Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

माघ १९ : यसरी भएको थियो ज्ञानेन्द्रको ‘कू’, सुन्नुस् १२ वर्षअघि त्यो ऐतिहासिक दिन बीबीसीको समाचार

Posted on February 2, 2022February 1, 2022 by Salokya

२०६१ सालमा आजैको दिन (माघ १९) मा राजा ज्ञानेन्द्रले शेरबहादुर देउवाको सरकारलाई दोस्रो पटक बर्खास्त गरी सत्ता तीन वर्षका लागि आफ्नै हातमा लिने घोषणा गर्दा परिस्थिति सामान्य थिएन। घोषणालगत्तै ल्यान्डलाइन फोन र मोबाइल फोनका साथै इन्टरनेट सम्पर्क पनि विच्छेद गरिएको थियो। प्रिपेड मोबाइल त महिनौँसम्म बन्द नै रहे। विमानस्थल पनि बन्द गरिएको थियो। केबल टिभी बन्द थिए। टेलिभिजन र एफएममा समाचार पढ्न रोक लगाइएको थियो। मिडियाका समाचार कक्षमा हतियारधारी सेना पठाएर समाचार सेन्सर गरिएको थियो। त्यही कडा सेन्सरसिपका बीच आन्दोलनका घटनाक्रमलाई समेटेर माइसंसार पनि जन्मिएको हो। यस्तो कडा सेन्सरसिपका कारण कुनै खबर थाहा पाउन कति गाह्रो हुन्थ्यो, त्यो भोग्नेलाई मात्र थाहा थियो। न फोनमा कुरा गर्न सकिने, न इन्टरनेटमा। न टिभीमा केही आउने न रेडियोमा। सर्टवेभ रेडियोमा बीबीसीको प्रसारण एउटामात्र विकल्प थियो सूचना पाउने। त्यतिबेलाको सम्झनाका लागि बीबीसीको प्रसारण मैले क्यासेट टेपमा रेकर्ड गरेको थिएँ। त्यसैलाई डिजिटल रुपमा सारेर यहाँ राखेको छु।

यहाँ भएका तीन फाइलमध्ये बीबीसी नेपालीको प्रसारण माघ १९ कै दिन रेकर्ड गरिएको हो। त्यतिबेला नेपाली सेवा पौने ९ बजेमात्र हैन राति अबेर पनि थियो।

त्यसमा नेपाली कांग्रेसका तत्कालीन महामन्त्री सुशील कोइरालाले कडा अभिव्यक्ति दिएका छन्। राजाको यही कदमले गणतन्त्रको बाटो खोलेको उनले बताएका थिए। पछि उनै कोइराला गणतन्त्र नेपालको प्रधानमन्त्री पनि बने र गणतन्त्रलाई संस्थागत गर्ने संविधान पनि संविधान सभाबाट बनाउने प्रक्रियाको नेतृत्व गरेर बिते।

काठमाडौँका सबै नेता हाउस अरेस्टमा राखिए पनि नेपालगञ्जमा भएकोले सुशील बचेका थिए। भूमिगत भएका कोइरालासितको अन्तर्वार्ता नेपालमा सञ्चार सम्पर्क विच्छेद भएका कारण बीबीसी संवाददाताले सीमापारी भारत गएर फाइल गरेका थिए।

यसमा का‌ग्रेस नेता प्रदीप गिरी र पत्रकार कनकमणि दीक्षितको प्रतिक्रियासमेत रहेको छ।

सुन्नुस्-

यो तलको अडियोमा भने पहिलो फाइल बीबीसी हिन्दी सेवाको रहेको छ। यसमा एक संवाददाता कू भएकै रात काठमाडौँ ओर्लन्छन् र भोलिपल्ट बिहानको प्रसारणमा रिपोर्ट सुनाउँछन्।

अन्तिम फाइल अंग्रेजी सेवाको छ। यसमा बेलायतका लागि तत्कालीन नेपाली राजदूतले राजाको कदमको बचाउ गरेका छन्।

सबै फाइल सुन्नुस्-

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme