Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘बाइक’लाई जोरबिजोर लाग्ने, ‘बस’लाई नलाग्ने किन भन्नेहरुका लागि सिडिओले दिने ‘लजिक’

Posted on January 29, 2022January 30, 2022 by Salokya

काठमाडौँ उपत्यकाका तीन जना सिडिओहरुले नयाँ आदेश निकाल्दै शनिबारदेखि जोरबिजोर प्रणाली हटाए। तर सबैतिरको जोरबिजोर प्रणाली हटाइएको भने होइन। सार्वजनिक सवारी साधनमा मात्र हटाइएको हो। सार्वजनिक भन्दैमा फेरि सबै सार्वजनिक पनि होइन रहेछ, ट्याक्सीमा जोरबिजोरै छ।

अहिले लकडाउन हैन, अफिस र अरु व्यवसाय खुलेकै छन्। कोही मान्छे मोटरबाइकमा यात्रा गर्दा कोरोना सर्ने जोखिम हुन्छ कि सार्वजनिक सवारी साधन चढ्दा ? जोरबिजोर गरेर प्रदूषण हटाउन खोजेको कि कोरोना ? जोरबिजोर लागू गर्नुको लजिक के हो? यस्ता प्रश्नहरु धेरैले गरिरहेका छन्। यसो सोची खोजी हेर्दा यस्तो हुनुपर्ने लाग्यो।

अरु त के लजिक भन्नु।

प्रश्नहरु ठीकै त हुन्। रंगशालामा शनिबार सयौँ दर्शक भेला भएर फुटबल प्रतियोगिता हुँदा कोरोनाको जोखिम नहुने, सडकमा एक अर्कामा दूरी कायम राखेर गुड्ने सवारी साधन चल्दा कोरोनाको जोखिम हुने ! अचम्मै छ !

सिफारिश गर्ने सीसीएमसी, लागू गर्ने संविधानले नचिन्ने सिडिओ कार्यालयहरुले कसको सल्लाह र कसको सुझावमा यस्ता हचुवा निर्णय गर्दा हुन् ! उनीहरुको काम ठीक रहेनछ भन्ने त एक हप्तामै जोरबिजोरको निर्णय आंशिक फिर्ता लिन बाध्य हुनुले देखाउँछ।

अब हेर्नुस् न, दुई तीन जना चढ्ने ट्याक्सीमा जोरबिजोर लागू हुने, अनि धेरै जना चढ्ने बसमा लागू नहुने। मान्छे धेरै‍= जोखिम धेरै हैन र?

कुनै व्यक्ति स्कूटर वा मोटरबाइक चढेर निजी कुनै अफिसमा जान्छ वा व्यवसायका लागि कुद्नु पर्ने हुन्छ, आफ्नो त्यही साधन चढेर जान्छ भने कोरोना सर्ने जोखिम हुने भएकोले जोरबिजोर प्रणाली लागू हुने, अनि त्यही मान्छे धेरै जना चढ्ने सार्वजनिक बसमा चढ्दा वा टेम्पोमा चढ्दा चाहिँ कोरोना सर्ने जोखिम नहुने? जोरबिजोर लागू नहुने। यसमा के छ लजिक?

यसरी लजिक खोज्नेहरुले  दिक्क पारे भने आदेश दिने सिडिओहरुलाई र सिफारिश गर्ने सीसीएमसीलाई एउटा सजिलो उपाय छ- यस्तो भन्दिनुस्।

हामीलाई केको जोखिम हो ?

कोरोना भाइरसको।

कोरोनामा के हुन्छ ? अगाडि ‘क’ अक्षर।

बाइकमा के छ ? लास्टमा ‘क’ । त्यही भएर कोरोना सर्ने जोखिम बाइकमा ज्यादा हुन्छ। त्यसैले जोरबिजोर लगाउनै पर्छ।

स्कूटरमा के छ? बीचमा ‘क’सँगै उकार जोडिएको छ। त्यही भएर कोरोना र स्कूटरबीच सम्बन्ध छ। यसमा जोखिम छ। त्यसैले जोरबिजोर नलगाई भो?

ट्याक्सीमा के छ? बीचमा ‘क’ अक्षर। बुझ्नुभो नि, त्यही भएर जोखिम छ र जोरबिजोर लाउनै पर्छ।

अनि बसमा ? बसमा ‘क’ छैन। त्यसैले जोखिम छैन। जोरबिजोर लगाउन पर्दैन।

टेम्पोमा पनि ‘क’ छैन त्यही भएर कोरोनाको जोखिम छैन। जोरबिजोर छुट।

कारमा ‘क’ छ। त्यही भएर जोखिम छ। जोरबिजोर लगाउनै पर्छ।

माइक्रोबसमा पनि त जोरबिजोर छैन भन्नु होला। माइक्रो शब्दमा ‘क’लाई ‘र’ले काटेर ‘क्र’ बनाएको छ नि त। त्यही भएर कोरोनाको जोखिम छैन।

के हावा लजिक दिएको नभन्नुहोला, सक्नुहुन्छ भने यस्तो हावा निर्णय गर्नेहरुलाई भन्नुस् 🙂

 

 

1 thought on “‘बाइक’लाई जोरबिजोर लाग्ने, ‘बस’लाई नलाग्ने किन भन्नेहरुका लागि सिडिओले दिने ‘लजिक’”

  1. Rajesh says:
    January 30, 2022 at 12:55 pm

    क logic was damn good and at same time funny also

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme