Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आयल निगमले हैन, मिडियाले बढाएछ पेट्रोलियम पदार्थको भाउ

Posted on February 18, 2022 by Salokya

के तपाईँले पनि बुधबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको भाउ बढेको समाचार पढ्नुभएको थियो ?

समाचार राख्ने अनलाइन मिडियाहरुको दावी अनुसार बुधबार राति १२ बजेदेखि लागू हुनेगरी प्रतिलिटर पेट्रोल ५.६१, डिजेल ५.६२ र हवाई इन्धन ४.९५ रुपैयाँले भाउ बढाइएको थियो।

नझुक्किनुस्, भाउ बढेको छैन। ती समाचारहरु गलत हुन्। यसबारे नेपाल फ्याक्ट चेकमा तथ्य जाँच प्रकाशित भएको छ। छुटाउनुभएको भए यहाँ क्लिक गरी पढ्न सकिन्छ। केही अनलाइनले त सुटुक्कै समाचार सच्याइ पनि सके। केही कपिपेस्ट अनलाइनहरुले भने अझै सच्याएका छैनन्।

पेट्रोलियम पदार्थको भाउ कति राख्ने भन्ने विषयमा निर्णय यसको बिक्रीमा एकाधिकार रहेको सरकारी स्वामित्वको नेपाल आयल निगमले गर्छ। तर बुधबार रातिदेखि भाउ बढ्ने निर्णय चाहिँ निगमले हैन, मिडियाले मात्र गरेको थियो।

नेपालप्रेस अनलाइनले पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो (मूल्य सूचीसहित) शीर्षकमा माघ ४ गते राति समाचार प्रकाशन गरेको थियो।

समाचारमा लेखिएको छ-

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। बुधबार राति १२ बजेदेखि लागू हुनेगरी प्रतिलिटर पेट्रोल ५.६१, डिजेल ५.६२ र हवाई इन्धन ४.९५ ले बढाइएको निगमले जनाएको छ।

हेर्नुस् समाचारको अर्काइभ लिङ्क

तर समाचार गलत थियो।

बिहीबार दिउँसो नेपालप्रेसले यो समाचार शीर्षकदेखि नै सच्याएको छ। अहिले यो समाचारको नयाँ शीर्षक राखिएको छ- पेट्रोलियम पदार्थको मूल्य भारतले फेरि बढाएर पठायाे (मूल्य सूचीसहित)

गलत समाचार राखेकोमा पाठकसित क्षमा माग्नु त परै जावस्, सच्याइएको सूचनासमेत पनि नराखी सुटुक्क समाचार परिवर्तन गरिएको छ।

त्यसैगरी जनताटाइम्स अनलाइनले गठबन्धन सरकारको अर्काे उपहार : फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित) शीर्षकमा माघ ५ गते समाचार प्रकाशन गरेको छ। समाचारमा लेखिएको छ-

सरकारले पेट्रोलियम पदार्थको मुल्य फेरि बढाएको छ । आजबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भारी मूल्यबृद्धि गरेको हो।
..मूल्यबृद्धिसँगै अव पेट्रोलको मूल्य १४७ रुपैया ६१ पैसा, डिजेल १३० रुपैया ६२ पैसा पुगेको छ।

हेर्नुस् समाचारको अर्काइभ लिङ्क

यो समाचार अहिलेसम्म पनि सच्याइएको छैन।

अरु केही अनलाइन न्युज पोर्टलहरुले पनि यो समाचार राखेका छन्-

भएको के हो ?

नेपाल आयल निगमले फागुन ४ गते राति पेट्रोलियम पदार्थको मूल्य सम्बन्धी एउटा विज्ञप्ति सार्वजनिक गरेको थियो। विज्ञप्तिमा इन्डियन आयल कर्पोरेसनबाट फेब्रुअरी १६ मा प्राप्त नयाँ मूल्यमा सबै इन्धनको भाउ पहिलेभन्दा बढेर आएको र यसले घाटा अझै बढ्ने जनाइएको थियो।

सहप्रवक्ता पुस्कर कार्कीको हस्ताक्षर रहेको सो विज्ञप्तिमा पेट्रोलियम पदार्थको उपभोक्ता मूल्य बढाउने बारे भने केही उल्लेख छैन। पछिल्लो पटक निगमले माघ १८ गते भाउ बढाएको थियो।

हेर्नुस् विज्ञप्ति-

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme