Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फेसबुकमा ज्ञानेन्द्र शाहीले फैलाएको भ्रामक सूचना

Posted on January 30, 2022 by Salokya

फेसबुकमा ३ लाख ७५ हजारभन्दा बढी फलोअर भएका ज्ञानेन्द्र शाहीले शनिबार लेखेका छन्, ‘भारतको सिक्किममा नेपाली भाषालाई राष्ट्रिय भाषा घोषणा गरिएको छ।’

उनकै स्टायटस साभार गर्दै केही फेसबुक पेजहरुले पनि यही दावी सेयर गरेका छन्।

तर हाम्रो फ्याक्ट चेक (तथ्य जाँच)मा उनको यो दावी भ्रामक देखिएको छ।

फेसबुकमा गरिएका दावी

ज्ञानेन्द्र शाहीले लेखेको स्टायटसमा शनिबार रातिसम्म ७५५ प्रतिक्रिया छन् भने १३ हजार रियाक्सन छन्। यसलाई ९४ पटक सेयर गरिएको छ। अर्काइभ लिङ्क

उनको स्टायटस एनइबी रिजल्ट एन्ड न्युज लगायत फेसबुकमा अन्य थुप्रैले पनि साभार गरेका छन्। 

के हो तथ्य ?

शाहीको स्टायटसले भारतको सिक्किममा भर्खरै नेपाली भाषालाई राष्ट्रिय भाषा घोषणा गरिए जस्तो देखिए पनि त्यो सही होइन। सिक्किम भारतको २८ राज्यमध्ये एक हो।

सिक्किममा आजभन्दा ४५ वर्षअघि अर्थात् सन् १९७७ मा नै सिक्किम अफिसियल ल्याङ्गवेजेज बिल ल्याएर नेपाली, भुटिया र लेप्चा भाषालाई सिक्किम सरकारको आधिकारिक प्रयोजनमा आउने भाषा बनाइएको थियो।

त्यसैगरी भारत गणराज्यको संविधानको ७१ औँ संशोधन गरी सन् १९९२ मा नेपाली भाषालाई संविधानको आठौँ अनुसूचीमा समावेश गरिएको थियो। 

भारतीय नेपालीहरुले सो मान्यता पाएको दिन २० अगस्तलाई नेपाली भाषा मान्यता दिवसका रुपमा मनाउने गर्छन्। 

इकोनोमिक टाइम्समा सन् २०२१ जनवरी २९ मा प्रकाशित समाचार अनुसार सिक्किम सरकारले त्यहाँका विद्यालयमा शिक्षाका लागि तीन भाषा नीति लिएको छ। पहिलो भाषा र शिक्षणको माध्यम अङ्ग्रेजी हुनेछ भने हिन्दी तेस्रो भाषा। दोस्रो भाषाका रुपमा सिक्किम राज्य सरकारले मान्यता दिएका ११ भाषाहरुमध्ये कुनै पनि। सुरुमा यसमा भुटिया, नेपाली, लेप्चा र लिम्बु मात्रै थियो भने पछि तामाङ, गुरुङ, मगर, शेर्पा, मुखिया, राई र नेवार पनि थपिएको छ। यी भाषाहरुलाई पनि सिक्किम राज्यले अफिसियल बनाएको छ।

तथ्य जाँच

दावी : भारतको सिक्किममा नेपाली भाषालाई राष्ट्रिय भाषा घोषणा गरिएको छ।

तथ्य : भ्रामक सूचना। भारतको सिक्किममा नेपाली भाषालाई ‘राष्ट्रिय’ होइन, सरकारको आधिकारिक प्रयोजनमा आउने ‘अफिसियल’ भाषा बनाइएको ४५ वर्षअघि नै हो। भारत गणराज्यको संविधानको ७१ औँ संशोधन गरी सन् १९९२ मा नै नेपाली भाषालाई संविधानको आठौँ अनुसूचीमा समावेश गर्दै मान्यता दिइएको थियो।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme