Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नौ जना युट्युबरविरुद्ध युट्युबरकै गाली बेइज्जती मुद्दा खारेज

Posted on January 28, 2022 by Salokya

नौ जना युट्युबरविरुद्ध ६ जनाले दायर गरेको गाली बेइज्जती मुद्दा काठमाडौँ जिल्ला अदालतले खारेज गरेको छ। प्रेम पुन, सागर बहादुर थापा, कमल बस्नेत, खगेन्द्र खरेल, जनककुमार थापा र दिपेश जिरेलले गएको भदौ १० गते नौ जना युट्युबरसहित थप दुई जना गरी कूल ११ जनाविरुद्ध मुद्दा दायर गरेका थिए।

उनीहरुले प्रतिवादी बनाएका युट्युब च्यानल र युट्युबरहरु थिए-

खबर एचडी युट्युब च्यानलका पासाङ तामाङ,

न्यू अनलाइन मिडिया युट्युब च्यानलका साहिल के.सी.

एवान मिडिया युट्युब च्यानलका प्रकाश थापा

खबर नेपाल टिभी युट्युब च्यानलका एचबी गुरुङ.

नेपाली रियाक्सन युट्युब च्यानलका निशान सिलवाल

अनौठो खबर युट्युब च्यानलका रवीन्द्र बुढा

सेवाफो अनलाइन युट्युब च्यानलका अभिषेक राई

ग्यालरी टिभी युट्युब च्यानलका ओम प्रसाई

मोबाइल टिभी युट्युब च्यानलका जयकिसन बस्नेत

यी बाहेक उनीहरुले मुद्दामा प्रतिवादी बनाएका दुई जना थप व्यक्ति थिए- हरि उदासी भन्ने हरि परियार र सविता भट्टराई।

अरुलाई खासै थाहा नभए पनि अरुको चियोचर्चो गर्ने खालका युट्युब भिडियोमा चासो राख्नेहरुबीच परिचित नाम हो हरि र सविता। युट्युबमा अहिले पनि लाख लाख भ्युज भएका कयौँ भिडियो भेटिन्छ उनीहरुको नाम राखेर सर्च गर्ने हो भने

युट्युबरहरुले पारिवारिक झगडाको कोठासम्मै पुगेर समेत भिडियो खिचेर हाल्न भ्याएको देखिन्छ

युट्युबको बेग्लै दुनियाँका यी ‘चर्चित अनुहार’हरु सहित नौ जना युट्युबरहरुलाई गाली बेइज्जतीको मुद्दा हाल्ने फेरि युट्युबरहरु नै रहेछन्।

मुद्दा हाल्ने प्रेम पुन रातो पर्दा युट्युब च्यानलका, दिपेश जिरेल रंगिन टिभी युट्युब च्यानलका हुन्। अरु पनि युट्युबर हुन् कि, मैले चिनिनँ।

किन भयो मुद्दा खारेज ?

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको एकल इजलासले यो मुद्दा गएको पुस ६ गते खारेज गर्ने फैसला गरेको हो। यो फैसलाको प्रमाणीकरण भने यही हप्ता भएको हो।

भएछ के भने यी ६ जनाले मुद्दा त दायर गरेछन्, तर अदालतले दिएको तारिख असोज १० गतेदेखि गुजारेछन्। कानुन बमोजिम तारिख थाम्ने अवधि पनि गुज्रिएछ।

अर्को तर्फ प्रतिवादीहरुले पनि प्रतिउत्तर दर्ता गरेका रहेन छन्।

भनेपछि मुद्दा हाल्नेले पनि यो मुद्दाको वास्ता गरेनछन्, अनि मुद्दा लाग्नेहरुले पनि वास्ता गरेन छन्।

त्यसपछि न्यायाधीशले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ८६ को उपदफा ३ अनुसार मुद्दा खारेज गर्ने फैसला गरेका हुन्।

 

मुद्दा खारेज गर्ने फैसला पनि अपलोड गर्ने निर्णय न्यायाधीशले गरेका छन्, जुन यस्तो छ–

युट्युबरले युट्युबरलाई किन मुद्दा हाले भन्ने चाहिँ यो फैसला पढेर थाहा हुन्न। अदालत नगई बाहिरै कुरा सल्टाए कि भन्ने चाहिँ अनुमान गर्न सकिन्छ।

 

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme