness like diabetes, high blood pressure,kidney failure etc.
    When can Nepal provide free health services to the public ?????

    Reply
  4. Rashmi Pokharel says:
    February 4, 2022 at 10:46 am

    निस्चयनै!अमेरिकाको के कुरा गर्नु हामी जस्ता बिदेसि विद्यार्थीहरुलाई पनि अाइपर्ने बिपद सम्बन्चमा ब्यक्तिगत रुपमै सुचना दिनकासाथै पूर्व तयारी र आवश्यक सामाग्री बसोवास गरेकै स्थानमा ल्याइदिन्छन। यो हेर्दा नेपालमा सरकार छ भन्नेकुरामा नै संका उत्पन्न हुन्छ। हाम्रा दाजुभाइहरु भने लठ्ठक नेताहरुको बोलिमा लोली मिलाएर अमेरिकालाई गाली गर्दैमा ठीक छ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme