अहिले नेपालको ‘हट टपिक’ एमसीसीको विषयमा शक्ति राष्ट्रहरु अमेरिका र चीन वक्तव्यबाजीमा उत्रेका छन्। एकअर्कालाई आरोप-प्रत्यारोप गर्न थालेका छन्।
केही दिनअघि मात्रै वाशिङटन डीसीमा अमेरिकी विदेश मन्त्रालयका एक प्रवक्ताले नेपालमा एमसीसीविरुद्ध चीनले खेलिरहेको ठानेको बताएका थिए। हिजो चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले पनि अमेरिकालाई आक्षेप लगाए।
चिनियाँ प्रवक्ताले भनेको विषयमा नेपाली मिडियामा फरक फरक अर्थ दिने समाचार आए।
अमेरिकाले नेपालसँग धम्की कुटनीति सुरू गरेको छ, हामी प्रतिरोध गर्छौं : चीन शीर्षकमा कान्तिपुरले ‘चीनको परराष्ट्र मन्त्रालयले एमसीसीमार्फत् अमेरिकाले ‘धम्की कुटनीति’ सुरू गरेको आरोप लगाउँदै आफूले प्रतिरोध गर्ने चेतावनी दिएको’ लेखेको छ।
समाचारमा प्रवक्ताको ठ्याक्कै भनाई यसो भनेर कोट गरिएको छ, ‘अमेरिकाले नेपालसँगको सहकार्यको नाममा ‘धम्की कुटनीति’ सुरू गरेको छ। यसको चीनले प्रतिरोध गर्नेछ।’
बेइजिङ बाइलाइनको कान्तिपुरको यही समाचारको लाइनमा नेपालप्रेस अनलाइनले यस्तो समाचार शीर्षक बनाएको छ, ‘नेपालमा अमेरिकाको ‘कूटनीतिक जबर्जस्ती’को प्रतिरोध गर्ने चीनको चेतावनी’
बिजमान्डुको समाचार शीर्षक छ- अमेरिकाले नेपालमा ‘बलपूर्ण कूटनीति’को प्रयोग गर्यो : चीन, प्रतिरोध गर्ने चेतावनी
तर, अरु केही अनलाइनहरुले भने फरक भाषा प्रयोग गरेको छ।
सरकारी अखबार गोरखापत्रको अनलाइनको शीर्षक छ- एमसीसी जस्ता सहयोगमा नेपाली जनताको चाहनाको पूर्ण रुपमा सम्मान गरिएको हुन पर्छ : चीन
समाचारमा चिनियाँ प्रवक्तालाई उद्धृत गर्दै लेखिएको छ, ‘हामी नेपालको सार्भैमिकता र इच्छा विपरितको स्वार्थपूर्ण उद्देश्य हासिल गर्न अपनाइने दाबाबमुलक कुटनीति र कुनै पनि गतिविधिको विरोध गर्छौं।’
हिमालखबरमा ‘नेपालमा अमेरिकाले ‘जबर्जस्ती कूटनीति’ शुरू गरेको चीनको टिप्पणी’ शीर्षकको समाचारमा चीनले ‘जबर्जस्ती कूटनीति’ को विरोध गर्ने लेखिएको छ।
अनलाइनखबरको शीर्षक छ- अमेरिकाको ‘बलजफ्ती कूटनीति’को विरोध गर्छौं : चीन
इकागजको शीर्षक छ- चीनले भन्यो– ‘अमेरिकाकाे धम्कीपूर्ण कूटनीति’को चीन विरोध गर्छ’
बीबीसी नेपालीको शीर्षक छ- एमसीसी नेपालः चीनले भन्यो, ‘जबरजस्तीपूर्ण कूटनीतिको हामी विरोध गर्छौँ’
समाचारमा लेखिएको छ- ‘चीनले नेपालमा अमेरिकी सहायता परियोजना एमसीसीबारे आफ्नो ताजा प्रतिक्रियामा “जबरजस्तीपूर्ण कूटनीति”को आफूहरूले विरोध गर्ने टिप्पणी गरेको छ।’
के फरक छ दुई किसिमका समाचारमा ?
पहिलो समाचारमा उत्तेजक भाषा प्रयोग गरिएको छ। कान्तिपुर, नेपालप्रेस र बिजमान्डुको समाचारमा ‘चीनले प्रतिरोध गर्ने चेतावनी दिएको’ उल्लेख छ।
दोस्रो समाचार (बीबीसी नेपाली, इकागज, हिमालखबर, गोरखापत्र) मा तुलनात्मक रुपमा नरम भाषा प्रयोग गरिएको छ। ‘अमेरिकाको धम्कीपूर्ण कुटनीतिको विरोध गर्छ’ चीनले भनेर लेखिएको छ।
दुवै समाचारका स्रोत एउटै हुन्। अर्थात् बेइजिङमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले गरेको टिप्पणी। केहीले चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्सको समाचारलाई स्रोत बनाएका छन्।
प्रतिरोध गर्ने र विरोध गर्ने फरक हुन् ?
एक खाले समाचारमा प्रतिरोध गर्ने चेतावनी लेखिएको छ भने अर्को खाले समाचारमा विरोध गर्ने मात्र लेखिएको छ। के प्रतिरोध र विरोध समान अर्थ दिने शब्द हुन् ? कि फरक हुन् ?
नेपाली बृहत् शब्दकोशका अनुसार प्रतिरोध शब्दको अर्थ यस्तो हुन्छ-
अनि विरोध शब्दको अर्थ यस्तो हुन्छ-
अङ्ग्रेजी अनुवादमा विरोधलाई ‘Oppose’ र प्रतिरोधलाई ‘Resistance’ भनिन्छ क्यारे।
खासमा चिनियाँ प्रवक्ताले भनेको चाहिँ के हो त ?
चिनियाँ विदेश मन्त्रालयको वेबसाइटमा प्रश्न र उत्तर यसरी राखिएको छ-
CNR: According to reports, a US State Department spokesperson said recently that Nepal must decide whether it will ratify the Millennium Challenge Corporation (MCC) compact between the two countries by February 28, otherwise it will have an impact on the US-Nepal bilateral relationship. At present, differences persist between various political parties in Nepal and no agreement has been reached to submit the compact to the Parliament for review. Besides, there were demonstrations against the MCC project in Nepal. Does China have any comment?
Wang Wenbin: We’ve noted relevant reports. China is glad to see the international community conducting development cooperation with Nepal to contribute to its economic growth and livelihood improvement. However, such cooperation should be based on full respect for the will of the Nepalese people and come with no political strings attached. We oppose coercive diplomacy and actions that pursue selfish agenda at the expense of Nepal’s sovereignty and interests.
As Nepal’s friendly close neighbor and development partner, China will, as always, support the Nepalese people in choosing their development path independently, support Nepal in making the right choice in keeping with its national interests and people’s will, and continue to provide assistance and support for the country’s socioeconomic development to the best of our capability.
त्यसैगरी ग्लोबल टाइम्सको समाचारमा पनि opposes coercive diplomacy नै लेखिएको छ। पूरा पढ्न यहाँ क्लिक गर्नुस्
ध्यान दिनु पर्ने कुरा के हो भने, यहाँ कतै पनि ‘resistance’ अर्थ आउने गरी ‘प्रतिरोध’ वा ‘चेतावनी’ अर्थ आउने गरी ‘warn’ शब्दको प्रयोग गरिएको छैन।
Coercive diplomacy को अनुवाद ‘जबर्जस्ती वा बलजफ्ती कूटनीति’ ठीक छ। तर oppose (विरोध)लाई ‘प्रतिरोध गर्ने चेतावनी’ अर्थ लगाएर समाचारलाई सनसनीपूर्ण बनाइएको देखियो।
त्यसै पनि भूराजनीतिक द्वन्द्वमा फँसिरहेको छ एमसीसी सम्झौता। युट्युबे र फेसबुके हेडलाइनहरुको कुरै नगरौँ, मूलधारे मिडियाले समेत यस्तो विषयको समाचार बनाउँदा सनसनीपूर्ण बनाएर पस्कनु ठीक हो त ? तपाईँलाई के लाग्छ, कमेन्टमा लेख्नुहोला।
युट्युबे र फेसबुके हेडलाइनहरुको कुरै नगरौँ, मूलधारे मिडियाले समेत यस्तो विषयको समाचार बनाउँदा सनसनीपूर्ण बनाएर पस्कनु ठीक हो त ? उत्तर हो- पक्कै होइन । जे हो त्यो दर्शनु पर्यो नि त। सालोक्यजी तँपाईको बिचार र जानकारीको लागि धन्यवाद!
कान्तिपुर नेपालमा अस्थिरता चाहन्छ। यो भेंडाक खोल ओढेको ब्वाँसो हो। तर बिडम्बना यसैको वर्चस्व छ।